अर्थ

गण्डकीका मुख्यमन्त्री पाण्डे : हितेन्द्र गएर कुलमान आएपछि विद्युत आउँछ भन्ने सोंचेको थिएँ । तर त्यस्तो भएन

सन्देश श्रेष्ठपोखरा, कात्तिक १५ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कुलमान घिसिङ मन्त्री भएर आएपछि पनि विद्युत आपूर्तीमा देखिएको समस्या नहटेको बताएका छन् । उपभोक्ता हित संरक्षण मञ्च नेपालको आयोजनामा शुक्रबार पोखरामा आयोजित ‘विद्युत उपभोक्ता सम्बन्धी अधिकार र हालको कानूनी व्यवस्था’ बारेमा भएको अन्र्तक्रियात्मक छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले जेनजी आन्दोलन पश्चात कुलमान घिसिङ मन्त्री भएर आएपछि विद्युत आपूर्तीमा देखिएको समस्या समाधान हुने विश्वास गरे पनि अवस्था त्यस्तो नदेखिएको बताएका हुन् । यो हितेन्द्रदेव शाक्य भन्ने मान्छे हटेपछि अब लोडसेडिङ पनि… पुरा पढौ

धानबालीमा क्षति पुगेपछि,पर्वत पैंयूका कृषकले राहत पाउने

किसानको मुख्य खाद्यान्न बाली धान भित्र्याउने बेलामा परेको लगातारको वर्षाका कारण क्षति पुगेका किसानलाई पर्वतको पैंयू गाउँपालिकाले राहत दिने भएको छ । यही कात्तिक ११ गतेदेखि लगातार परेको वर्षाले अधिकांश किसानको पाकेको र काटेर खेतमा सुकाएको धानबालीमा ठूलो नोक्सानी पु¥याएको अवस्थालाई दृष्टिगत गर्दै गाउँपालिकाले राहत दिने निर्णय गरेको हो । यहाँका किसानले कात्तिक ९ र १० गते काटेर सुकाएको धान निरन्तरको वर्षाले नष्ट गरिदिएको हो । गाउँपालिकाले वर्षा रोकिएलगत्तै क्षतिको यथार्थ विवरण सङ्कलन गर्नका लागि प्रक्रिया अघि बढाउने र क्षतिको… पुरा पढौ

पोखरा विमानस्थलबाट हुने उडान अवरुद्ध

खराब मौसमको कारण पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान अवरुद्ध भएको छ । बिहीबारदेखि निरन्तर वर्षाका कारण मौसम प्रतिकूल हुँदा पोखरा सहित तीन विमानस्थलबाट हुने उडान अवरुद्ध भएको विमानस्थल स्रोतले जनाएको छ ।। तुम्लिङटार र भरतपुर विमानस्थलबाट पनि उडान हुन नसकेको हो। पोखरा विमानस्थलमा शुक्रबार पौने ११ बजे विमानस्थल खुले पनि पुन अवरुद्ध भएको छ।मौसमको खराबीका कारण न्यून मात्रामा आन्तरिक उडान भइरहेको छ। झापाको भद्रपुर विमानस्थल भने खुला भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक विमानस्थलमा ढिला हुँदा यात्रुको… पुरा पढौ

सुनको मूल्य तोलामा दुई हजार सात सय बढ्यो

सुनको मूल्य प्रतितोला रू दुई हजार सात सय बढेको छ । बिहीबार प्रतितोला रू दुई लाख ३६ हजार तीन सयमा कारोबार भएको सुन आज बढेर तोलाको रू दुई लाख ३९ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।गएको आइतबारदेखि बुधबारसम्ममा तोलाकै १७ हजार दुईसय रुपैयाँ घटेको सुनको मूल्य हिजो स्थिर थियो। त्यस्तै, चाँदीको मूल्य तोलामा रू ८० ले बढेर रू तीन हजार ६० पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ९९५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको… पुरा पढौ

प्रतिकूल मौसमले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान प्रभावित

प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीका साथै ‘इनरुट वेदर’ बिग्रिएकाले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै उडान प्रभावित भएका हुन् । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार प्रतिकूल मौसमका कारण आज आन्तरिकतर्फ केही उडान ‘डाइभर्ट’ हुनका साथै भरतपुर र तुम्लिङटार विमानस्थलको उडान बन्द गरिएको छ । पोखरा विमानस्थल आगमन बन्द छ भने ‘डिपार्चर’ मात्रै खुलेको छ । काठमाडौँका लागि विराटनगरबाट उडेको श्री एयरलाइन्सको विमान उतै डाइभर्ट भएको जनाउँदै उनले भैरहवाबाट काठमाडौँ उडेको… पुरा पढौ

सुनको भाउ स्थिर, चाँदी बढ्यो, , आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

नेपाली बनाजमा बिहीबार सुनको भाउ स्थिर रहेको छ । सुनको भाउ अघिल्लो दिनकै मूल्य तय भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला मूल्य २ लाख ३६ हजार ३ सय रुपैयाँ तय भएको छ । अघिल्लो दिन पनि सोही मूल्य तय भएको थियो । त्यस्तै चाँदीको भाउ प्रतितोला १५ रुपैयाँ बढेको छ । आज चाँदीको भाउ प्रतितोला २ हजार ९८० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन चाँदी प्रतितोला २ हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो । पुरा पढौ

देशभरका स्वास्थ्य संस्थामा २ घण्टा सेवा बन्द,समस्या समाधान गर्न टोली परिचालन गरिने

देशभरीका सरकारी तथा निजी स्वास्थ्य संस्थाहरूमा कार्यरत नर्सहरूले आज २ घण्टा सेवा ठप्प पारेका छन् । उनीहरुले बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म अस्पतालको सेवा ठप्प पारेका हुन् ।नर्सहरूको आन्दोलनमा पोखराको सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नर्सहरू पनि सहभागी भएका छन् । नर्सहरूले आपतकालीन र आईसीयू बाहेकका सेवा रोक्दै ऐक्यबद्धता प्रदर्शन गरेका हुन् । करिब दुई सय जना नर्स अस्पताल परिसरमा भेला भई नारा लगाउँदै आन्दोलनमा समर्थन जनाए । निजी अस्पताल र शिक्षण संस्थामा कार्यरत नर्सहरूको न्यूनतम पारिश्रमिक सरकारले तोकेअनुसार… पुरा पढौ

पर्वतमा आठ प्रजातिका धानबालीको अनुसन्धान

यस वर्ष पर्वतमा खेती गरिएकामध्ये आठ प्रजातिको धानबालीको मूल बीउ अनुसन्धान गरिएको छ । कुन स्थानमा कुन प्रजातिको धानखेती गर्दा प्रशस्त उत्पादन हुन्छ भन्ने पत्ता लगाउन अनुसन्धान गरिएको हो । राष्ट्रिय धान बाली अनुसन्धान केन्द्रले फलेवास नगरपालिकाका विभिन्न क्षेत्रमा लगाइएको आठ जातका धानमाथि अनुसन्धान गरेको हो । फलेवास नगरपालिका–६ देवीस्थानमा रहेको शक्ति कृषि तथा पशुपन्छी फर्म र नमूना कृषि सहकारीको सहकार्यमा धानका स्थानीय आठ जातको धानको मूल बीउ उत्पादन गरिएको छ । पोखरेली जेठोबुढो, रामधान चैते पाँच, हर्दिनाथ, सुुक्खा धान,… पुरा पढौ

मौषम नखुलेसम्म अन्नपूर्ण बेसक्याम्प, मर्दी हिमाल, खुमैडाँडा र कोरी पदयात्रामा नजान कास्की प्रशासनको आग्रह

सन्देश श्रेष्ठपोखरा, कात्तिक १२ जिल्ला प्रशासन कार्यालय कास्कीले अन्नपूर्ण बेसक्याम्प,मर्दी हिमाल र खुमैडाँडा पदयात्रामा नजान आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले मंगलबार एक विज्ञप्ती निकाल्दै कास्कीलगायतका क्षेत्रमा मौषम खराब भएकाले मौषम नखुलेसम्म ती क्षेत्रहरुमा पदयात्रामा ननिस्कन आग्रह गरेको हो । उसले गण्डकी प्रदेशका उच्च हिमाली तथा पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको रहेकाले सतर्कता अपनाउन पनि पर्यटकहरुलाई अपिल गरेको छ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाले सोमबारदेखि बुधबारसम्म हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी क्षेत्रमा… पुरा पढौ

नेप्से परिसूचक ६२ अङ्कले बढ्यो

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६२ दशमलव २९ अङ्कले बढेर दुई हजार ५७१ दशमलव ३४ को बिन्दुमा कायम भएको छ । यो दुई दशमलव ४८ प्रतिशतको वृद्धि हो । आज ३१४ कम्पनीको ९२ लाख ४३ हजार ७२३ कित्ता शेयर ४७ हजार ९४ पटक खरिदबिक्री हुँदा रू चार अर्ब ५७ करोड ३९ लाख ४३ हजार ४०५ बराबरको कारोबार भएको छ । व्यापार समूह बाहेक आज अन्य सबै समूहको उपसूचक बढेको छ । आजको कारोबारमा न्यादी हाईड्रोपावर लिमिटेड र बुटवल पावर कम्पनी… पुरा पढौ