शिक्षा

जनप्रिय माविमा कक्षा १२ लाई बिदाई

पोखरा ८, सिमलचौरमा रहेको जनप्रिय माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई बिदाई गरिएको छ । कक्षा ११ का विद्यार्थीले सिनियर विद्यार्थीलाई मायाको चिनो प्रदान गर्दैै विदाई गरेका थिए । कक्षा ११ का छात्र सागर मरासिनीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ८ का अध्यक्ष रुद्रनाथ बरालले पास आउट विद्यार्थीलाई शुभकामना दिँदै समयको सदुपयोग गर्न सुझाव दिएका थिए । आफ्नो शैक्षिक यात्रा जनप्रियमै भएको बताएका बरालले उत्कृष्ट विद्यार्थी बनेर समाज र देशमा नमुना र योग्य नागरिक बन्न विद्यार्थीलाई सुझाव… पुरा पढौ

पोखरामा युवती हत्या प्रकरण, दोषीलाई कडा कारबाहीको माग, प्रशासनको संवेदनशीलता व्यक्त

पोखरामा एक युवतीको हत्या भएको घटनापछि मानवअधिकार तथा महिला अधिकार क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाहरूले दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्। उक्त सम्बन्धमा तयार पारिएको ध्यानाकर्षण पत्र शुक्रबार कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्मालाई बुझाइएको हो। चैत २५ गते साँझ करिब ७ बजे पोखराको समाहारचोक नजिक सुजना पौडेल केसीको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको घटनाले सिंगो समाजलाई स्तब्ध बनाएको छ। शान्त र पर्यटकीय सहरका रूपमा परिचित पोखरामा यस्ता जघन्य घटना घट्नुले नागरिक सुरक्षामाथि गम्भीर प्रश्न उठाएको सरोकारवालाहरूले बताएका छन्।ध्यानाकर्षण… पुरा पढौ

बालबालिकालाई सुसंस्कृत बनाउन नैतिक शिक्षा आवश्यक छ:प्रदेश प्रमुख भट्ट

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बालबालिकालाई नैतिक शिक्षा अपरिहार्य रहेको बताएका छन् । उनले नैतिक शिक्षाले मात्र बालबालिका सुसंस्कृत र असल आचरणको हुने उल्लेख गर्दै नैतिक शिक्षा र संस्कृत शिक्षा अनिवार्य गर्न जरुरी भइसकेको उल्लेख गरे । पोखरा २७ स्थित कृष्ण प्रणामी परमार्थ मिशन ट्रस्ट तथा सदानन्द गुरुकुल आश्रमको सातौं वार्षिकोत्सवमा उनले आजको शिक्षानीतिमा नैतिकता, आदरभाव, सम्मान, संस्कृति र संस्कारलाई मानमर्यादा गर्ने परम्पराको अभाव देखिएको बताए । ‘गुरुकुल आशाका केन्द्र हुुन् । भरोसाका दृढ विश्वास हुुन् । संस्कार सिकाउने कर्मस्थल… पुरा पढौ

गण्डकी विश्वविद्यालयबाट ४४ जना छात्रछात्रा दीक्षित,“शिक्षा औपचारिक प्रमाणपत्रमा मात्र सीमित हुनुहुँदैन”–मुख्यमन्त्री पाण्डे

गण्डकी विश्वविद्यालयबाट यस बर्ष ४४ जना विद्यार्थी दीक्षित भएका छन्। विश्वविद्यालयको प्रथम ऐतिहासिक दीक्षान्त समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ४४ जना छात्रछात्रा दीक्षित गरे । समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित हुन नहुने बताए । उनले वर्तमान समयको आवश्यकताअनुसार प्राविधिक तथा व्यावसायिक शिक्षामा जोड दिँदै सीप, रोजगारी, उद्यमशीलता, नवप्रवर्तन तथा नैतिक जनशक्ति उत्पादनतर्फ उन्मुख हुनुपर्ने आवश्यकता औंल्याए । मुख्यमन्त्री पाण्डेले वैज्ञानिक अनुसन्धान र प्रविधिको प्रयोगमार्फत उत्पादन, उद्योग र वितरण प्रणालीमा नवीनता ल्याउनुपर्ने बताए । विश्वविद्यालयका… पुरा पढौ

विन्ध्येश्वरी आदर्श स्कुलको ४१ औं वार्षिकोत्सव सम्पन्न, पत्रकार पौडेलसहित शिक्षक, कर्मचारी र पुर्व विद्यार्थी सम्मानित

पोखराको मोहरिया टोलमा रहेको विन्ध्येश्वरी आदर्श बोडिङ स्कुलले बिभिन्न कार्यक्रम गरी ४१ औं बार्षिकोत्सव मनाएको छ । विद्यालयमा शनिबार आयोजित कार्यक्रममा विद्यालयले पोखरामा रही शिक्षा पत्रकारिताको क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएको भन्दै पत्रकार शिशिर पौडेललाई सम्मान गरेको छ । दुई दशक देखि पोखरामा रही पत्रकारितामा क्रियाशिल पौडेल सहित सोही विद्यालयमा अध्ययन गरी एमविविएसमा पुर्ण छात्रवृति प्राप्त गर्न सफल कृषा श्रेष्ठ, ईन्जिनियरिङमा छात्रवृति प्राप्त गरेका प्रसिद्ध पराजुली, बिडिएस तर्फ छात्रवृति पाएका शिव हमाललाई कार्यक्रमका बिच पोखरा महानगरपालिका वडा नंं. १ का वडाध्यक्ष… पुरा पढौ

माउन्ट अन्नपूर्ण माविमा कक्षा १२ का विद्यार्थीको विदाई

पोखराको नदिपुरमा रहेको माउन्ट अन्नपूर्ण माविका कक्षा १२ अन्तरर्गत होटल म्यानेजमेन्ट तथा म्यानेजमेन्टका बिद्यार्थीलाई शुक्रवार बिदाई गरिएको छ । कक्षा १२ को अन्तिम परीक्षाको तयारीमा रहेका विद्यार्थीका लागि विदाई कार्यक्रम आयोजना गरिएको हो । कक्षा ११ का विद्यार्थी र बिद्यालयको संयोजनमा भएको कार्यक्रममा विद्यालय संचालक समितिका अध्यक्ष सुरज प्रकाश प्रधानाङ्गले उदघाट्न गरेका थिए । उक्त अवसरमा बोल्दै प्रधानाङ्गले बिद्यार्थी बिदाई भएर गए पनि उनीहरु बिद्यालयको हिस्सा भएको बताए । विद्यालयका प्राचार्य सइन्द्रराज श्रेष्ठले म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट दुबै व्यवहारिक विषय… पुरा पढौ

पश्चिमाञ्चल माविमा कक्षा १२ का विद्यार्थीको विदाई

पोखरा–४ गैह्रापाटनस्थित पश्चिमाञ्चल माविले कक्षा १२ का विद्यार्थीलाई विहीबार एक कार्यक्रम गरि बिदाई गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले लिने अन्तिम परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई बिदाई गरेको हो । कक्षा ११ सकेर १२ को अन्तिम परीक्षाको पर्खाइमा रहेका उनीहरुलाई मायाको चिनो सहित बिदाई गरिएको थियो । विद्यालयका प्राचार्य सरोज कोइरालाले दुईवर्षसम्म पश्चिमाञ्चलले दिलाएको शिक्षाको ज्ञानलाई भरपुर प्रयोग गर्न विद्यार्थीलाई शुभकामना दिए । विद्यार्थी भविश्यमा जहाँ गएपनि सम्बन्ध भने पश्चिमाञ्चलसँग सधैंका लागि रहिरहने उनले बताए । विद्यालयका प्लस टु संयोजक देव… पुरा पढौ

निजी विद्यालयमा मापदण्ड विपरीतको शुल्क फिर्ता नभए गृह प्रशासनबाट कारबाही हुने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्ड विपरीत शुल्क लिने निजी विद्यालयले शुल्क फिर्ता गर्न अटेर गरेको पाइएमा कानुनअनुसार कारबाही गर्न गृह प्रशासन र स्थानीय तहलाई आग्रह गरेको छ । केही संस्थागत विद्यालयहरूले प्रचलित कानुन तथा सम्मानित सर्वोच्च अदालतको आदेश विपरीत हुनेगरी शैक्षिकसत्र प्रारम्भ हुनपूर्व नै विद्यार्थी भर्ना गर्ने र स्वीकृत मापदण्डभन्दा बढी शुल्क असुली गर्नेगरेको कार्य सच्च्याउन यही चैत २२ गते निर्देशन दिइएको थियो । केही संस्थागत विद्यालयबाट अझै पनि कानुन विपरीत शुल्क लिने कार्य निरन्तर रहेको गुनासो आएको सन्दर्भमा… पुरा पढौ

गण्डकी प्रदेशमा स्वास्थ्य विमा प्रभावकारी, ६७ प्रतिशत परिवार बीमामा आबद्ध

गण्डकी प्रदेशमा हालसम्म चार लाख ४४ हजार ७७६ परिवार स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन् । जुन प्रदेशको कुल परिवार सङ्ख्यामध्ये ६७ दशमलव ०१ प्रतिशत हो । स्वास्थ्य बीमा बोर्ड प्रदेश कार्यालयको पछिल्लो आँकडाअनुसार गण्डकीमा १३ लाख ५६ हजार ६९८ जनाको स्वास्थ्य बीमा भएको छ । जनसङ्ख्याका आधारमा कुल बीमित ५५ प्रतिशत पुगेको बोर्डका प्रदेश संयोजक जीवलाल खरेलले जानकारी दिए । कुल बीमितमध्ये सेवा लिनेको सङ्ख्या सात लाख ३८ हजार २३२ अर्थात् ५४ दशमलव ०४ प्रतिशत रहेको छ । बीमा… पुरा पढौ

“स्कुलको ढोकाबाट फर्किएको भविष्य” – सरू लम्साल

नयाँ शैक्षिक शत्र शुरू भएको थियो । पोखराको मौसम खुलेको हिमाल बिहानको चिसो हावा भर्खरै झुल्कदै गरेको घामको किरण सँगै सानो हातमा नयाँ झोला, अनि छेउमै उभिएकी आमा - आमाका आखाँमा एउटा सानो तर गहिरो सपना "मेरो बच्चा अधि बढोस ।" यहि सोच्दा सोच्दै स्कुलको गेट आएको पत्तै भएन बच्चालाई स्कुल छाडेर फर्किन् । यसपालि भने अब विस्तारै मेरो बच्चा पनि पक्के राम्रो सँग अगाडी बढ्नेछ भन्ने विश्वासका साथ दैनिकी चलिरहेको थियो।केहि हप्तापछि स्कुलबाट फोन आउछ "म्याम एकपटक विद्यालय आउनुहोस… पुरा पढौ