अर्थ

निक्षेपमा ब्याजदर बढाएर कर्जाको ब्याजदर बढाउने बैंकहरुको नियत : पो.उ.वा.संघको खबरदारी, तत्काल निर्णय सच्याउन माग

पोखरा उद्योग वाणिज्य संघले निक्षेपको बैंक ब्याजदरमा दोहोरो अंक कायम गरी ब्याजदर बढाउने निर्णय फिर्ता लिन आग्रह गरेको छ । संघका महासचिव सुरेन्द्रमान बिजुक्छेले आज एक विज्ञप्ती जारी गर्दै बैंकहरुले तरलताको अभाव देखाउँदै निक्षेपमा दिदै आएको बैंक ब्याजदरमा दोहोरो अंक कायम गरी ब्याजदर बढाउने सम्बन्धमा गरेको निर्णय फिर्ता लिन माग गरेका हुन् । संघले जारी गरेको विज्ञप्तीमा निक्षेपमा ब्याजदर बढेपछि कर्जामापनि स्वतहः ब्याजदर बृहिद्ध हुने भन्दै सो निर्णय फिर्ता लिन माग गरिएको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना… पुरा पढौ

बहुबर्षिय रणनीतिक महत्वका आयोजना काटिएको होईन : मन्त्री बराल

पोखरा महानगर्पालिका वडा न ३३ भरतपोखरी मा रहेको भरत पोखरी बिकास मन्चले बिजया दशमी तिहार छठ ,नेपाल सम्बत ११४२ को अबशरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ। गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री रामजीप्रसाद बराल बरालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा मन्त्री बरालले सामाजिक न्याय सहितको बिकास आजको आबश्यकता भएको भन्दै नेपाली समाजको मोडल अनुसारको भौतिक बिकासमा जोड दिए। प्रदेसका बहुबर्षिय आयोजनाका कार्यक्रम काटिएको नभएर स्रोत अभाबले स्थगित भएको बताए। यो सरकार अघिल्लो सरकारको… पुरा पढौ

दक्षिण एसियामै पहिलोपटक ‘रारा चाउचाउ’ भित्राउने श्रेष्ठको निधन

दक्षिण एसियामै पहिलोपटक चाउचाउ भित्राउने फणिन्द्रमान श्रेष्ठको निधन भएको छ । गण्डकी नुडल्सबाट उत्पादित रारा चाउचाउ भित्राउने श्रेष्ठको आज विहान ६ः२० बजे निधन भएको हो । उनको काठमाडौंको शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिह श्रोतले जनाएको छ । उनको आजै अन्त्येष्टी गरिएको छ । स्वर्गिय श्रेष्ठ पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवं मानार्थ सदस्य हुन् । उनी वि.स.१९९८ साल भदौ ४ गते लमजुङ जिल्ला दुराडाँडाको पुरानकोट फोस्रेगाउँ दुराडाँडा ( हाल बेसिसहर नगरपालिका–४) जन्मेका थिए । उनी २०४७ देखि २०४९… पुरा पढौ

नेपाल एअरलाइन्सका कर्मचारीको आन्दोलन स्थगित

काठमाण्डौं । नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिनप्रकाश पौडेलको विषयलाई लिएर आन्दोलन गरिरहेका कर्मचारीले आजदेखि आफ्ना सबै आन्दोलन स्थगित गरेका छन् । आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग मन्त्रालयमा भएको छलफलपछि कर्मचारीहरूले आफ्ना आन्दोलनका कार्यक्रम स्थगित भएको जानकारी दिएका हुन् । मन्त्री आले तथा नेपाल वायुसेवा निगमका कर्मचारीबीच नेपाल वायु सेवा निगमका महाप्रबन्धक पौडेलका विषयमा उठेका समस्या कानूनसम्मत तरिकाले समाधान गर्ने सहमतिपश्चात आन्दोलनका सबै कार्यक्रम स्थगित भएको नेपाल राष्ट्रिय कर्मचारी युनियनका अध्यक्ष सुवास डाँगीले बताए । उनले भने, “महाप्रबन्धक… पुरा पढौ

पोखरा रोयलमा ४३ प्रतिशत युवा सदस्य

पोखरा । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा आवद्ध सदस्यहरु मध्ये १८ देखि ४० वर्ष उमेर भित्रका सदस्यहरुको संख्या ३ हजार ८ सय ३ अर्थात कूल सदस्य संख्याको ४३ प्रतिशत रहेको छ । हाल संस्थामा ८ हजार ७ सय ९४ जना सदस्यहरु रहेका छन् । सार्वजनिक भएको युवा सदस्यको तथ्याँक बमोजिम २७९४ जना महिला सदस्य र १००९ जना पुरुष सदस्य रहेका छन् । तथ्याँक बमोजिम १८ देखि २५ वर्षसम्मका मात्र आँकाडा हेर्दा जम्मा सदस्यहरु ६०५ जना र २५… पुरा पढौ

पर्यटनबाटै गण्डकीको समृद्धि : मन्त्री बराल

पोखरा । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी बरालले पर्यटनबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका छन् । पोखरा पर्यटन परिषद्ले दशै , तिहार, छठको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री बरालले पर्यटन आर्थिक समृद्धिको आधार भएकाले नीजि क्षेत्रसँग सहकार्य गरेर पर्यटन विकासमा जुट्न प्रदेश सरकार तयार रहेको बताए । उनले कोभिड १९ को महामारिले सुस्ताएको पर्यटन लाई चलायमान बनाउन पोखराको हिमा गृह, रत्न मन्दिर लगायतका नयाँ पर्यटकीय गन्तब्य खुलाउन पहल गर्ने बताउनुभयो । उनले अन्तराष्ट्रिय विमानस्थल पश्चात पर्यटकका… पुरा पढौ

सामूहिक लगानीमा व्यवसाय गर्नुपर्नेमा जोड

दसैं र तिहारको उपलक्ष्यमापोखरा चेम्बर अफ कमर्स कास्कीले शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।कार्यक्रममा पोखरा चेम्बर अन्तर्गत निर्वाचित पोखरा महानगर कमिटी तथा इकाईका अध्यक्षहरुलाई स्वागत तथा सम्मान गरिएको छ ।नेपाल चेम्बर अफ कमर्स केन्द्रीय अध्यक्ष राजेन्द्र मल्लले बिउपुँजी संकलन गरेरसमुहगत तथा सामूहिक लगानीमा उत्पादनमुखी कार्यक्रम लाग्न आग्रह गरे । उनले एकल भन्दा सामूहिक रुपमा व्यवसायमा जान सुझाव दिए । अध्यक्ष मल्लले कृषि, जडिबुटी, सुन्तला र सूचना प्रविधिको क्षेत्रमा काम गर्न आग्रह गरे ।उनले नयाँ प्रविधिमार्फत व्यावसायिक परियोजना गरे केन्द्रले… पुरा पढौ

सहकारी निती, विधि र प्रविधि सहित उत्पादनसंग जोडिनु पर्दछ

पोखरा । सहकारी निती, विधि र प्रविधि सहित उत्पादनसंग जोडिनु पर्नेमा आज यहाँ आयोजित एक कार्यक्रमका बक्ताले जोड दिएका छन् । सफल वचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं बार्षिक साधारण सभामा बोल्ने बक्ताहरुले सहकारीद्धारा संकलित पुँजीलाई उत्पादनसंग जोडनुको विकल्प नभएको बताए । कास्की वचत तथा ऋण सहकारी संघका अध्यक्ष भेषराज बरालले सो साधारण सभाको उद्घाटन गर्दै विश्वव्यापी रुपमा पैmलिएको कोरोना भाइरसको कारण आर्थिक कारोवार गर्ने संस्थाहरु सवै भन्दा बढी मारमा परेको बताए । विश्वाका २२१ राष्ट्रहरुमा सहकारी संस्था… पुरा पढौ

उन्नति बचत सहकारीको साधारणसभा : कर्मचारी र सेयर सदस्य सम्मानित

पोखरा महानगरपालिका–९ नयाँबजारमा अवस्थित उन्नति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औँ वार्षिकक साधारणसभा शनिबार सम्पन्न भएको छ ।साधारणसभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष राजेश रानाभाटले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष प्रमोद थापाद्धारा प्रस्तुत प्रगति प्रतिवेदन छलफल गरी पारित गरेको हो ।साधारणसभामा अध्यक्ष रानाभाटले कोभिड–१९ को महामारीमा समेत संस्थाले उल्लेख्य प्रगति हासिल गरेको र राम्रोसँग अघि बढेको बताउनुभयो । शेयर पूँजी रकम र साधारण जगेडा रकम अघिल्लो वर्षको तुलनामा वृद्धि भएको अध्यक्ष रानाभाटले जानकारी दिनुभयो ।गत वर्ष कोरोनाका कारण… पुरा पढौ

लोक दोहोरी प्रतिष्ठान जिल्ला कास्कीको २० औं साधारण सभा सम्पन्न

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान जिल्ला कार्यसमिति कास्कीको २० औं साधारण सभा तथा विजया दशमी दीपावली तथा छट पर्वको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य ईन्द्रधारा विष्टले प्रतिष्ठानले आयोजना गर्ने रचनात्मक र सकारात्मक काममा आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे । प्रतिष्ठानले नेतृत्व बिकास संगै समय ब्यवस्थापन जस्ता तालिमको आयोजना गरी प्रतिष्ठनमा आवद्ध सदस्यहरुलाई सकारात्मक र रचनात्मक कार्यमा लाग्नका लागी आयोजना गर्ने तालिमको खर्च आफुले ब्यहोर्ने उनको भनाइ रहेको… पुरा पढौ