शिक्षा

सम जयन्तीमा सन्तति लोकार्पण

पोखरामा नाट्यसम्राट बालकृष्ण समको जन्मजयन्ती मनाइएको छ । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालद्वारा साहित्यकार डा. पुष्पा के.सी. भण्डारीको लघुकथा कृति सन्तति लोकार्पण, रचनावाचन तथा सम विमर्शसहित १२४ औं जन्मजयन्ती मनाइएको हो । कृतिको पोखरा रत्न हरिदेवी कोइराला, नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सदस्य नारायण मरासिनी, गण्डकी प्रेस रजिष्ट्रार विमला भण्डारी, गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्ची, हाम्रो लघुकथा केन्द्रकी गण्डकी संयोजक शुभ शर्मा र डा नारायणप्रसाद अधिकारीले एक साथ लोकार्पण गरे ।लोकगायिका हरिदेवी कोइरालाले भण्डारीको बहुआयामिक व्यक्तित्वबारे प्रकाश पार्दै लघुकथा कृति प्रकाशन… पुरा पढौ

ओली एण्ड एसोसिएट्सले राष्ट्रव्यापी निबन्ध प्रतियोगिता गर्ने

विगत एक दशक देखि पर्यटकीय राजधानी पोखराबाट शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको ओली एण्ड एसोसिएट्स पोखराले राष्ट्रिय स्तरको निबन्ध लेखन प्रतियोगिता आयोजना गर्ने भएको छ। कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूको बौद्धिक क्षमता, समालोचनात्मक सोच तथा सिर्जनशील लेखन सीप अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरेको संस्थाका प्रबन्ध निर्देशक तिलक प्रसाद लामिछानेले जानकारी दिएका छन्। प्रतियोगितामा शिक्षा विश्वव्यापी अवसरतर्फको मार्ग भन्ने शीर्षक तय गरिएको उनले बताए । लामिछानेका अनुसार सहभागी हुन चाहने इच्छुक विद्यार्थीहरुले माघ २७ गते सम्म २ सय ५०… पुरा पढौ

विन्ध्येश्वरी आदर्शमा फुड फेष्टिभल सहित बिभिन्न कार्यक्रम सम्पन्न

पोखरा–१,मोहरिया टोलमा रहेको विन्ध्येश्वरी आदर्श स्कुलमा परीक्षाफल प्रकाशन सहित बिभिन्न कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विज्ञान तथा सामाजिक विषयसँग सम्बन्धित परियोजना कार्यको प्रतियोगिता र फुड फेस्टिभल गरिएको अतिरिक्त कियाकलाप प्रमुख राजु बयलकोटीले जानकारी दिए । त्यस अवसरमा जुनियरतर्फ कक्षा ६ का प्रविन कायतको समूह प्रथम, कक्षा ५ का एलेक्स रसाइलीको समूह द्वितीय र कक्षा ४ का अंकित मन्नाको समूह तृतीय भए भने सिनियरतर्फ कक्षा ८ की उपासना रेग्मीको समूह प्रथम, कक्षा ९ की प्रिस्किला तामाङको समूह द्वितीय र कक्षा… पुरा पढौ

मदरल्याण्डमा विद्यार्थी र कर्मचारीलाई सम्मान

पोखरा, माघ २३पोखरा–७, मासवारस्थित मदरल्याण्ड माविले शुक्रबार कर्मचारी सहित विद्यार्थीलाई सम्मान गरेको छ । ३१ औं वृहत सांस्कृतिक दिवस तथा सिर्जनात्मक कला प्रदर्शनीको अवसरमा शिक्षकलाई दीर्घ सेवा सम्मान सहित उत्कृष्ट अंक ल्याउने र विभिन्न परीक्षामा छात्रवृत्ति प्राप्त गर्न सफल विद्यार्थीलाई शुक्रबार सम्मान गरिएको हो ।विहीबारदेखि सुरु भएको तीनदिवसीय कार्यक्रम अन्तर्गत शुक्रबार कर्मचारी र विद्यार्थीलाई सम्मान गरिएको हो । विद्यालयका प्राचार्य डा. नारायण बरालका अनुसार २० वर्ष सेवा प्रदान गरेकी शिक्षिका टंकमाया घिसिङलाई दीर्घ सेवा सम्मान प्रदान गरिएको छ । त्यस्तै… पुरा पढौ

मदरल्याण्ड माविमा विद्यार्थीलाई सम्मान, कर्मचारीलाई दीर्घ सेवा

पोखरा–७, मासवारस्थित मदरल्याण्ड माविले शुक्रबार कर्मचारी सहित विद्यार्थीलाई सम्मान गरेको छ । ३१ औं वृहत सांस्कृतिक दिवस तथा सिर्जनात्मक कला प्रदर्शनीको अवसरमा शिक्षकलाई दीर्घ सेवा सम्मान सहित उत्कृष्ट अंक ल्याउने र विभिन्न परीक्षामा छात्रवृत्ति प्राप्त गर्न सफल विद्यार्थीलाई शुक्रबार सम्मान गरिएको हो । विहीबारदेखि सुरु भएको तीनदिवसीय कार्यक्रम अन्तर्गत शुक्रबार कर्मचारी र विद्यार्थीलाई सम्मान गरिएको हो । विद्यालयका प्राचार्य डा. नारायण बरालका अनुसार २० वर्ष सेवा प्रदान गरेकी शिक्षिका टंकमाया घिसिङलाई दीर्घ सेवा सम्मान प्रदान गरिएको छ । त्यस्तै राष्ट्रिय… पुरा पढौ

प्रतिभा सुपर लिग क्रिकेट : प्रतिभा मावि सेमीफाइनलमा, गुरुकुल र मदरल्याण्डको छिनोफानो भोलि लाग्ने

सन्देश श्रेष्ठपोखरा, माघ २२ आयोजक प्रतिभा मावि प्रतिभा सुपर लिग क्रिकेटको सेमीफाइनलमा प्रवेश गरेको छ । पोखरा–३ नदीपुरस्थित प्रतिभा माविद्वारा आयोजित प्रतियोगितामा आयोजक प्रतिभा मावि सेमीफाइनलमा प्रवेश गर्ने तेस्रो विद्यालय बनेको हो । यसअघि बाल मन्दिर मावि र छोरेपाटन मावि सेमीफाइनलमा प्रवेश गरिसकेका छन् । प्रतियोगिताको सेमीफाइनलमा पुग्न अब एक टिम मात्रै बाँकी छ । जसमा गुरुकुल मावि र मदरल्याण्ड सेकेण्डरी प्रतिष्पर्धामा छन् । जसको छिनोफानो शुक्रबार हुने यी दुई विद्यालय बीचको प्रतिष्पर्धाबाट हुनेछ । दुबै विद्यालयले एक÷एक खेल जितेकाले… पुरा पढौ

मदरल्याण्ड माविमा वार्षिक सांस्कृतिक कार्यक्रम सुरु

पोखरा, माघ २२पोखरा-७, मासवारस्थित मदरल्याण्ड माविमा विहीबारदेखि ३१ औं वृहत सांस्कृतिक दिवस तथा सिर्जनात्मक कला प्रदर्शनी सुरु भएको छ । तीनदिनसम्म संचालन गरिने यो कार्यक्रममा विभिन्न परीक्षामा उत्कृष्ट अंक ल्याएका विद्यार्थीलाई सम्मान पनि गरिएको थियो ।विद्यार्थीमा रहेको अन्तरनिहीत क्षमतालाई बाहिर ल्याउनका लागि विद्यालयले कार्यक्रम आयोजना गरेको हो । विद्यालयका प्राचार्य डा.नारायण बरालका अनुसार विहीबार पहिलो दिन नर्सरीदेखि कक्षा ३ सम्मका बालबालिकाका लागि कार्यक्रम आयोजना गरिएको थियो । दोश्रोदिन ४ देखि ८ कक्षासम्मका बालबालिकाले प्रतिभा देखाउनेछन भने अन्तिम दिन ९ देखि… पुरा पढौ

प्रतिभा सुपर लिग क्रिकेट : छोरेपाटन मावि पनि सेमीफाइनलमा

सन्देश श्रेष्ठपोखरा, माघ २१ पोखराको छोरेपाटन मावि प्रतिभा सुपर लिग क्रिकेटको सेमीफाइनलमा प्रवेश गरेको छ । लिग चरणको पहिलो खेलमा कुमुदिनी होम्सलाई ४८ रनले पराजित गरेको छोरेपाटन माविले दोस्रो खेलमा बुधबार टप्स माविलाई ३४ रनले पराजित गर्दै समूह ‘सी’बाट सेमीफाइनल यात्रा सुनिश्चित गर्यो । छोरेपाटन सेमीफाइनल पुग्ने दोस्रो टिम हो । यसअघि समूह ‘डी’बाट बाल मन्दिर मावि सेमीफाइनलमा पुगिसकेको छ । बुधबार भएको खेलमा छोरेपाटन माविले टप्स माविलाई ३४ रनले पराजित गर्यो । टस जितेर टप्सले फिल्डिङ रोजेपछि पहिले व्याटिङ… पुरा पढौ

युनाईटेड क्लव पोखराद्वारा अमरसिंह माविमा डिजिटल स्मार्टबोर्ड प्रदान

युनाईटेड क्लव पोखराले अमरसिंह माविमा अध्ययनरत विद्यार्थीहरुको पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले डिजिटल स्मार्टबोर्ड प्रदान गरेको छ । क्लवले अमरसिंह माविमा विज्ञान संकायमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुको पठनपाठनमा सहयोग पु¥याउने उद्देश्य अनुरुप दुई थान डिजिटल स्मार्टबोर्ड प्रदान गरेको हो । सो अवसरमा वोल्दै युनाईटेड क्लबका निवर्तमान अध्यक्ष राजु श्रेष्ठले युनाईटेड क्लवले स्थापना कालदेखिनै अमरसिंह मावि संग सहकार्य गरि अमरसिंह खेल मैदानमा पोखरा महोत्सवको आयोजना गरि विद्यालयलाई आर्थिक र भौतिक सहयोग गर्दै आइरहेको बताए । १४ औं पोखरा महोत्सव भब्य र… पुरा पढौ

विश्व सिमसार दिवसमा पोखराका दुई विद्यालयमा सचेतना कार्यक्रम

पोखरा, २० माघ विश्व सिमसार दिवस २०२६ को अवसरमा पोखराका दुई विद्यालयमा सिमसार संरक्षण सचेतना कार्यक्रम गरिएको छ । पोखराको विजयपुरमा रहेको लोमान्थाङको घुम्ती विद्यालय दिव्य दीप मावि र पोखरा बैदामको तालबाराही मावीमा पत्रकार कृष्णमणि बराले २० वर्ष अघि देखि खिचेका पोखराका तालहरुको विभिन्न अवस्था झल्कने तस्बिर मार्फत सिमसार संरक्षण सचेतना कार्यक्रम गरिएको हो । विश्व सिमसार दिवसको अवसरमा सोमबार लोमान्थाङको घुम्ती विद्यालयमा सचेतना कार्यक्रम संचालन गरिएको थियो । सहभागी विद्याथीले प्लास्टिकजन्य फोहोर लगायत कुनै पनि प्रकारका फोहोर जथाभावी फ्याँकीदा… पुरा पढौ