अर्थ

पोखरा महानगरले ‘बारीदेखि बजारसम्म : गोठदेखि ओठसम्म’ अभियान सञ्चालन गर्ने

पोखरा । पोखरा महानगरपालिकाले ‘बारीदेखि बजारसम्म : गोठ देखि ओठसम्म’ अभियान सञ्चालन गर्ने भएको छ । महानगरपालिकाले कृषि उत्पादनको बजारीकरण, मूल्य श्रृंखला र भण्डारण सहयोगका लागि यो अभियान सञ्चालन गर्ने जनाएको हो । महानगरपालिकाको बुधबार सार्वजनिक नीति तथा कार्यक्रममा कृषि उपज संकलन केन्द्र र कृषि बजार मार्फत स्थानीय कृषि उपज बिक्री बितरण सुनिश्चित गरिने उल्लेख छ । त्यस्तै कृषि उपजको उचित मूल्य र बजार पहुँचको लागि कृषि उत्पादन व्यवस्थापन प्रणाली सञ्चालन गर्ने जनाइएको छ । पुरा पढौ

पोखराले दुध, फलफूल, तरकारी, माछा र मासुको आयात प्रतिस्थापन गर्ने

पोखरा । पोखरामा आयात हुने दुध, फलफुल, तरकारी, माछा र मासुको आयात प्रतिष्थापन गरिने भएको छ । पोखरा महानगरपालिकाले पोखरामा आयात हुने यी खाद्य वस्तुको प्रतिस्थापन गर्ने जनाएको हो । पोखरा महानगरपालिकाको बुधबार प्रस्तुत नीति तथा कार्यक्रम २०७९ मा यी खाद्य वस्तुको आयात परिणामको अध्ययन गरी ५ वर्ष भित्रमा प्रतिस्थापन गरिने उल्लेख छ । पोखरा महानगरपालिकाले खाद्य वस्तुमा आत्मनिर्भर बनाउने, आयात प्रतिस्थापन गर्नेलगायतका उद्देश्य पूरा गर्न कृषि पूर्वाधार निर्माण गर्ने जनाएको छ । जसका लागि नेपाल सरकार, प्रदेश सरकार र… पुरा पढौ

पोखरा महानगरको नीति तथा कार्यक्रम आज सार्वजनिक हुदै

पोखरा । पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै छ । संघीयतापछि स्थानीय तहमा जनप्रतिनिधिको दोस्रो कार्यकाल सुरु भएपछि आउन लागेको नीति तथा कार्यक्रम पोखरा सभागृहमा मेयर धनराज आचार्यले आज प्रस्तुत गर्दैछन् । मुख्यरुपमा घोषणापत्रलाई नै आधार बनाएर पर्यटनलाई केन्द्रमा राखेर कृषि, स्वाथ्य र पूर्वाधार प्राथमिकतामा राखिने मेयर आचार्यले जानकारी दिएका छन् । पुरा पढौ

दोर्दीको आइपिओको बाँडफाँट

काठमाडौ । दोर्दीखोला जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयरको बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडको कार्यालयमा आज प्राथमिक सार्वजनिक निष्काशन ९आइपिओ०को बाँडफाँट भएको हो । बिक्री प्रबन्धकका अनुसार कम्पनीले निष्काशन गरेको आइपिओमा कूल १४ लाख ७१ हजार ६६५ जनाले एक करोड ६३ लाख ९७ हजार ११० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए । आवेदन दिएकामध्य ८८२ जना आवेदकको आवेदन रद्द भएको र बाँकी १४ लाख ७० हजार ७८३ योग्य… पुरा पढौ

बिहुँ–नरेठाँटी सुरुङमार्गको सम्भाव्यता अध्ययन हुने

बागलुङ । सरकारले बिहुँ–नरेठाँटी सुरुङमार्ग निर्र्माणका लागि सम्भाव्यता अध्ययन गर्ने भएको छ । त्यहाँको काठेखोला गाउँपालिका–६ देखि गलकोट नगरपालिका–२ जोड्ने उक्त सुरुङमार्गको अध्ययनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रु ५० लाख बजेट छुट्ट्याएको छ । सुरुङमार्ग विकास कार्यक्रमअन्तर्गत आउँदो आवका लागि सो बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ । उक्त सुरुङ मार्गको प्राररम्भिक अध्ययन गरिने चर्चा बेलाबेला चल्ने गरे पनि सरकारले पहिलो पटक बजेटको प्रबन्ध गरेको हो । शिक्षामन्त्री एवं बागलुङ–२ का सङ्घीय सासंद देवेन्द्र पौडेलले रातो किताबमा समावेश… पुरा पढौ

सवारी आयातमा लगाइएको प्रतिबन्ध हटाउन माग

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले सवारीसाधन आयातमा लगाइएको प्रतिबन्ध हटाउन माग गरेको छ। मंगलबार नाडाका अध्यक्ष ध्रुवबहादुर थापाको नेतृत्वमा गएको टोलीले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसँग भेट गरी आयातमा लगाइएको प्रतिबन्ध हटाउन आग्रह गरेको हो। देशमा विदेशी मुद्रा सञ्चितिमा कमी आएको भन्दै उद्योग मन्त्रालयले गत वैशाख १३ गते राजपत्रमा सूचना प्रकाशन गर्दै चालु आर्थिक वर्षका लागि (असार मसान्तसम्म) विभिन्न १० वस्तुको आयातमा रोक लगाएको थियो। जसमा कार, जीप, भ्यानजस्ता निजी प्रयोजनका सवारीसाधनको आयातमा रोक लगाइएको थियो। नाडाले… पुरा पढौ

दोर्दी खोलाको आइपीओ बाँडफाँड गरिदैँ

दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको आइपीओ आज (बुधबार) बाँडफाँड हुँदैछ। जेठ २६ गते निष्काशन गरेको आइपीओ बिहान ९ बजे बाँडफाँट गर्न लागिएको जनाइएको छ। कम्पनीको आइपीओमा १ करोड ७९ लाख ३३ हजार ७० कित्ता सेयरको लागि आवेदन परेको छ। यसमा केही आवेदन रद्द भएका छन्। यो सर्वसाधारणलाई छुट्टाएको २० लाख १९ हजार ८६९ कित्ता शेयरको ८.८५ गुणा बढी हो। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई छुट्टाइएको शेयर बाँडफाँट गरी बिक्री हुन बाँकी रहेको २ लाख ९७ हजार ८४० कित्ता सहित गरी… पुरा पढौ

मादीको बजेट ६५ करोड ४८ लाख

कास्की । कास्कीको मादी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु ६५ करोड ४८ लाख ८० बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको ११औँ गाउँसभामा आज उपाध्यक्ष कल्पना गुरुङले सो बराबरको अनुमानित बजेट सभामा प्रस्तुत गरेकोमा सभामा छलफलपछि सर्वसम्मत् पारित भएको हो । गाउँपालिकाले चालु आर्थिक वर्षमा रु ६२ करोड २२ लाख ४० हजार बराबरको बजेट पेश गरेकोमा आगामी आवमा बजेट वृद्धि गरिएको छ । चालु आवको तुलनामा पालिकाको बजेट पाँच दशमलव २५ प्रतिशतले बढी हो । गाउँपालिकाको आवश्यकता, उपलब्ध… पुरा पढौ

सर्वसाधारणलाई हिमालयन हाइड्रोपावर आइपिओ आउँदै

काठमाडौ । हिमालयन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही असार १५ गतेदेखि प्राथमिक सार्वजनिक निष्कासनको बिक्री खुला गर्न लागेको हो । कम्पनीले प्रतिशेयर रु १०० अङ्कित मूल्यका दरले नौ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेकामा दुई लाख ८१ हजार ७५० कित्ता मात्र बाँडफाँट भएको र बाँकी छ लाख १८ हजार २५० कित्तासहित कूल १९ लाख ६८ हजार २५० कित्ता साधारण शेयर निष्कासन गर्न लागेको सार्वजनिक आह्वान पत्रमा… पुरा पढौ

जिसस म्याग्दीको खाता रोक्का हुँदा समस्या

म्याग्दी । जिल्ला समन्वय समिति (जिसस) म्याग्दीको सबै खाता रोक्का हुँदा समस्या भएको छ । तत्कालीन जिल्ला विकास समितिले पाँच वर्षअघि तोडेको ठेक्कासम्बन्धी मुद्दामा अदालतले तोकेको रकम निर्माण व्यवसायीलाई भुक्तानी गर्न नसकेपछि काठमाडाँै जिल्ला अदालतले गत जेठ २७ गते जिसस म्याग्दीको नाममा रहेको सबै खाता रोक्का गरेको हो । निवर्तमान जिससप्रमुख देवेन्द्रबहादुर कटुवालले सोमबार बेनीमा पत्रकार सम्मेलन गरेर खाता रोक्का हुँदा कर्मचारी र जनप्रतिनिधिहरूको तलब, भत्ता र स्थानीय तहसँग साझेदारीमा सञ्चालन भएका योजनाको भुक्तानी ठप्प भएको जानकारी दिए । मौज्दात… पुरा पढौ