पोखरा, मंसिर २ ।जन्गचोब चोइलिङ गुम्बा, हेम्जाका वौद्द धर्मगुरु दुपसिङ रिन्पोचेको जन्मदिनको अवसरमा पोखरा ०९, बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा विद्यार्थीहरूलाई खाजा वितरण गरिएको छ। विद्यालयका २६० विद्यार्थीहरूको लागि दुई दिनकालागि खाजाको व्यवस्था गरिएको हो। विद्यालयमा आयोजित कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लोचना अधिकारीले गुरु रिन्पोचेलाई हार्दिक धन्यवाद व्यक्त गर्दै, गुरु स्वयम् उपस्थित नभए पनि विद्यालयलाई माया गरेर मिठो खाजाको कोसेली पठाएकोमा आभार प्रकट गरिन्। साथै, उनले गुरु रिन्पोचेको जन्मदिनको शुभकामना समेत व्यक्त गरिन्। कार्यक्रमका प्रमुख अतिथि पोखरा ९ का वडा अध्यक्ष…
पुरा पढौ