अर्थ

राप्ती हाइड्रोको आइपिओ खुला

काठमाडौ । राप्ती हाइडो« एण्ड जनरल कन्स्ट्रक्शन लिमिटेडले आयोजनाबाट असर पर्न सक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयरको निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा रु छ करोड १२ लाख ७९ हजार ३०० मूल्य बराबरको छ लाख १२ हजार ७९३ कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन ९आइपिओ०को बिक्री खुला गर्ने भएको हो । आयोजनाले प्रभाव पार्ने रुकुमपूर्व जिल्ला र रुकुमपश्चिम जिल्लाका स्थानीय बासिन्दाले आगामी असार ७ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे असार २२ सम्म… पुरा पढौ

पोखरा अनुसन्धान केन्द्रमा पूर्व बजेट छलफल

पोखरा । पोखरामा सोमबार पूर्व बजेटका विषयमा छलफल भएको छ । पोखरा अनुसन्धान केन्द्रको पहलमा विगत ५ वर्षको बजेट विनियोजनमा केन्द्रित रहेर छलफल भएको हो । सरकारले शिक्षा, कृषि, स्वास्थ्य, पूर्वाधार विकास,लगायतका क्षेत्रका लागि विनियोजन गरेको बजेटका विषयमा छलफल भएको केन्द्रले जनाएको छ । कार्यक्रममा सहभागीहरुले गण्डकी प्रदेशको शिक्षा क्षेत्रका विभिन्न योजना, उद्यमशीलता र स्थानीय आर्थिक वृद्धिलाई प्रोत्साहन गर्ने गरी बजेट विनियोजन गर्न सुझाव दिए । यस्तै प्रादेशिक बजेटले केन्द्र र स्थानीय बजेट विनियोजन बीचको विकासको खाडले पूर्ति गर्नुपर्ने ,… पुरा पढौ

सुनको मूल्य बढ्यो

काठमाडौ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९८ हजार १०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९७ हजार ९०० मा कारोबार भएको पहेँलो धातु आज प्रतितोला रु २०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ६०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार ४०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले बढेर रु एक… पुरा पढौ

स्थानीयवासीलाई श्वेतगङ्गा हाइड्रोपावरको आइपिओ खुला

काठमाडौ । श्वेतगङ्गा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । पहिलो चरणमा कम्पनीले स्थानीयवासीका लागि आजदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा १५ लाख ९३ हजार कित्ता शेयर प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गरेको हो । कम्पनीले निष्कासन गर्ने कूल शेयरमध्ये आयोजनाको संरचना रहेको रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिका २, ३ र ४ तथा ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिका ४, ५, ६, ७, ८ र ९ का बासिन्दाका लागि… पुरा पढौ

पोखराको पर्यटन प्रर्वद्धन गर्न ‘डुलुवा’ समूह भारतको लदाख यात्रामा

पोखरा । पोखराको पर्यटन प्रर्वद्धन गर्न युवाहरुको ‘डुलुवा’ समूह एकमहिने भारत यात्रामा निस्केको छ । यस अगाडी नेपालका विभिन्न ठाउँमा पुग्ने गरेको समूहले पहिलो पटक विदेशमा पर्यटन प्रवद्र्धनमा निस्केको हो । पोखरा पर्यटन व्यवसायीमा संलग्न रहेका १९ जना युवाहरु प्रबद्र्धननका भारतका विभिन्न सहरहरु हुदै लदाखसम्मको यात्रामा निस्केका हुन् । पोखरा सहित नेपालका प्रमुख पर्यटकीय गन्तब्यका प्रवद्र्धनात्मक गर्दै टोलीले नेपालको महेन्द्रनगर भारतको अमृतसहर, कश्मिर, कार्गिल, लदाख, मनाली, सिम्ला, देहरादुन, नैनीताल, हलपुर हुदै बुटलबाट फर्किने टोली प्रमुख योगेश भट्टराइले जानकारी दिए ।… पुरा पढौ

सुनको मूल्य घट्यो, प्रतितोला ९७ हजार ९ सयमा कारोबार

काठमाण्डौं । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार ९०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९८ हजार ५०० मा कारोबार भएको पहेंलो धातु आज प्रतितोला रु ६०० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ४०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९८ हजार थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १५ ले… पुरा पढौ

“निजगढ विमानस्थल बन्छ ,यो मेरो प्रतिबद्धता भयो” : अर्थमन्त्री शर्मा

काठमाण्डौं । अर्थमन्त्री जनार्दन शर्माले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने विषयमा सरकार स्पष्ट रहेको बताएका छन् । सर्वोच्च अदालतले सो विमानस्थल निर्माणको सम्पूर्ण प्रक्रिया रोक्न आदेश दिइसकेको छ । वीरगञ्ज उद्योग वाणिज्य सङ्घको ४६औँ साधारणसभालाई आज सम्बोधन गर्दै मन्त्री शर्माले सो धारणा सार्वजनिक गरेका हुन् । “निजगढ विमानस्थल बनाउनुपर्छ, बन्छ । यो मेरो (जनार्दन शर्मा)को प्रतिबद्धता भयो”, उनले भने, “यो सरकारले निजगढ विमानस्थललाई उच्च प्राथमिकतामा राखेको छ ।” उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वैकल्पिकरूपमा मात्र नभएर मधेस र मुलुकै सर्वाङ्गीण… पुरा पढौ

कालीगण्डकीको बिजुली भारत निर्यात सुरु, प्रतियुनिट १९ रुपैयाँ

स्याङ्जा । नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको १४४ मेगावाट जडित क्षमताको कालीगण्डकी ए विद्युतगृहबाट उत्पादित विद्युत् भारत निर्यात सुरु हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी विद्युत्गृहबाट उत्पादित विद्युत् आज राति १२ बजेदेखि निर्यात सुरु गर्न लागेको हो । प्राधिकरणले विद्युत् भारतीय ऊर्जा एक्सचेञ्ज (आइएक्स)मा बिहीबारदेखि त्रिशूली र देवीघाट जलविद्युत्गृहबाट उत्पादित विद्युत्लाई स्रोत मानी दैनिकरुपमा करिब ३९ मेगावाट विद्युत् निर्यात गरिरहेको छ । कालीगण्डकीको पनि सुरु भएसँगै प्राधिकरणले १७७.७ मेगावाट विद्युत् भारत निर्यात गर्नेछ । कालीगण्डकी ए को १४०… पुरा पढौ

शसक्त नमुना महिला समुह ११ औ वर्षमा, चार जना सम्मानित

पोखरा, २१ जेठ पोखरा ७ मासबारमा रहेको शसक्त नमुना महिला समुह ११ औ वर्षमा प्रबेश गरेको छ । बार्षिकोत्सवको अवसरमा आयोजना गरेको कार्याक्रम शुभकामना दिदै नेपाल सरकार स्वाथ्य परियोजनाका योजना विज्ञ छबि गौडेलले समुहले उत्कृष्ट काम गर्दै आएको बताए । उनले महिलाहरु एक जुटभएर काम अगाडी बढाएमा जस्तो सुकै कामलाई सहज रुपमा सम्पन्न गर्न सकिने बताए । उनले आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने बताए । शसक्त नमुना महिला समुहले नवनिर्वाचित पोखरा ७ का वडा सदस्यहरु सम्मान गरेको थियो । गौडेलले… पुरा पढौ

विद्यार्थी र नवविवाहित जोडीलाई पोखराको अन्नपूर्ण केबलकारमा विशेष छुट दिइने

पोखरा । पोखराको अन्नपूर्ण केबलकारले विद्यार्थी र नवविवाहित जोडीलाई टिकटमा विशेष छुट दिने भएको छ । पोखराको पर्यटकीय स्थल सेदीबाट फेवातालको दृश्यहरु हेर्दै सराङ्गकोटसम्मको यात्रा गराउने केबलकारको टिकटमा विद्यार्थी र नवविवाहित जोडीलाई विशेष छुट दिने कम्पनीले जनाएको छ । केबलकारका अनुसार प्लस टुको परीक्षामा सहभागी भएका विद्यार्थी र नवविवाहित जोडीका लागि टिकटमा विशेष छुटको व्यवस्था गरिएको छ । आगामी दिनमा उच्च शिक्षा अध्ययन गर्नका लागि प्रोत्साहन गर्ने र मेहेनती हातहरुलाई अझ उर्जा प्रदान गर्दै उहाँहरुको केही समय भए पनि रमाइलो… पुरा पढौ