अर्थ

बाख्रापालक भन्छन् : किसान महान ।

पोखरामा बाख्रा दिवस मनाइएको छ । नेपाल व्यवसायीक बाख्रापालक महासंघको आयोजनामा मंगलबार पोखरामा प्रथम राष्ट्रिय बाख्रा दिवस मनाइएको हो । ‘नेपाल, बाख्रा र हामीसँगै’नारासहित मनाइएको बाख्रा दिवसमा बाख्रापालक किसानले सरकारले किसानलाई अपहेलित गरेको गुनासो गरे । कार्यक्रममा नेपाल व्यवसायीक बाख्रापालक महासंघ गण्डकी प्रदेश अध्यक्ष तथा केन्द्रीय उपाध्यक्ष धन श्रीस मगरले सरकारले किसानलाई हेपेको आरोप लगाए । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरेपनि नआएको, कृषिको प्रदेश निर्देशनालयलाई चिठी र मौखिक निम्तो गरेपनि नआएर बाख्रापालक किसानलाई… पुरा पढौ

पोखरामा करीब ४२ तोला अवैध सुनसहित दुई जना पक्राउ

अवैध सुन र पक्राउ परेका विश्वकर्मा र सुनार पोखरा, माघ ४ पोखरामा करीब ४२ तोला अवैध सुनसहित दुई जना पक्राउ परेका छन् । अवैध सुन लिएर हिंडिरहेका दुई जनालाई कास्की प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर ३० पावरहाउसचोकमा चेकजाँचका क्रममा पक्राउ गरेको हो । काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको बसमा सवार बागलुङ जिल्ला बागलुङ नगरपालिका वडा नम्बर ७ का २० वर्षिय अम्मर विश्वकर्मालाई पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विश्वकर्माको साथबाट २० तोला ४३ लाल ८ प्वाइन्टको ३ थान… पुरा पढौ

दक्ष जनशक्ति उत्पादनमा पोउवा संघ र सिटिइभिटीबीच सहकार्य

पोखरा, ४ माघ । पोखरा उद्योग वाणिज्य संघ र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) बजारको आवश्यकता अनुरुपको तालिम आयोजना गर्न तयार भएका छन् ।संघ तथा सिटिइभिटी गण्डकीबीच मंगलबार भएको अन्तरक्रिया कार्यक्रममा सो सहमति बनेको हो । कार्यक्रममा व्यवसायीहरुले बजारको आवश्यकता अनुरुपको तालिममा जोड दिए भने सिटिइभिटीबाट सोही अनुरुपको तालिम दिने प्रतिवद्धता व्यक्त भयो । बजारको आवश्यकता अनुरुपको तालिम छिट्टै संचालनमा ल्याइने पनि सो अवसरमा जानकारी गराइयो ।कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले सानो पुँजीबाटै व्यवसाय… पुरा पढौ

पोखरासहित गण्डकी प्रदेशमा अब ट्याक्सीमा मिटर अनिवार्य

गण्डकी प्रदेश सरकारले ट्याक्सीमा मिटर प्रणाली लागु गर्ने निर्णय गरेको छ । ट्याक्सीको भाडादर समायोजन गर्नुका साथै ट्याक्सीमा मिटर प्रणाली लागु गर्ने निर्णय प्रदेश सरकारले गरेको गण्डकी प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले जानकारी दिए । सरकारले ट्याक्सीमा फ्ल्याग डाउनमा १५ किलोमिटरसम्मको ८० रुपैयाँ कायम गर्नुका साथै प्रत्येक २०० मिटरमा १० रुपैयाँका दरले भाडा समायोजन गरेको उनले जानकारी दिए । १५ किलोमिटर भन्दा बढी दुरीमा भने यो नियम नहुने उनले बताए ।… पुरा पढौ

गण्डकी प्रदेशमा नगरमा २२.५५ र प्रदेश भित्र चल्ने लामा दुरीमा २३.५१ प्रतिशतले बढ्यो भाडा

गण्डकी प्रदेशमा सार्वजनिक यातायातको भाडादर समायोजन भएको छ । गण्डकी प्रदेश सरकारले सार्वजनिक यातायातको भाडादर समायोजन गरेको हो । गण्डकी प्रदेश सरकारको सोमबार बसेको मन्त्री परिषद बैठकले प्रदेश भाडा सिफारिस समितिको प्रतिवेदन अनुसार भाडादर समायोजन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले जानकारी दिए । प्रदेश सरकारले सार्वजनिक बस, ट्रक, ट्याक्सीको भाडादर समायोजन गरेको मन्त्री खड्काले जानकारी दिए । उनका अनुसार प्रदेश भित्र लामा दुरीमा चल्ने बसमा २३.५१ प्रतिशत बृद्धि गरिएको… पुरा पढौ

लुम्बिनी विकास बैंकद्वारा सहारा एकेडेमीलाई सहयोग

पोखरा । लुम्बिनी विकास बैंकले सहारा फुटबल एकेडेमीलाई आर्थिक सहयोग गरेको छ । क्लबले पोखरा–१७ दोविल्लामा सञ्चालन गरेको सूर्यबहादुर केसी स्मृति फुटबल एकेडेमीलाई रु दुई लाख ४३ हजार सहयोग गरेको हो । बैंकका तर्फबाट सञ्चालक रामचन्द्र सिग्देल, पोखरा न्यूरोड र महेन्द्रपुल शाखाका शाखा प्रबन्धकद्वय बलबहादुर ढकाल र गोपीराज अधिकारीले सहारा क्लबका अध्यक्ष हरिराम गुरुङ, क्लबका निवर्तमान अध्यक्ष केशवबहादुर थापा र पूर्व अध्यक्ष विक्रम थकालीलाई सहयोग रकमको चेक हस्तान्तरण गरे । एकेडेमीमा हाल १५ जिल्लाका २४ बालक रहेको क्लबका उपाध्यक्ष तथा… पुरा पढौ

मुनाल सहकारीको वार्षिकोत्सवको अवसरमा सिद्धवराह आश्रमलाई सहयोग

पोखरा । पोखराको मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड आजबाट स्थापनाको चौधौं वर्षमा प्रवेश गरेको छ । सहकारीले चौधौं वार्षिकोत्सवको अवसरमा संस्थाले पोखराको पामेस्थित सिद्धवराह तपोवन सन्यास आश्रममा अध्ययनरत बटुक विद्यार्थीहरूको लागि ४० हजार बराबरको १८ थान सिरक, बेड कभर लगायतका सामाग्रीहरु सहयोग गरेको हो । संस्थाका अध्यक्ष मगनलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको सहयोग हस्तान्तरण कार्यक्रममा सिद्धवराह तपोवन आश्रमका पिठाधीश स्वामी श्री निषेशानन्द महाराजले सहयोगी मनलाई धन्यवाद दिदै मुनाल सहकारीको यो सहयोगले आश्रममा अध्ययनरत बटुक विद्यार्थीहरूले न्यानो माया तथा… पुरा पढौ

३९ वर्षिय जिसीलाई सहयोग गर्न परिवारको अपिल

पोखरा । जीवन भरी खान पुगोस्, अप्ठ्यारोमा परेकालाई दिन पुगोस् भन्ने नाराका साथ मिर्गौला रोगबाट पिडित डण्डबहादुर जिसीलाई सहयोग गर्न परिवारले अपिल गरेका छन् । पर्वत फलेवास नगरपालिका वडा नं. १ कार्कीनेटा निवासी जिसी विगत ३÷४ वर्षदेखी मिर्गौला रोगले ग्रसित भई उपचार गराउँदा धेरै धनराशी खर्च भई घरबार विहिन भए पछि सहयोगको याचना गरिएको हो । उनका एक श्रीमती, एक छोरा, एक छोरी रहेका छन् । आर्थिक स्थिति अत्यन्तै कमजोर भएका जिसीलाई सहयोग गर्न इच्छुक संघसंस्था, व्यक्तिहरुले उहाँकी श्रीमती रेजिना… पुरा पढौ

नेप्सेमा उच्च अङ्कको वृद्धि

काठमाण्डौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले बढेको छ । नेप्से ६९ अङ्कले बढेर दुई हजार ९२६.७४ मा पुगेको छ ।यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११.८१ अङ्कले बढेर ५४२.६३ मा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेको उकालो यात्रासँगै कारोबार रकमसमेत उकालो लागेको छ । कूल २२९ कम्पनीको एक करोड ८२ लाख ५४ हजार ४२५ कित्ता शेयर रु नौ अर्ब ६७ करोड ६३ लाख १७ हजार ५९ मूल्यमा खरिद… पुरा पढौ

सेवाग्राहीप्रति उत्तरदायी हुन लेखापढी कानून व्यवसायीहरुलाई मन्त्री थापाको सुझाव

माघ २, पोखरा । गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले लेखापढी कानून व्यवसायीहरु सेवाग्राही प्रति उत्तरदायि हुन आवश्यक रहेको बताउनुभएको छ । नेपाल लेखापढी कानून व्यवसायी एसोसियसन जिल्ला कार्यसमिति कास्कीको १६ औं साधारण सभा तथा ८ औं अधिवेशनमा बोल्दै मन्त्री थापाले लेखापढी कानून व्यवसायीहरुले जनतालाई सहज रुपमा सेवा उपलब्ध गराउनुपर्ने धारणा राख्नुभयो । उहाँले लेखापढी कानून व्यवसायीहरुले जनतालाई दिने सुविधा पारदर्शी हुनुपर्ने आवश्यकतालाई औंल्याउनुभएको छ । ‘लेखापढी कानून व्यवसायीहरु निष्ठावान भएको खण्डमा जनताले… पुरा पढौ