अर्थ

घारीपाटन सहकारीको साधारण सभा

घारिपाटन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्रथम बार्षिक साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ । साधारणसभाको पोखरा महानगरपालिका वडा न १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले उद्घाटन गर्दै सहकारी ऐन र सरकारको निर्देशन अनुसार सहकारीलाई अगाडि बढाऊन सुझाव दिए । उनले सहकारी नाफामुखी नभई उत्पादनमुखी हुनुपर्नेमा जोड दिए । साथै उनले कोभिड–१९ बाट बच्न र बचाउन सबै सदस्यहरु र वडाबासीलाई सुसूचित गर्न पनि सहकारीले भूमिका खेल्न आग्रह गरे ।कार्यक्रममा विशेष अतिथि पोखरा महानगरपालिकाका कार्यपालिका सदस्य तथा सहकारी समितीका सदस्य… पुरा पढौ

एलआईसीले दियो स्व. दिपेन्द्र गुरुङको परिवारलाई मृत्युदावी भुक्तानी

एलआईसी नेपालले दुर्घटना परि ज्यान गुमाएका पोखरा–२६ का दिपेन्द्र गुरुङको आश्रित परिवारलाई मृत्युदावीको १४ लाख ३५ हजार ७ सय ८३ रुपैयाँ भुक्तानी गरेको छ। गोर्खा जिल्ला स्थायी ठेगाना भई हाल पोखरा–२६ अर्घौमा टेक्टर ब्यवसाय संचालन गर्दै आएका गुरुङको गत साउन २१ गते दुर्घटनामा परि ज्यान गएको थियो। स्वर्गीय गुरुङकी श्रीमती समसरी गुरुङलाई सुक्रवार उनकै घरमा पुगी एलआईसी नेपाल लेखनाथ शाखा प्रमुख सञ्जीव खनाल, एजेन्सी म्यानेजर रञ्जना भण्डारी र एजेण्ट प्रकाश राइभाटले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्। स्वर्गीय गुरुङले… पुरा पढौ

पोखराका संगम र उन्नतीलाई सहकारी पुरस्कार

पोखराका दुई उत्कृष्ट सहकारी राष्ट्रिय सहकारी बैंकद्धारा पुरष्कृत भएका छन्। आर्थिक वर्ष २०७५/०७६ मा उत्कृष्ट कारोबार गर्ने र नियमित कारोबार गर्ने सहकारी संस्थाहरुलाई बैंकले शुक्रवार एक कार्यक्रमबीच पुरस्कृत गरेको हो। पोखरा शाखामा उत्कृष्ट कारोबार गर्ने रामबजारस्थित संगम बचत तथा ऋण सहकारी संस्था र नियमित कारोबार गर्ने नयाबजारस्थित उन्नती बचत तथा ऋण सहकारी संस्थालाई बैंकले पुरस्कृत गरेको हो। संगम साकोसका अध्यक्ष निरज थापा र उन्नती साकोसका अध्यक्ष राजेश रानाभाटलाई बैंकका संचालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सम्मानपत्रसहित पुरस्कृत गरे ।… पुरा पढौ

पोखरामा फर्निचर उद्योगमा आगलागि

पोखरामा शुक्रबार विहान एक फर्निचर उद्योगमा आगलागि भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १३ कञ्चनटोलस्थित होमसेन्टर फर्निचर उद्योगमा आगलागि भएको हो । स्थानिय सुनिलप्रसाद घिमिरेले सञ्चालन गरेको सो फर्निचर उद्योगमा विहान ४ः३० बजे अचानक आगलागि शुरु भएको र प्रहरी, स्थानिय र दमकलको सहयोगमा ५ः२० मा आगो नियन्त्रणमा लिएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । आगलागिको कारण र क्षेतिको विवरण आउन बाँकी रहेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए । पुरा पढौ

ताप्लेजुङ विमानस्थल स्तरोन्नति चैतसम्म हुने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले स्तरोन्नतिको काम भइरहेको ताप्लेजुङ सुकेटार विमानस्थलको आज अवलोकन गरेका छन ।सुकेटार विमानस्थलको प्रगतिको अवलोकन गर्दै पर्यटनमन्त्रीले स्तरोन्नतिको गुणस्तरीयतामा ध्यान दिन आग्रह गरे । प्रदेश नं १ को राजधानी विराटनगर विमानस्थललाई केन्द्र बनाएर प्रदेशका सबै जिल्लाका विमानस्थलमा नियमित उडान गर्ने तयारी भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबन्ध निर्देशक राजनकुमार पोखरेलले बताए । अहिले ५५ वटा पहाडी क्षेत्रमा विमानस्थल निर्माण भइरहेको र ३२ विमानस्थल कालोपत्रे भइसकेको उनले जानकारी दिए ।ताप्लेजुङ सुकेटार विमानस्थलको सात सय मिटर… पुरा पढौ

दुई उपसमिति गठन

वस्तुको प्रत्यक्ष बिक्री सम्बन्धमा व्यवस्थापन तथा नियमन गर्न बनेको ऐन, २०७४ तथा नियमावली २०७६ संशोधन तथा निर्देशिकाको मस्यौदा तयार गर्न छुट्टाछुट्टै उपसमिति गठन गरिएको छ । वस्तुको प्रत्यक्ष बिक्री वितरणसम्बन्धी व्यवसायलाई सुरक्षित, व्यवस्थित एवं मर्यादित बनाई उपभोक्ताको हकहितको संरक्षणसम्बन्धी आवश्यक काम गर्न वस्तुको प्रत्यक्ष बिक्री व्यवस्थापन तथा नियमन गर्ने ऐन, २०७४ को दफा २७ बमोजिम गठित निर्देशक समितिको कात्तिक ४ गते बसेको बैठकले दुई उपसमिति गठन गरेको हो ।ऐन तथा नियमावली संशोधनका लागि वाणिज्य विभागका महानिर्देशक नेन्त्रप्रसाद सुवेदीको संयोजवकत्वमा चार… पुरा पढौ

टानका नवनिर्वाचित कार्यसमितिको पदस्थापन

ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल टान पश्चिमाञ्चलको १६ औं अधिवेशन तथा २७ औँ साधारणसभाबाट निर्वाचित कार्यसमितिको आज पदस्थापन भएको छ । नवनिर्वाचित कार्यसमितिलाई संस्थाका पूर्व अध्यक्ष एवम् निर्वाचन संयोजक डम्बर केसीले गोपनीयताको सपथ ग्रहण र प्रमाणपत्र वितरण गरेर पदस्थापन गराए । केसीले संस्थागत विकासमा एकजुट भएर सपथको मर्मअनुरुप काम गर्न नयाँ कार्यसमितिलाई आग्रह गरे । सो समारोहमा संस्थाका पूर्व अध्यक्ष टीकाराम सापकोटाले पर्यटन क्षेत्रमा टानको विशेष योगदान रहेको चर्चा गर्दै नयाँ नेतृत्वले कोरोना कहरबीच पदयात्रा पर्यटनलाई चलायमान बनाउन नवितम् सोचका… पुरा पढौ

कोरोना भाइरसको परीक्षण र उपचार निःशुल्क गर्नु – सर्वोच्च अदालत

सर्वोच्च अदालतले कोरोना भाइरसको परीक्षण तथा उपचार निःशुल्क गर्न सरकारका नाममा जारी गरेको परमादेशलाई अन्तिम फैसला बनाएको छ। संविधान र कानूनहरु अनुसार कोरोनाको परीक्षण र उपचार निःशुल्क व्यवस्था गर्नु सरकारको दायित्व भएको भन्ने परमादेश सर्वोच्चले जारी गरेकोले परमादेश सरकारका लागि बाध्यकारी फैसला हो। न्यायाधीशहरु हरिकृष्ण कार्की, सपना मल्ल र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासले बिहीबारको सुनुवाइमा परमादेश जारी भएको सो मुद्दा पुनरावलोकन गर्न नपर्ने ठहर गरेको हो। गत महिना २ न्यायाधीश डा. आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको इजलासले जारी गरेको परमादेश… पुरा पढौ

कर्जा चुक्ताको ताकेता नगर्न बैंक तथा वित्तीय संस्थासँग पोखरा उद्योग वाणिज्य संघको माग

पोखरा उद्योग वाणिज्य संघले कर्जाको साँवा र ब्याज चुक्ता नगर्न र्बैंक तथा वित्तीय संस्थाहरुसँग माग राखेको छ। संघले कर्जा र चुक्ताको लागि तारन्तार ताकेता गर्दै उद्योगी÷व्यवसायी अनावश्यक मानसिक तनाव हुने खालका धम्कीपूर्ण व्यवहार तत्काल रोक्न बैंक तथा वित्तीय संस्थाहरुसँग जोडदार माग गरेको हो। संघले एक विज्ञप्ति जारी गर्दै केही बैंक तथा वित्तीय संस्थाहरुले बैंक तथा वित्तीय संस्थाहरुले तारन्तार टेलिफोन गर्दै भुक्तानीको ताकेता गर्ने तथा धितो लिलाम एवं कालोसूचीमा नाम निकाल्ने धम्कीसमेत दिने गरेको उल्लेख गरेको छ। संघले बैंक तथा वित्तीय… पुरा पढौ

टान पश्चिमाञ्चलको अध्यक्षमा सुशील पौडेल, उपाध्यक्षमा पन्थी र आचार्य

ट्रेकिङ एजेन्सिज एशोसियसन अफ (टान) पश्चिमाञ्चल अध्यक्षमा सुशील पौडेल सर्वसम्मत चयन भएका छन् । टान पश्चिमाञ्चलको बुधबार भएको सोह्रौं अधिवेशनले पौडेलको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा धर्मराज पन्थी र द्वितीय उपाध्यक्षमा कृष्ण आचार्य निर्वाचित भएका छन् । त्यस्तै सचिवमा मिलन तिवारी निर्विरोध चयन भएका छन् भने सहसचिवमा रेशव अधिकारी र कोषाध्यक्ष्ँमा किसमकुमारी गुरुङ चयन भएका छन् । अधिवेशनले सदस्यमा दीपक सापकोटा, अनिल थापा, मोहन सुवेदी, गोपाल संग्रौला, लक्ष्मी कोईराला र विकास गुरुङ चयन भएका छन्… पुरा पढौ