शिक्षा

मादीका जेहेन्दार विद्यार्थीलाई ‘द ट्रान्जिट फायर एण्ड क्याम्प’को सहयोग

पोखरा । मादी गाउँपालिकाका जेहेन्दार विद्यार्थीलाई ‘द ट्रान्जिट फायर एण्ड क्याम्प’ ले विभिन्न २ विद्यालयका जेहेन्दार विद्यार्थीलाई लत्ताकपडा सहयोग गरेको छ । गत असोजमा ‘द ट्रान्जिट फायर एण्ड क्याम्प’ मा सम्पन्न सांगीतिक कार्यक्रममार्फत संकलित रकममध्ये केही रकमको लत्ताकपडा मादी गाउँपालिका ७ को बाल पदम र मादी ६ को शिव शक्ति प्राविका ४३ जना विद्यार्थीलाई टोपी र स्वेटर सहयोग गरेको हो । उक्त समाग्री विद्यालय व्यस्थापन समितिका अध्यक्ष बोधराज बराल र प्रध्यानाध्यापक कलाधर सापकोटा र पदम सापकोटालाई द ट्रान्सिट रिसोर्टका सञ्चालक… पुरा पढौ

शिक्षकको तलब मासिक उपलब्ध गराउन शिक्षामन्त्री भट्टरार्ईको निर्देशन

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टरार्ईले शिक्षकको मासिक तलब उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन दिइसकेको बताएका छन्। आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको ‘विद्यालय शिक्षा विधेयक–२०८०’को छलफलमा उनले शिक्षकको नियमित रूपमा शिक्षकहरूलाई तलबको व्यवस्था गरिने बताए। “३९ स्थानीय तहले शिक्षकको तलब नदिएको भन्ने मन्त्रालयमा गुनासो आएको थियो”, उनले भने, “हामीले ती स्थानीय तहका प्रमुखलाई नियमित रूपमा तलबको व्यवस्था गर्न निर्देशन दिएका छौँ । ” साथै उनले विद्यालय शिक्षकको दरबन्दी पुनरावलोकन गरिने बताए। बाल विकास शिक्षा कार्यक्रमलाई व्यवस्थित… पुरा पढौ

यस्ताे छ एन.टि.एच.एम.सि र काठमाडौं विश्वविद्यालयबीच भएकाे समझदारी

पाेखरा । नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज (एन.टि.एच.एम.सि) र काठमाडौ विश्व विद्यालय स्कुल अफ म्यानेजमेन्ट (के.यु.एस.ओ.एम) बीच आपसी हित र संस्थागत विकासकाे प्रवर्धन गर्न एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । पाेखरा महानगरपालिका वडा नं १४ छिनेडाँडामा रहेकाे नेपालकाे पहिलाे हाेटल म्यानेजमेन्ट, कलेज एन.टि.एच.एम.सि र के.यु.एस.ओ.एम बीच शैक्षिक, अनुसन्धान र व्यावसायिक गतिविधिहरुमा सहकार्य गर्नका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हाे। दुबै संस्थाबीच पुस २ गते भएकाे सहकार्यको मुख्य उद्देश्य एक अर्को संस्थाको संस्थागत शक्ति, अनुभव र स्रोतहरुको प्रयोग गरी व्यावसायिक व्यवस्थापनमा… पुरा पढौ

मदरल्याण्डमा साहित्य मेलाः एआईको बढी प्रयोगले सिर्जनात्मक क्षमता घटाउँछ

पोखरा, पुस १विद्यार्थीले आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) लाई कुन रुपमा उपयोग गर्न सक्छन् ? विज्ञ भन्छन्, ‘अध्ययनको क्रममा समस्या समाधानदेखि नयाँ सिकाईमा यो प्रविधि निकै सहयोगी छ । तर, अधिक प्रयोगले केही सिर्जनात्मक क्षमता भने घटाउँछ ।’पोखराको मासबारस्थित मदरल्याण्ड माविमा सोमबार आयोजित पहिलो साहित्य मेलामा च्याट जिपिटीको बारेमा बोल्दै इन्जिनियर सन्दीप आचार्यले भने, ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का कारण केही सहज भएको पनि छ । कृत्रिम बुद्धिमता, विद्यार्थीको सिकाई अवसरबारे विद्यार्थीसँग गफिँदै इन्जिनियर आचार्यले भने, ‘च्याट जिपिटीका कारण कतिपय कुरा सहज भएको… पुरा पढौ

अङ्ग्रेजी शिक्षकका लागि नेल्टा गण्डकीको कार्यशाला

मंसिर ३० पोखरा । नेपालका अङ्ग्रेजी भाषा शिक्षकहरुको पेशागत संगठन नेल्टा गण्डकी प्रदेशल शाखाको आयोजनामा पोखरामा दुई दिने कार्यशाला सम्पन्न भएको छ । कार्यशाला पोखराको ताल बाराही माध्यमिक विद्यालयमा शनिबार र आइतबार गरि दुई दिन सञ्चालन भएको थियो । कार्यशालामा गण्डकी प्रदेश भित्रका प्रत्येक जिल्लाबाट ३ जनाको दरले जम्मा ३० जनाको सहभागीता रहेको उक्त कार्यशालामा शैक्षिक अनुसन्धानमा रुचि राख्ने, अनुसन्धान विधिहरूको आधारभूत ज्ञान भएका, अंग्रेजी भाषामा दख्खलता भएका, अनुसन्धानमा सक्रिय सहभागीताको प्रतिबद्धता जनाएका, सहयोग र विचारको आदान प्रदान गर्न इच्छुक… पुरा पढौ

हिसान गण्डकीको अध्यक्ष शर्मा निर्विरोध निर्वाचित

पोखरा, मंसिर ३० उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) गण्डकी प्रदेशको दोस्रो अधिवेशनले डा.रामजी शर्माको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ । हिसान गण्डकी प्रदेशको हालै सम्पन्न अधिवेशनले कास्कीका शर्मालाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । हिसान गण्डकीको बरिष्ठ उपाध्यक्षमा छविलाल कंडेल ( नवलपुर), उपाध्यक्षमा बालकृष्ण शर्मा (बागलुङ), सचिवमा डिल्लीराम अधिकारी (कास्की), कोषाध्यक्षमा टुवराज बास्तोला (कास्की), सह सचिवमा अशोक शाही (कास्की) र सह–कोषाध्यक्षमा दीपक शर्मा मरासिनी (स्याङ्जा)लाई चयन गरेको छ । त्यस्तै, सदस्यहरुमा लक्ष्मण कँडेल (नवलपुर), पम्फा गुरुङ… पुरा पढौ

प्रतिभा माविमा ‘व्यावसायिक योजना’ को प्रतिश्पर्धा

मंसिर २६ पोखरा । विद्यार्थीमा व्यावसायिक भावना विकास गराउने उद्देश्यले पोखराको प्रतिभा माविमा ‘व्यावसायिक योजना’ सम्बन्धि प्रतिश्पर्धा गराइएको छ । कक्षा ११ र १२ का व्यवस्थापन र होटल व्यवस्थापन विषयका विद्यार्थीले ‘बिजनेस प्लान प्रेजेन्टेसन’ सम्बन्धि उक्त प्रतिश्पर्धामा भाग लिएका थिए । विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार उक्त प्रतिश्पर्धामा २३ समूहले भाग लिएका थिए । ती मध्ये केही व्यक्तिगत सहभागिता पनि थिए । कार्यक्रमको केसी ग्रुपका निर्देशक किरण केसी, विद्यालय संचालक समितिका अध्यक्ष नारायण पौडेलले उद्घाटन गरेका थिए । प्राचार्य सापकोटाले… पुरा पढौ

कानुनका विद्यार्थीले सुने कान्छा न्यायाधीशको अनुभव

मंसिर २३ पोखरा । जिल्ला न्यायाधीशका लागि लोकसेवा आयोगले गत वैशाखमा लिएको खुला प्रतिस्पर्धात्मक परीक्षामा ८ जनामातै उत्तीर्ण भएका थिए । जब कि ४३ जिल्लाका लागि न्यायाधीशको दर्खास्त खुलेको थियो । आवेदन २०३ जनाले दिएका थिए । तर लिखित परीक्षा उत्तीर्ण गर्नेमात्रै ८ भए । तिनैमध्ये एक थिए नीतिज राई । त्यसो त उनी अहिले देशभरका तीनै तहका अदालतहरुमा भएका न्यायाधीशमध्ये सबैभन्दा कान्छा हुन् । अहिलेमात्रै नभई २०४७ सालको संवैधानिक व्यवस्थापछि सबैभन्दा कान्छो उमेरमा न्यायाशीश बन्न सफल भएका हुन् राई… पुरा पढौ

सुनिएको शरीर लिएर विद्यालय पुग्छन् महेन्द्र विक : उपचार गर्ने पैसा छैन

बलेवा । बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–६ स्थित जनकल्याण माध्यमिक विद्यालयमा अध्ययनरत २० वर्षीय महेन्द्र विक अहिले दुखेको र सुनिएको शरीर लिएर विद्यालय आउने गर्छन् । आर्थिक अवस्था कमजोर भएकाले उपचारबाट बञ्चित उनी पढ्ने रहर पूरा गर्न सुनिएको शरीर लिएर विद्यालय पुग्छन्। जन्मेको तीन महिनामा उनी बिरामी परे । शरीरमा साना गिर्खा देखिए पनि आर्थिक अवस्था कमजोर भएकाले परिवारले उपचार नगराएका विक बताउछन्। विस्तारै उहाँको शरीरका गिर्खा बढ्दै गए । घाँटी, पेट, छाती, खुट्टा र हातमासमेत गिर्खा बढ्दै गएपछि असहज बन्दै… पुरा पढौ

घोकेन्ते शिक्षा भन्दा व्यवसायिक शिक्षा अपरिहार्य :मन्त्री थापा

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुुकुमार थापाले घोकन्ते शिक्षा भन्दा व्यवसायिक शिक्षा अपरिहार्य रहेको बताएका छन् । राष्ट्रिय माध्यमिक विद्यालय पोखराको हीरक महोत्सवमा विहिबार उनले प्राविधिक शिक्षा, नवीनतम पाठ्यक्रम, र सीपमूलक कार्यक्रमहरू जस्ता शिक्षा नै आजको आवश्यकता रहेको उल्लेख गरे । राष्ट्रिय माध्यमिक विद्यालयले लामो यात्रा पार गर्दै शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भनाई उनको छ । स्थानीय तथा राष्ट्रिय स्तरमा हजारौँ विद्यार्थीलाई ज्ञान, सीप र नैतिकतामा सक्षम बनाउँदै समाज रूपान्तरणमा ऐतिहासिक भूमिका उक्त विद्यालयले… पुरा पढौ