अर्थ

घट्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. ९०० ले घटेर रु. ९३ हजार ५०० तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु. ९४ हजार ४०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु. ९३ हजार रहेको छ । जसको मूल्य बुधबार प्रतितोला रु. ९३ हजार ९०० थियो । त्यस्तै आज चाँदी अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. १० ले घटेर रु.एक हजार २९० कायम भएको महासङ्घले जनाएको छ… पुरा पढौ

स्याङ्जाको एउटै गाउँबाट एक करोड बढीको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै गाउँबाट एक करोडभन्दा बढीको सुन्तला बिक्री भएको छ । स्याङ्जाको गल्याङ नगरपालिका–७ सिरौंसा गाउँका किसानले यसपटक सुन्तला बिक्रीबाट एक करोड २५ लाखभन्दा बढी आम्दानी गाउँमा भित्र्याएका हुन् । सिरौंसाको नवदुर्गा फलफूल तथा कृषि समूहमा आबद्ध किसानहरुको मुख्य आम्दानीको स्रोत नै सुन्तला खेती भएको समूहका संयोजक भूपराज भण्डारीले बताए । सिरौंसा गाउँमा सुन्तला खेती गर्ने किसानहरु दुईवटा समूहमा आबद्ध रहेका छन् । दुईवटा समूहमा गरेर ६२ घरधुरी समावेश छन् ।“गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादनमा कमी… पुरा पढौ

सुन्तला बिक्रीबाट एउटै गाउँमा साढे दुई करोड भित्रियो

गलकोट। बागलुङ नगरपालिका–८ सिगानाका अनन्तबहादुर खड्काले यस वर्ष आफ्नो बगैँचाका सुन्तला टिपेर पोखरा पुर्‍याए । सुन्तला टिपेर पोखरा पुर्‍याएका खड्काको हातमा यस वर्ष रु चार लाख ५० हजार हात पर्‍याे । सुन्तला टिप्ने ज्याला र यातयात खर्च घटाउँदा उनले रु. चार लाख बचत गरे। सुन्तला गाउँका रूपमा परिचित सिगानामा सबैभन्दा ठूलो सुन्तला बगैँचा अनन्त खड्काको छ । खड्काको बगैँचामा २०० सुन्तलाका बोटले उत्पादन दिइराखेको छ । उनले सुन्तलाको बढी मूल्य लिन पोखरा लगेर बिक्री गरेको बताए । “सुन्तला बोटबाटै बिक्री… पुरा पढौ

सुनकोे मूल्य बढ्यो

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५०० ले उकालो लागेर रु ९४ हजार पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९३ हजार ५०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५०० कायम भएको छ । जसको मूल्य सोमबार प्रतितोला रु ९३ हजार तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रु १५ ले घटेर प्रतितोला रु एक हजार ३०० तोकिएको… पुरा पढौ

तलब, भत्ता जनताको सेवामा खर्चिएका सांसद दवाडी भन्छन् : सरकारको कामबाट जनता खुशी छैनन्

पोखरा, माघ ११ गण्डकी प्रदेश सभा सदस्य (प्रदेश सांसद) प्रकाशचन्द्र दवाडीले आफूले पाएको तलब, भत्ता जनताको सेवामा खर्चिदै आएका छन् । गोरखा क्षेत्र नम्बर २ (ख)का सांसद उनले शुरु देखि नै आफूले पाएको तलब, भत्ता जनताको सेवामा खर्चिदै आएका उनले अहिलेपनि त्यसलाई निरन्तरता दिदै आएका छन् । उनले गत पुसदेखि यस वर्षको पुस मसान्त सम्ममा कुल १३ लाख ६३ हजार ८ सय रुपैयाँ खर्चेका छन् । यस बिचमा उनले प्रदेश सांसदको हैसियतमा तलब, भत्ता र त्यसबाट बैंकमा रहँदा प्राप्त भएको… पुरा पढौ

जीप दुर्घटनामा परी ज्यान गुमाएकाको परिवारलाई बन्दीपुर गाउँपालिकाको आर्थिक सहयोग

गत पुस ३० गते बन्दीपुर गाउँपालिका–६ धरमपानी बाक्सेमा जीप दुर्घटनामा परी मृत्यु भएका ६ जनाको परिवारलाई बन्दीपुर गाउँपालिकाले आइतबार राहत प्रदान गरेको हो । गाउँपालिकाको बैठकको निर्णय अनुसार प्रति मृतक १० हजार रुपैयाँका दरले ६० हजार रुपैयाँ राहत प्रदान गरिएको गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले जानकारी दिएकी छिन्। गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा, उपाध्यक्ष गुरुङ, वडाध्यक्ष सन्तबहादुर गुरुङसहित जनप्रतिनिधिको टोली मृतकको घरमै पुगेर राहत प्रदान गरेको हो। ‘शोकको घडीमा स्थानीय सरकार जनताको साथमा छ भन्ने अनुभूति दिलाउन थोरै भएपनि राहत प्रदान गरेका… पुरा पढौ

कोभिडबाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग

कोभिड–१९ बाट मृत्यु भएकाको परिवारले आर्थिक सहयोग प्राप्त गर्ने भएका छन्। स्वास्थ्य कार्यालय तनहुँले कोभिड–१९ बाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहायता प्रदान गर्न लागेको हो। कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने सम्बन्धी अवधारणापत्र २०७८ बमोजिम आर्थिक सहयोग गर्न लागिएको कार्यालयका सूचना अधिकारी एवं खोप अधिकृत शंकरबाबु अधिकारीले जानकारी दिएका छन्। गण्डकी प्रदेश सरकारको स्वास्थ्य शाखा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयको कार्यक्रममार्फत कोभिडबाट मृत्यु भएका परिवारलाई प्रतिपरिवार ५० हजार रुपैयाँका दरले आर्थिक सहायता उपलब्ध गराइनेछ। जिल्लाका १०… पुरा पढौ

थारु महिलाहरुको सीपमूलक कार्यमा आकर्षण बढ्दा आयआर्जनमा सहज

बुटवल । सीपमूलक कार्यमा मधेसी तथा थारू समुदायका महिलाको आकर्षण बढ्दै गएको छ । रुपन्देहीको सियारी गाउँपालिकाका मधेसी तथा थारु समुदायका महिलाले हस्तकलाका सामग्रीबाट आयआर्जन गर्न थालेका छन् । स्थानीय तहको पहलमा उनीहरुले हराउँदै गएका हस्तकलाको सामग्री उत्पादन गरी आयआर्जनको माध्यम बनाएका हुन् । विशेषगरी गाउँपालिकाको पहलमा ‘गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम’अन्तर्गत मधेसी तथा थारु समुदायका महिलाले ‘हस्तकला तालिम’ लिएर त्यतिकै खेर गइरहेको बस्तुबाट आयआर्जनको माध्यम बनाएका छन् । महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले सियारी गाउँपालिका २ र ३… पुरा पढौ

आयात १० खर्ब हुँदा निर्यात एक खर्ब १८ अर्ब

काठमाडौ । चालु आर्थिक वर्षको पहिलो छ महिनामा आयातसँगै निर्यातमा समेत बृद्धि भएको छ । सो अवधिमा रु नौ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख बराबरको वस्तु तथा सेवा आयात हुँदा नेपालले रु एक खर्ब १८ अर्ब ८५ करोडको मात्र निर्यात गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा आयात ५९ दशमलव १३ प्रतिशत र निर्यात ९५५ दशमलव ४८ प्रतिशतले बृद्धि भएको हो । गत आर्थिक वर्षको सोही अवधिमा रु छ खर्ब ६१ अर्ब २४… पुरा पढौ

सेभेन स्टार फुड एण्ड मार्टको बम्पर उपाहारको नतिजा घोषणा, मोरङका ढकालले पाए स्कुटर

पोखरा । पोखराको सिमलचौरमा रहेको सभेन स्टार फुड एण्ड मार्टले सञ्चालन गरेको दशै तिहार –२०७८ को बम्पर उपहारको प्रथम पुरस्कार सन्दीप ढकालले प्राप्त गरेका छन् । मार्टले शनिबार आफ्नो स्थापनाको एक वर्ष पुगेको अवसर पारेर आयोजना गरेको एक कार्यक्रमकाविच गोला प्रथा मार्फत बिराटनगर–२ मोरङ घर भई पोखरामा कार्यरत सन्दीप ढकाल विजेता घोषित भएका हुन् । उनलाई आजनै सो पुरस्कार हस्तान्त्रण गरिएको मार्ट सञ्चालक समितिका सचिव डिल्लीराम पनेरुले जानकारी दिए । यस्तै दोश्रो पुरस्कार अन्र्तगत वासिङ मेसिन चिट्टा नम्वर १९४३, तेश्रो… पुरा पढौ