अर्थ

भरतपुर महानगरको बजेट रु पाँच अर्ब ७४ करोड

भरतपुर । भरतपुर महानगरपालिकाको ११ औँ नगरसभामा रु पाँच अर्ब ७४ करोड ४२ लाख ५६ हजार बराबरकोे बजेट पेश गरिएको छ ।महानगर उपप्रमुख चित्रसेन अधिकारीले नगरसभा समक्ष आज सो बजेट प्रस्तुत गरेका हुन । प्रस्तुत बजेटमा आन्तरिक आय रु एक अर्ब ५० करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट रु एक अर्ब ९२ करोड ११ लाख २९ हजार, केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँटबाट प्राप्त रु ५३ करोड ३१ लाख २७ हजार, जनसहभागिताबाट रु ३७ करोड, बैंक मौज्दात रु एक अर्ब ३० करोड,… पुरा पढौ

२५ लाखको अक्षयकोष स्थापना

महोत्तरी । अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्करले आफूले औपचारिक शिक्षा प्रारम्भ गरेको विद्यालयमा २५ लाखको विद्यार्थी कल्याण अक्षय कोष स्थापना गरेका छन ।आफ्नो पैतृक थलो महोत्तरीको जलेश्वर नगरपालिका–४ सुगाभवानीपट्टीस्थित श्री शुकदेव माध्यमिक प्राविधिक विद्यालयलाई सचिव पुष्करले रु २५ लाख रकमको अक्षयकोष रकम बिहीबार हस्तान्तरण गरेका हुन । अक्षयकोषको रकमको ब्याजबाट सुगाभवानीपट्टी बस्तीका दलित, असहाय तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने उद्देश्य छ । सचिव पुष्करले कोषबापतको रु २५ लाखको चेक विद्यालयका प्रधानाध्यापक कृष्णचन्द्र चौधरीलाई हस्तान्तरण गरेका हुन । कोष रकम… पुरा पढौ

घट्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले घटेर रु ९७ हजार २०० आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार ५०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ७०० छ । यसको मल््य अघिल्लो दिन प्रतितोला रु ९७ हजार थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार २४० तोकिएको महासङ्घले जनाएको… पुरा पढौ

आज स्थानीय तहहरुको आवको बजेट सार्वजनिक

अधिकांश स्थानीय तहहरुले आर्थिक वर्ष २०७९/८० का लागि आज (शुक्रबार) बजेट सार्वजनिक गर्दैछन्। कतिपय स्थानीय तहले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट गाँउ नगर सभामा पेश गरिसकेका छन्। धेरैजसो स्थानीय तहले आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट एकैपटक सभामा पेश गर्दैछन्। अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार संचालन ऐनले सबै स्थानीय सरकारले असार १० गतेभित्र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट आ–आफ्नो सभामा पेश गर्नुपर्ने कानूनी व्यवस्था गरेको छ। स्थानीय तहले नीति कार्यक्रम… पुरा पढौ

यमाहा रेजेडआरको फोटो कन्टेस्ट जारी

पोखरा । यमाहा रेजेडआर १२५ सिसीको स्कुटर चालकहरुलाई भिएडब्लु इन्टरप्राइजेजले नयाँ अफर सार्वजनिक गरेको छ । यस क्षेत्रमा यमाहाको आधिकारिक विक्रेता भिएडब्लु इन्टरप्राइजेजले ‘यमाहा रेजेडआर १२५ सिसी फोटो कन्टेस्ट’ अफर ल्याएको हो ।प्रतियोगितामा सहभागी हुन चाहनेले रेजेडआर १२५ सिसीका चालकले आफू र स्कुटरसहितको फोटो यमाहा पोखराको आधिकारिक फेसबुक पेज वा इमेलमा पठाउनुपर्ने म्यानेजर सुरेन्द्र रेग्मीले जानकारी दिए । असार मसान्तसम्म प्राप्तबाट फोटोबाट प्रतियोगिताको विजेता घोषित गरिने म्यानेजर रेग्मीले जानकारी दिए । प्रतियोगितमा विजेतालाई नगद १० हजार उपविजेतालाई नगद ७ हजार… पुरा पढौ

असर्फीको मूल्य बढ्यो

काठमाडौँ। नेपाल राष्ट्र बैंकले असर्फीको मूल्य बढाएको छ । आज नेपाल राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभागले एक सूचना जारी गर्दै असर्फीको मूल्य बढेको जनाएको हो ।बैंकले सुनचाँदी, असर्फी, स्मारिका सिक्का र मेडालियनको खरिद, टकमरी र बिक्री कार्यलाई व्यवस्थित गर्न बनेको नेपाल राष्ट्र बैंक सुनचाँदी तथा अन्य धातु खरिद, टकमरी तथा बिक्रीसम्बन्धी कार्यविधि, २०७५ संशोधन गर्दै असर्फीको मूल्य बढाएको हो । संशोधन कार्यविधिअनुसार यसअघि प्रतिग्राम रु दुई सयका दरले रकम थप गरी असर्फीको दैनिक मूल्य निर्धारण हुँदै आएकामा रु एक सयले… पुरा पढौ

ठूलो महानगरको ठूलै आकारको बजेट

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि रु २५ अर्ब बढीको बजेट ल्याउने तयारी गरेको छ । कामपाले चालु आर्थिक वर्षमा रु १८ अर्ब ९५ करोड ७७ लाख १२ हजारको बजेट ल्याएको थियो । आगामी वर्षका लािग चालुको भन्दा रु सात अर्ब बढीको बजेट ल्याउन लागेको कामपाको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिए । आगामी वर्षको बजेटले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राख्ने पनि उनले बताए। चालु आवमा जस्तै भौतिक पूर्वाधार विकास, फोहरमैला व्यवस्थापन, लैङ्गिक समानता र सामाजिक समावेशीकरण,… पुरा पढौ

पोखरा एयरपोर्टदेखि फेवातालसम्मको द्रुतमार्गका लागि सहजीकरण गर्ने

पोखरा । पोखरा महानगरपालिकाले पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थलदेखि फेवातालसम्मको द्रुतमार्गका लागि सहजीकरण गर्ने जनाएको छ । महानगरको बुधबार सार्वजनिक नीति तथा कार्यक्रममा विमानस्थलदेखि फेवातालसम्मको द्रुतमार्ग निर्माणका लागि प्रदेश र संघ सरकारसँग आवश्यक सहजीकरण गर्ने जनाइएको हो । महानगरपालिकाले पोखराको लामेआहालमा निर्माणाधीन अत्याधुनिक बस टर्मिनलको लागि जग्गा प्राप्ति लगायतका कार्यमा प्रदेश सरकारसँगको सहकार्यमा काम अगाडी बढाइने जनाइएको छ । महानगरपालिकाले मध्य पहाडी लोकमार्ग तथा सिद्धार्थ राजमार्ग जोड्न वाइपास रोड तथा पृथ्वी राजमार्गको बैकल्पिक मार्गको रुपमा विरौटा–कोत्रे सडकलाई प्राथमिकता दिई तयारी कार्य… पुरा पढौ

पोखरा महानगरले हरेक ६ महिनामा ३ हजार रोजगारी सिर्जना गर्ने

पोखरा । पोखरा महानगरपालिकाले हरेक ६ महिनामा थप ३ हजार रोजगारी सिर्जना गर्ने नीति लिएको छ । महानगरपालिकाको बुधबार सार्वजनिक नीति तथा कार्यक्रममा आर्थिक वर्षको पहिलो ६ महिनामा ३ हजार थप रोजगारी सिर्जना गर्ने उल्लेख छ । त्यसका लागि प्लस टू तहको अध्ययन सकेका पोखरेली युवालाई भाषा, होटल म्यानेजमेन्ट, मोबाइल मर्मत, कृषि स्रोत व्यक्ति, जडिवुटी संकलन, ब्युटिसियन, प्लम्बिङ, ईलेक्ट्रिसियन, भेटेरीनरी, ईम्व्रोइडरी, ह्यान्डलुम, ग्राफिक्स डिजाइन, वेभपेज डिजाइन, भिडियो ईडिटिङ, वेटर आदि जस्ता सीपसंगै रोजगारी र उद्यमशीलता विकास गर्न सक्षम पोखरा परियोजना… पुरा पढौ

पोखरा महानगरलेपनि भूमि बैंक स्थापना गर्ने

पोखरा । पोखरा महानगरपालिकालेपनि भूमि बैंक स्थापना गर्ने भएको छ । पोखरा महानगरपालिकाको बुधबार सार्वजनिक नीति तथा कार्यक्रममा भूमि बैंक स्थापना गर्ने उल्लेख छ । यसअघि गण्डकी प्रदेश सरकारलेपनि भूमि बैंक स्थापना गर्ने जनाएको थियो । प्रदेश सरकारको नीतिलाई अवलम्वन गर्दै महानगरलेपनि भूमि बैंक स्थापना गर्ने जनाएको हो । महानगरका खाली जग्गा भूमि बैंकमा ल्याएर खेती गर्ने व्यक्ति वा संस्थालाई जग्गा सुनिश्चित गरिने महानगरको नीति तथा कार्यक्रममा उल्लेख छ । महानगरपालिकाले ‘एक वडा : एक पशुपन्छी तथा बाली उत्पादन पकेट… पुरा पढौ