शिक्षा

कविताले पाईन् अमेरिकाको नेभादाबाट पीएचडीमा छात्रवृत्ति

कास्कीको भरतपोखरी जामुनाबोट घर भएकी छात्रा कविता अधिकारीले अमेरिकाको प्रतिष्ठित बिश्वबिद्यालय नेभादाबाट पीएचडीमा छात्रवृत्ति प्राप्त गरेकी छन । उनले माइक्रोबायोलोजी अन्तर्गतको “स्कूल अफ मेडिसिनमा सेलुलर र आणविक जीव विज्ञान (सीएमबी) कार्यक्रममा पीएचडी बिषयमा अध्ययनको निम्ति पूर्णरुपको छात्रबृति प्राप्त गरेकि हुन । हामीसंगको कुराकानिमा उनले भनिन “हालै मात्र नेभादा स्थित रिनो विश्वविद्यालय, स्कूल अफ मेडिसिनमा सेलुलर र आणविक जीव विज्ञान (सीएमबी) कार्यक्रममा पीएचडीको उम्मेदवार हुनको लागि प्रवेश पाउदा हर्षित छु । विश्वविद्यालयलको आधिकारिक स्वीकृतिमा पुर्ण छात्रवृत्ति साहित ग्राजुएट असिस्टेन्टसिप पनि प्राप्त… पुरा पढौ

आजदेखि कक्षा १२ को परीक्षा, एक महिनाभित्रै परीक्षाफल प्रकाशित गर्ने बोर्डको तयारी

आज (मंगलबार) देखि १२ को परीक्षा हुँदैछ। नोवेल कोरोना (कोभिड १९) कारण वैशाखमा स्थगित परीक्षा आज (मंगलबार) बिहान ८ बजेदेखि परीक्षा संचालन हुँदैछ। विद्यार्थी बसेकै ठाउँ नजिकका ४ हजार १ सय ५ वटा केन्द्रमा ४ लाख ३३ हजार विद्यार्थी परीक्षामा सहभागी हुँदैछन्। राष्ट्रिय परीक्षा बोर्डले परीक्षा संचालनका लागि हिमाली जिल्लाहरुमा प्रश्नपत्र पठाइसकेको र अन्य जिल्लामा परीक्षा संचालन हुनुअघी इमेलबाट पठाउने जनाएको छ। कोभिड १९ को संक्रमणका कारण स्वास्थ्य मापदण्डलाई पूर्णरुपमा पालना गर्न लगाएर परीक्षा संचालन गरिने जनाइएको छ। संक्रमित तथा… पुरा पढौ

भोलिदेखि कक्षा १२ को परीक्षा, यसरी हुँदैछ परीक्षा (हेर्नुहोस, परीक्षा तालिका सहित)

कोरोना भाइरसका कारण स्थगित कक्षा १२ को अन्तिम परीक्षा भोलि (मंगलबार) देखि हुँदैछ। स्वास्थ्यका सबै मापदण्ड पूरा गरी परीक्षा संचालन गरिने सरकारले जनाएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीहरुको भविष्यलाई मनन गरी कोरोना संक्रमणको जोखिमका बीच पनि सुरक्षित तरिकाले विभिन्न तहका परीक्षा संचालन गर्ने निर्णय गरेको उल्लेख गरेका छन्। परीक्षा तालिका र कार्यविधि तयार भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। बोर्डका अनुसार नेपाल सरकारले तोकेको सुरक्षा मापदण्ड र सामाजिक दुरी कायम गरेर परीक्षा संचालन गर्न लागिएको हो।… पुरा पढौ

अलविदा ई.लेखबहादुर गुरुङ

पोखराबाट प्रशारण हुने सामुदायिक एफएम हिमचुली एफएमका संस्थापक ई.लेखबहादुर गुरुङको निधन भएको छ । पोखरा ईञ्जिनियरिङ कलेजका संस्थापकसमेत रहेका गुरुङको शनिबार दिउँसो २ बजे निधन भएको परिवारले जनाएको छ । उच्च रक्तचापले कलेज प्राङ्गणमा अचानक बेहोस भएर ढलेका उनलाई उपचारका लागि काठमाडौंस्थित ग्राण्डी अस्पताल लगिएपनि उपचारका क्रममा निधन भएको पारिवारिक श्रोतको भनाई छ । यसैबीच, पोखरा ईञ्जिनियरिङ कलेजले एक विज्ञप्ती निकाल्दै संस्थापक गुरुङको निधनले कलेजलाई अपुरणीय क्षेति भएको जनाएको छ । पुरा पढौ

स्वामी केशवानन्दले ल्याए, ४ लाख शब्द समावेश संस्कृत–नेपाली विद्युतीय शब्दकोश

स्वामी केशवानन्द गिरिले विश्वमै ठूलो संस्कृत–नेपाली विद्युतीय शब्दकोश निर्माण गरी सार्वजनिक गरेका छन् । यो विद्युतीय शब्दकोशबाट संस्कृत, नेपाली, हिन्दी र अंग्रेजी ४ भाषाका शब्दको अर्थ थाहा पाउन सकिन्छ। शब्दकोशमा ४ वटै भाषाका गरी ४ लाख शब्दको अर्थ समावेश गरिएको छ। शब्दकोष एण्ड्रोइड मोबाइलमा डाउनलोड गरी उपयोग गर्न सकिन्छ। यसैगरी, वेबसाइटमा केएन स्वामी डटकममा गएपछि ४ भाषाका करिब ४ लाख शब्द खोज्न सकिने शब्दकोश निर्माणकर्ता स्वामी केशवानन्दले जानकारी दिएका छन्। यी ४ भाषाका शब्द ‘फूल टेक्स्ट’ खोज्न यो एप र… पुरा पढौ

त्रिवि विद्यार्थीको स्थगित परीक्षाको शैक्षिक सत्र खेर जाँदैन – त्रिभुवन विश्वविद्यालय

कोरोना भाइरसको महामारीपछि स्थगित परीक्षाको शैक्षिक सत्र पछाडि नधकेलिने गरी तयारी थालेको त्रिभुवन विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयले बताएको छ, ‘गत वैशाखमा स्थगित त्रिभुवन विश्वविद्यालयको स्नातक तहमा अध्ययनरत एक लाखभन्दा बढी विद्यार्थीको शैक्षिक सत्र खेर जाने जोखिम बढेको थियो, अब स्थगित परीक्षाको शैक्षिक सत्र पछाडि नधकेलिने गरी तयारी थालेको त्रिभुवन विश्वविद्यालयले तयारी थालेको छ।’ वार्षिक प्रणाली अन्तर्गत स्नातक तह चौथो वर्षमा अध्ययन गर्ने विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी परीक्षा र नतिजा प्रकाशनको आन्तरिक तयारी मिलाइएको विश्वविद्यालयले जानकारी दिएको हो।… पुरा पढौ

विद्यालय पुग्न बास बस्नुपर्ने समस्या

जिल्लाको गलकोट नगरपालिकाभित्रै विद्यालय पुग्न बास बस्नु पर्ने समस्या छ । जिल्लाका अधिकांश विद्यालयमा कक्षा १० सम्मको अध्ययनका लागि धेरै टाढा धाउन नपर्ने भए पनि गलकोट नगरपालिका–१० पाण्डवखानीको रमुवाका विद्यार्थीहरु कक्षा १० सम्मको शिक्षा लिन बास बस्नुपर्ने अवस्था छ । पाण्डवखानीको रमुवा गाउँमा आधारभूत विद्यालय भए पनि कक्षा ९ र १० अध्ययनका लागि बास बसेरै अध्ययन गर्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् । कक्षा १० सम्मकै अध्ययनका लागि घर छाड्नु दुर्गम गाउँका विद्यार्थीको नियति बनेको छ । दुर्गम गाउँका रूपमा रहेको… पुरा पढौ

कक्षा १२ को परीक्षा तयारी पूरा, ४ लाख ३ हजार १ सय ८० जना परीक्षार्थी सामेल हुँदै

कार्तिक २७ काठमाडौँ । कोभिड–१९ का कारण स्थगित कक्षा १२ को परीक्षाकोे तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । मंसिर १६ गतेसम्म सञ्चालन हुने परीक्षामा ४ लाख ३ हजार १ सय ८० जना परीक्षार्थी सामेल हुँदै छन् । बोर्डका अनुसार १२ हजार ४ सयभन्दा बढी परीक्षार्थीले आफूलाई पायक पर्ने विद्यालयबाट परीक्षा दिन आवेदन दिएको छन् । बाँकी परीक्षार्थीले आफूले पढेको विद्यालय नै रोजेको परीक्षा बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले बताए । परीक्षाका लागि देशभरि ११ र १२ कक्षा पढाइ… पुरा पढौ

राष्ट्रपति भण्डारीले कोभिड–१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी कामको विवरणबारे जानकारी लिइन्

राष्ट्रपति विद्यादेवी भण्डारीले भएको पूर्वाधार र जनशक्तिको भरपूर प्रयोग गर्दै अमूल्य मानव जीवनको रक्षा गर्नु आजको पहिलो आवश्यकता भएको बताएकी छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड –१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी गरेका कामको विवरणबारे मंगलबार राष्ट्रपति भवन शीतलनिवासमा जानकारी लिँदै राष्ट्रपति भण्डारीले अहिलेको पहिलो काम जीवन जोगाउनु भएकामा जोड दिइन्। राष्ट्रपति भण्डारीले आफूलाई जोखिममा राखेर पनि कोभिड नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्यकर्मीले गरिरहेको प्रयासको प्रशंसा गरिन्। उनले भनिन्, ‘अहिलेका अवस्थामा बालबालिका, वृद्धवृद्धा र शारीरिक अशक्तता भएका नागरिकको विशेष ख्याल गर्नुहोस।… पुरा पढौ

चेपाङ विद्यार्थीका लागि भान्छाघर निर्माण

हेल्पकोड नेपाल मुग्लिङले चितवनको इच्छाकामना–६ स्थित देवीभन्ज्याङ राष्ट्रिय आधारभूत विद्यालय कालिखोलामा भान्छाघर निर्माण गरिदिएको छ । मङ्गलबार एक कार्यक्रममा हेल्पकोड नेपालका कार्यक्रम निर्देशक भरत पाठकले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर प्रजा र प्रधानाध्यापक ज्ञानुदेव पाण्डेलाई विद्यार्थीहरुका लागि खाजा पकाउन प्रयोग गर्न निर्माण गरिएको भान्छाघर विद्यालयलाई हस्तान्तरण गरेका छन् । कार्यक्रममा इच्छाकामना–६ का वडाध्यक्ष भूपेन्द्र चेपाङले हेल्पकोड नेपालले विगत छ वर्षदेखि नै विद्यालयमा विभिन्न सहयोग गर्दै आएको भन्दै हेल्पकोड नेपालका विभिन्न सहयोगले विद्यार्थीलाई विद्यालयसम्म नियमित आउन पे्ररित गरेको बताए । प्रधानाध्यापक… पुरा पढौ