अर्थ

प्रधानमन्त्री कार्कीको निर्देशन: सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्नु

प्रधानमन्त्री सुशीला कार्कीले सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न र सार्वजनिक कोषको प्रभावकारी एवं नतिजामूलक उपयोग गर्न निर्देशन दिएकी छन् । उनले नयाँ पुस्ताले सुम्पेको समृद्धि, विकास, सुशासन, समानता र भ्रष्टाचारविहीन शासकीय प्रबन्धको सुनिश्चितता गर्न निर्देशन दिएकी हुन्।वर्तमान सरकार गठन भएपछि सम्पन्न भएका कार्यप्रगतिको विवरण दिन आज आयोजित मन्त्री र सचिवहरूको बैठमा प्रधानमन्त्री कार्कीले गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावनाबमोजिम नतिजामुखी हुन मातहतका निकायलाई निर्देशन दिएकी उनको सचिवालयले जनाएको छ ।“भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र प्रभावकारी सेवा… पुरा पढौ

कास्कीमा भैपरी खर्च लिने ‘जेनजी’आन्दोलनका घाइतेको सङ्ख्या न्यून

गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएका कास्कीका ९२ जनामध्ये हालसम्म जम्मा आठ जनाले मात्र घाइते परिचयपत्र र भैपरी खर्च बुझेका छन् । जिल्ला प्रशासन कार्यालय, कास्कीले गत असोज २४ गते आन्दोलनका घाइतेलाई परिचयपत्र र भैपरी खर्च लिन आउन सार्वजनिक रुपमा सूचित गरेको थियो । गृह मन्त्रालयबाट प्राप्त घाइतेहरूको सूचीबमोजिम कास्कीमा स्थायी ठेगाना भएका घाइतेहरूलाई परिचयपत्र र भैपरी खर्च वितरण भइरहेको कार्यालयका प्रशासकीय अधिकृत झविश्वर रेग्मीले बताए । “आइतबारसम्म आठ जनालाई घाइते परिचयपत्र रु २०… पुरा पढौ

अक्टोबरमा मात्रै एक लाख २८ हजार पर्यटक नेपाल भित्रिए

यस वर्षको अक्टोबर महिनामा एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो महिना पर्यटकीय यामसमेत भएकाले पर्यटकको आवागमन उल्लेख्य देखिएको छ । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, दक्षिण एशियाबाट २९ हजार ६०, एशियाका अन्य देशबाट २३ हजार १२७, यूरोपबाट ४० हजार ५००, ओसियाना छ हजार ८१४, अमेरिका १६ हजार ४०७, मध्यपूर्व तीन हजार ५४८, अफ्रिका ४४३ र अन्य देशबाट आठ हजार ४४४ पर्यटक नेपाल आएका छन् । बोर्डका अनुसार, गत जनवरीदेखि अक्टोबरस्म्म कूल नौ… पुरा पढौ

मर्मतपछि खुल्यो कागबेनी–छुसाङ सडक,भन्सार सेवा प्रभावित

बिहीबार राति परेको अविरल वर्षाका कारण अवरुद्ध कोरला नाका जोड्ने कागबेनी–छुसाङ नौ किलोमिटर सडक आजदेखि सञ्चालनमा आएको छ । शनिबारदेखि विभिन्न स्थानमा उपकरण प्रयोग गरी सुरु गरिएको कागबेनी–छुसाङ सडक आवश्यक मर्मतपछि आजदेखि सडकमा यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । जिल्ला प्रशासन कार्यालयको पहलमा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका, सुरक्षा निकाय र कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाको सहकार्यमा सडक सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मुस्ताङ प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए । उनका अनुसार कागबेनी–छुसाङ अवरुद्ध सडक… पुरा पढौ

गोरखाको मनास्लु पदमार्गमा आवातजावत खुला

उत्तरी गोरखाको मनास्लु पदमार्गमा आवतजावत खुला गरिएको छ । अत्यधिक हिमपात र वर्षाका कारण पहिरोको जोखिम बढेपछि गत बिहीबारदेखि आवतजावतका बन्द गरिएको पदमार्ग आजदेखि खुला गरिएको जिल्ला प्रशासन कार्यालय गोरखाका निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । पदायात्रामा निस्किएका पर्यटकलाई पथप्रर्दशकको सहयोगमा पदमार्गको आवश्यक सूचना लिएर सुरक्षित आवातजावत गर्न पनि प्रशासनले अनुरोध गरेको छ । “जल तथा मौसम विज्ञान विभागले मौसममा क्रमिक सुधार हुने प्रक्षेपण गरेकाले पदमार्ग खुला गरिएको हो”, उहाँले भन्नुभयो, “पदयात्राका क्रममा समस्या परे मनास्लु संरक्षण… पुरा पढौ

सुनको मूल्यमा सामान्य वृद्धि,तोलाको २ लाख ३९ हजार ७ सय

गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन प्रतितोला रु सयले बढेको छ भने चाँदी प्रतितोला रु पाँचले घटेको छ । गत शुक्रबार तोलाको रु दुई लाख ३९ हजारमा कारोबार भएको एक तोला सुनको मूल्य आज रु दुई लाख ३९ हजार ७ सय कायम भएको महासङ्घले जनाएको छ । यसैगरी, चाँदीको मोल प्रतितोला रु तीन हजार ५५ निर्धारण भएको छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन… पुरा पढौ

सामाजिक सुरक्षा कोषमा ९४ अर्ब

सामाजिक सुरक्षा कोषमा हालसम्म कूल रु ९४ अर्ब नौ करोड एक लाख ७९ हजार बराबरको रकम जम्मा भएको छ । कोषले रु १७ अर्ब २९ करोड ३० लाख ५१ हजार बराबरको रकम योगदानकर्तालाई भुक्तानी समेत गरेको छ । कोषमा कूल २५ लाख ९२ हजार एक सय ४१ जना सूचीकृत योगदानकर्ताका रुपमा समावेश भएका छन् । कोषमा २२ हजार एक सय २५ सूचीकृत रोजगारदाता रहेका छन् । रोजगारदातालाई क्रमशः सूचीकृत गराउन कोषले आवश्यक पहल समेत गरिरहेको जनाएको छ । कोषमा औषधी… पुरा पढौ

कार्कीले घुस खुवाउनु परेको बताएपछि आफू र मन्त्रीले घुस नखाएको भन्दै टकटकिए गण्डकीका मुख्यमन्त्री पाण्डे

सन्देश श्रेष्ठपोखरा, कात्तिक १४ गण्डकी प्रदेशका उद्योगी व्यवसायीले बारम्बार आरोप लगाउने गरेका छन् : घुस नखुवाई काम हुँदैन । तर घुस दिएपछि नहुने भनिएको काम पनि हुने गर्छ । पोखरा उद्योग वाणिज्य संघले त संस्थागत रुपमै कर्मचारीलाई टेबल मुनिबाट घुस दिएको बताउँदै आएको छ । संघले प्रदेश सरकारलाई ट्याक्स तिरेर पाल्नु परेको र कर्मचारीलाई घुस खुवाउनु परेको बारम्बार दोहो¥याउँदै आएको छ । त्यहि भएर प्रदेश सरकारको औचित्य नभएको भन्दै खारेज गर्नुपर्ने आवाज संघका अध्यक्ष गोकर्ण कार्कीले उठाउँदै आएका छन् ।… पुरा पढौ

गण्डकीका मुख्यमन्त्री पाण्डे : हितेन्द्र गएर कुलमान आएपछि विद्युत आउँछ भन्ने सोंचेको थिएँ । तर त्यस्तो भएन

सन्देश श्रेष्ठपोखरा, कात्तिक १५ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कुलमान घिसिङ मन्त्री भएर आएपछि पनि विद्युत आपूर्तीमा देखिएको समस्या नहटेको बताएका छन् । उपभोक्ता हित संरक्षण मञ्च नेपालको आयोजनामा शुक्रबार पोखरामा आयोजित ‘विद्युत उपभोक्ता सम्बन्धी अधिकार र हालको कानूनी व्यवस्था’ बारेमा भएको अन्र्तक्रियात्मक छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले जेनजी आन्दोलन पश्चात कुलमान घिसिङ मन्त्री भएर आएपछि विद्युत आपूर्तीमा देखिएको समस्या समाधान हुने विश्वास गरे पनि अवस्था त्यस्तो नदेखिएको बताएका हुन् । यो हितेन्द्रदेव शाक्य भन्ने मान्छे हटेपछि अब लोडसेडिङ पनि… पुरा पढौ

धानबालीमा क्षति पुगेपछि,पर्वत पैंयूका कृषकले राहत पाउने

किसानको मुख्य खाद्यान्न बाली धान भित्र्याउने बेलामा परेको लगातारको वर्षाका कारण क्षति पुगेका किसानलाई पर्वतको पैंयू गाउँपालिकाले राहत दिने भएको छ । यही कात्तिक ११ गतेदेखि लगातार परेको वर्षाले अधिकांश किसानको पाकेको र काटेर खेतमा सुकाएको धानबालीमा ठूलो नोक्सानी पु¥याएको अवस्थालाई दृष्टिगत गर्दै गाउँपालिकाले राहत दिने निर्णय गरेको हो । यहाँका किसानले कात्तिक ९ र १० गते काटेर सुकाएको धान निरन्तरको वर्षाले नष्ट गरिदिएको हो । गाउँपालिकाले वर्षा रोकिएलगत्तै क्षतिको यथार्थ विवरण सङ्कलन गर्नका लागि प्रक्रिया अघि बढाउने र क्षतिको… पुरा पढौ