शिक्षा

प्रतिभा माविको गणित हाजिरीजवाफमा अन्तिम प्रतिष्पर्धाका लागि ८ समूह छनौट

पोखरा, पुस २१विद्यार्थीमा रहेको अन्तरनिहीत प्रतिभा प्रस्फुटन गराउनका लागि यहाँस्थित प्रतिभा माविले आइतबार गणित सम्बन्धि हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको छ । विद्यालयमा विज्ञान विषय अध्ययन गर्ने कक्षा ११ र १२ का विद्यार्थीहरुले उक्त प्रतियोगितामा प्रतिश्पर्धा गरेका थिए ।विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार विद्यार्थीमा रहेको अन्तरनिहीत ज्ञान बाहिर ल्याउनका लागि नियमित शैक्षिक गतिविधिबाहेक अतिरिक्त क्रियाकलाप अन्तर्गत गणित हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको हो । उक्त प्रतियोगिताका विद्यालय संचालक समिति अध्यक्ष नारायण पौडेल र प्रमुख अतिथि गणित समाजका केन्द्रीय सचिव डा.… पुरा पढौ

अन्तर्राष्ट्रिय सम्मेलनले गण्डकी प्रदेशको शिक्षा र अनुसन्धानमा योगदान गर्ने मन्त्री थापाको विश्वास

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले गण्डकी विश्वविद्यालयको आयोजनामा भएको “गण्डकी विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्मेलन–२०२५” ले प्रदेशको शिक्षा र अनुसन्धानमा योगदान गर्ने विश्वास व्यक्त गरेका छन् । पोखरामा “उच्च भविष्यका लागि नेटवर्किङ माइन्ड्स” विषयलाई केन्द्रमा राखेर आयोजना गरिएको उक्त सम्मेलनको महत्वलाई उनले उजागर गरेका हुन् । मन्त्री थापाले गण्डकी प्रदेशलाई शिक्षा, अनुसन्धान र सामाजिक विकासको केन्द्रका रूपमा स्थापित गर्ने दिशामा यस किसिमका अन्तर्राष्ट्रिय मञ्चहरूको भूमिका निर्णायक हुने बताए । उनले डा. सन्दुक रुइतजस्तो विश्वप्रसिद्ध… पुरा पढौ

पोखरामा कक्षा ८ को परीक्षा एसईई मोडलमा लिईने

पोखरा, पुस १९ पोखरामा कक्षा ८ को परीक्षा एसईई मोडलमा लिईने भएको छ । पोखरा महानगरपालिका शिक्षा महाशाखाले शुक्रबार आयोजना गरेको सरोकारवालासँगको छलफलमा कक्षा ८ को परीक्षा एसईई मोडलमा लिने सहमति भएको हो । यसअघि महानगर परीक्षा समितिको दुई हप्ताअघि बसेको बैठकले कक्षा ८ को परीक्षा एसईई मोडलमा लिने निर्णय गरेको थियो । पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईंको संयोजकत्वमा रहेको समितिले गरेको सो निर्णयलाई शुक्रबार बसेको सरोकारवालाहरुको बैठकले अनुमोदन गरेको पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले जानकारी… पुरा पढौ

उच्च शिक्षालाई अनुसन्धान मुलुक बनाउनुपर्छ : शिक्षामन्त्री भट्टराई

पुस १७ काठमाण्डौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले उच्च शिक्षालाई अनुसन्धानमूलक बनाउनुपर्नेमा जोड दिएकी छन् । राष्ट्रियसभा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले शिक्षा मन्त्रालयका पदाधिकारीसँग गरिएको छलफलमा उनले अनुसन्धानमूलक र प्राविधिक शिक्षा आवश्यक रहेको बताइन् । शिक्षामन्त्री भट्टराईले प्रविधि, प्राविधिक र प्राविधिक शिक्षा आवश्यक रहेको बताइन् । उनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमपरिषद् (सिटिइभिटी) को पुनःसंरचना गर्न थालिएको बताइन् । उनले सिटिइभिटीलाई प्रदेशस्तरमा लैजाने तयारीसमेत गरिएको जानकारी दिइन् । “सिटिइभिटीको पाठ्यक्रम र पुनःसंरचना गर्न आवश्यक छ ।… पुरा पढौ

पश्चिमाञ्चल माविको कानुनी साक्षरता

पोखरा, पुस १४गैहपाटनस्थित पश्चिमाञ्चल माविले नागरिक मौलिक हक र कानुनी व्यवस्था बारे जानाकारी दिनका लागि साक्षरता कार्यक्रम संचालन गरेको छ । विद्यालय तहका विद्यार्थीमा कानुनी र मानवअधिकारको बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको विद्यालयले बताएको छ ।विद्यालयले हरेक वर्ष यस्तै कार्यक्रममार्फत साक्षरता अभियान संचालन गर्दै आएको छ । विद्यालयका प्राचार्य सरोज कोइरालाका अनुसार स्याङजाको त्रिभुवन आदर्श नमूना मािवमा गरिएको कार्यक्रममा पुतलीबजार नगरपालिकाका विभिन्न सामूदायिक र निजी विद्यालयका विद्यार्थी सहभागि थिए ।कार्यक्रममा पश्चिमाञ्चल माविका कानुन संकायमा अध्ययनरत ११ र १२ कक्षाका… पुरा पढौ

मदरल्याण्डमा जलवायु सम्बन्धि सचेतना : ‘जलवायु परिवर्तनले मानवको जीवनशैली नै परिवर्तन’

पोखरा, पुस १४जलवायु परिवर्तन र त्यसले पारेको असरबारे जानकारी दिलाउने उद्देश्यले मासबारस्थित मदरल्याण्ड माविमा आइतबार विभिन्न कार्यक्रम गरिएको छ । चित्रकला, भित्ते म्यागेजिन, जलवायु सम्बन्धि ओलम्पियाड र जलवायु बहस लगायतका कार्यक्रमबाट जलवायु परिवर्तन र त्यसले पारेको असरबारे जानकारी दिइएको थियो ।विद्यालयका प्राचार्य डा।नारायण बरालका अनुसार मदरल्याण्ड मावि, नेपाल–अमेरिका अलुम्नाई नेटवर्क, जिस्ट इन्टरनेशनल फाउन्डेसनको आयोजनामा भएको कार्यक्रममा विभिन्न मुलुकका विद्यार्थी र विश्वविद्यालयका प्राध्यापक सहभागि भएका थिए । बरालका अनुसार जलवायु परिवर्तनको असर पछिल्लो समय बढ्दै गएको र त्यसले जनमानसमा असर पारेकोले… पुरा पढौ

आर्थिक अभावले क्याम्पस सञ्चालनमा समस्या

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–१ खप्तरीबाङस्थित निसीभूजी जनता क्याम्पस सञ्चालनमा समस्या भएको छ । पश्चिम बागलुङको एक मात्र क्यापसका रूपमा रहेको निसीभूजी आर्थिक अभावका कारण सञ्चालनमा समस्या भएको हो । दूरदराजका विद्यार्थीलाई उच्च शिक्षा प्रदान गर्ने उद्देश्यले विसं २०४८ मा स्थापना भएको क्याम्पसको आन्तारिक स्रोत कम हुनु, सरकारी निकायबाट सहयोग नहुनु, जनशक्ति व्यवस्थामा खर्च हुनुलगायत कारणले सञ्चालनमा समस्या भएको क्याम्पस प्रमुख कृष्णकान्त आचार्यले बताए । क्याम्पस सञ्चालनका लागि मासिक रु चार लाख खर्च हुने भन्दै आम्दानी न्यून हुँदा खर्च व्यवस्थापनमा समस्या… पुरा पढौ

पढ्नलाई उमेरले छेकेन ४४ वर्षीय परियारलाई

पढ्नलाई उमेरले छेक्दैन भन्ने प्रमाणित गर्नुभएको छ तनहुँको व्यास नगरपालिका–१४ केशवटार निवासी ४४ वर्षीय विश्व बुढा परियारले । विद्यालय छाडेको २५ वर्षपछि पुनः विद्यालय भर्ना भएर माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरेका बुढाले हालै मात्र कक्षा १२ उत्तीर्ण भई स्नातक तहमा भर्ना भएका छन । गत साउनमा कक्षा १२ मा २।९ जिपिए प्राप्त गरी उत्तीर्ण भएका बुढा मङ्सिर महिनामा व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसमा स्नातक तहमा भर्ना भएका हुन। शिक्षा सङ्कायतर्फ अध्ययनरत उनले अरु विषयमा समस्या नभएपनि अङ्ग्रेजीमा केही समस्या… पुरा पढौ

त्रिवेणी इन्टरनेशनलमा नवआगन्तुक विद्यार्थीलाई स्वागत

पौष १२ पोखरा । त्रिवेणी इन्टरनेशनल कलेज पोखरा २७ को विद्यार्थी कल्याणकारी समितिले विविएस प्रथम बर्षका विद्यार्थीलाई शुक्रबार एक कार्यक्रमका विच स्वागत गरेको छ । नवआगन्तुक विद्यार्थीहरुको स्वागत कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नंं २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले गुणस्तरिय शिक्षा उपलब्ध गराएर विद्यार्थी पलायन रोक्नु पर्नेमा जोड दिए । विद्यार्थीहरुका लागि विविएसको अध्ययन सकिएपछि संभावनाका चौतर्फी ढोका खुल्ने उल्लेख गर्दै, इन्टर्न पछि रोजगारीका लागि अवसरहरु सिर्जना गर्न आग्रह गरे । उनले व्यवस्थापन र लेखाको क्षेत्रमा जनशक्तिको अभाव रहेको उल्लेख… पुरा पढौ

पोखरा चाउथेको पोखरा पब्लिक स्कुलले मनायो ३० औं वार्षिकोत्सव

पोखरा । पोखराको चाउथेसिथ्त अनुमप टोलमा रहेको पब्लिक स्कुलले आफ्नो ३० औं वार्षिकोत्सव मनाएको छ । स्कुलले विभिन्न कार्यक्रमको आयोजना गरेर वार्षिकोत्सव सम्पन्न गरेको हो । वार्षिकोत्सव, अभिभावक दिवस तथा सम्मान कार्यक्रम अन्तर्गत बिहीबार २०८० सालको एसइई परीक्षामा विद्यालयबाट सर्वोत्कृष्ट अंक ल्याएका सलिना सुवेदीलाई नगद पच्चिस हजार रुपंैयाँ र चाँदीको पदकले सम्मान गरिएको विद्यालयका सहप्राचार्य विजय पौडेलले जानकारी दिए । द्वितीय भएकी रीतिका थापा तथा तृतीय भएका प्रतीक थापालाई चाँदीको पदकले सम्मान गरियो । एसइइ उत्रिर्ण भएका सबैलाई सम्मान गरिएको… पुरा पढौ