अर्थ

हिमालयन हाइड्रोपावरको आइपीओ बाँडफाँट

हिमालयन हाइड्रोपावरकोले सर्वसाधारको लागि जारी गरेको धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आइपीओ) बाँडफाँट भएको छ। कम्पनीका बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले मंगलबार आइपीओ बाँडफाँट गरेको हो। कम्पनीले असार १५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई निष्कासन गरेर बिक्री नभएको ६ लाख १८ हजार २५० कित्ता सहित कुल १९ लाख ६८ हजार २ सय ५० कित्ता साधारण सेयर निष्कासन गरेको थियो। जसमा ९८ हजार ४१३ कित्ता सामुहिक लगानी कोषको लागि र ३९ हजार ३६५ कित्ता कम्पनीका कर्मचारीको लागि छुट्याएर बाँकी रहेको १८ लाख… पुरा पढौ

डलरको तुलनामा नेपाली रुपैयाँ इतिहासकै कमजोर

अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको छ। डलरको तुलनामा सोमवार भारतीय रुपया (भारू) इतिहासकै कमजोर बनेपछि भारूसँग स्थिर विनिमय रहेको नेपाली रुपैयाँ पनि कमजोर बनेको हो। नेपाल राष्ट्र बैंकले मंगलवारका लागि प्रतिडलर विनिमय दर १२७ रुपैयाँ ४१ पैसा तोकेको थियो। मुद्रा बजारमा १ डलरका लागि नेपालीले यति धेरै मूल्य चुकाउनु परेको यो पहिलोपटक हुनेछ। यसअघि, गत साता बुधवार डलरको मूल्य १२७ रुपैयाँ ३० पैसाको कीर्तिमानी स्तरमा पुगेको थियो। त्यसयता, केही सुस्ताएको डलरको भाउले मंगलवार नयाँ कीर्तिमान कायम… पुरा पढौ

साउनदेखि माथिल्लो दोर्दी ‘ए’ बाट बिजुली उत्पादन

लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको बिजुली उत्पादन आगामी साउन महिनादेखि गर्ने लक्ष्य राखेको छ। कुल २५ मेगावाट क्षमताको यस आयोजनाको अधिकांश काम सम्पन्न भइसकेको र अब साउनभित्रै बिजुली उत्पादन हुने आयोजनाका प्रवद्र्धक राजेन्द्र वस्तीले बताएका छन्। पटक–पटक थपिएको म्याद आगामी साउनसम्म रहेको र सोभित्रै जसरी पनि बिजुली उत्पादन हुने उनको भनाई छ। आयोजनाको अधिकांश काम सम्पन्न भइसकेको छ। गतवर्ष दोर्दी खोलामा आएको बाढीले क्षति बनाएको खण्डको काम भइरहेको छ। ‘यतिबेला पेनस्टक पाइपमा, टनेलमा… पुरा पढौ

पर्यटकीयस्थल लभ्लीहिलमा पूर्वाधार निर्माण हुँदै

म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको खबरास्थित पर्यटकीयस्थल लभ्लीहिलमा पर्यटक लक्षित भौतिक पूर्वाधार धमाधम निर्माण भइरहेका छन्। जिल्लाको सदरमुकाम बेनीबजारदेखि आधा घण्टाको दूरीमा रहेको प्रसिद्ध पर्यटकीयस्थलमा वन डिभिजन कार्यालय म्याग्दीद्वारा चालू आवमा पदमार्ग र चौपारी निर्माण गरिएको छ। यसअघि, बेनीदेखि लभ्लीहिल पुग्ने पदमार्ग र उद्यान बनाइएको थियो। गण्डकी प्रदेश सरकारको कार्यक्रम सामुदायिक वनमा पर्यटन कार्यक्रममार्फत प्राप्त भएको ३ लाख ३६ हजार रुपैयाँको बजेटबाट ४५ मिटर पदमार्ग र चौपारी निर्माण गरिएको वन डिभिजन कार्यालयका प्रमुख मनोज रानाभाटले बताएका छन्। गतवर्ष पनि वन डिभिजन… पुरा पढौ

नेप्से परिसूचकमा दोहोरो अङ्कको बृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११।६८ अङ्कले उकालो लागेर एक हजार ९२७।२८ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २।०९ अङ्कले उकालो लागेर ३६८।९५ मा पुगेको छ ।कूल २२६ कम्पनीको ४९ लाख ६७ हजार ५६१ कित्ता शेयर रु एक अर्ब ७० करोड ७७ लाख ५२ हजार ९७८ बराबर मूल्यमा खरिद बिक्री भए । मङ्गलबारको कारोबारपछि बजार… पुरा पढौ

नर्मदेश्वर मोक्षाश्रमधाममा एक महिने अखण्ड हरिनाम संकीर्तन हुने

पोखरा । पोखरा महानगरपालिका वडा नं २७, २९ र ३३ को त्रिवेणी मदौरुकुना मदौरुघाटस्थित नर्मदेश्वर मोक्षाश्रमधाममा एक महिने हरिनाम संकीर्तन गरिने भएको छ । कर्दम–कश्यपजस्ता ऋषिमुनिहरूको साधनास्थलका रूपमा लिइने शुक्ला गण्डकी र बगादी नदीको सङ्गमस्थलमा रहेको यस तीर्थस्थलमा यही साउन १ गतेदेखि महिनाभर लोक कल्याणको कामना गर्दै हरिनाम संकीर्तन गर्न लागिएको नर्मदेश्वर मोक्षाश्रमधाम संरक्षण समितिका अध्यक्ष झविन्द्रराज आचार्यले जानकारी दिनुभयो । प्राचीनकालदेखि साधकहरूको अभिलाषा पूर्ण गर्ने तीर्थस्थलका रूपमा परिचित भए पनि यस तीर्थस्थलको आवश्यक प्रचारप्रसार भने हुन नसकेको उहाँले बताउनुभयो… पुरा पढौ

श्रीपती समाज सेवा पुरस्कार सर्लाहीको पद्म भुवनेश्वरी आश्रमलाई प्रदान गरिने

पोखरा । यस वर्षको श्रीपती समाज सेवा पुरस्कार मधेश प्रदेशमा पर्ने सर्लाहीको पद्म भुवनेश्वरी नमूना बृद्ध सेवा आश्रमलाई प्रदान गरिने भएको छ । पोखराको श्रीपती कोइराला गुठीद्वारा सञ्चालित श्रीपती समाज सेवा पुरस्कार २०७९ बाट मधेस प्रदेशको सर्लाही जिल्ला लालबन्दी नगरपालिका जुटपानीस्थित सो आश्रमलाई सम्मान गरिन लागेको हो । पुरस्कारको राशी नगद २ लाख २२ हजार २ सय २२ रुपैयाँसहित सम्मान पत्र र पदक रहेको छ । श्रीपति कोइराला गुठीले २१५ औं जयन्तीको अवसर पारेर पुरस्कार घोषणा गरेको हो । पुरस्कार… पुरा पढौ

जेठ महिनामा ३.८ प्रतिशतले बढ्यो रेमिट्यान्स

जेठ महिनामा नेपालमा विप्रेषण आप्रवाह ‘रेमिट्यान्स’ ३.८ प्रतिशतले बृद्धि भएको छ। अघिल्लो बर्षको सोही अवधिमा १२.६ प्रतिशतले बढेको रेमिट्यान्समा यस बर्ष भने संकुचन आइरहेको छ। जेठ मसान्तसम्म नेपालमा कुल ९०४ अर्ब १८ करोड रुपैयाँ विप्रेषण भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्यंक छ। त्यस्तै, अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.५ प्रतिशतले वृद्धि भई ७ अर्ब ५१ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १०.५ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ३… पुरा पढौ

मूल्यवृद्धि ८.५६ प्रतिशत पुग्यो

चालु आर्थिक वर्षको ११ महिनामा समग्र मूल्यवृद्धि ८.५६ प्रतिशत पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय अवस्था प्रतिवेदनअनुसार समीक्षा अवधिका समग्र उपभोक्ता मुद्रास्फीति ४.३७ प्रतिशतले वृद्धि भएको छ। यस्तै, जेठ मसान्तसम्मको ११ महिनाको वित्तीय विवरणअनुसार करिब ३० अर्ब विदेशी विनिमय सञ्चिति थपिएको छ। वैशाख मसान्तसम्म ११ खर्ब ४६ अर्ब ८८ करोड रुपैयाँ बराबर विदेशी मुद्रा सञ्चिति रहेकोमा जेठ मसान्तसम्म ११ खर्ब ७६ अर्ब पुगेको छ। त्यस्तै, नेपाल राष्ट्र बैंकले गत जेठ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.५६ प्रतिशत रहेको… पुरा पढौ

हतियार किन्ने सरकारको निर्णयको विरोध

प्रतिपक्ष नेकपा एमालेले रकमान्तर गरेर नेपाल प्रहरीको लागि हतियार किन्ने सरकारको निर्णयको विरोध गरेको छ। प्रतिनिधिसभाको सोमबारको बैठकमा एमालेका सांसद नवराज सिलवालले मुलुकको अर्थतन्त्र कमजोर भइरहेको अवस्थामा रकमान्तर गरेर नेपाल प्रहरीको लागि हतियार किन्ने निर्णय उचित नभएको बताए। उनले कमिसन र पैसाको लोभमा राष्ट्रको अर्थतन्त्र तहसनहस गर्ने योजना अनुरुप नै हतियार किन्ने तयारी गरेको आरोप लगाए। हतियारको कमिसन ३०० प्रतिशतसम्म कोटा बढाएर खरिद गर्नु धोका भएको भन्दै उनले गठबन्धन सरकार हतियार किन्ने निर्णयबाट फिर्ता हुनुपर्ने तर्क राखे। सरकारले ११ सय… पुरा पढौ