तिहार र छठ पर्वमा नेपाल टेलिकमको नयाँ अफर


     एभरेस्ट आवाज    
     कार्तिक २७ गते २०७७ मा प्रकाशित




कार्तिक २७ काठमाडौं । नेपाल टेलिकमले तिहार, छठ, नेपाल संवतको अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ ।

टेलिकमले आफ्ना ग्राहकहरुका लागि एसएमएस प्याक तथा विभिन्न प्रकारका प्याकेजहरु उपलब्ध गराएको विज्ञप्ती मार्फत जनाएको छ ।

टेलिकमले सामान्य अवस्थामा एउटा एसएमएस पठाउँदा ५० पैसा शुल्क लाग्ने गरेको तर अहिले ल्याइएको अटम अफर अन्तर्गत तीन प्रकारका सहुलियत उपलव्ध गराइएको जनाएको छ ।
जसमा रु ५ मा २० वटा एसएमएस, रु १५ मा ७० वटा एसएमएस र रु ६० मा ३ सय वटा एसएमएस गर्न सकिने जनाइएको छ । यी प्याक क्रमसः १ दिन, ७ दिन र २८ दिनको समयावधिभित्र प्रयोग गर्न सकिने समेत टेलिकमले जनाएको छ ।

टेलिकमद्वारा जारी गरिएको विज्ञप्ती :


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।