अर्थ

सरकारद्धारा दश वस्तुको आयातमा प्रतिबन्ध निरन्तर

काठमाडौ । सरकारले विभिन्न १० वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिएको छ । यसअघि असार मसान्तसम्म उक्त वस्तु आयातमा प्रतिबन्ध लगाइएकामा त्यसलाई निरन्तरता दिँदैै आगामी भदौ १४ गतेसम्म लम्बाइएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज राजपत्रमा सूचना प्रकाशन गर्दै कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादन, सबै प्रकारका मदिरा (औद्योगिक कच्चा पदार्थबाहेक), चुरोट तथा सुर्तीजन्य वस्तु (औद्योगिक कच्चा पदार्थबाहेक), हीरा (औद्योगिक कच्चा पदार्थबाहेक), ३०० अमेरिकी डलरमाथिका स्मार्ट फोनहरू, रङ्गीन टेलिभिजन, जीप, कार र भ्यान, मोटरसाइकल, सबै प्रकारका खेलौना र खेल्ने… पुरा पढौ

जिल्लामा कोरोनाबाट मृत्यु भएका १३७ जना परिवारलाई राहत

तनहुँ । स्वास्थ्य कार्यालय तनहुँले कोरोनाबाट मृत्यु हुनेको परिवारलाई राहत वितरण गरेको छ । कोरोनाबाट मृत्यु हुनेको परिवारलाई राहत दिने गण्डकी प्रदेश सरकारको निर्णयबमोजिम कार्यालयले आर्थिक वर्ष २०७८÷७९ मा रु ६८ लाख ५० हजार राहत प्रदान गरेको हो । कार्यालयले कोरोनाबाट मृत्यु भएका १३७ जनाका परिवारलाई रु ५० हजारका दरले राहत रकम वितरण गरेको कार्यालय प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए। कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउनेसम्बन्धी अवधारणापत्र २०७८ बमोजिम राहत प्रदान गरिएको उनले बताए। कार्यालयले… पुरा पढौ

बागलुङमा ४४ कृषिका संरचना तयार

बागलुङ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट बागलुङमा आर्थिक वर्ष २०७८÷७९ मा मात्रै ४४ कृषिका संरचना तयार भएका छन् । उत्पादनको भण्डारणका लागि आवश्यक संरचनादेखि कृषि बालीका लागि आवश्यक सिँचाइका संरचना परियोजनाले तयार गरेको हो । यो अवधिमा ६१ यन्त्र तथा उपकरण किसानलाई वितरण गरिएको छ । जिल्लाको ताराखोला गाउँपालिकामा आलु भण्डारणका लागि प्लाष्टिक घर निर्माण भएको छ । यो जिल्लामा परियोजना सञ्चालित क्षेत्रमा बितेको आर्थिक वर्षमा तयार भएको सबैभन्दा ठूलो संरचना हो । जिल्लाभर १३ साना सिँचाइ आयोजना तयार भएको… पुरा पढौ

म्याग्दीका पालिकाले घटाए बेरुजु

म्याग्दी । म्याग्दीका स्थानीय तहहरूले बेरुजु घटाएका छन् । महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनका अनुसार चार वर्षअघिको तुलनामा अघिल्लो आर्थिक वर्ष २०७७÷७८ मा जिल्लाका छवटा स्थानीय तहको बेरुजु रकम घटेको हो । आव २०७४÷७५ मा रु नौ करोड चार लाख ८६ हजार, २०७५÷७६ मा रु १० करोड ५० लाख ६१ हजार र २०७६÷७७ मा रु आठ करोड ५५ लाख २७ हजार बेरुजु देखिएको थियो । सो कार्यालयले गत हप्ता सार्वजनिक गरेको ५९औँ वार्षिक प्रतिवेदन–२०७९ मा जिल्लाका स्थानीय तहको कूल बेरुजु रकम… पुरा पढौ

प्याराग्लाइडिङ विस्थापन होइन व्यवस्थापन गर्न व्यवसायीको माग

अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै पोखराको साहसिक पर्र्यटकीय पहिचान बनेको प्याराग्लाइडिङ विस्थापित हुने हो कि भन्ने कुराले प्याराग्लाइडिङ व्यवसायीलाई चिन्तित बनाएको छ। अन्तर्राष्ट्रिय विमानस्थल पोखरामा ल्याउन सक्रिय व्यवसायी त्यही विमानस्थलले झण्डै डेढ अर्ब रुपैयाँ लगानीको व्यवसाय विस्थापित हुने हो कि भन्ने चिन्तामा छन्। नेपाल नागरिक उड्डयन प्राधिकरण –क्यान) ले पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सकिएकाले आगामी जनवरीमा संचालनमा ल्याउने तयारी गरेको छ। सोको लागि प्याराग्लाइडिङलाई विकल्पको छनोट गरेर सार्न निर्देशन दिइएको छ। तर, व्यवसायीको माग पोखराको आकाशबाट विस्थापन नभई व्यवस्थापन हुनुपर्छ भन्ने… पुरा पढौ

सहकारी विधि र नितीका आधारमा सञ्चालन हुनुपर्नेमा जोड

पोखरा । सहकारी संस्था विधि, निती तथा मुल्यमान्यताका आधारमा सञ्चालन हुनु पर्नेमा आज यहाँ आयोजित एक कार्यक्रमका बक्ताले जोड दिएका छन् । पोखरा महानगरपालिका वडा नं.१७ मा सञ्चालीत सफल वचत तथा ऋण सहकारी संस्थाद्वारा आयोजित एक दिने लेखा तालिमको उद्घाटन कार्यक्रमका वक्ताहरुले सुशासन र पारदर्शितामा जोड दिएका हुन । पोखरा १७ का वडाअध्यक्ष एवम् नेकपा एमाले महानगर प्रतिपक्षी दलका नेता राधिका शाही योगीले कार्यक्रमको उद्घाटन गर्दै मुलुकको समृद्धिको लागि सहकारीहरु उत्पादनसंग जोडिनुको विकल्प नभएको बताइन् । सहकारी आर्थिक कारोवारसंगै शेयर… पुरा पढौ

चालु आव सकिन दुई दिन बाँकी ; १० खर्ब ३५ अर्ब राजश्व सङ्कलन

काठमाडौँ । सरकारले चालु आर्थिक वर्षमा कूल रु ११ खर्ब ८० अर्बभन्दा बढी राजश्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । नेपाल सरकारको हिसाबकिताब राख्ने महालेखा नियन्त्रक कार्यालयको विवरणलाई हेर्ने हो भने हालसम्म रु १० खर्ब ३५ अर्ब बराबरको राजश्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार सरकारले रु ११ खर्ब ८० अर्ब ६० करोड चार लाख बराबरको राजश्व सङ्कलन गर्ने लक्ष्य राखेकामा हालसम्म रु १० खर्ब ३५ अर्ब ३९ करोड ४४ लाख बराबर राजश्व सङ्कलन गरेको छ । यो कूल लक्ष्यको… पुरा पढौ

चालु आवको अन्तिम शेयर कारोबार ; नेप्से परिसूचक उकालो यात्रामा

काठमाडोैँ । धितोपत्र बजारमा आज चालु आवको अन्तिम शेयर कारोबार भयो । नेपाल स्टक एक्सचेञ्जका अनुसार शुक्रबारको अन्तिम कारोबारमा नेप्से परिसूचक ७।९३ अङ्कले उकालो लागेर दुई हजार ९।४६ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक २।७७ अङ्कले उकालो लागेर ३८५।९१ मा पुगेको छ । नेप्सेका अनुसार २३१ कम्पनीका ४० लाख ५१ हजार ७७१ कित्ता शेयर रु एक अर्ब ४५ करोड ६२ लाख ५९ हजार ८३३ मूल्यमा कारोबार भयो । कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको… पुरा पढौ

माथिल्लो तामाकोसीको हकप्रद शेयर बिक्री हुँदै

काठमाडौँ । कम्पनीको चुक्ता पुँजी वृद्धि गर्ने र निर्माणाधीन रोल्वालिङ जलविद्युत् आयोजनामा लगानी जुटाउने लक्ष्यका साथ माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले हकप्रद शेयर बिक्री गर्ने भएको छ । कूल ४५६ मेगावाट क्षमताको आयोजना सञ्चालन गरिरहेको अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले एक बराबर एक कित्ताका दरले हकप्रद शेयर बिक्री गर्ने भएको हो । स्वदेशी लगानीमा निर्माण सम्पन्न भएको आयोजनामध्ये हालसम्मकै यो ठूलो आयोजना हो । उक्त आयोजना निर्माण सम्पन्न भई प्रणालीमा जोडिएपछि मुलुकको ऊर्जा क्षेत्रमा गुणात्मक परिवर्तन भएको छ । विसं २०७८ असार… पुरा पढौ

गण्डकी प्रदेश सरकारको बजेट बहुमतले पारित

पोखरा । गण्डकी प्रदेशको बजेट पारित भएको छ । असार १ गते प्रस्तुत बजेटलाई विहीबार बसेको गण्डकी प्रदेश सभा बैठकले बहुमतले पारित गरेको हो । बैठकमा प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले आर्थिक वर्ष २०७९/८० को बजेट पारित गर्न निर्णयार्थ प्रस्तुत गरेका थिए । प्रस्तावलाई सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद राजिव गुरुङ उर्फ दीपक मनाङेले समर्थन जनाएपछि बजेट बहुमतले पारित गरेको हो । गण्डकी सरकारले असार १ गते ३५ अर्ब ९० करोड… पुरा पढौ