शिक्षा

शिक्षामन्त्री भट्टराईको एकसय दिनः ४२ उपलब्धि सार्वजनिक

कार्तिक ८ काठमाण्डौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले स्थानीय उत्पादनमा आधारित विद्यालय दिवाखाजा राष्ट्रिय प्रारूप स्वीकृत भई कार्यान्वयनमा रहेको बताएकी छन् । मन्त्रालय सम्हालेको एकसय दिनको उपलब्धि आज सार्वजनिक गर्दै उनले अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन कार्ययोजना तयार गरिएको, विद्यालय तहको परीक्षा तथा मूल्याङ्कन प्रणाली सुधारको कार्ययोजना बनाएको बताइन् । उनले भनिन्, “स्थानीय उत्पादनमा आधारित विद्यालय दिवाखाजा राष्ट्रिय प्रारूप स्वीकृत भई कार्यान्वयनमा छ, अनिवार्य तथा निःशुल्क शिक्षाको तीनै तहका सरकारको जिम्मेवारीसहितको कार्यान्वयन कार्ययोजना तयार भएको छ र माध्यामिक… पुरा पढौ

प्रतिभा माविका सापकोटालाई उत्कृष्ट प्राचार्य अवार्ड

कात्तिक ८पोखराको पालिखेचोकस्थित प्रतिभा माविका प्राचार्य किरण सापकोटा अष्टे«लियाको क्यानवेरामा उत्कृष्ट प्राचार्य २०२४ को अवार्डबाट सम्मानित भएका छन् ।अष्ट्रेलियाको प्रतिष्ठित विश्वविद्यालय अष्ट्रेलियन नेशनल युनिभसिर्टिमा अंग्रेजी म्यागेजिन कलेज रिडर्सले आयोजना गरेको कार्यक्रममा सापकोटालाई उत्कृष्ट प्राचार्यको अवार्ड प्रदान गरिएको हो ।तीनदशकदेखि शैक्षिक क्षेत्रमा योगदान दिएका सापकोटालाई शैक्षिक गुणस्तर सुधार, ब्यवस्थापन, विद्यार्थीको क्षमता विकासमा अतिरिक्त क्रियाकलाप तथा उत्कृष्ट रिजल्ट ल्याउन सफल भएको भन्दै सम्मान गरिएको हो । कलेज रिडर्सले आयोजना गरेको यो तेश्रो संस्करण हो । कलेज रिडर्सले यसअघि दुवई र जापानमा यस्तै… पुरा पढौ

लामेआहालको गुरुकुल सञ्चालनका लागि मुठीदान अभियान

गण्डकी । पोखरा महानगरपालिका–३२ लामेआहालमा सञ्चालित राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय सञ्चालनका लागि मुठीदान अभियान सुरु गरिएको छ । विद्यालय नियमित सञ्चालनका साथै आवासीय रूपमा अध्ययनरत विद्यार्थी र अध्यापनरत गुरुहरूको भोजन व्यवस्थापनलाई लक्षित गरी मुठीदान अभियान सुरु गरिएको हो । कक्षा ६ देखि १० सम्म सञ्चालित विद्यालयमा पूर्वको सङ्खुवासभादेखि विभिन्न जिल्लाका २९ जना विद्यार्थीका साथै विषयगत शिक्षकहरू आवासीय रूपमा यहाँ बस्दै आएका प्रधानाध्यापक प्रकाश उपाध्याय रेग्मीले जानकारी दिए । विद्यालयको अन्य आर्थिक स्रोतहरू नभएका कारण नियमित भोजन व्यवस्थापनलगायत प्रयोजनका लागि मुठीदान… पुरा पढौ

कक्षा १२ को ग्रेडवृद्धि परीक्षामा ७० दशमलव ६० प्रतिशत विद्यार्थी उत्तीर्ण

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि अर्थात् पूरक परीक्षाको नतिजा सावजनिक गरेको छ । बोर्डले आज सार्वजनिक गरेको नतिजाअनुसार ७० दशमलव ६० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । बोर्डले गत भदौ २५ र २६ गते सञ्चालन गरेको कक्षा १२ को ग्रेडवृद्धि (पूरक परीक्षा) मा एक लाख २२ हजार एक सय ७१ विद्यार्थी सहभागी भएका थिए । परीक्षामा सहभागी परीक्षार्थीमध्ये ८६ हजार दुई सय ४६ विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्तगरी उत्तीर्ण भएका बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी… पुरा पढौ

अब पोखरामापनि व्युटी तथा कस्मेटोलोजीको पढाइ हुँदै

असोज १९ पोखरा । पाेखरामा पहिलोपटक ब्युटी एण्ड कस्मेटोलोजिको पढाइ हुने भएको छ । सीटीईभीटीले पोखरामा तीन बर्षे डिप्लोमा व्युटी तथा कस्मेटोलोजीको पढाइ सुरु गर्न लागेको हो । गण्डकी टेक्निकल ईन्स्टिच्युट पोखराले गुरुङ ब्युटी एकेडेमी तथा सीटीईभीटीसँग सहकार्य गरेर सीपमूलक शिक्षा प्रदान गर्न लागेको बताएकाे छ ।यो कार्यक्रम नेपालमा नौलो हुने संस्थाको अध्यक्ष ध्रुव  शर्माले बताए । यो विषयमा छालाको हेरचाह, सौर्न्दर्य, मसाज, नङको हेरचाह, मेकअप, मसाज, थेरापीलगायतमा पढाइ हुने अध्यक्ष शर्माले जानकारी दिए । अहिले नेपाली विद्यार्थी ब्युटी एण्ड… पुरा पढौ

प्रतिभा माविमा तीनदिने खेलकुद कार्यक्रम शुरु

असोज १९ पोखरा । प्रतिभा माविमा शनिबारदेखी तिनदिने वार्षिक खेलकुद कार्यक्रम शुरु भएको छ । विद्यालयमा विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापन विषयमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीबीच प्रतिश्पर्धा हुनेगरि खेलकुद कार्यक्रम शुरु भएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले शनिबार एक कार्यक्रमबीच उक्त खेलकुद कार्यक्रमको उद्घाटन गरेका थिए । विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार विद्यालयले हरेक वर्ष कक्षा ११ र १२ मा अध्ययरत विद्यार्थीका लागि खेलकुद कार्यक्रम गर्दै आएको छ । सापकोटाका अनुसार तीनदिनसम्म चल्ने प्रतिश्पर्धामा… पुरा पढौ

विश्व शिक्षक दिवसको अवसरमा शिक्षक संगठनले शिक्षक प्रशिक्षण गर्ने

विश्व शिक्षक दिवसको अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेशको आयोजना र कास्की जिल्ला समितिको व्यवस्थापनमा विविध कार्यक्रम गर्दैछ । संगठनले कास्की माछापुच्छ्रे गाउपालिमा वडा नं ८ ल्वाङ सामुदायिक होमस्टेमा असोज १९ र २० गते प्रशिक्षण तथा अन्तरक्रिया गर्दै गण्डकी प्रदेशको चौँथो पूर्ण बैठक पनि रहेको संगठन प्रदेश अध्यक्ष रोमहर्षण पौडेलले बताए । नेराशिसं कास्कीका अध्यक्ष तिर्थराज ढकालले विश्व शिक्षक दिवसको सन्दर्भ पारेर गरिएको कार्यक्रम शिक्षकहरुका लागि अत्यन्तै उपयोगी हुने बताउँदै अब शिक्षकहरुमा पेसाप्रति सम्मान, शिक्षक हुनुको गौरव र नेतृत्व… पुरा पढौ

भूमेश्वरमा समाजसेवी पौडेलको सहयोगमा ट्रस्ट निर्माण हुने

पोखरा । पोखरा १९ घार्मी मैदानमा रहेको भूमेश्वर आाधारभूत विद्यालयमा टस्ट निर्माण हुने भएको छ । घार्मी फेदी निवासी समाजसेवी एकनाथ पौडेलको सहयोगमा विध्यार्थीहरुलाई खाजा खादा बस्न मिल्ने गरी ट्रस्ट निर्माण गरिने भएको छ । ट्रस्टको बिहिबार बिहान घटस्थापनाको शुभ साहित पारेर शिलन्यास गरियो । विद्यालय अक्षयकोश समितिका संयोजक तथा विद्यालयका पूर्व प्र अ समेत रहेका मोहन प्रसाद पौडेलको उपस्थितिमा समाजसेवी पौडेलले ट्रस्टको शिलान्यास गरे। शिलन्यास पछि बोल्दै सहयोगदाता एकनाथ पौडेलले ट्रस्ट निर्माणको सम्पूर्ण लागत रकम सहयोग गर्ने बताए ।… पुरा पढौ

पोखरा भन्डारढिक स्थित जनप्रकाश बहुमुखी क्याम्पसको साधारण सभा सम्पन्न

पोखरा । पोखरा महानगरपालिका वडा नं. २९, भण्डारढिकमा अवस्थीत जनप्रकाश बहुहुखी क्याम्पसको २० औं साधरण सभा एक समारोह विच बुधबार सम्पन्न भएको छ । क्याम्पस सन्चालक समितिका अध्यक्ष विजयराज भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संघिय सांसद एवं प्रतिनिधि सभा सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि जिवन परीयारले पव्लिक क्याम्पस देशको गहना भएको हुदा सबै तहका सरकारले यिनको संरक्षण र दिगो सन्चालनको लागी विशेष पहल गर्नुपर्ने बताए । साथै उनले समाज रुपान्तरण र देशको शैक्षिक उन्नयनमा जनप्रकाश बहुमुखी क्याम्पसले पु्याएको योगदानको मुक्तकण्ठले… पुरा पढौ

बाढीले विद्यालय डुबेपछि प्रतीक्षालयमा पठनपाठन

दमौली । तनहुँको देवघाट गाउँपालिका–५ साडेबगरस्थित महादेव आधारभूत विद्यालयको भवन बाढीले डुबाएपछि प्रतीक्षालयमा विद्यार्थी राखेर पठनपाठन सञ्चालन भएको छ । गत बिहीबार रातिदेखि परेको वर्षाका कारण विद्यालय डुबानमा परेपछि विद्यार्थीलाई प्रतीक्षालयमा राखेर पठनपाठन गराइएको हो । विद्यालय भवनभित्र बाढी पसेर कुनै पनि कोठामा तत्काल पठनपाठन गर्न सम्भव नभएपछि विद्यालय नजिक रहेको प्रतीक्षालयमा राखेर पढाइरहेको विद्यालयका प्रधानाध्यापक शिवहरि वाग्लेले राससलाई जानकारी दिए । उनले भने, “वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले विद्यालय भवनमा क्षति पुगेको छ । विद्यालयमा पठनपाठन सम्भव नभएपछि प्रतीक्षालयको… पुरा पढौ