अर्थ

१७ खानेपानी आयोजनालाई १९ करोड बजेट

बागलुङ । बागलुङमा सङ्घीय सरकारले सञ्चालन गर्ने १७ खानेपानी आयोजनाका लागि रु १९ करोड विनियोजन भएको छ । जिल्लाका विभिन्न क्षेत्रमा खानेपानीका आयोजना सञ्चालनार्थ सरकारले मन्त्रालयगत बजेट विनियोजनमा १७ आयोजनाका लागि रु १९ करोड पाँच लाख बजेट विनियोजन गरेको हो । चालु बर्खे अधिवेशनमा मन्त्रालयगत बजेटमाथि छलफल चलिरहेकाले आयोजना र बजेटमा थपघट हुनसक्छ । आगामी आर्थिक वर्षमा सञ्चालन हुने अधिकांश आयोजना केही वर्ष पहिलेदेखि नै निर्माणाधीन अवस्थामा छन् । पुराना चलिरहेका आयोजनालाई पूर्णता दिने र नयाँ आयोजनामार्फत उपभोक्तामा स्वच्छ खानेपानी… पुरा पढौ

३ वर्षभित्र सुविधासम्पन्न सिटी बसपार्क निर्माण गर्छौं : मेयर आचार्य

पोखरा । पोखरा बसपार्कमा नाला निर्माणको काम सुरु भएको छ । नाला निर्माणको गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का र पोखरा महानगरका मेयर धनराज आचार्यले एक कार्यक्रमका बीच शिलान्यास गरेका हुन् । नालाको शिलान्यास गर्दै मन्त्री खड्काले नाला निर्माणको काम सुरुवात गर्नु बसपार्क निर्माणकै काम सुरु भएको बताए । उनले प्रदेश सरकारले थालेपनि पोखरा महानगरले पोखरा बसपार्क निर्माण सम्पन्न गर्ने धारणा राखे । त्यसका लागि प्रदेश सरकार सहयोग गर्न तयार रहेको उनको भनाई थियो… पुरा पढौ

मल अभावमा धानको बीउ राख्न नपाउँदा किसान चिन्तित

बेनी । म्याग्दीमा धान रोप्ने समय सुरु हुन लागिसक्दा पनि रासायनिक मलको अभावमा बीउ राख्न नपाउँदा कृषक चिन्तित बनेका छन् । दोस्रो पटक मकै गोड्ने (दोहो¥याउने) बेलामा मकैमा रासायनिक मल हाल्न नपाएका किसान अहिले धानको बीउ राख्ने बेलासम्म मल नपाउँदा समस्यामा परेको बेनी नगरपालिका २ का पदमपाणि शर्माले बताए । उनले भने, “मकै गोड्दा मल नपाएर हालिएन, अब धान रोप्ने बेला आउन लाग्यो, मलको अभावमा बीउ राख्न पाइएको छैन, यसरी त खेती गर्न नसकिने भइयो ।” अर्का किसान तिलबहादुर घर्तीले… पुरा पढौ

गोरखकाली टायर उद्योगलाई पुनः सञ्चालनका लागि पहल हुने

पोखरा । गण्डकी प्रदेश सरकारले गोरखकाली टायर उद्योगलाई पुनः सञ्चालनका लागि पहल गर्ने भएको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मंगलबार गण्डकी प्रदेश सभामा गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम–२०७९/८० प्रस्तुत गर्दै सरकारले गोरखकाली टायर उद्योगलाई पुनः सञ्चालनका लागि संघिय सरकारसंग पहल गर्ने जनाए । यस्तै सरकारले औद्योगिक वस्तुमा आत्मनिर्भर प्रदेश अभियान सञ्चालन गर्ने जनाएको छ । जसका लागि औद्योगिक उत्पादनमा आत्मनिर्भर हुनसक्ने क्षेत्रहरुको पहिचान गरी आत्मनिर्भर हुन सघाउने मुख्य वस्तु उत्पादनमा विशेष सहयोग तथा सहलियत प्रदान गरिने नीति… पुरा पढौ

अन्नपूर्ण केबुलकारमा लुम्बिनी विकास बैंकका ग्राहकलाई १० प्रतिशत छुट

पोखरा । लुम्बिनी विकास बैंकले पोखराको अन्नपूर्ण केबुलकारमा आफ्ना ग्राहकलाई केबुलकार सेवामा छुट दिने सम्झौता गरेको छ ।सम्झौतामा अनुसार लुम्बिनी विकास बैंकले ग्राहकहरुलाई डेबिट कार्ड तथा मोबाइल बैकिङ सेवा प्रयोग गरि अन्नपूर्ण केबुलकारको सेवा लिए बाफत भुक्तानी गर्दा १० प्रतिशत छुट प्रदान गर्ने छ । पोखराको सेदी देखी सारङकोटसम्म सञ्चालनमा आएको केबुलकार पर्यटकको आकर्षक गन्तब्य बनेको कम्पनीले जनाएको छ ।बैंकले देशका ७ वटै प्रदेशमा ८६ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ । यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा… पुरा पढौ

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम : प्राथमिकतामा शिक्षा, स्वास्थ्य कृषि र पर्यटन

पोखरा । गण्डकी प्रदेश सरकारले शिक्षा, स्वास्थ्य कृषि र पर्यटनलाई लाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आज गण्डकी प्रदेश सभामा गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम–२०७९÷८० प्रस्तुत गर्दै प्रदेश स्वास्थ्य नीति कार्यान्वयन गर्ने जनाउनु भएको हो । उनले कृषि, उत्पादन, रोजगारी र आत्मनिर्भरतालाई प्राथमिकतामा राखेको प्रदेश प्रमुख गुरुङले बताए । नीति तथा कार्यक्रममा उद्योग, कलकारखाना स्थापना र सञ्चालनलाई पनि जोड दिइएको छ । निःशुल्क रगत, महिलाको पाठेघरको मुखको निःशुल्क शल्यरक्रिया, कोभिडमा… पुरा पढौ

मुख्य पदमार्गमा पर्यटक स्वास्थ्य केन्द्र स्थापना गरिने

पोखरा । गण्डकी प्रदेश सरकारले पर्यटक स्वास्थ्य केन्द्र स्थापना गर्ने भएको छ । गण्डकी प्रदेश सरकारले प्रदेश भित्रका मुख्य पदमार्गहरुमा पर्यटक स्वास्थ्य केन्द्र स्थापना गर्ने भएको हो । गण्डकी प्रदेशको आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रममा पर्यटक स्वास्थ्य केन्द्र स्थापना गर्ने कार्यक्रम समावेश भएको हो । त्यस्तै, सरकारले पद प्रदर्शकलाई हाई अल्टिच्यूड सिकनेस तालिमपनि सञ्चालन गर्ने भएको छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले भने,‘पर्यटकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी मेडिकल पर्यटनको नीति… पुरा पढौ

पोखरालाई क्यास लेस सिटीको रुपमा विकास गरिने

पोखरा । पोखरालाई क्यास लेस सिटीको रुपमा विकास गरिने भएको छ । गण्डकी प्रदेश सरकारले पोखरा सहरलाई क्यास लेस सिटीको रुपमा विकास गर्ने भएको हो । गण्डकी प्रदेश सरकारले आज प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पोखरालाई क्यास लेस सिटीको रुपमा विकास गर्ने जनाएको हो । प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख पृथ्वीमान गुरुङले भने, ‘प्रदेश राजधानी पोखरामा गरिने आर्थिक कारोबार, नगदको लेनदेन हुने अभ्यासलाई क्रमशः न्यून गर्दै पोखरालाई क्यास लेस सिटीको रुपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माण गरिनेछ… पुरा पढौ

हनिमुन टुरिजम प्रवद्र्धनका लागि ‘आकर्षक हनिमुन गन्तव्य’ विकास गरिने

पोखरा । गण्डकी प्रदेश सरकारले हनिमुन टुरिजम प्रर्वद्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रममा हनिमुन टुरिजम प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिने उल्लेख भएको हो ।जसका लागि गण्डकी प्रदेशका विभिन्न आकर्षक गन्तव्यहरुको पहिचान गरी ‘हनिमुन गन्तव्य’ विकास गरिने नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बताए । पुरा पढौ

इम्बोस्ड नम्बर प्लेट शुल्क १८७५ लिनुपर्नेमा ३१०० लिएको भन्दै आपत्ति

पोखरा । पोखरा नेपाल उद्योग वाणिज्य संघ र उपभोक्ता मञ्च गण्डकीले सरकारले इम्बोस्ड नम्बर प्लेटमा नागरिकलाई ठग्न खोजिएको भन्दै आपत्ति जनाएका छन् । संघका प्रदेश अध्यक्ष सञ्जीवबहादुर कोइराला र मञ्चका अध्यक्ष कपिलनाथ कोइरालाले निकालेको संयुक्त विज्ञप्तिमा औसतमा १ हजार ८७५ रुपैयाँ पर्ने इम्बोस्ड नम्बर प्लेटका लागि सरकारले ३ हजार १ सय रुपैयाँ उठाउन खोजेको भन्दै आपत्ति जनाइएको छ । देश संघीयतामा गइसकेका कारण सवारी साधन दर्ता र नम्बर प्लेट दिने अधिकार प्रदेशमा आउनुपर्नेमा रातारात यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेट… पुरा पढौ