अर्थ

यातायात व्यवसायीलाई मुख्यमन्त्री पाण्डेले भने : मैले तपाईंहरुलाई राईड सेयरिङको बारेमा बुझाउन सकिन

सन्देश श्रेष्ठपोखरा, कात्तिक २४ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यातायात व्यवसायीलाई आफूले राईड सेयरिङबारे बुझाउन नसकेको भन्दै व्यंग्य गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश समितिको सातौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनलाई सोमबार पोखरामा सम्बोधन गर्दै आफूले राईड सेयरिङलाई वैधानिक बनाउन कोशिष गर्दा व्यवसायीले नबुझेर विरोध गरेको बताए । राईड सेयरिङबारे तपाईंहरुले बुझ्नु भएन,उनले भने,‘अझ भनौं मैले नै तपाईंहरुलाई बुझाउन सकिनँ ।’ तर राईड सेयरिङ यात्रु र व्यवसायी दुबैको हितमा रहेको उनले दाबी गरे । ढिलो… पुरा पढौ

जापानमा हुने बिजनेस फोरममा नासा नेपाल पनि सहभागी

एसिया प्यासिफिक क्षेत्रका अटोमोबाइल फेडेरेसनहरूको बिजनेस फोरममा नेपाल अटोमोबाइल्स एसोसिएसन पनि सहभागी हुने भएको छ । जापानमा भोलिदेखि शुरु हुने फोरममा भाग लिन एसोसिएसनका सचिव महेश अधिकारी जापान प्रस्थान गरेका छन् । एसोसिएसनका टुरिजम तथा आउटरिच कोअर्डिनेटर कमला छेत्रीले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अधिकारीलाई बिदाइ गरिन् । मोटरिङ एकेडेमीका संयोजक समेत रहेका ईञ्जिनियर अधिकारीले तीन दिन चल्ने उक्त कार्यक्रममा फ्लाइ टु नेपाल, ड्राइभ इन नेपाल कार्यक्रम र नासा नेपालका बिजनेस पार्टनरसिप तथा कोलाबोरेसनका सम्भावनाबारे छलफल गर्नेछन् । र्राष्ट्रिय अटोमोबाइल फेडेरेसन… पुरा पढौ

गण्डकी प्रदेश संग्रहालयमा मौलिक कोसेली घर बन्ने

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले भौतिक पूर्वाधार निर्माणमा उल्लेखनीय उपलब्धि हासिल गरेको दाबी गरेका छन् । पोखराको नयाँ बजारस्थित गण्डकी प्रदेश संग्रहालय हातामा निर्माण हुने मौलिक कोसेली घरको शिलान्यास गर्दै मुख्यमन्त्री पाण्डेले सुशासन र पारदर्शिता कायम गर्न प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने बताए ।उनले कोशेली घरको निर्माण पछि प्रदेशको सांस्कृतिक सम्पदाको संरक्षण, अध्ययन, अनुसन्धान र पर्यटन प्रवद्र्धनमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरे ।“प्रदेश सरकारले गरेका राम्रा कामको प्रचार सबैले गर्नुपर्छ। फेवाताल संरक्षणदेखि पर्यटकको बसाइ लम्ब्याउने काममा… पुरा पढौ

गृह र अध्यागमनको टोलीद्वारा कोरला नाका अवलोकन

गृह मन्त्रालय र अध्यागमन विभागको टोलीले नेपाल–चीन सीमामा रहेको कोरला नाका अवलोकन गरेको छ । पोखराबाट हवाई मार्ग हुँदै जोमसोम पुगेर सोही दिन कोरला नाका पुगेका गृह सचिव रामेश्वर दङ्गाल, अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीलगायतको टोलीले कोरला नाकाको अध्ययन अवलोकन गरेको हो । गृह र अध्यागन विभागको टोलीले लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्ट र कोरलास्थित अध्यागमन कार्यालयका प्रमुख प्रवेश बडुवालबाट नाकाको विषयमा जानकारी लिएका थिए । टोलीले कोरला नाकामा रहेको अध्यागमन कार्यालयको अस्थायी भवनको समेत निरीक्षण गरेको कार्यालय… पुरा पढौ

कर्मचारी सहकारीमा पदम सर्वसम्मत

पोखरामा कार्यरत कर्मचारीहरुको अगुवाईमा सञ्चालित कर्मचारी बचत तथा ऋण सहकारी संस्थामा पदमबहादुर घिमिरे सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका छन् । सहकारी संस्थाको १८ औं वार्षिक साधारण सभा छैटौं अधिवेशनबाट उपाध्यक्षमा सुरेशकुमार श्रेष्ठ, सचिवमा डिल्लीराम रेग्मी, कोषाध्यक्षमा गोपाल शर्मा निर्वाचित भएको निर्वाचन समितिका संयोजक रामजीप्रसाद कोइरालाले जानकारी दिए । सहकारी सदस्यमा सुमन शर्मा, चित्रा ढकाल, केदार धमला र चन्द्रकला बस्नेत निर्वाचित भएका छन् । सहकारीको लेखा सुपेरिवेक्षण समितिको संयोजकमा हेरम्ब शर्मा निर्वाचित भए । लेखा समितिका सदस्यमा सीता बराल र धनराज पराजुली… पुरा पढौ

गण्डकी मझौला मिनि ट्रक सञ्चालक समितिको अध्यक्षमा दोहोरिए मनोज

पोखरा, कात्तिक २३ गण्डकी मझौला मिनि ट्रक सञ्चालक समितिको अध्यक्षमा मनोज रसाईली दोहोरिएका छन् । समितिको हालै सम्पन्न १२ औं साधारण सभा तथा पाँचौ अधिवेशनले रसाईलीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । यसअघि साधारण सभा तथा अधिवेशनको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका बरिष्ठ उपाध्यक्ष (प्रथम) पूण्यप्रसाद पौडेल (सरोज)ले उद्घाटन गरेका थिए । उनले राज्यले यातायात व्यवसायीमैत्री ऐन संसोधन गर्न आनाकानी गरिरहेकाले सबैले मिलेर दवाब दिनुपर्नेमा जोड दिए । कार्यक्रममा महासंघका अर्का बरिष्ठ उपाध्यक्ष (द्वितीय) तथा पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी… पुरा पढौ

पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति

गण्डकी प्रदेशको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने आयोजनाको भौतिक प्रगति हालसम्म ६० प्रतिशत पुगेको छ । आगामी चैतभित्र काम सक्ने लक्ष्यसहित कामलाई तीव्रता दिइएको नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले जनाएको छ । सुरुको चरणमा निर्माण कम्पनीले काममा ढिलासुस्ती गरेपछि आयोजनाको प्रगति न्यून देखिएको थियो । आयोजनाका प्रमुख इञ्जिनियर आनन्द सुवेदीले निर्माण कम्पनीले पछिल्लोपटक थपिएको ठेक्का म्यादभित्र काम सक्ने प्रतिबद्धता जनाए । विसं २०७८ माघमा दुई वर्षे ठेक्कामा गएको उक्त आयोजनाको काम भने विसं २०८० वैशाखदेखि सुरु… पुरा पढौ

निजी क्षेत्रको मनोबल बढाउन सरकारले विशेष पहल गर्नुपर्छः महासङ्घका अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको मनोबल बढाउनका लागि सरकारले विशेष पहल लिनुपर्नेमा जोड दिएका छन् । महासङ्घले आज काठमाडौँमा आयोजना गरेको ‘राष्ट्रिय बृहत् आर्थिक बहस २।०’ कार्यक्रममा मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले राज्यले निजी क्षेत्रको योगदान आत्मसात् गर्दै आमसर्वसाधारणलाई पनि बुझाउने गरी मन्त्रिपरिषद्बाट सार्वजनिक महत्वको प्रस्ताव पारित गर्नु आवश्यक रहेको बताए । “दिगो शान्ति, स्थायित्व र समृद्धिका लागि सबैको प्रयास अहिलेको समयमा आवश्यक छ । यसका लागि सबै राजनीतिक… पुरा पढौ

पर्यटन प्रवर्द्धनका लागि ‘डुलुवा’ टोली पोखराबाट हुम्ला प्रस्थान

पोखरा, कात्तिक २१ पर्यटकीय स्थलको लामो भ्रमण गर्दै आएको ‘डुलुवा’ टोली शुक्रबार कास्कीबाट हुम्ला प्रस्थान गरेको छ । टोली पर्वत, बाग्लुङ, रुकुमकोट, लिमी, लाप्चा ला पास पुगेर फर्किने छ । २१ सदस्यीय टोली मंसिर १ गते पोखरा आइपुग्ने योजना छ । उनीहरुलाई पोखरा भ्रमण वर्ष २०२५ का संयोजक गोपी बहादुर भट्टराइले टोलीलाई पोखरामा आयोजित समारोहमा सुखद् यात्राको कामनासहित बिदाइ गरे । उनीहरुले डुलुवाका संयोजक योगेश भट्टराईलाई पोखरा भ्रमण वर्षका व्यान हस्तान्तरण गरे । उनीहरुलाई रेवान पोखराका पुर्व अध्यक्ष नरेश भट्टराई,… पुरा पढौ

सुरक्षण मुद्रण केन्द्रबाटै ‘लाइसेन्स’ छपाइ सुरु

सरकारले सवारी चालक अनुमतिपत्र लाइसेन्स आफ्नै मुद्रण मेसिनबाट छाप्न सुरु गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले आजदेखि लाइसेन्स छाप्न सुरु गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले काभ्रेको बनेपास्थित केन्द्रमा रहेको मेसिनबाट छपाइ शुभारम्भ गरे । सञ्चारमन्त्री जगदीश खरेलले कानुनी उल्झन र विविध कठिनाइका बाबजुद पनि अत्यावश्यक प्रबन्ध मिलाएर लाइसेन्स छपाइ सुरु गरिएको बताए । उनले भने,“वर्षांैदेखि सुरक्षण मुद्रण केन्द्र अन्तर्गतका मेसिन यत्तिकै थन्किएका थिए । मेसिन र पार्टपूर्जा सबै धुलाम्मे थिए ।… पुरा पढौ