अर्थ

पोखरामा शुक्रबारबाट हुने इक्यान शैक्षिक मेलाको तयारी पुरा

पोखरा । इक्यान कास्कीले भदौ २० र २१ (शुक्रबार र शनिबार) आयोजना गर्न लागेको ‘आठौं इक्यान शैक्षिक मेला’को तयारी पुरा भएको छ । टाइम्स एजुकेशनलको प्रस्तुतिमा हुन लागेको मेलाको तयारी पुरा भएको इक्यान कास्कीले जनाएको छ । शुक्रबार बिहान ९ बजे गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले मेलाको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । उद्घाटन कार्यक्रममा नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र बराल, इक्यानका केन्द्रीय अध्यक्ष शेषराज भट्टराई लगायतको उपस्थिति रहने जनाइएको छ ।… पुरा पढौ

पोखराको पातले छाँगो ठेक्का सम्झौताबिरुद्द आन्दोलित स्थानियलाई खुकुरी प्रहार गर्न खोज्ने एक पक्राउ

सन्देश श्रेष्ठपोखरा, भदौ १९ पोखराको पर्यटकीय गन्तव्य पातलेछाँगो (डेभिडफल्स) ठेक्का लगाउने विवादले उग्र रुप लिदै गएको छ । पोखरा महानगरपालिकाले छोरेपाटन माविबाट स्वामित्व खोसेर ४० वर्षका लागि डेभिडफल्स सेती क्यानोनिङलाई दिइएपछि स्थानियले विरोध गर्दै आएका छन् । महानगर र सेती क्यानोईङ कुनै पनि हालतमा ठेक्का सम्झौता अनुसार अघि बढ्ने र स्थानिय कुनै पनि हालतमा काम गर्न नदिने अडानमा रहेपछि दुई पक्षबीच भएको विवादले उग्र रुप लिदै गएको हो । विहीबार पनि यी दुई पक्षबीच झडपको स्थिति उत्पन्न भएको छ ।… पुरा पढौ

निरन्तर बढिरहेको सुनचाँदीको भाउ आज स्थिर

एक हप्तादेखि लगातार बढिरहेको सुनचाँदीको भाउ आज स्थिर छ । सुनको भाउ हिजोजस्तै आज पनि तोलाको दुई लाख सात हजार नौ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गएको १३ गते शुक्रबार दुई लाख रुपैयाँ नाघेको सुनको भाउ त्यसयता लगातार बढेको थियो । अस्ति मंगलबार सुनको भाउ तोलाको दुई लाख पाँच हजार नौ सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउ पनि स्थिर छ । चाँदी हिजो तोलाको दुई हजार चार सय ८० रुपैयाँ रहेकोमा आज… पुरा पढौ

अन्तर प्रदेश पर्यटन प्रवद्र्धन गर्दै नाट्टा गण्डकी

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशले पोखरा सहित गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनका लागि आजदेखि अन्तरप्रदेश प्रवद्र्धनात्मक भ्रमण सुरु गरेको छ । नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दाहाल नेतृत्वको १८ सदस्यीय टोलीले लुम्बिनी प्रदेशको नेपालगञ्ज, भैरहवा लगायत क्षेत्रमा पर्यटन सम्बद्ध अधिकारी एवम् व्यवसायीसँग छलफल एवम् अन्तरक्रिया सहित प्रवद्धनका विभिन्न कार्यक्रम सञ्चालन गर्न लागेको हो । आज पोखरादेखि त्यसतर्फ लागेको टोलीले १९ गते नेपालगञ्ज र २० गते भैरहवामा त्यहाँका पर्यटन सम्वद्ध अधिकारी र व्यवसायीसँग पर्यटकीय साझेदारी अभिबृद्धि लगायतका… पुरा पढौ

सुनको मूल्यमा नयाँ रेकर्ड , आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढ्दै २ लाख ८ हजार रुपैयाँ नजिक पुगेको हो । जसअनुसार बुधबार छापावाल सुन तोलामा २ लाख ७ हजार ९०० रुपैयाँ पुगेको हो । जुन मूल्य हालसम्मकै उच्च भएको महासंघको भनाइ छ । यसअघि मंगलबार छापावाल सुन तोलामा २ लाख ५ हजार ९०० रुपैयाँ कायम भएको थियो । यसैबीच बुधबार चाँदीको मूल्य भने घटेको छ । मंगलबार… पुरा पढौ

दुग्ध प्रशोधन कारखाना पोखरामा खोल्ने डिडिसीको निर्णयमा पोखरा उद्योग वाणिज्य संघको विरोध

सन्देश श्रेष्ठपोखरा, भदौ १७ पोखरा उद्योग वाणिज्य संघले दुग्ध विकास संस्थान (डिडिसी) ले पोखरामा नया दुग्ध प्रशोधन कारखाना स्थापना गर्ने भनेर गरेको निर्णयमा विरोध जनाएको छ । संघका महासचिव शोभा गौतमले मंगलबार एक विज्ञप्ती निकालेर विरोध जनाएको हो । विज्ञप्तीमा डिडिसीले पोखरामा नया दुग्ध प्रशोधन केन्द्र खोल्ने भनेर गरेको निर्णयले संघलाई आश्चर्यचकित र स्तब्ध बनाएको उल्लेख छ । संघले पोखरामा नया दुग्ध प्रशोधन केन्द्र खोल्ने डिडिसीको निर्णयमा तत्काल पुर्नविचार गर्न माग गरेको छ । डिडिसीको सो निर्णय सरकारले अंगीकार गरेको… पुरा पढौ

सुनचाँदीको मूल्य बढ्यो , तोलामा २ लाख ६ हजार नजिक

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार छापावाल सुन तोलामा ६०० रुपैयाँ वृद्धि भएर २ लाख ६ हजार नजिक पुगेको हो । जसअनुसार मंगलबार छापावाल सुन प्रतितोला २ लाख ५ हजार ९०० रुपैयाँ पुगेको हो । यस्तै १० ग्राम सुनको मूल्य १ लाख ७६ हजार ५२५ रुपैयाँ कायम भएको छ । यसैबीच मंगलबार चाँदीको मूल्य पनि वृद्धि भएको छ । सोमबार तोलामा २ हजार ४७० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार… पुरा पढौ

सुनको भाउमा दिनदिनै नयाँ रेकर्ड

प्रतितोला २ लाख नाघेपछि सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड बन्न थालेको छ । केही दिनयता मूल्य बढ्दै गएपछि सुनको भाउमा एकपछि अर्को रेकर्ड बन्न थालेको छ । आज सोमबार २ हजार बढेसँगै अर्को उच्च रेकर्ड बन्यो । आज प्रतितोला २ लाख ५ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड बनेको छ । अघिल्लो दिन प्रतितोला २४२५ रुपैयाँ रहेको चाँदी आज २४७० रुपैयाँ पुगेको छ । पुरा पढौ

पत्रकार विष्टलाई पिसिसिआई आर्थिक पत्रकारिता पुरस्कार

पोखरा, १४ भदाै । पोखरा उद्योग वाणिज्य संघले सञ्चालन गर्दै आएको पिसिसिआई आर्थिक पत्रकारिता पुरस्कारबाट पत्रकार मोहनकुमार विष्ट (आरजू विष्ट सल्यानी) सम्मानित भएका छन्। शनिबार संघको ७१औं वार्षिक अधिवेशन तथा साधारण सभाकाे अवसरमा प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका कार्यबाहक अध्यक्ष अञ्जन श्रेष्ठ, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की लगायतले पत्रकार विष्टलाई नगद रु. २५ हजार, सम्मानपत्र र दोसल्लाले सम्मान गरेका हुन्। पाेखरामा लगातार २५ वर्षदेखि पत्रकारितामा सक्रिय रहेका विष्टले २०५४/५५ सालमा काठमाडौंबाट प्रकाशित हुने सन्ध्याकालिन दैनिकबाट पत्रकारिता सुरु… पुरा पढौ

ढुक्क भएर बचत गर्न सदस्यहरुलाई हाम्रो बहुउद्देश्यीय सहकारीको आग्रह

पोखरा, १४ भदौ । पोखरा महानगर पालिका वडा नं ८ न्युरोडमा स्थित हाम्रो बहुउद्देयीय सहकारी लि. को छविसौ बार्षिक साधारण सभा एवमं अठ्ठाइसौ साधारण सभा शनिबार समपन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि एवंम शेयर सदस्य विष्णु प्रसाद कडेलले उद्घाटन गदै सहकारीले वित्तिय अनुसासनमा रहेर काम गर्दै आएकाले कुनै शंका नगरी आर्थिक कारोबार गर्न शेयर सदस्यहरुलाई आग्रह गरे । उनले संस्थाले बचतकर्ताको विश्वास जित्ने गरी काम गर्नुपर्नेमा सुझाब दिए दिएका छन् ।सल्लाहकार तथा पूर्व अध्यक्ष युवराज त्रिपाठीले संस्थाले विगत गरेको… पुरा पढौ