अर्थ

आज बस्ने भनिएको गण्डकी प्रदेशसभा बैठक स्थगित

गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ। आज (आइतबार) देखि बस्ने भनिएको बजेटमाथि छलफल गर्ने गरी प्रदेशसभा बैठक आह्वान गरिएकामा सरकारको अनुरोधमा अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको गण्डकी प्रदेशसभा सचिवालयका सूचना अधिकृत बिष्णुप्रसाद पौडेलले एभरेस्ट आवाजलाई बताएका छन्। शनिबार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा बजेट विनियोजनको किताबसमेत तयार हुन नसकेका अवस्थामा आजदेखि बस्ने भनिएको बैठक स्थगित गर्नेमा दलहरूबीच सहमति जुटेको थियो। पुरा पढौ

बागलुङको जुत्ता–चप्पल उद्योगमा आगो लाग्दा ६५ लाख बढीको क्षति

बागलुङ बजारमा रहेको जुत्ता–चप्पल उद्योग र मोटर पार्टस् पसलमा आगो लाग्दा ६५ लाख बढीको क्षति भएको छ। बागलुङ नगरपालिका–४ उपल्लाचौरका शर्तमान श्रेष्ठको घरमा संचालित न्यू धौलागिरी जुत्ता–चप्पल उद्योग र स्नेहा मोटर पार्टस् पसलमा शुक्रबार हिउँसो आगलागी भएको थियो। आगलागीका कारण जुत्ता–चप्पल उद्योगमा तयार भएका जुत्ता, चप्पललगायत कच्चा सामग्री र मेसिनमा क्षति पुगेको छ। मोटर पार्टस्मा रहेका विभिन्न खालका मर्मत सामग्रीमा क्षति पुगेको छ। दिउँसो पौने ३ बजे विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ। बागलुङको काठेखोला गाउँपालिका–७ रेशका शिव… पुरा पढौ

बाढीमा ज्यान गुमाएका परिवारलाई शुक्लागण्डकीको राहत प्रदान

शुक्लागण्डकी नगरपालिकाले बाढीमा ज्यान गुमाएका परिवारलाई राहत सहयोग गरेको छ। पलिका–१०, कुखुरे बस्ने यामबहादुर बि.क. को परिवारलाई २५ हजार राहत प्रदान गरेको हो। शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित र उपप्रमुख खुमबहादुर बिक (राजु)ले शुक्लागण्डकी नगरपालिका वडा नं १० को कार्यालयमा मृतकका परिवार (भाई) लाई बिपत कोषमार्फत सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्। पुरा पढौ

धुलिखेलमा ४९ होटल सञ्चालनमा, आठ अर्ब लगानी

काभ्रेपलाञ्चोक। पर्यटकीय नगरी धुलिखेलमा साना ठूला गरी ४९ होटल रहेका छन् । ती होटलमा हालसम्म रु आठ अर्ब २२ करोड ५३ लाख लगानी भएको जनाइएको छ ।सङ्घीय राजधानी काडमाडौँदेखि ३० किलोमिटरको दूरीमा अवस्थित सदरमुकाम धुलिखेलका ४९ होटलमा ९९२ ले प्रत्यक्ष रोजगारी पाएका छन् । धुलिखेल नगरपालिकामा ५९५ कर्मचारी पूर्णकालीन छन् भने समग्र जिल्लाका ८०१ कर्मचारी होटलमा कार्यरत रहेका छन् । धुलिखेलमा भएका होटलमा कार्यरत जनशक्तिका लागि वार्षिक रु १८ करोड ४५ लाख खर्च हुने गरेको क्षेत्रीय होटल सङ्घले जनाएको छ… पुरा पढौ

जलविद्युत् आयोजना प्रभावितका लागि ‘आइपिओ’ खुला

बागलुङ । सयपत्री हाइड्रोपावरले आयोजा प्रभावित क्षेत्रका बासिन्दाका लागि साधारण शेयर ९आइपिओ० निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित दरमा रु तीन करोड मूल्य बराबरको तीन लाख कित्ता प्राररम्भिक सार्वजनिक निष्काशन ९आइअियो०को बिक्री खुला गरेको हो । आयोजना प्रभावित बागलुङको ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाका बासिन्दाका लागि साधारण शेयरको बिक्री खुला गरिएको कम्पनीले जनाएको छ । कम्पनीका स्थानीय प्रतिनिधि जीवन बस्नेतले शेयर खरिदका लागि यही असार १६ गतेसम्म आवेदन दिन सकिने बताए । सो अवधिमा… पुरा पढौ

ढोरपाटन: पर्यटकसँगै राजस्वमा वृद्धि

बागलुङ । ढोरपाटन क्षेत्रमा बर्सेनि पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको छ । नेपालकै एकमात्र शिकार आरक्ष सो क्षेत्रमा पर्यटकको आगमनमा वृद्धिसँगै राजस्वमा समेत वृद्धि भइरहेको छ । कुनै समय ढोरपाटनमा शिकार खेल्नमात्रै पर्यटक आउने चलन थियो । सोझै हेलिकोप्टरमार्फत विदेशी शिकारी पर्यटकमात्रै ढोरपाटन शिकार आरक्ष पुग्ने भएपनि सडकको पहुँच, होटल सुविधा तथा प्रचार–प्रसारसँगै बाह्यमात्रै नभएर आन्तरिक पर्यटकसमेत त्यहाँ पुग्न थालेका छन् । ढोपाटनमा शिकार खेल्न, उपत्यका भ्रमण गर्न, प्रसिद्ध ढोरबारही मन्दिर दर्शन गर्न र शिकार आरक्ष कार्यालयको अवलोकनका लागि पर्यटक त्यहाँ… पुरा पढौ

पाकिस्तानमा २० दिनमा ३ पटक पेट्रोलियम पदार्थको मूल्यबृद्धि

पाकिस्तानमा २० दिनमा ३ पटक पेट्रोलियम पदार्थको मूल्यबृद्धि भएको छ । यो बीचमा झण्डै २९ प्रतिशत मूल्य बृद्धि भएको पाइएको अधिकारीहरुले जनाएका छन्। देशका अर्थमन्त्री मिफ्ता इस्माइलले बुधबार फेरि मूल्य बृद्धि भएको घोषणा गरेका हुन्। विश्व बजारमै पेट्रोलियम पदार्थको मूल्य बढेकाले पाकिस्तानमा पनि बढेको उनको भनाई छ। विश्व बजारमा बढेपछि आफ्नो देशमा पनि बढाउनुको विकल्प नरहेको उनले बताए। उनले पेट्रोलियम पदार्थको मूल्य व्यवस्थापनमा अघिल्लो सरकारका पनि केही कमजोरीका कारण समस्या भएको आरोप लगाए। गत मे २६ मा १४४.१५ पाकिस्तानी रुपैँया… पुरा पढौ

रक्तदाता थापाको ७० औं रक्तदान

पोखराका रक्तदाता कृष्णबहादुर थापाले ७० औं पटक रक्तदान गरेका छन्। पश्चिमाञ्चल स्वास्थ्य सहकारी संस्थाको २० औँ स्थापना दिवसको अवसरमा बिहीबार रक्तदान गरेसँगै थापाको ७० औं रक्तदान हो। वडा नं. ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले रक्तदाता थापा र संस्थाका सचिव मिलन श्रेष्ठलाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरे। वडाभित्र रहेका संघसंस्थासँग सहकार्य गर्दै सामाजिक स्वास्थ्यमूलक कार्यक्रम गर्दै जाने बताए। कार्यक्रममा सराङकोट बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर थापाले सहकारीमार्फत सामाजिक उत्तरदायित्वका रचनात्मक कार्यक्रमहरु हुनु महत्वपूर्ण रहेको बताए। संस्थाका सल्लाहकार प्रा.डा.टुमाया घलेले… पुरा पढौ

आइओसीले बढाएर पठायो पेट्रोलियम पदार्थको खरिद मूल्य

काठमाण्डौं । पेट्रोलियम पदार्थको खरिद मूल्य फेरि बढेर आएको छ । इन्डियन आयल कर्पोरेशन (आइओसी)ले आज पठाएको नयाँ मूल्यअनुसार पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढेर आएको छ । आइओसीले पठाएको मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर छ रुपैयाँ ५२ पैसा, डिजेलमा प्रतिलिटर १९ रुपैयाँ तीन पैसा र हवाई इन्धनमा प्रतिलिटर रु ९१ रुपैयाँ ९१ पैसा बढेको छ । नयाँ मूल्यअनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर ३१ रुपैयाँ २८ पैसा, डिजेलमा प्रतिलिटर ३७ रुपैयाँ १६ पैसा, हवाई इन्धन (आन्तरिक)मा दुई रुपैयाँ ७० पैसा र… पुरा पढौ

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

काठमाडौ धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२.५७ अङ्कले वृद्धि भई एक हजार ९७८.९४ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.९३ अङ्कले उकालो लागेर ३८१.८३ मा पुगेको छ । कूल २२१ कम्पनीको ३५ लाख ९४ हजार ५९४ कित्ता शेयर रु एक अर्ब १८ करोड ७१ लाख ४५ हजार ५१९ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १३ उपसमूहमध्ये… पुरा पढौ