अर्थ

पोखरा महानगरपालिकाका उजुरी फछ्र्यौट गर्ने अधिकृत नै २५ हजार घुस मागेको आरोपमा पक्राउ

पोखरा, चैत ७ पोखरा महानगरपालिकाका उजुरी फछ्र्यौट शाखाका अधिकृत कपिल गिरी घुस लिएको आरोपमा पक्राउ परेका छन् । गिरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयको टोलीले बिहीबार दिउँसो घुस बापतको नगद २५ हजारसहित पोखरा–९ न्युरोडस्थित पोखरा महानगरपालिकाको कार्यालय अगाडिबाट नियन्त्रणमा लिएको हो । नगदसहित रंगेहात पक्राउ परेका गिरी पोखरा महानगरपालिकामा अख्तियारसम्बन्धी उजुरीको जवाफ दिने शाखामा कार्यरत थिए । स्याङ्जाको पुतलीबजार नगरपालिकामा कार्य क्षेत्र रही केहि समयअघि मात्र पोखरा महानगरपालिकामा काज सरुवा भई आएका उनी अख्तियारमा परेको उजुरीबारे प्रश्न सोधेमा महानगरपालिकाका… पुरा पढौ

नेप्से निरन्तर ओरालोतिर

शेयर बजारमा निरन्तर गिरावट आएको छ । यो साता कारोबारको लगातार चौथो दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ । यो साता कारोबारका भएका सबै दिन परिसूचक ओरालो लागेको छ । आज नेप्से परिसूचक १४ दशमलव ८८ अङ्कले घटेर दुई हजार छ सय ८२ दशमलव १५ को विन्दुमा कायम भएको छ । आज तीन सय ११ कम्पनीको ९५ लाख ८३ हजार आठ सय २९ कित्ता शेयर ५४ हजार छ सय २२ पटक खरिद बिक्री हुँदा रु… पुरा पढौ

पर्वतमा एक सय ३३ उद्योगको दर्ता खारेज

मुलुकमा देखिएको आर्थिक मन्दीको प्रभाव, बढ्दो पलायनदरलगायत प्रभाव पर्वतका उद्योग व्यवसामा प्रत्यक्ष रूपमा परेको छ । पर्वतमा चालु आर्थिक वर्षको पहिलो छ महिनामा एक सय ३३ उद्योगको दर्ता खारेज गरिएको छ । आर्थिक वर्ष २०८०र८१ मा दुई सय ३६ उद्योग बन्द भएकामा चालु आवको छ महिनामा ती उद्योगको दर्ता खारेज गरिएको पर्यटन तथा उद्योग कार्यालयले जनाएको छ । कार्यालयमा यस वर्ष दर्ता भएका उद्योग व्यवसायको तुलनामा बन्द हुने उद्योग व्यवसायको सङ्ख्या उल्लेख्य छ । चालु आवमा कार्यालयमा ९९ उद्योग दर्ता… पुरा पढौ

पोखरा–छेन्दु ऐतिहासिक व्यवसायिक चार्टर्ड उडान शुरु

पोखरा, चैत ५ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो पटक पोखरा–छेन्दु चार्टर्ड उडान भएको छ । पोखरा पर्यटन परिषदको पहलमा आज पहिलो पटक पोखराबाट मित्रराष्ट्र चीनको छेन्दुसम्म पहिलो व्यवसायिक उडान भएको हो । सिचुवान एयरलाईन्सको विमानमा आज १२६ जना पोखरेली छेन्दू गएका छन् । दिउँसो १२ः४५ बजेको उडानमा उनीहरु त्यसतर्फ प्रस्थान गरेका थिए । यसअघि सो जहाज १२७ जना चिनिया पर्यटक बोकेर दिउँसो ११ः४५ बजे पोखरा विमानस्थलमा अवतरण भएको थियो । सोहि विमानले पोखरेली पर्यटक बोकेर छेन्दू उडेको हो । पोखराबाट पहिलो… पुरा पढौ

नेप्से परिसूचकमा निरन्तर गिरावट

यो साताको कारोबारको लगातार तेस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । अघिल्लो साता पनि लगातार घटेर नेप्से परिसूचक अन्तिम कारोबार दिन केही अङ्कले बढेको थियो । तर यो साता कारोबारका सबै दिन पुनः परिसूचक ओरालो लागेको छ । आज नेप्से परिसूचक सात दशमलव ६६ अङ्कले घटेर दुई हजार छ सय ९७ दशमलव ०४ को बिन्दुमा कायम भएको छ । आज तीन सय १३ कम्पनीको ८२ लाख ३७ हजार नौ सय दुई कित्ता शेयर ५० हजार… पुरा पढौ

शहरी विकास मन्त्रालयको खर्च अठार प्रतिशत

शहरी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा रु १२ अर्ब २४ करोड तीन लाख ८७ हजार अर्थात् १७।९३ प्रतिशत खर्च गरेको छ । आज मन्त्रालयले पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिएको हो । मन्त्रालयका निम्ति रु ९१ अर्ब ३५ करोड २३ लाख विनियोजन भएकामा सङ्घतर्फ ६८ अर्ब २५ करोड ८३ लाख ३९ हजार भएको थियो । विनियोजित रकममध्ये चालुतर्फ रु चार अर्ब ४२ करोड ३८ लाख २३ हजार र पुँजीगततर्फ रु ६३ अर्ब ८३ करोड ४५ लाख १६ हजार छुट्याइएको थियो… पुरा पढौ

सुनको मुल्य हालसम्मकै उच्च , आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

आज सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ । सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेर तोलाको एक लाख ७५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज सुनको भाउ एकैदिन तोलामा एक हजार एक सय रुपैयाँले बढेको हो । हिजो सुनको भाउ एक लाख ७४ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि चैत्र एक गते शुक्रवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ७४ हजार पाँच सय रुपैयाँ पुगेको थियो । यस्तै आज… पुरा पढौ

महिला लघुवित्तद्वारा कालिका माविमा वित्तीय साक्षरता

पोखरा । पोखरा–३३, आँपुभन्ज्याङस्थित कालिका माविमा सोमवार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।महिला लघुवित्त वित्तीय संस्था लि., केन्द्रीय कार्यालय, साँगाको आयोजनामा भएको कार्यक्रममा गण्डकी प्रदेश कार्यालय प्रमुख रमेशचन्द्र पौडेलले सहजीकरण गरेका थिए । कार्यक्रममा कक्षा ६ देखि ९ सम्मका विद्यार्थी र शिक्षकहरूको सहभागिता रहेको थियो । पौडेलले विद्यार्थीकालदेखि नै बचत गर्ने बानी बसाल्नुपर्ने बताए । उनले बालबालिकामार्फत अभिभावकलाई समेत बचत गरी आर्थिक व्यवस्थापन गर्ने बानी बसाल्न सकिने भन्दै आम्दानी गर्नुभन्दा बचत गर्नु ठुलो कुरा भएको जानकारी दिए । आधिकारिक… पुरा पढौ

समाचार प्रभाव : माछापुच्छ्रेमा रोकियो अवैध क्रसर चलाउने धन्दा

पोखरा, चैत ४ माछापुच्छ्रेमा गाउँपालिकाका अवैध क्रसर उद्योग सञ्चालनमा रोक लागेको छ । एभरेस्ट आवाज डटकम र एभरेस्ट एफएममा निरन्तर फलोअप समाचार लेखेपछि माछापुच्छ्रेमा गाउँपालिकाले अवैध रुपमा सञ्चालित गण्डकी एग्रोगेट, फेउसरका बराह क्रसर उद्योग, जेके क्रसर उद्योग र सेती गण्डकी क्रसर उद्योगलाई बन्द गराएको हो । अवैध रुपमा सञ्चालित यी क्रसर उद्योगहरुले गाउँपालिकालाई करीब ५० करोड रुपैयाँ राजश्व तिर्न बाँकी छ । तर बारम्बार ताकेता गर्दापनि कर नतिरेपछि गाउँपालिकाले ती क्रसर उद्योगहरु तथा त्यहाँबाट दहत्तरबहत्तर (ढुंगा, गिट्टी, बालुवा) बन्द गर्न… पुरा पढौ

फेवा महोत्वका पाहुनालाई २० प्रतिशत छुट

पोखरा, ४ चैत । होटल संघ पोखरा नेपालले यही चैत ३० गतेदेखि आगामी बैशाख १ गतेसम्म पोखरामा आयोजना गर्न लागेको २० औं फेवा नव बर्ष महोत्सव २०८२ को तयारी तीव्र रुपमा अगाडि बढाइएको छ । संघले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सव सम्पन्न गर्न विभिन्न समिति र उपसमितिहरु गठन गरी काम अगाडि बढाइएको जानकारी दिएको हो । महोत्सवका संयोजक एवं संघका अध्यक्ष लक्ष्मण सुवेदीले महोत्सवमा अवसरमा संघ अन्तर्गतका सदस्य होटलमा रात बिताउने पाहुनालाई प्रचलित दररेटमा २० प्रतिशत छुट प्रदान गरिने… पुरा पढौ