पोखरा । रोजगारदाता कम्पनीहरु दक्ष जनशक्ति नपाएकोमा चिन्तित छन् । युवाहरु रोजगार नपाएर भौतारिरहेका छन् । तर तपाईंहरु भने सीप विकास तालिम दिएको भन्दै नाक फुलाएर बस्नुहुन्छ । लेखनाथ उद्योग वाणिज्य संघकी उपमहासचिव जानुका पराजुली अधिकारीले अगाडि भनिन्,‘कहाँ तादात्म्यता मिलेन ? किन यस्तो भयो ? यसको खोजी गर्नुप¥यो ।’ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबार पोखरामा आयोजना गरेको राष्ट्रिय व्यवसायीक सीप विकास तालिम नीति–२०७९ को मस्यौदाबारेको छलफलमा अधिकारीलगायत सरोकारवालाहरुले सीप विकास तालिम नीति सहि नहुँदा यस्तो समस्या देखिएको औंल्याएका…
पुरा पढौ