अर्थ

हुलाक सेवा विभागको द्रुत डाँक सेवा ४५ जिल्लामा, जेनजी आन्दोलनका क्रममा पोखरा निर्देशनालयमा करिब ६ करोडको क्षति

शिशिर उजाडपोखरा हुलाक सेवा विभागले देशका ४५ जिल्लामा द्रुत डाँक सेवा संचालन गरेको छ ।कास्की सहित ४५ जिल्लामा बिस्तार भएको सेवा विदेशमा भने ३९ वटा देशसँग मात्रै सम्झौंता गरी संचालनमा आएको छ । दु्रत डाँक सेवा संचालनका विषयमा हुलाक सेवा विभागले आज पोखरामा गरेको आयोजना गरेका अन्र्तक्रिया कार्यक्रममा सेवालाई थप विस्तार गरी प्रभावकारी बनाईने बताईएको छ । विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीले जेनजी आन्दोलनका कारण सेवा प्रवाहमा केही समस्या भएको बताईन् । उनले हुलाक सेवाका कामलाई जन उत्तरदायी बनाउने योजनामा… पुरा पढौ

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

स्थानीय बजारमा बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु दुई लाख ३७ हजार ८०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु तीन हजार १० निर्धारण भएको छ । बुधबार एक तोला सुन रु दुई लाख ३७ हजार २०० र चाँदी रु दुई हजार ९९० मा खरिदबिक्री भएको थियो । बजार विश्लेषकहरूले सुनचाँदीको मूल्यमा दैनिक उतारचढाव भइरहेका कारण लगानीकर्ताले सतर्क हुनुपर्नेमा जोड दिएका छन् । सुनचाँदीमा लगानी… पुरा पढौ

सत्र करोडको लागतमा कालीगण्डकीमा पुल निर्माण हुँदै

कालीगण्डकी करिडोरअन्तर्गत कालीगण्डकी माथि मोटर सञ्चालन गर्न मिल्ने पक्की पुल निर्माणको प्रारम्भिक प्रक्रिया प्रारम्भ भएको छ । प्रदेश सरकारअन्तर्गत गण्डकी पूर्वाधार विकास निर्देशनालयले कुश्मा नगरपालिका–२ नयाँपुल र बागलुङ नगरपालिका–१३ कालाखोला जोड्नेगरी १०० मिटर लामो पक्की पुल निर्माण सुरु गरेको हो । उक्त पुलले पर्वतको कुश्मा नगरपालिका र बागलुङ नगरपालिका जोड्ने छ । पुलको लागत रु १६ करोड ९५ लाख २५ हजार छ । पुल निर्माणस्थलको माटो परीक्षण भइरहेको निर्देशनालयले जनाएको छ । माटो परीक्षण प्रतिवेदन प्राप्त हुनासाथ निर्माण थालिने छ… पुरा पढौ

पो.उ.वा.संघले व्यावसायिक वातावरण निर्माण तथा अर्थतन्त्र चलायमान बनाउन माग गर्दै मन्त्रीलाई बुझायो ज्ञापन पत्र

पोखरा, कात्तिक १९ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री रामेश्वर खनाल र भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हासमक्ष व्यावसायिक वातावरण निर्माण एवं अर्थतन्त्रलाई चलायमान बनाउन विभिन्न सुझावहरु पेश गरेको छ ।अध्यक्ष कार्कीका अनुसार दुवै मन्त्रीसमक्ष जेनजी आन्दोलनको क्रममा भौतिक र मानशिक क्षति व्यहोरेका व्यवसायीका निम्ति घोषित राहत प्याकेज तत्काल कार्यान्वयनमा ल्याउन, आन्दोलनको क्रममा आगजनी, लुटपाट र तोडफोडमा संलग्नहरुलाई कारवाहीको दायरामा ल्याउन विशेष जोड दिएको थियो । ‘हामीले विशेष गरी आन्दोलनपछिको परिस्थिति, व्यवसायीहरुको गिरेको मनोवल,लगानी… पुरा पढौ

कास्की ट्राफिक कार्यालय हाताभित्र राखिएको मोटरसाईकल चोरेर प्रयोग गर्ने एक पक्राउ

पोखरा, कात्तिक १९ जिल्ला ट्राफिक प्रहरी कार्यालयको हाताभित्र राखिएको मोटरसाईकल चोरेर प्रयोग गर्ने एक जना पक्राउ परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको हाताभित्र अनुसन्धान तथा कारवाहीका लागि पार्किङ गरेर राखेको मोटरसाईकल जेनजी आन्दोलनका बेला तोडफोड तथा आगजनी गरेको मौका छोपेर चोरीपश्चात प्रयोग गर्दै आएका पोखरा–१७ दोबिल्ला निवासी २४ वर्षिय सुवास तामाङलाई कास्की प्रहरीले पक्राउ गरेको हो । गत भदौ २४ गते जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको कार्यालयमा तोडफोड तथा आगजनी भएको थियो । सोहि तोडफोड तथा आगजनीको मौका… पुरा पढौ

‘जाउँ है बेगनास पोखरा’ सम्पन्न

होटेल तथा रेष्टुरेन्ट एसोसिएसन, लेखनाथको आयोजनामा यही कात्तिक १६ गतेदेखि पश्चिम नेपालमा सञ्चालन गरिएको ‘जाउँ है बेगनास पोखरा’ कायक्रम सम्पन्न भएको छ । पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायत क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवं पर्यटन सम्बद्ध ३७ सदस्यीय प्रतिनिधिमण्डलले पश्चिम नेपालका केही पर्यटन व्यवसायीसँग पर्यटन साझेदारी, पर्यटन प्रवर्द्धनलगायत विषयमा छलफल तथा अन्तरक्रिया गरेको हो । ‘जाउँ है बेगनास पोखरा’ कायक्रमअन्तर्गत बुटबल, बर्दिया, सुर्खेतलगायत जिल्लाका पर्यटन व्यवसायीसँग छलफल गरी उक्त टोली आज पोखरा फर्किएको होटेल तथा रेष्टुरेन्ट एसोसिएसन, लेखनाथका… पुरा पढौ

पोखरा सहकारीको झण्डैं ८९ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ

पोखरा बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिनाको आरोपमा ७ जना पक्राउ परेका छन् । सहकारीको झण्डैं ८९ करोड रुपैयाँ ठगी गरेको आरोपमा कास्की प्रहरीले अध्यक्ष सुरेन्द्रबहादुर गोदारसहित ७ जनालाई पक्राउ गरेको हो । प्रहरीले सहकारीका अध्यक्ष गोदारसहित सचिव दिल बहादुर केसी, कोषाध्यक्ष हिरामणि दाहाल, व्यवस्थापक भीष्मप्रसाद गुरुङ,सदस्य दोर्जे तामाङ, सुपरभाइज मार्केट प्रमुख, बेदीप्रसाद सुवेदीलाई पक्राउ गरेको छ । सो समुहले सहकारीको ८८ करोड ७० लाख ९८ हजार ९ सय ६२ रुपैयाँ ठगी गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको… पुरा पढौ

पुनःनिर्माण कोषमा छ करोड २४ लाख सङ्कलन

सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनःनिर्माण कोष’मा हालसम्म रू छ करोड २४ लाख सङ्कलन भएको छ । गत भदौ २३ र २४ गते देशभर भएका जेन–जी प्रदर्शनका क्रममा भएको आगजनी, तोडफोड र अतिक्रमणका कारण क्षति पुगेका भौतिक संरचनाको पुनःनिर्माणका लागि सरकारले कोष स्थापना गरेको हो । अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयकाअनुसार सोमबार बेलुकासम्म सो कोषमा उक्त रकम जम्मा भएको हो । जेन–जी प्रदर्शनका क्रममा विभिन्न सार्वजनिक संरचना, सरकारी कार्यालय तथा स्थानीय निकायका भौतिक संरचनामा क्षति पुगेको थियो । त्यस्ता संरचनाको… पुरा पढौ

पोखरामा आरोग्य पर्यटन : अवसर र चुनौति……

सन्देश श्रेष्ठपोखरा, कात्तिक १८ पोखरामा आरोग्य पर्यटनको खोजी गर्न शुरु भएको छ । पर्यटनको राजधानी पोखरालाई बहु पर्यटनको हब बनाउने उद्देश्यले स्वास्थ्य विज्ञान तथा आरोग्ययताको क्षेत्रमा क्रियाशील विज्ञहरू सम्मिलित मेडिकनेक्टको आयोजना तथा व्यवस्थापनमा पोखरामा चिकित्सकीय तथा आरोग्य पर्यटन सम्बन्धी छलफल भएको हो । छलफलमा सरोकारवालाहरुले पोखरा चिकित्सकीय तथा आरोग्य पर्यटनको हब बन्न सक्ने सम्भावनाको खोजी गरेका थिए । प्राकृतिक हिसाबले धनी पोखरालाई चिकित्सकीय तथा आरोग्य पर्यटनको हब बनाउन सके दीगो पर्यटनमा टेवा पुग्ने उनीहरुको भनाई थियो । कार्यक्रममा बोल्दै पोखरा… पुरा पढौ

प्रधानमन्त्री कार्कीको निर्देशन: सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्नु

प्रधानमन्त्री सुशीला कार्कीले सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न र सार्वजनिक कोषको प्रभावकारी एवं नतिजामूलक उपयोग गर्न निर्देशन दिएकी छन् । उनले नयाँ पुस्ताले सुम्पेको समृद्धि, विकास, सुशासन, समानता र भ्रष्टाचारविहीन शासकीय प्रबन्धको सुनिश्चितता गर्न निर्देशन दिएकी हुन्।वर्तमान सरकार गठन भएपछि सम्पन्न भएका कार्यप्रगतिको विवरण दिन आज आयोजित मन्त्री र सचिवहरूको बैठमा प्रधानमन्त्री कार्कीले गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावनाबमोजिम नतिजामुखी हुन मातहतका निकायलाई निर्देशन दिएकी उनको सचिवालयले जनाएको छ ।“भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र प्रभावकारी सेवा… पुरा पढौ