शिक्षा

जानकीका विद्यार्थीलाई पोखरा ग्राण्डको साथ

साउन ८ पोखरा । विद्यार्थीको सिकाईलाई पाठ्यक्रम महत्वपूर्ण हुन्छ । त्यसैलाई मध्येयनजर गर्दै पोखरा महानगरपालिका वडा नं. १७ महतगौडास्थित जानकी माध्यमिक विद्यालयका विद्यार्थीलाई पोखरा ग्राण्डले शैक्षिक सामाग्री उपलब्ध गराएको छ । विद्यालयको कक्षा १० मा अध्ययनरत १७ जना एसइईको तयारी गरि रहेका छात्रछात्रालाई पोखरा ग्राण्डले करिव ३० हजार रुपैया मुल्य बराबरका बिभिन्न बिषयको प्रश्नपत्रको संगालो टेनशेट, गणित र विज्ञानको अभ्यास पुस्तिका वितरण गरेको हो । पोखरा १७ का वडासदस्य शिवराम भण्डारीले विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्दै गुणस्तरीय शिक्षाका लागि सवैको… पुरा पढौ

प्रतिभा माविका नव आगन्तुक विद्यार्थीलाई स्वागत गर्दै डा.थापाले भने : ‘पढाईमा कहिल्यै हिम्मत नहार्नु’

पोखरा, साउन ८पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा. बुद्धिबहादुर थापाले कुनैपनि विषयको अध्ययनमा हिम्मत नहार्न विद्यार्थीलाई सुझाएका छन् ।पोखराको पालिखेचोकस्थित प्रतिभा माविले मंगलबार कक्षा ११ का विज्ञान विषयका नवआगन्तुक विद्यार्थीका लागि आयोजना गरेको स्वागत तथा उत्प्रेरणामूलक कार्यक्रममा प्रमुख अतिथि रहेका थापाले भने, ‘पढाईमा कहिल्यै हिम्मत हार्नुहुँदैन । कुनैपनि विषय अध्ययन गर्दा हिम्मत नहारौं, अनेक चुनौती आउँछन, तर, हिम्मत हारेमा पढाई पुरा हुँदैन ।’ आफ्नो उद्देश्य प्राप्तिको लागि ध्यान दिनुपर्ने पनि उनले बताए ।‘आफ्नो उद्देश्य कहिल्यै नर्बिसनु,’ विद्यार्थीलाई सुझाउँदै उनले… पुरा पढौ

प्रतिभा माविमा विद्यार्थीका लागि भव्य स्वागत

पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइइ) उत्तिर्ण भई हालैमात्र कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई भविश्यबारेको दिइने सुझाव के हुन सक्छ ? राम्रो पढ्नु, उचित विषय छानेर अध्ययन थाल्नुु, भविश्य हेरेर विषय छनोट गर्नु । यस्तै यस्तै सुझाव धेरैले दिन्छन । तर, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले भर्खरै ११ कक्षा अध्ययन थालेका विद्यार्थीलाई दिएको सुझाव छ–जिन्दगीमा कति जनालाई रोजगारी दिने हो, त्यो योजना डायरीमा कोर्नुस र अध्ययन थाल्नुस, त्यसले तपाँइलाई गन्तव्यमा पु¥याउन सघाउनेछ ।’ पोखराको पालिखेचोकस्थित प्रतिभा माविले सोमबार नवआगन्तुक… पुरा पढौ

तनहुँको आदिकवि क्याम्पसमा मगर भाषासम्बन्धी प्रशिक्षण

डुम्रे । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पसमा मगर भाषा प्रशिक्षक प्रशिक्षणसम्बन्धी प्रशिक्षण सुरु भएको छ । अध्ययन तथा कामकाजी भाषामा मगर भाषा सहभागी गराउन सहज बनाउने उद्देश्यले पुरक पाठ्यक्रममा मगर भाषा समावेश गरी क्याम्पसले प्रशिक्षण सुरु गरेको हो । पुरक पाठ्यक्रमको प्रशिक्षण कक्षा आइतबार बिहान ६ बजेदेखि बेलुकी ४ बजेसम्म एक सातामा ४८ घण्टा सञ्चालन हुने क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी दिए । उनका अनुसार छ जना मगर भाषाका विज्ञहरूले प्रशिक्षार्थीलाई प्रशिक्षण दिनुहुनेछ । उनले भने, “तनहुँको… पुरा पढौ

सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने : मन्त्री भट्टराई

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने बताएकी छन् । मिडिया एडभोकेसी ग्रुप (म्याग) र हाई कमिसन अफ क्यानाडाद्वारा संयुक्त रूपमा आयोजित ‘राजनीतिका विषयमा समाचार सङ्कलन गर्ने महिला पत्रकारको क्षमता अभिवृद्धि’ विषयक  भएको दुईदिने गोष्ठीमा उनले सञ्चार माध्यममा महिला सहभागिता कम देखिनु चिन्ताको विषय बताइन् । “शिक्षा र सञ्चारलाई प्रविधिसँग जोडनुपर्छ, विश्व एआइमा पुगिसकेको अवस्थामा हामीले प्रविधिको अधिकतम प्रयोग गर्नुपर्छ”, मन्त्री भट्टराईले भनिन्, “सञ्चारमाध्यममा राजनीतिका विषयमा समाचार सङ्कलन गर्ने पत्रकार महिलालाई प्रोत्साहन गर्न जरुरी छ ।”नेपालका लागि क्यानाडाका राजदूत क्यामेरोन म्याकेले नेपालमा… पुरा पढौ

समतामा गुरुलाई विद्यार्थीको सम्मान

पोखरा, साउन ६पोखरा–५, प्रस्याङस्थित समता शिक्षा निकेतनमा आइतबार गुरु सम्मान कार्यक्रम आयोजना गरिएको छ । विद्यालयमा अध्यापनरत शिक्षकका लागि गुरुपूर्णिमा तथा व्यास जयन्तीको अवसर पारेर गुरु सम्मान तथा विविध सांस्कृतिक कार्यक्रमको आयोजन गरिएको हो ।कार्यक्रममा प्रमुख अतिथि कास्कीका शिक्षा विकास तथा समन्वय इकाई प्रमुख लोकनाथ आचार्यले कार्यक्रम उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि आचार्यले आफूलाई शिक्षादीक्षा दिने गुरुलाई सम्मान गर्न पाउनु सबैका लागि खुसीको क्षण भएको बताए ।वर्तमान समयमा निजी शिक्षा महंगो हुदै गएको भएपनि समताले त्यसलाई केही… पुरा पढौ

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कास्कीको सङ्गठन प्रशिक्षण कार्यशाला सम्पन्न

असार ५ पोखरा । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति कास्कीले सङ्गठन परिचालन तथा व्यवस्थापन सम्बन्धी प्रशिक्षण कार्यशाला सम्पन्न गरेको छ । कास्कीका पाँच स्थानीय पालिका समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षहरुका लागि एकदिने प्रशिक्षण तथा कार्यशाला सम्पन्न गरेको हो । जिल्ला समिति अध्यक्ष तिर्थराज ढकालको अध्यक्षता एवम् सचिव दामोदर तिमिल्सिनाको सञ्चालनमा भएको कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय समितिका सचिव रामप्रसाद पोखरेलले पेशाहरुको जननी पेसा शिक्षण कार्यमा लाग्ने हामी शिक्षकहरु सधैंभरि हँसिलो, खुसी, विषयवस्तुमा दक्ष एवम् प्रविधियुक्त हुनुपर्ने बताए । प्रशिक्षण कार्यक्रममा… पुरा पढौ

एसईई पास विद्यार्थीलाई तमु धिंको शैक्षिक परामर्श

पोखरा । तमु धिं नेपालले एसईई उत्तिर्ण तमु विद्यार्थीहरुलाई बधाई र शैक्षिक परामर्श दिएको छ । तमु धिंले शनिबार एक कार्यक्रम आयोजना गरी परामर्श दिएको हो । तमु धिं नेपालको प्रांगण भएको कार्यक्रममा एसईई उत्तिर्ण १ सय २० भन्दा बढि विद्यार्थीहरुलाई बधाई दिदैं सम्मानपत्रले सम्मान गरेको तमु धिं नेपालका अध्यक्ष हुम तमुले जानकारी दिए । यस क्षेत्रमा करिब १ सय ५० भन्दा बढि तमु विद्यार्थीहरुले एसईई पास गरेको उनको आँकलन छ । उच्च शिक्षामा कुन क्षेत्रमा जाँदा ठिक हुने र… पुरा पढौ

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन गण्डकीले ज्ञापनपत्र बुझायो

साउन ४ पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेशले आफ्ना मागहरु राख्दै गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ । नेराशिसं राष्ट्रिय समितिको आह्वान तथा गण्डकी प्रदेश समितिको निर्णय बमोजिम शुक्रबार गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, ११ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाई एवम् ८५ वटै स्थानीय तहका प्रमुख, अध्यक्ष तथा शिक्षा प्रमुखहरूलाई विभिन्न समसामयिक विषयहरूमा ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाएको हो । गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापालाई… पुरा पढौ

पोखरा विश्वविद्यालयको नयाँ भवन बन्दै

पोखरा विश्वविद्यालयको नयाँभवन बन्ने भएको छ । विश्वविद्यालयमा नयाँ कार्यक्रम थपिएसँगै विश्वविद्यालय अनुदान आयोग, विभिन्न दातृ निकायको अनुदान सहयोग एवं आफ्नै स्रोेत परिचालन गरी नयाँ भवन निर्माण हुन लागेको हो । यही साउन १५ गतेदेखि निर्माण सुरू भई ३० महिनाभित्र सम्पन्न हुने भवनको लागत रु ४१ करोड ४३ लाख १७ हजार पाँच सय ५९ रहेको विश्वविद्यालायका सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिए । नयाँ भवन निर्माण गर्नेसम्बन्धी सम्झौतामा बिहीबार हस्ताक्षर भएको छ । प्रस्तावित भवन सात तलाको भवनमा ६६ भवन… पुरा पढौ