अर्थ

पोखराबाट १३५० केजी एसिडसहित ३ जना पक्राउ

एसिड बेचेको आरोपमा पोखराबाट ३ जना पक्राउ परेका छन् । बिना ईजाजत एसिड बेचेको आरोपमा कास्की प्रहरीले पोखराबाट ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १५ घर भई चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नम्बर ४ बेलचोक बस्ने ग.३ प.११४३ नम्बरका जीप चालक १९ वर्षिय कोमिनबहादुर भारती, मोरङ जिल्ला विराटनगर महानगरपालिका वडा नम्बर २ स्थायी घर भई चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २ बस्ने सोहि जीपमा सवार २९ वर्षिय केशव सिंह र बागलुङ… पुरा पढौ

सिटी वान टेलिभिजनको परीक्षण प्रसारण शुरु

पोखरा । सिटी वान टेलिभीजन आजदेखि परीक्षण प्रसारण शुुरु भएको छ । “समाचार र मनोरञ्जनका लागी सिटी वान” भन्ने नारा सहित परिक्षण प्रसारण शुरु भएको हो । स्टार नेपाल मिडिया हव प्रा.लि द्वारा संचालनमा आएको यो टेलिभिजनको प्रसारण क्लियर टिभीको च्यानल नम्वर ९६३ तथा सामाजिक संजाल युट्युव, फेसवुक पेज मार्फत हेर्न सकिन्छ । टेलिभिजनको स्टुडियोमा आज एक कार्यक्रमको आयोजना गरी प्रा.लिका अध्यक्ष पवन प्रजापतीले परीक्षण प्रशारणको शुरुवात गरे । सो अवसरमा प्रजापतिले टेलिभिजन गण्डकी प्रदेशका सवै नागरिक तथा दर्शकहरुको आवाज… पुरा पढौ

कोभिड कहरः ७३ प्रतिशत अन्तर्राष्ट्रिय हवाई यात्रु घटे

काठमाण्डौं । कोभिड–१९ महामारीका कारण नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को आर्थिक आम्दानी घटेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर आवतजावत गर्ने हवाई यात्रुको सङ्ख्या पनि उल्लेख्यरुपमा घटेको छ । कोभिड महामारीले सबैभन्दा बढी प्रभावित बनेको मुलुकको पर्यटन तथा नागरिक उड्डयन क्षेत्रले नराम्ररी क्षति बेहोर्नुपरेको छ । यसमध्ये पनि सबैभन्दा बढी असर हवाई क्षेत्रमा परेको छ । मुलुकको हवाई क्षेत्रको नियामक निकाय प्राधिकरणले महामारी अवधिका दुई आर्थिक वर्षमा ४३ र ७२ प्रतिशत आम्दानी घटेको जनाएको छ । प्राधिकरणले सार्वजनिक गरेको… पुरा पढौ

नेप्से दोहोरो अङ्कले घट्यो, बजार पुँजीकरण ४२ खर्ब ५४ अर्ब

काठमाण्डौं । निर्जीवन बीमा, जीवन बीमा, लघुवित्त र जलविद्युत् उपसमूहको शेयर मूल्य उच्च अङ्कले ओरालो लागेपछि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । साताको पहिलो कारोबार दिनमा बजार उकालो लाग्ने अनुमानका बीच नेप्से ओरालो यात्रा तय गरेको हो । नेपाल स्टक एक्सेचञ्जका अनुसार नेप्से ४९.१८ बिन्दुले ओरालो लागेर तीन हजार ४४.८६ बिन्दुमा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबार मापक गर्ने सेन्सेटिभ परिसूचक ८.५७ बिन्दुले घटेर ५६२.८८ मा ओर्लेको छ । कूल २२७… पुरा पढौ

महेश उपभोक्ता सहकारी संस्थाको अध्यक्षमा मोतिश्वर, उपाध्यक्षमा तेजकुमारी

महेश उपभोक्ता सहकारी संस्थाको अध्यक्षमा मोतिश्वर थापा चयन भएका छन् । संस्थाको पोखरामा शनिबार भएको अधिवेशनले थापालाई अध्यक्षमा चयन गरेको हो । संस्थाको उपाध्यक्षमा तेजकुमारी पौडेल चयन भएकी छन् । पौडेल तत्कालिन संविधान सभा सदस्य हुन् । समितिको सदस्यहरुमा बिरेन्द्रबहादुर थापा क्षेत्री, विमला खड्का, माधवराज घिमिरे, चन्द्राकुमारी पराजुली, खेम गुरुङ चयन भएका छन् ।संस्थाको लेखा समितिको संयोजकमा गोबिन्दप्रसाद घिमिरे र सदस्यहरुमा कञ्चन कार्की र बिन्दुराज घिमिरे चयन भएका छन् । संस्थाकी निवर्तमान अध्यक्ष दुर्गा पहारीको अध्यक्षता तथा सहकारी संघ कास्कीकी… पुरा पढौ

बाढीले पोल्ट्री फार्म डुबाउँदा १२ हजार कुखुरा मरे, डेढ करोड क्षेति

बाढीले पोल्ट्री फार्म डुबाउँदा १२ हजार कुखुरा मरेका छन् । अविरल वर्षापछि आएको बाढीले नवलपरासी पूर्व (नवलपुर)को देवचुली नगरपालिका वडा नम्बर ११ कुनाघाटमा चन्द्रमाया क्षेत्रीले सञ्चालन गरेको उज्वल पोल्ट्री फार्म डुबाउँदा १२ हजार लेयर्स कुखुरा मरेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । ती कुखुरा मर्दा करीब १ करोड ३२ लाख रुपैयाँ बराबरको क्षेति पुगेको प्रदेश प्रहरीको वुलेटिनमा उल्लेख छ । घटनाको थप जानकारी लिने काम भइरहेको प्रहरीले जनाएको छ । पुरा पढौ

स्थापनाको नवौं वर्षमा ग्रीन डेभलपमेण्ट बैंकको बृक्षरोपण

पोखरा । पोखराको सभागृहचोकमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेण्ट वैंक लि.ले आफ्नो स्थापनाको आठौं वर्ष पार गरि नवौं वर्षमा प्रवेश गरेको छ । बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा पोखरा महानगरपालिका वडा नं २८ स्थित श्री रत्न शोभा मा.वि.मा वृक्षरोपण गर्नुका साथै, उक्त विद्यालयका विद्यार्थी र शिक्षकहरुलाई शुद्ध पानि पिउनका लागि युरोगार्ड समेत हस्तान्तरण गरेको छ । वैंकका संचालक कृष्ण शंकर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा वैंकका कर्जा विभाग प्रमुख हरि वहादुर वुढाथोकीले स्वागत मन्तव्य राखेका थिए । विद्यालयका प्रधानाध्यापक गोपाल… पुरा पढौ

अर्थ तथा विकास समितिले भन्यो : ‘रातो कितावमा परेका योजना नकाट्नू’

गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले भौतिक पूर्वाधार मन्त्रालयलाई रातो कितावमा परेका योजना नकाट्न निर्देशन दिएको छ । समितिले बुधबार मन्त्रालयका सचिव रामचन्द्र श्रेष्ठलाई बोलाएर रातो कितावमा परेका योजना नकाट्न निर्देशन दिएको हो । रातो कितावमा परेका योजना बजेट अभाव देखाएर काट्ने गरेको गुनासो आएको भन्दै समितिका सभापति दीपक कोइरालाले मन्त्रालयलाई निर्देशन दिदै भने,‘रातो कितावमा परेका योजना कोल्याप्स गर्ने काम रोक्न समिति निर्देशन दिन्छ ।’ समितिले महत्वपूर्ण योजनालाई आयोजनाका रुपमा अगाडि बढाउनपनि निर्देशन दिएको छ । ‘सबै योजनालाई आयोजनाका रुपमा… पुरा पढौ

तेह्रथुम पावर कम्पनीको आइपिओ खुला

काठमाडौँ । तेह्रथुम पावर कम्पनीको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) बिक्री खुला भएको छ । कम्पनीले आजबाट बिक्री खुला भएको आइपिओ भदौ १३ गतेसम्म खुला हुने कम्पनीले जनाएको छ । यदि सो अवधिसम्म माग बमोजिमको आवेदन नपरेमा ढिलोमा भदौ २३ गतेसम्म शेयर निष्काशन तथा बिक्री खुला हुने कम्पनीले जनाएको छ । कम्पनीले रु. एक सय अङ्कितका दरले ८ लाख कित्ता शेयर निष्काशन गरेको छ । जसमध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात… पुरा पढौ

छत्रधर आत्रेय बने लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्ष

लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा छत्रधर आत्रेयको मात्रै एकल उमेद्वारी परेको छ । संघको निर्वाचन तालिका अनुसार आज तोकिएको निर्धारित समयभित्र आत्रेयको मात्रै उमेद्वारी परेको हो । एकल उमेद्वारी परेसँगै उनी लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा सर्वसम्मत भएका छन् । यद्वपी निर्वाचन समितिले उनलाई अध्यक्ष घोषणा गरिसकेको छैन । संघको अन्य पदमा भने निर्वाचन हुने भएको छ । अन्य पदमा बहु उमेद्वारी परेकाले चुनाव हुने भएको हो । संघको वरिष्ठ उपाध्यक्षमा वर्तमान कार्यसमितिका प्रथम उपाध्यक्ष बिनोद श्रेष्ठ र अघिल्लो कार्यसमितिका… पुरा पढौ