अर्थ

देशैभरका सुनचाँदी र रत्न व्यवसायी पोखरामा

पोखरा । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले पोखरामा दुई दिने गोष्ठी सम्पन्न गरेको छ । महासंघले विगतको समीक्षा र आगामी कार्यदिशा, व्यवसायीको हकहित र नीतिगत प्रक्रियाको सन्दर्भमा शनिबार गोष्ठी सम्पन्न गरेको हो । गोष्ठीको उद्घाटन गर्दै गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री मणिभद्र शर्माले व्यवसायीसमक्ष स्वदेशी कालीगढ उत्पादन गर्नुपर्ने धारणा राखे । मन्त्री शर्माले आफ्नो गृह जिल्ला बाग्लुङमा अधिकांश कालीगढहरु भारतीय रहेको उल्लेख गर्दै स्वदेशी नागरिक नै कलाकौशलमा लाग्नुपर्ने सुझाव दिए । ‘बाग्लुङमा मैले देखेका कालीगढहरु प्रायः भारतीय… पुरा पढौ

तनहुँका किसानलाई अनुदानमा मिनीटिलर र कुटानी पिसानी उपकरण

तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिकाले आइतबार स्थानीय किसानलाई ५० प्रतिशत अनुदानमा मिनीटिलर र कुटानी पिसानी उपकरण वितरण गरेको छ । एक्काइस २१ मिनीटिलर, २० कुटानी पिसानी, पाँच घाँस काट्ने र तीन स्टे उपकरण वितरण गरिएको हो । गाउँपालिका मातहतका छवटै वडाका किसानलाई लक्ष गरी गाउँपालिकाको रु १४ लाख र किसानको रु १४ लाख गरी कूल रु २८ लाखको लागतमा उक्त सामाग्री खरिद गरेर ल्याइ वितरण गरिएको हो । व्यक्तिगत र समूहगतरुपमा माग भई आएका सबै किसानलाई सामग्री उपलब्ध गराइएको अध्यक्ष… पुरा पढौ

तनहुँसुरको पर्यटन प्रवद्र्धनका लागि २० करोडको योजना माग

तनहुँको व्यास नगरपालिका–११ स्थित ऐतिहासिक स्थल तनहुँसुरको पर्यटन प्रवद्र्धनका लागि २० करोड रुपैयाँ माग गरिएको छ। तनहुँसुर भानु शान्ति निकुञ्ज बृहत् गुरुयोजनाका लागि २० करोड ४५ लाख ४० हजार रुपैयाँ प्रदेश सरकारसँग माग गरिएको हो। उक्त गुरुयोजना कार्यान्वयन मूल समितिले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई भेटी मागसहितको ज्ञापनपत्र बुझाएको थियो। नेपालको धरोहरका रुपमा रहेको ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्वको तनहुँसुरमा विभिन्न योजना निर्माणका लागि रकम माग गरिएको अध्यक्ष ध्रुवराज पण्डितले जानकारी दिए। व्यास नगरपालिका–११ मा आयोजित कार्यक्रममा पण्डितले मुख्यमन्त्रीसमक्ष उक्त… पुरा पढौ

जनप्रेमी विद्यालयलाई घान्द्रुक समाज जापानको आर्थिक सहयोग

पोखरा । अन्नपूर्ण गाउँपालिका १०/११ मा रहेको जनप्रेमी आधारभुत विद्यालयलाई ब्रेज मेश्रो घान्द्रुक समाज जापानले आर्थिक सहयोग गरेको छ । जिर्ण रहेको विद्यालयको व्यवस्थापन र संरक्षणको लागि ब्रेज मेश्रो घान्द्रुक समाज जापानले १ लाख ६६ हजार १ सय रुपैया सहयोग हस्तान्तरण गरेको हो । समाजका पूर्व अध्यक्ष बुद्धि गुरुङले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र बहादुर विक, प्राध्यानाध्यापक बाबुराम सापकोटा र विद्यालय निर्माण समितिका संयोजक सोम गुरुङलाई संकलित सो रकम हस्तान्तरण गरे । रकम ग्रहण गर्दै विद्यालयका प्रध्यानाध्यापक बाबुराम सापकोटाले सहयोगको… पुरा पढौ

बढ्यो सुनको मूल्य

काठमाडौ । सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु ६०० ले बढेर रु एक लाख ९०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु एक लाख ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख ४०० छ । यसको मूल्य बिहीबार प्रतितोला रु ९९ हजार ८०० थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २५ ले बढेर रु एक हजार ४०० पुगेको महासङ्घले जनाएको… पुरा पढौ

महोत्सवले आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्छ : प्रधानमन्त्री देउवा

तनहुँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मेला महोत्सवले आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्ने बताएका छन् । तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजनामा आजदेखि दमौलीमा शुरु भएको आठौँ तनहुँ महोत्सवको उद्घाटन गर्दै उनले कोभिड–१९ ले थला परेको अर्थतन्त्र चलायमान बनाउन स्थानीयस्तरमा आयोजना हुने मेला महोत्सवबाट सहयोग पुग्ने उल्लेख गरे । आर्थिक तथा सामाजिक क्षेत्रको विकासका लागि मेला महोत्सव सार्थक सिद्ध हुने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले भने, “कोरोनाले दुई वर्षदेखि रोकिएका मेला महोत्सव सञ्चालन हुनु अर्थतन्त्रका लागि राम्रो हो ।” हरेक नेपालीलाई कोभिड–१९… पुरा पढौ

सराङकोटबासीले अर्थमन्त्रीलाई भने : पानीको बाचा पूरा गर्नुभो, अब सडक निर्माण गरिदिनूस्

पोखरा १०, चैत पोखरा १८ स्थित सराङकोटबासीले पिउने पानीको सुविधा प्राप्त गरेसँगै अब सडक निर्माण गर्न माग गरेका छन् । निर्वाचनका बेला पिउने पानीको सुविधा उपलब्ध गराउने भनी सराङकोटबासीलाई दिएको वचन पुरा गरेका गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल (जीवन) समक्ष स्थानियले अब सडक निर्माण गर्न माग गरेका हुन् । सराङकोटमा बुढी मुल लिफ्टीङ खानेपानी योजना, स्याउदे सिमलवोट खानेपानी लगायतका योजना सम्पन्न गर्न करिब ६ करोड ३३ लाख रुपैया विनियोजन भएको थियो भने बाँकी दुई तोरीपानी खानेपानी योजना र ग्यारजाति खानेपानी… पुरा पढौ

कार्यान्वयन नहुने योजना तत्काल सरेण्डर गर्न अर्थमन्त्री बरालको आग्रह

पोखरा १०, चैतगण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले कार्यान्वयनमा नहुने योजनाहरु सरेण्डर गर्न आग्रह गरेका छन् । अर्थ मन्त्रालयले विहिबार मन्त्रालयमै आयोजना गरेको प्रदेशका सचिवहरु बीचको छलफल कार्यक्रम बोल्दै मन्त्री बरालले यस्तो आग्रह गरेका हुन् ।कार्यान्वयन हुन नसक्ने आयोजना यहि चैत भित्र आत्मसमर्पण गर्न, नयाँ योजना प्रस्ताव नगर्न, कार्यान्वयन नहुने योजनाहरु तत्काल समर्पण गर्न, सिमिति श्रोत साधनका बाबजुद अधिकतम श्रोत साधनबाट बजेट कार्यान्वयन गर्न मन्त्री बरालले सचिवहरुलाई निर्देशन दिए । अर्थ मन्त्रालयमा बजेटको चाप निकै बढेकोले अहिलेको… पुरा पढौ

अस्थायी, करार तथा ज्यालादारी कर्मचारीले मुख्यमन्त्रीलाई भने : स्थायीसँगै उपदान, औषधी उपचारसहित महङ्गी भत्ता चाहियो

पोखरा, चैत १० अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघ (आधिकारीक ट्रेड युनियन) गण्डकीले अस्थायी, करार तथा ज्यालादारी कर्मचारीलाई स्थायी गर्न माग गरेको छ । संघले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई भेटेर अस्थायी, करार तथा ज्यालादारी कर्मचारीलाई स्थायी गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको हो । अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघ गण्डकीका अध्यक्ष हरि पौडेल, संघका गण्डकी प्रदेश सह–इन्चार्ज मिन श्रेष्ठको नेतृत्वमा गएको संघको टोलीले अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुले आफूहरुलाई… पुरा पढौ

चीनबाट २३२ मेट्रिक टन रासायनिक मल भित्रियो

रसुवा । चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट रासायनिक मल नेपाल आउन थालेको छ । तातोपानी नाका भएर बुधबार २३२ मेट्रिक टन युरिया मल भित्रिएको तातोपानी भन्सार कार्यालयका अधिकृत नारद गौतमले बताए। शिल्क मार्केटलाई चीनबाट १० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने जिम्मेवारी दिइएको थियो । भन्सार विभागबाट आज रिपोर्ट आउनासाथ मल राजधानी पठाइने गौतमले बताए । बोलपत्र पाएपछि छ महिनाअघि शिल्कले पहिलो खेपमा एक हजार ५०० मेट्रिक टन मल चीनबाट ल्याइसकेको छ । रासायनिक मलको चर्को अभाव झेल्दै… पुरा पढौ