अर्थ

प्रादेशिक औद्योगिक क्षेत्रका लागि जग्गा प्राप्ति गर्न नापी सुरुआत

बर्दघाट । नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरको कावासोती–१ र देवचुली–१५ मा प्रस्तावित प्रादेशिक औद्योगिक क्षेत्रका लागि जग्गा प्राप्ति गर्न नापी सुरुआत गरिएको छ । लोकाहा क्षेत्रमा प्रादेशिक औद्योगिक क्षेत्र निर्माण गर्ने योजनाअनुसार अहिले पहिलो चरणमा क्षेत्रफल निर्धारण र औद्योगिक क्षेत्रका लागि जग्गा नापी सुरु गरिएको हो । लोकाहा क्षेत्रमा करिब १८० बिघा जग्गा रहेको र यो जग्गा औद्योगिक क्षेत्रको लागि छुट्याउन अहिले नापीको काम चलिरहेको नापी कार्यालय नवलपुरका नापी अधिकृत धर्मेन्द्र श्रेष्ठले जानकारी दिए । अहिले यस क्षेत्रमा आठ कर्मचारी खटिएर… पुरा पढौ

नीति तथा कार्यक्रममा नसमेटिएको निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम बजेटमा नआएको अर्थ मन्त्री बरालको भनाई

पोखरा । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले नीति तथा कार्यक्रममा नसमेटिएको निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम बजेटमा नआएको बताएका छन् । संसदीय पत्रकार मञ्च गण्डकीले सोमबार पोखरामा आयोजना गरेको संसदीय पत्रकार क्षमता अभिबृद्धिका लागि अध्ययन अवलोकन र अनुभव आदन प्रदान सहितको तालिमको उद्घाटन गर्दै उनले यस्ताे बताएका हुन् । उनले भने, “हामीले सन्तुलित बजेट ल्याएका छौं, एकाध टिका टिपण्णी हुनु स्वभाविक हो, निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम नीति तथा कार्यक्रममै नभएको बिषयलाई बजेटमै ल्याउनै पर्छ भन्ने… पुरा पढौ

हवाई भाडा बढ्यो, काठमाण्डौं–पोखराको भाडा अधिकतम ६ हजार ९०५

काठमाण्डौं । वायु सेवा सञ्चालन संङ्घले पर्सि बुधबारदेखि आन्तरिक हवाई उडानको भाडा बढाउने भएको छ । नेपाल आयल निगमले आइतबार मध्यरातदेखि इन्धनको भाउ बढाएसँगै बुधबारदेखि लागू हुने गरी भाडा बढाउने सोमबार एक सुचना प्रकाशित गर्दै जनाएको हो । निगमको नयाँ भाडादर अनुसार अब काठमाण्डौं–पोखराको भाडा ३ सय रुपैयाँले बढेर अधिकतम ६ हजार ९०५ पुगेको छ ।सबैभन्दा धेरै काठमाण्डौ–धनगढी रुटको भाडा आठ सय ४० रुपैयाँले बढेको छ । काठमाण्डौ–धनगढी रुटमा हवाई सेवा प्रदायकले अधिकतम १६ हजार आठ सय पाँच रुपैयाँसम्म लिन… पुरा पढौ

सार्वजनिक यातायातको भाडा बढ्यो

काठमाण्डौं । यातायात व्यवस्था विभागले सार्वजनिक गाडी भाडा बढाएको छ । आइतबार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा चर्को वृद्धि गरेसंगै विभागले भाडा बढाएसंगै विभागले भाडा समायोजन गरेको हो । विभागले आजैदेखि लागू हुने गरी यात्रुवाहक गाडीमा पाँच दशमलव ३० प्रतिशत, पहाडी बाटोमा चल्ने मालवाहक गाडीमा ६ दशमलव ९४ र तराईको बाटोमा चल्ने मालवाहक गाडीमा सात दशमलव सात प्रतिशतले भाडा बढाएको छ । नयाँ भाडादर एक प्रदेशबाट अर्को प्रदेशमा वा राष्ट्रिय राजमार्गमा चल्ने गाडीमा लागू हुने विभागले जनाएको छ बढाएको… पुरा पढौ

१५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

काठमाण्डौं । नेपाल राष्ट्र बैंकले रु १५ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गर्दै पाँच वर्षे अवधिका लागि उक्त विकास ऋणपत्र बिक्री हुन लागेको जानकारी दिएको हो । बोलकबोलको प्रक्रियाबाट ब्याजदर निर्धारण हुने सो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । सो ऋणपत्रको धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण समेत लिन सकिन्छ । इच्छुक खरिदकर्ता अप्रतिस्पर्धामा पनि… पुरा पढौ

अब पेट्रोलको मूल्य १९९, डिजेल र मट्टितेलको १९२ रुपैयाँ

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी गरेको छ। निगम संचालक समितिको आइतबार बसेो बैठकले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको हो। बढेको मूल्य आज (सोमबार) राति १२ बजेदेखि लागु हुने निगमले जनाएको छ। यससँगै एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ। यसैगरी एक लिटर डिजेल र मट्टीतेल किन्न १९२ रुपैयाँ तोकेको छ। निगमले हवाई इन्धनमा पनि आन्तरिक तर्फ १९ रुपैयाँले वृद्धि गरी प्रतिलिटर १८५ रुपैयाँ तोकेको छ। हवाई इन्धनको… पुरा पढौ

नाट्टा गण्डकीको रक्तदान

पोखरा । नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशले आयोजना गरेको रक्तदान कार्यक्रममा ३८ यूनिट रगत संकलन भएको छ । आइतबार पोखरामा सम्पन्न भएको कार्यक्रममा ३८ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक नाट्टा गण्डकीका सदस्य सुशिला सिग्देलले जानकारी दिइन् । कार्यक्रमको पोखरा महानगरपालिका वडा नम्वर ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले पहिलो रक्तदाता नाट्टा गण्डकीका हरिराम अधिकारीलाई व्लड व्याग हस्तान्त्रण गर्दै उद्घाटन गरे । विश्वव्यापी कोभिड–१९ को प्रभावका कारण रक्त सञ्चार केन्द्रहरुमा भएको रगतको अभावलाई कम गर्नका लागि सामाजिक… पुरा पढौ

नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालियो

काठमाडौ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ३७.२७ अङ्कले ओरालो लागेर एक हजार ९३४.११ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.२९ अङ्कले ओरालो लागेर ३७३.८५ मा ओर्लेको छ । कूल २२३ कम्पनीको ३६ लाख ६६ हजार ८९१ कित्ता शेयर रु एक अर्ब १३ करोड ४० लाख ९१ हजार २१२ मूल्यमा खरिद बिक्री भए ।… पुरा पढौ

पोखराका लगानीकर्ता काठमाण्डौं प्रस्थान

पोखरा । पूजीबजार सुधारको आन्दोलनमा भौतिकरुपमा सहभागी हुन पोखराका लगानीकर्ताहरु आज राजधानी काठमाडौँ प्रस्थान गरेका छन् । पोखराका लगानीकर्ताहरु पनि १९ बुँदे माग लिएर ५ दिन अघि देखि आवरण अनशनमा बसेका लगानीकर्ताको समर्थन एैक्यबद्धता जनाउन राजधानी गएका हुन् । तिलक कोइरालाको अगुवाइमा पूजीवजारको नीतिगत सुधारको लागि आन्दोलन जारी छ । शेयरबजारका लगानीकर्ताहरु नेपाल राष्ट्र बैँक नियमक निकाय धितोपत्र बोर्ड तथा नेप्सेको गलत नीतिका कारण पूँजी बजार प्रभावित भएकाले आफ्नो नीति सच्चाउनका लागि संघर्षमा उत्रनु परेको लगानिकर्ता लोकेन्द्र ढकालले बताए ।… पुरा पढौ

सांसदलाई दोहोरो बजेट नदिदा काँग्रेस असन्तुष्ट

गण्डकी प्रदेशको बजेटमा प्रति सांसद ५ करोडको योजना दिइएको छ। प्रतिपक्षी नेकपा एमालेका सांसदलाई कम बजेटका योजना दिइएपनि सत्तापक्षीय सांसदहरु सबैलाई प्रति सांसद ५ करोडको योजना दिइएको हो। यसलाई लिएर एमाले सांसदहरुले असन्तुष्टि व्यक्त गरेपनि विरोधको स्वरले ठूलो रुप लिएन। तर, ५ करोडको योजना पाएरपनि काँग्रेस सांसदहरु असन्तुष्ट छन्। यसअघि, सांसदले नै योजना छनौट गर्नेगरी संचालन गरिएको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममा राखिएको बजेट यसपटक कटौति गरिएपछि उनीहरु अर्थमन्त्री रामजीप्रसाद बरालमाथि खनिएका छन्। अर्थमन्त्री बराल पहिलेदेखि नै निर्वाचन क्षेत्र पूर्वाधार… पुरा पढौ