अर्थ

पूर्वाधार विकासको २५ प्रतिशत बजेट कृषि, पशुपालन र पर्यटनमा

गण्डकी प्रदेश सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको २५ प्रतिशत बजेट अनिवार्यरूपमा उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था गरेको छ । गत वर्षदेखि प्रदेशसभा सदस्यले छनोट गर्ने गरी प्रत्येक निर्वाचन क्षेत्रमा रु दुई करोडका दरले बजेट व्यवस्था गरी निर्वाचन क्षेत्र विकास कार्यक्रम शुरु गरिएको थियो । चालु आवमा तीे कार्यक्रमका योजना छनोट गर्दा कृषि, पशुपालन र पर्यटनमा २५ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था गरी कार्यविधि संशोधन गरिएको सरकारका प्रवक्तासमेत रहनुभएका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिए । उनका अनुसार कोभिड–१९ को… पुरा पढौ

पोखरामा प्याराग्लाइडिङ बिस्थापित भए पर्यटन क्षेत्रमा असर पर्छ : सांसद बराल

कार्तिक १५ पोखरा । गण्डकी प्रदेशका सांसद रामजी प्रसाद बराल (जीवन) ले पोखराबाट सहासिक खेल प्याराग्लाईडिङ विस्थापित भए पोखरा क्षेत्रको पर्यटन व्यवसायमा ठुलो असर पर्ने बताएका छन् । शनिबार पोखरामा प्याराग्लाईडिङ गरे पश्चात सांसद बरालले प्याराग्लाईडिङ पोखरा क्षेत्रको ब्राण्ड नै भएको र पर्यटकहरुको पहिलो रोजाईको सहासिक खेल प्याराग्लाईडिङ भएकोले यसलाई बचाई राख्न नसके यसबाट पोखरा र पोखरा आसपासको पर्यटन क्षेत्रमा ठुलो असर पर्ने बताएका हुन् । पोखरामा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल निर्माण भएसंगै प्याराग्लाइडिङ व्यवसाय विस्थापित हुने भनिएकोले गर्दा धेरै जना… पुरा पढौ

सेरावासी टर्कीपालनतर्फ

तनहुँको व्यास नगरपालिका–११ सेरावासी टर्कीपालन व्यवसायतर्फ आकर्षित हुँदै गएका छन् । तीन वर्षअघि स्थानीय कृष्णप्रसाद पौडेलले बुटवलबाट ५० वटा टर्की ल्याएर पाल्दा राम्रो आम्दानी भएपछि त्यहाँ टर्कीपालन बढ्दै गएको छ । टर्की व्यवसाय सञ्चालन सजिलो र राम्रो आम्दानी दिने भएपछि स्थानीयले आफ्नो क्षमता अनुरुप १० वटादेखि ७० वटासम्म टर्की पाल्न थालेको किसान पौडेलले जानकारी दिए । स्थानीय कुखुरा र बट्टाई पाल्दै आएका पौडेलले यससम्बन्धी तालीम लिएपछि टर्की पाल्न शुरु गरेका थिय । यसको मासु प्रतिकिलो रु एक हजारमा बिक्री हुने… पुरा पढौ

पर्यटकीय गाउँ ल्वाङमा पर्यटकलाई नै प्रवेश निशेध

पर्यटकीय गाउँ ल्वाङमा बाहिरकालाई प्रवेश निशेध गरिएको छ । कास्की जिल्ला माछापुच्छ«े गाउँपालिका वडा नम्बर ८ मा पर्ने पर्यटकीय ल्वाङ गाउँमा बाहिरबाट जानेलाई प्रवेश निशेध गरिएको हो । विश्वब्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड(१९) को संक्रमण फैलिइरहेको र बढ्दो जोखिम न्यूनिकरणका लागि यस्तो निर्णय गर्न बाध्य भएको ल्वाङ टोल विकास संस्थाका अध्यक्ष सेते गुरुङले जनाएका छन् । पर्यटन व्यवसायीहरुले पर्यटन क्षेत्र चलायमान बनाउनुपर्छ भनिरहँदा ल्वाङका स्थानियले भने तिहारसम्म ल्वाङमा प्रवेश निशेध भनेर ब्यानर नै टाँगेका छन् । उनीहरुले… पुरा पढौ

गण्डकी प्रदेशको चार जिल्लाका सडक मर्मत सम्भार तथा विस्तार कार्यमा तीब्रता

गण्डकी प्रदेशको तनहुँ, गोरखा, लमजुङ र मनाङ जिल्लाका सडक मर्मत सम्भार र विस्तार गर्ने कार्यलाई तीव्ररूपमा अघि बढाइएको छ। साथै,सडक डिभिजन कार्यालय दमौलीको कार्यक्षेत्रमा रहेको पृथ्वीराजमार्ग अन्तर्गतका सडकको पनि मर्मत सम्भार र विस्तार गर्ने कार्यलाई तीव्ररूपमा अघि बढाइएको छ। आर्थिक वर्ष ०७६/०७७ मा कोभिड–१९ कारण निर्माण कार्य प्रभावित हुँदा कामले गति लिन सकेको थिएन । यस आर्थिक वर्ष ०७७/०७८ को भने शुरुदेखि नै सडक मर्मत सम्भार र विस्तार गर्ने कार्यलाई तीव्ररूपमा अघि बढाइएको हो। पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको पूर्वमा मुग्लिनदेखि पश्चिम… पुरा पढौ

फेदीखोलामा ‘मजदूर सञ्चयकोष’ स्थापना

स्याङ्जाको फेदीखोला गाउँपालिकाले मजदूरका लागि सञ्चयकोष स्थापना गरेको छ । पालिकाभित्र ज्यालादारी काम गर्ने न्यूनआय भएकालाई सूचीकृत गरी कामका आधारमा सञ्चयकोषमार्फत रकम उपलब्ध गराईने भएको हो । गाउँपालिकाको बैठकले पालिकाको मजदूर सञ्चय कोष कार्यविधि, २०७७ पारित गरी लागू गरेको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताएका छन् । “ दैनिक रु ८०० देखि एक हजार ५०० सम्म आम्दानी गरे तापनि बचत गर्ने बानीको विकास नभएकै कारण श्रमिक वर्ग अप्ठ्यारोमा पर्ने गरेका छन्”, अध्यक्ष सुवेदीले भने, “जीवनभर अर्काका लागि श्रम गर्ने तर अप्ठ्यारो… पुरा पढौ

रोजगारीका लागि तीन हजार सूचीकृत

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि तनहुँका विभिन्न पालिकामा करीब तीन हजार बेरोजगार सूचीकृत भएका छन् । व्यास र शुक्लागण्डकी नगरपालिका तथा म्याग्दे, बन्दीपुर र आँबुखैरेनी गाउँपालिकामा दुई हजार ९३५ बेरोजगार प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सूचीकृत भएका हुन् ।सरकारले गत साउन ८ देखि भदौ ७ गतेसम्म आफू स्थायी बसोबास रहेको स्थानीय तहका वडामा गएर १८ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिले बेरोजगार दर्ताका लागि निवेदन दिन पाउने व्यवस्था गरेको थियो । रोजगारीको हकसम्बन्धी ऐन, २०७५ र प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका, २०७५… पुरा पढौ

सञ्जीवनी भनिएको ‘ब्यबसाय पुनरुत्थान कोष’ पर्यटन व्यवसायीका लागि ‘आकाशको फल आँखा तरी मर’

विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९) गत चैतको शुरुदेखि नेपाल भित्रियो । कोरोना भित्रिएसँगै नेपालमा चैत ११ गतेदेखि लकडाउन भयो । लकडाउनसँगै उद्योग, कलकारखाना, ब्यापार, ब्यबसाय, यातायातलगायत सबै ठप्प भए । पर्यटन त झन् भन्नै परेन । पर्यटक बोलाएर उनीहरुलाई सेवा दिएर आम्दानी गर्नुपर्ने क्षेत्र पर्यटक नै नआएछि मारमा पर्ने नै भयो । यो समस्या १, २ वा ३ महिना होईन लगातार ८ महिना बितेको छ । गत असारताका सरकारले मौद्रिक नीति ल्याउँदा पर्यटन व्यवसायी बडो उत्साहित थिए… पुरा पढौ

आन्तरिक पर्यटकका कारण विस्तारै चहलपहल बढ्दै

चाँदी जस्तै टलक्क टल्केको माछापुच्छ«े हिमालसहितका हिमाली शृङ्खला पर्यटक स्वागतको पर्खाइमा छन् । फेवाताल र पोखरा आसपासका बेगनासताल, रुपाताललगायतका विश्व रामसार सूचीमा सूचीकृत तालमा पानी टलपलाइरहँदा हिमाल र तालको अचम्मको सुन्दरता यतिखेर पोखरामा भरिएको छ ।विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारीका कारण गत चैतयता सुनसान बनेको पर्यटकीय नगरी पोखरामा दशैँ लागेसँगै पछिल्ला दिनमा भने आन्तरिक पर्यटककको आगमनले यहाँका पर्यटन व्यवसायीमा थोरै भने पनि आशा जगाएको छ । विगतका वर्षमा दशैँ तिहारको समयमा पोखराका तालतलैया, गुफा, धार्मिकस्थल जहाँतहीँ यतिखेर आन्तरिक पर्यटकको निकै… पुरा पढौ

कास्कीमा एक हजार ८७४ खरका छाना विस्थापन गरिने

जिल्लामा आर्थिक हिसाबले कमजोर परिवारका घरको छाना जस्तापाताले छाउन अनुदान रकम दिइने भएको छ । सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत जिल्लाका पाँचवटै स्थानीय तहमा अर्थाभावले खरको छाना छाउन बाध्य परिवारको तथ्याङ्क सङ्कलन गरी चालु आर्थिक वर्षभित्रै एक हजार ८७४ परिवारको खरको छाना विस्थापित गरी जस्तापाता राख्न प्रति परिवार रु ५० हजारका दरले अनुदान दिने तयारी गरिएको छ । खरको छाना भएका, बाढी पहिरोले विपद्मा परेका तथा न्यून वर्गका नागरिक परिवारको लगत सङ्कलन गरी उनीहरुलाई अनुदान रकम दिइने सुरक्षित नागरिक आवास कार्यक्रम… पुरा पढौ