शिक्षा

समाज रूपान्तरणमा आमा समूहको भुमिका महत्वपूर्ण: मन्त्री थापा

गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले देशको समग्र आर्थिक तथा सामाजिक रूपान्तरणमा आमा समूहहरूको भुमिका महत्वपूर्ण रहेको बताएका छन्। एकीकृत सेवा कार्यालय स्याङ्जाको आयोजनामा आँधीखोला गाउँपालिका जुग्लेमा आयोजित आमा समूहका सदस्यहरूका लागि नेतृत्व विकास कार्यक्रममा बोल्दै मन्त्री थापाले आमा समूहहरू समुदायस्तरमा सामाजिक जागरण, एकता, सहकार्य र परिवर्तनका प्रमुख आधार बनेको उल्लेख गरे । उनले विशेषगरी ग्रामीण क्षेत्रमा आमा समूहहरूले महिला सशक्तीकरण, सामाजिक विकृति न्यूनीकरण, आयआर्जन तथा सामुदायिक विकासमा प्रभावकारी भूमिका खेल्दै आएको बताए ।मन्त्री थापाले समुदायस्तरमा… पुरा पढौ

गण्डकीमा सीप दक्षता प्रमाणपत्र लिनेको संख्या बढ्दो

गण्डकी प्रदेशमा सीप परीक्षण गरेर दक्षता हासिल गर्नेको संख्या बढ्दै गएको छ । समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशका अनुसार गत आर्थिक बर्षमा ३ सय ४९ जनाले सीप परीक्षण मार्फत दक्षता हासिल गरी प्रमाणपत्र लिएका छन् । यस्तो प्रमाणपत्र लिनेमा आ.व २०७९र०८० मा १ सय ३३ जना, आ.व २०८०र०८१ म १ सय ९४ जना रहेको उप–सचिव तोयानाथ लम्सालले जानकारी दिए । लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गरेको रोजगारदाताहरु र पुर्वसिकाईको मान्यता विषयमा ग्राजुएट विच अन्र्तक्रिया कार्यक्रममा उप–सचिव लम्सालले… पुरा पढौ

प्रतिभामा मन्टेश्वरी उत्तीर्ण ७३ बालबालिका दीक्षित

पोखरा, चैत १८ प्रतिभा माध्यमिक विद्यालयमा मन्टेश्वरी उत्तीर्ण ७३ बालबालिका बुधबार दीक्षित भएका छन् । प्रतिभा मावि अन्तर्गत सञ्चालित मन्टेश्वरीबाट यूकेजी उत्तीर्ण ७३ बालबालिकालाई विद्यालयले एक कार्यक्रम आयोजना गरेर दीक्षित गरेको हो । ‘शिक्षाको उत्सव’ नारासहित आयोजित दीक्षान्त समारोहमा बालबालिकालाई दीक्षित प्रमाणपत्र प्रदानसमेत गरिएको थियो । दीक्षान्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण पौडेलले प्रतिभा माविको मन्टेश्वरीले बालबालिकाको सर्वाङ्गीण विकासका लागि राम्रो आनीबानी, अनुशासन र आत्मविश्वास जगाउने प्रयास गरेको बताए । बालबालिका ‘काँचो माटो’ जस्तै हुन्,उनले भने,‘त्यसैले उनीहरूलाई सानैबेलादेखि ज्ञानसँगै… पुरा पढौ

गण्डकीमा एसईई २०८२: ४३ हजार बढी विद्यार्थी सहभागी, कास्की अग्रस्थानमा

चैत १९ गतेदेखि सञ्चालन हुने २०८२ सालको माध्यमिक शिक्षा परीक्षा एसईईमा यस वर्ष गण्डकी प्रदेशमा ४३ हजार ३ सय ५५ विद्यार्थी सहभागी हुने भएका छन्। सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको शिक्षा विकास महाशाखा, पोखराका अनुसार प्रदेशका ११ जिल्लाबाट नियमित, प्राविधिक तथा ग्रेडवृद्धि समूहका विद्यार्थीहरू परीक्षामा सहभागी हुन लागेका हुन्।जिल्लागत विवरणअनुसार कास्कीमा सबैभन्दा धेरै १० हजार ८ सय ४३ विद्यार्थी सहभागी हुनेछन्। त्यसपछि तनहुँमा ६ हजार १ सय ५५, नवलपुरमा ६ हजार ७ सय १२, स्याङ्जामा ४ हजार २… पुरा पढौ

एसईई परीक्षा बिहीबारबाट,कास्कीमा करिव ११ हजार विद्यार्थी सहभागि हुने

राष्ट्रिय परीक्षा बोर्डले बिहीबारबाट शुरु हुने माध्यमिक शिक्षा परीक्षाको तयारी पुरा गरेको छ । शैक्षिक क्यालेन्डरअनुसार चैत पहिलो साता हुनुपर्ने परीक्षा २१ फागुनको प्रतिनिधिसभा चुनावका कारण १९ चैतमा धकेलिएको हो । बोर्डका अनुसार परीक्षाको सबै तयारी पूरा भएको छ ।एसईई परीक्षा नियन्त्रक टुकराज अधिकारीले ७७ वटै जिल्लामा परीक्षाको सम्पुर्ण तयारी पुरा भएको जानकारी गराएको बताए । उनका अनुसार प्रश्नपत्र र उत्तरपुस्तिका केन्द्रमा पुगिसकेको छ । केन्द्राध्यक्षहरु पनि नियुक्त भएर सम्बन्धित केन्द्रमा पुगेका छन् । परीक्षा सञ्चालनका लागि कर्मचारी र सुरक्षाकर्मीको… पुरा पढौ

सहारा विद्यालयले मनायो २९औ वार्षिकोत्सव

पोखरा महानगरपालिका वडा नं. ९ मा रहेको सहारा बाल आधारभूत विद्यालयले २९ औँ वार्षिकोत्सब बिबिध कार्यक्रमसहित मनाएको छ । कार्यक्रममा विद्यालयको शैक्षिक तथा भौतिक विकासमा सहयोग गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको छ । विद्यालयलाई सहयोग गर्ने सपना गुरुङ, हिमश्री फूड्स प्रा।लि।, एल जी एशोसियसन यु।के, नेलम्वो नेपाल, कृष्णटोल आमा समूह, सवि गुरुङ, रक्षा गुरुङ, विनु राना, प्रमिला घले र दिक्षा अधिकारीलाई पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विक्रम थकालीले सम्मान गरे ।अवसर पारी विद्यालयको… पुरा पढौ

हिल पोइन्ट माविमा परिवार नियोजनको सचेतना

नेपाल परिवार नियोजन संघ कास्की शाखाले यौंन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान जारी राखेको छ । २४ वटा विद्यालय तथा कलेजमा अभियान संचालन गर्ने लक्ष्य सहित सुरु गरिएको अभियान १४ वटा विद्यालय तथा क्याम्पसमा पुगेको सभापति नवीन सिग्देलले जानकारी दिए । पछिल्लो समय पोखरा महानगरपालिका वडा नं १२ माटेपानी स्थित हिल पोइन्ट माविमा अभियान संचालन गरिएको छ ।त्यस अवसरमा विद्यालयका भाईस प्रिन्सिपल गंगाराम पौडेल विद्यार्थी केन्द्रीत यस्ता कार्यक्रमले सानो उमेरमै सचेतना जगाउन सहयोग पुग्ने बताए । कार्यक्रममा नेपाल परिवार नियोजन… पुरा पढौ

दमौलीमा कर्मचारीका लागि योग तथा तनाव व्यवस्थापन शिविर

कर्मचारी मिलन केन्द्र तनहुँ र आधिकारिक ट्रेड युनियनको आयोजनामा दमौलीमा राष्ट्रसेवक कर्मचारीका लागि योग तथा तनाव व्यवस्थापन शिविर सुरु गरिएको छ । पतञ्जलि योग समिति तनहुँको प्राविधिक सहयोग तथा समन्वयमा कर्मचारीलाई लक्षित गरी आजदेखि १० दिवसीय निःशुल्क योग तथा तनाव व्यवस्थापन शिविर सुरु गरिएको हो । जिल्ला न्यायाधीश विष्णुप्रसाद उपाध्यायले योगले मानसिक शान्ति र कार्यक्षमता वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै राष्ट्रसेवक कर्मचारीहरूले यस्तो अभ्यासलाई दैनिक जीवनमा अपनाउनुपर्नेमा जोड दिए । प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले कर्मचारीहरूको मानसिक तथा शारीरिक… पुरा पढौ

‘डिजिटल’ शासन र ‘डेटा गभर्नेन्स’को कार्यान्वयन सुरु

सरकारले शासकीय सुधारका एक सय कार्यसूचीमार्फत ‘डिजिटल’ शासन र ‘डेटा गभर्नेन्स’लाई प्राथमिकतामा राख्दै कार्यान्वयन सुरु गरेको छ । मन्त्रिपरिषद्को गत शुक्रबार बसेको पहिलो बैठकले स्वीकृत गरेको कार्यसूचीअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने प्रक्रिया अघि बढाएको छ भने बेटिङ एप बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइसकेको छ ।अब सार्वजनिक सेवा प्रवाहलाई छिटो, पारदर्शी, कागजरहित र अन्तरआबद्ध बनाइनेछ । यसअन्तर्गत विद्यमान एकीकृत कार्यालय व्यवस्थापन प्रणाली ‘जिआइओएमएस’ प्रणालीलाई एक सय दिनभित्र थप सुदृढ र… पुरा पढौ

नेपाल गणित समाज गण्डकीमा ठगुराठी

नेपाल गणित समाज गण्डकी प्रदेशको अध्यक्षमा प्राध्यापक राजेश कुमार ठगुराठी चयन भएका छन् । समाजको सम्पन्न तेस्रो अधिवेशनले ठगुराठीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। समाजको उपाध्यक्षमा विश्व अधिकारी, सचिवमा डा माधव प्रसाद पौडेल, सहसचिवमा भद्रराज त्रिपाठी, कोषाध्यक्षमा मञ्जु सुवेदी तथा सदस्यहरूमा रमेश आचार्य, ठाकुरप्रसाद पोखरेल, याद अधिकारी, ईश्वरीप्रसाद गौतम, शिवप्रसाद बास्तोला, र गोपाल ढुंगाना निर्वाचित भएका छन्।निर्वाचित समितिलाई निर्वाचन समितिका संयोजक प्रा डा श्रीराम खड्का तथा सदस्यहरू प्रा डा परमेश्वरी कट्टेल, सहप्रा डा ईश्वरमणी अधिकारी, निवर्तमान अध्यक्ष… पुरा पढौ