अर्थ

सुनको मूल्य १५ सयले बढ्यो

काठ्माडौ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबारका तुलनामा प्रतितोला रु एक हजार ५०० ले बढेर रु ९९ हजार २०० पुगेको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार ७०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार ७०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार २०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले… पुरा पढौ

लमजुङमा निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम

लमजुङमा निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको छ। जिल्लाका सहिद र बेपत्ताका परिवार, जनयुद्ध, द्वन्द्व, जनआन्दोलनका घाइतेहरु, ‘ख’ वर्गको अपाङ्गता परिचयपत्र भएकाहरुको निःशुल्क स्वास्थ्य बीमा भएको छ। यस्तै, अस्पतालमा डाइलेसिस सेवा लिइरहेका बिरामीहरुले पनि निःशुल्क स्वास्थ्य बीमाको सुविधा पाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गण्डकी प्रदेश पोखराको आर्थिक वर्ष २०७८÷०७९ को स्वीकृत स्वास्थ्य बीमा कार्यक्रम अनुसार लमजुङमा पनि कार्यक्रम सञ्चालन भएको हो। स्वास्थ्य बीमा बोर्ड शाखा कार्यालय बेंसीशहरका अनुसार सहिद र बेपत्ताका परिवार, जनयुद्ध, द्वन्द्व, जनआन्दोलन, मधेश आन्दोलन र थारुहट… पुरा पढौ

शुभमार्ग टोल समितिलाई महालक्ष्मी बैंकको सहयोग

महालक्ष्मी बैंकले पोखरा महानगरपालिका–९ नयाँबजारस्थित शुभमार्ग टोलविकास समितिलाई सामग्री सहयोग गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले समितिलाई कुर्ची, टेबल सहयोग गरेको हो। शान्ति दर्शन टोल विकास संस्था अन्तर्गतको सो समितिलाई बैंकले ५० वटा कुर्ची र ३ वटा टेबल हस्तान्तरण गरेको हो। बैंकका गण्डकी प्रदेश प्रमुख गणेशप्रसाद आचार्य, शाखा प्रमुख अस्मिता गौतमले समितिका अध्यक्ष यमकुमार थापालाई सहयोग सामग्री हस्तान्तरण गरेका हुन्। सहयोग सामग्री प्रदान गरेकोमा बैंकलाई समितिका अध्यक्ष थापाले धन्यवाद दिए। कार्यक्रममा उक्त वडाका शान्ति दर्शन टोल विकास संस्थाका अध्यक्ष… पुरा पढौ

साकार हुँदै ‘उज्यालो गण्डकी’ अभियान : लेखनाथदेखि पोखरासम्म अब बिजुलीको लाइन अन्डरग्राउन्ड

पोखरा । गण्डकी प्रदेशलाई उज्यालो प्रदेश बनाउने अभियानमा नेपाल विद्युत प्राधिकरणले सघाउने भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँगको भेटमा शनिबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उक्त प्रतिबद्धता जनाएका हुन् । मुख्यमन्त्री निवासमा भएको भेटमा गण्डकी प्रदेशमा ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री हरिशरण आचार्य, प्रमुख सचिव रवीलाल पन्थ सहभागी थिए । उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले अरु प्रदेशभन्दा गण्डकीमा धेरै विद्युत उत्पादन हुने भए पनि कतिपय ग्रामीण भेगमा अझै पनि विद्युतीकरण हुन नसकेको स्मरण गराए । गण्डकी… पुरा पढौ

अन्नपूर्ण केबलकारको संचालन समयमा परिवर्तन

पोखरा । पोखराको सेदी बगरदेखि सराङकोटसम्म संचालनमा रहेको अन्नपूर्ण केबलकारले सेवा दिँदै आएको समयमा परिवर्तन गरेको जनाएको छ । सनराइज हेर्न जाने यात्रुलाई लक्षित गर्दै बिहान दिँदै आएको सेवा मौसमका कारण असार १ गतेदेखि भाद्र मसान्तसम्मको लागि स्थगित गरेको केबलकारले जानकारी दिएको छ । बिहान ५ बजेदेखि ९ बजेसम्म सनराइज हेर्न जाने यात्रुलाई लक्षित गरि दिइदै आएको सेवा मात्र वर्षाका कारण मौसममा समस्या देखिएकाले भाद्र मसान्तसम्मका लागि स्थगित गरिएको हो । बिहान ९ बजे पछि भने केबलकार सधैँजस्तै दैनिक संचालनमा… पुरा पढौ

१० महिनामा १४ खर्ब ३१ अर्ब व्यापार घाटा

काठमाडौँ । चालू आर्थिक वर्ष २०७८÷७९ को १० महिनाको अवधिमा नेपालको कूल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३०.५ प्रतिशतले बढेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार चालू आवको वैशाखसम्मको अवधिमा नेपालको कूल वैदेशिक व्यापार रु १७ खर्ब ७८ अर्ब पुगेको छ । कूल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ९.७ र ९०.३ प्रतिशत छ । समीक्षा अवधिमा नेपालको कूल निकासी ५९.८ प्रतिशतले वृद्धि भई रु एक खर्ब ७३ अर्ब ३५ करोड तथा कूल पैठारी २८ प्रतिशतले… पुरा पढौ

घट्यो सुनको मूल्य

काठमाडौ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले घटेर रु ९७ हजार ७०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९८ हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार २०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार ५०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले घटेर रु एक हजार २६५ कायम रहेको… पुरा पढौ

फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

काठमाण्डौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । बिहीबार राती १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल डिजेल र मट्टितेलको मूल्य बढाएको हो । निगमले पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल, मट्टितेलमा १२/१२ रुपैयाँ बढाउने निर्णय गरेको छ । निगमका अनुसार अब पेट्रोल प्रतिलिटर १ सय ७८ र डिजेल र मट्टितेलको १ सय ६५ रुपैयाँ पर्ने छ । खाना पकाउने ग्यासको भाउ यथावत रहेको आयल निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएको भन्दै… पुरा पढौ

बढ्यो सुनको मूल्य

काठमाडौ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५०० ले बढेर रु ९८ हजार पुगेको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला रु ९७ हजार ५०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ५०० छ । अघिल्लो दिन उक्त सुन प्रतितोला रु ९७ हजार थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार २८० कायम रहेको महासङ्घले जनाएको… पुरा पढौ

स्वाभिमान सहकारीले पाँचौं वार्षिकोत्सव मनायो

पोखरा, २५ जेठ । स्वाभिमान बचत तथा ऋण सहकारी संस्थाले पाँचौं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव अवसरमा आयोजित समारोहमा सहकारी अध्यक्ष कमलबहादुर रेग्मीले शुभकामना मन्तव्य दिंदै सहकारीको समृद्धिका लागि प्रयास जारी राखेको बताए ।नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष एवं सहकारी उपाध्यक्ष बिमला भण्डारीले सहकारीले समुुदायमा सहकार्य गर्ने बानीको विकास गरेको बताइन् । उनले यसलाई प्रगतिको बाटोमा लैजान सबैको साथ र सहयोग आवश्यक रहने जनाइन् ।सहकारी सल्लाहकार देवीबहादुुर थापाले कोभिडको कारणले सुुस्ताएको यस क्षेत्रलाई उठाउन सबै मिलेर लाग्नुुपर्ने बताए । कार्यक्रममा… पुरा पढौ