अर्थ

टान गण्डकीद्धारा संचालित ट्रेकिङ गाइड र ट्रेकिङ पोटर गाइड तालिम समापन

पोखरा, ३ भदौ ।ट्रेकिङ एजेन्सीज् एशोसिएसन आफ नेपाल (टान) गण्डकीको आयोजनामा पोखरामा ट्रेकिङ गाइड र ट्रेकिङ पोटर गाइड तालिमको समापन गरिएको छ । मंगलबार पोखरामा समापन समारोह आयोजना गरी तालिममा सहभागि प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो । २ सय २१ जनाले ट्रेकिङ गाइड र ६० जनालाई पोटर गाइडको प्रमाणपत्र वितरण गरिएको थियो । तालिम समापन कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरेका थिए ।सो अवसरमा बोल्दै मुख्यमन्त्री पाण्डेले दक्ष जनशक्ती पर्यटन क्षेत्रको महत्वपूर्ण अंग रहेको… पुरा पढौ

दीगो पर्यटनमा साझेदार खोज्दै पोखरा

सन्देश श्रेष्ठपोखरा, भदौ २ पर्यटनको राजधानी पोखराले पर्यटनमा साझेदार खोज्न शुरु गरेको छ । पर्यटनको राजधानी घोषणालगत्तै पोखरा भ्रमण वर्ष–२०२५ घोषणा गरेको पोखरा पर्यटनमा साझेदार खोज्दै विभिन्न पालिका पुगेको हो । भ्रमण वर्ष–२०२५ मा मात्रै १५ लाख पर्यटक भित्राउने लक्ष्य राखेको पोखराले पोखरा भ्रमण वर्ष–२०२५ कार्यसम्पादन समितिको अगुवाईमा पहाडकी रानी बन्दीपुर र नेपालको एकीकरणको शुरुवात भएको ऐतिहासिक स्थल गोरखा नगरपालिकालाई पर्यटनमा साझेदार बन्न आग्रह गरेको हो । यी दुई ठाउँबाट साझेदार खोज्ने अभियान शुरु गरेको पोखराले निकट भविष्यमा चितवनको भरतपुर… पुरा पढौ

महिला उद्यमी संघ गण्डकीको अध्यक्षमा रेग्मी

पोखरा, भदौ २ महिला उद्यमी संघ नेपालले गण्डकी प्रदेश शाखा गठन गरेको छ । गण्डकी प्रदेशका महिला उद्यमीहरुको सोमबार पोखरामा भएको भेलाले पार्वती पौडेल रेग्मीको अध्यक्षतामा महिला उद्यमी संघ गण्डकी गठन गरेको हो । संघको उपाध्यक्षमा निर्मला मल्ल, सचिवमा रिता रेग्मी अर्याल र कोषाध्यक्षमा खगिसरा लामिछाने (पुनम) सर्वसम्मत चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा शारदा बराल (सरु), चन्द्रकला राना, भीमा कोईराला, सुकुन रसाईली विक र विनिता अधिकारी चयन भएको नवनिर्वाचित अध्यक्ष पार्वती पौडेल रेग्मीले जानकारी दिईन् । महिला उद्यमीहरुको भेलालाई… पुरा पढौ

पर्यटन तथा उद्योग कार्यालय खारेज गरेकोप्रति कोईरालाको आपत्ति, तत्काल पुर्नस्थापना गर्न माग

सन्देश श्रेष्ठपोखरा, साउन ३१ नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष सञ्जीवबहादुर कोईरालाले जिल्लास्थित पर्यटन तथा उद्योग कार्यालय खारेज गरेकोप्रति आपत्ति जनाएका छन् । चिप्लेढुंगा–सिद्दार्थचोक व्यवसायी समितिको शनिबार आयोजित तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनको उद्घाटन शत्रलाई सम्बोधन गर्दै उनले गण्डकी प्रदेश सरकारले प्रशासनिक संरचना घटाउने नाममा अत्यावश्यक कार्यालयसमेत खारेज गरेको भन्दै विरोध गरेका हुन् । गण्डकी प्रदेश सरकारले प्रशासनिक खर्च घटाउनका लागि ७ निर्देशनालयसहित ९१ संरचना घटाउने निर्णय गरेको थियो । जसमा कास्की, बागलुङ र तनहुँ जिल्लाबाहेक गण्डकी… पुरा पढौ

चिप्लेढुंगा–सिद्दार्थचोक व्यवसायी समितिको अध्यक्षमा दुर्गा सुनार

सन्देश श्रेष्ठपोखरा, साउन ३१ चिप्लेढुंगा–सिद्दार्थचोक व्यवसायी समितिको अध्यक्षमा दुर्गा सुनार चयन भएका छन् । समितिको शनिबार सम्पन्न तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले सुनारको अध्यक्षतामा १५ सदस्यीय नया कार्य समिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा लक्ष्मण न्यौपाने, सचिवमा नविन श्रेष्ठ, सहसचिवमा किरणराज लामिछाने, कोषाध्यक्षमा प्रमोद लिगल र सहकोषाध्यक्षमा अनिल ढेवाजु सर्वसम्मत चयन भए । त्यस्तै सदस्यहरुमा सुशील लम्साल, वेदुनाथ लामिछाने, जनकराज सुवेदी, तारा गौतम, ज्योतिन्द्र घिमिरे, विरेन्द्र गहतराज, राजकुमार ध्वजु, धनबहादुर झैडी र विष्णुनारायण श्रेष्ठ चयन भए ।… पुरा पढौ

दोस्रो पर्वतीय दौडको प्रथम पुरस्कार अन्तर्राष्ट्रिय म्याराथन धावक कुसाङले प्रायोजन गर्ने

पोखरा अन्तर्राष्ट्रिय म्याराथन धावक तथा सहारा यूकेका पूर्व अध्यक्ष ल्याफ्टेनेन्ट (अ.प्रा.) कुसाङ गुरुङले दोस्रो पर्वतीय दौड प्रतियोगिता २०८२ को खुलातर्फको प्रथम पुरस्कार प्रायोजन गरेका छन् ।  पर्वत जिल्ला खाल्टेमा जन्मनु भएका गुरुङले प्रथम पुरस्कार ५० हजार रुपैयाँ पोखरा क्लिकलाई उपलब्ध गराउने सम्झौता शुक्रबार एक समारोहका बीच सम्पन्न भएको हो । उक्त सम्झौता सहारा क्लबका पूर्व अध्यक्ष विक्रम थकाली र प्रतियोगिताका संयोजक दीननाथ बराल बीच आदानप्रदान गरिएको छ । बेलायतमा रहेर पनि जन्मभूमि र खेल पर्यटन प्रवद्र्धनमा निरन्तर सक्रिय गुरुङले प्रतियोगिताको… पुरा पढौ

पोखरामा खुल्यो बिवाईडीको सोरुम, एसयूभी सिलायन-७ लञ्च

सन्देश श्रेष्ठपोखरा, साउन ३० पोखरामा बीवाईडीको सोरुम खुलेको छ । बीवाईडीले पोखराको बुद्दचोकमा सोरुम सञ्चालनमा ल्याएको हो । सोरुमको शुक्रबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे । सो अवसरमा बीवाईडीको एसयूभी सिलायन–७ लञ्च गरिएको छ । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले नेपाल भित्राएको सो विद्युतीय (ईभी) गाडी शुक्रबार पोखरामा लञ्च गरिएको हो । योसँगै पोखरेली उपभोक्ताले पोखराबाटै एसयूभी सिलायन–७ सहित बीवाईडीका सम्पूर्ण गाडीहरु खरिद गर्न सक्ने भएका छन् । अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र उच्च सुरक्षासहित यो… पुरा पढौ

अर्डर गरेको खाना नआएपछि बन्यो पोखरामा ‘ह्यान्ग्रीजेन’ खोल्ने योजना, सार्कट्याङ्कले खोलिदियो राजधानी छिर्ने ढोका

सन्देश श्रेष्ठपोखरा, साउन ३० पोखरामा फुड डेलिभरी क्षेत्रमा स्थापित नाम हो ह्यान्ग्रीजेन । डेढ वर्ष अघि क्लाउड किचनका रुपमा सञ्चालनमा आएर छोटो समयमै पोखरेलीको मन जित्न सफल ह्यान्ग्रीजेनका सञ्चालक हुन् पोखरेली व्यवसायी लक्सन राज श्रेष्ठ र विनय शर्मा । पोखरामा फूड डेलिभरीमा स्थापित भएपछि उनीहरु राजधानी काठमाडौं छिर्न चाहन्थे । मास बिजनेसको जगजगी राजधानी छिर्ने हुटहुटी भए पनि लगानी अभावमा त्यो सम्भव भइरहेको थिएन । तर सार्कट्याङ्कले अहिले त्यसको ढोका खोलिदिएको छ । लगानीकर्ताको खोजी गर्दै सार्कट्याङ्कमा सहभागी उनीहरुलाई नेपालका… पुरा पढौ

सुन-चाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? हेर्नुहोस

नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा छापावाल सुन तोलामा ६०० रुपैयाँ घटेको हो । जसअनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ९६ हजार २०० रुपैयाँ कायम भएको छ । बिहीबार सोही सुन तोलामा १ लाख ९६ हजार ८०० रुपैयाँ थियो । यस्तै शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। बिहीबार तोलामा २ हजार ३४० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार घटेर तोलामा २ हजार ३१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ… पुरा पढौ

ओटेफकाे अध्यक्षमा ममता, महासचिवमा भावना

महिला पर्यटन व्यवसायीहरुको संस्था महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)को अध्यक्षमा ममता न्यौपाने निर्वाचित भएकी छन् । विहीबार सम्पन्न मञ्चको सातौं साधारण सभा तथा चौथो अधिवेशनले न्यौपानेको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो । ओटेफको उपाध्यक्षमा लक्ष्मी लामिछाने, महासचिवमा भावना रानाभाट, सचिवमा शारदा भुजेल, कोषाध्यक्षमा रिता रेग्मी पौडेल ‘मुना’, सहकोषाध्यक्षमा मिठु लामिछाने निर्वाचित भएकी हुन् । सदस्यहरुमा सुशीला भण्डारी, सरिता शर्मा, लक्ष्मी तिमिल्सिना, कान्ति अधिकारी, चन्द्रा पौडेल पहारी, सुनीता सुवेदी, चन्द्रा जिसी, मायाँदेवी लामिछाने, रेनु लामिछाने, शर्मिला थापा र मिरा… पुरा पढौ