शिक्षा

जनप्रिय क्याम्पसमा शुभकामना आदानप्रदान

पोखरा । जनप्रिय बहुमुखी क्याम्पसले आसन्न दसँैं, तिहार, नेपाल सम्बत्, छठ, ल्होसार पर्वको छेको पारेर शुभकामना आदानप्रदान तथा सिर्जनात्मक कार्यक्रम सम्पन्न गरेको छ । असोजको दोस्रो साता विपत्मा परी ज्यान गुमाएका मृतकका प्रति श्रद्धाञ्जली, परिवारजनमा समवेदना र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष तथा प्रमुख अतिथि वीरेन्द्रनारायण विजेक्छेले शैक्षिक संस्थालाई गतिशील र जीवन्त बनाउन प्राध्यापक तथा कर्मचारीको भूमिका अहम् हुने हुँदा आफ्नो कर्तव्य सही तरिकाले निर्वाह गरेमा क्याम्पसको उन्नति र प्रगति हुने हुँदा यसैलाई शुभकामना मान्न… पुरा पढौ

देशभर उत्पन्न भएको मौसमको प्रतिकूलका कारण त्रिविको परीक्षा स्थगित

असोज १२ काठमाण्डौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले देशभर उत्पन्न भएको मौसमको प्रतिकूलका कारण विभिन्न सङ्कायका परीक्षा स्थगित गरेको छ । त्रिविले आज सूचना जारी गरी यही असोज १० गतेदेखि सञ्चालनमा रहेको मानविकी, शिक्षाशास्त्र तथा व्यवस्थापन सङ्काय विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गत स्नातक तह दोस्रो वर्ष २०८०, आंशिकतर्फको बिए, बिएड, बिबिएस र बि.एस्सीको आइतबार हुने परीक्षा स्थगित गरेको छ । “उक्त परीक्षाहरू यही भदौ २१ गते सोही समयमा, सोही परीक्षा केन्द्रहरूमा सञ्चालन हुनेगरी तोकिएको व्यहोरा निर्देशानुसार सम्बन्धित सबैको जानकारीका… पुरा पढौ

अभिभावकमुखी शिक्षालाई प्रभावकारी बनाउन मन्त्री थापाको निर्देशन

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुुकुमार थापाले अभिभावकमुखी शिक्षालाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । शिक्षा विकास निर्देशनालय पोखराले आयोजना गरेको माध्यमिक शिक्षा परीक्षा कक्षा १० को अभिलेख संसोधन र शैक्षिक तथ्याङ्क सम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले शिक्षा क्षेत्रमा सुधार ल्याउन अभिभावकमुखी शिक्षालाई जोड गर्नुपर्ने बताएका हुन् ।“मन्त्रालयले राखेको अभिभावकमुखी शिक्षा नयाँ कार्यक्रम हो । यसलाई प्रभावकारी बनाउन आवश्यक छ । शैक्षिक क्षेत्रलाई सुदृढिकरण गर्न यस्ता कार्यक्रमले मदत पुग्छ ।”, उनले भने । मन्त्री थापाले तथ्याङ्कको… पुरा पढौ

जनप्रिय क्याम्पसको शिक्ष अभिभावक संघमा पुष्पराज सिग्देल

असोज ६ पोखरा । जनप्रिय बहुमुखी क्याम्पसको शिक्षक अभिभावक संघको अध्यक्षमा पुष्पराज सिग्देल र सदस्यमा लक्ष्मी थापा निर्विरोध निर्वाचित भएका छन् । आइतबार क्याम्पसमा आयोजित पदस्थापन कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्र नारायण विजुक्छेले क्याम्पसको शैक्षिक गुणस्तर र विकास लागि प्राध्यापनरत शिक्षक र अध्ययनरत विद्यार्थीका अभिभावकलाई प्रतिनिधित्व गराउने उद्धेश्यले गठित शिक्षक अभिभावक संघको छुट्टै महत्व रहेकाले क्याम्पसको हितमा काम गर्न आग्रह गर्दै बधाइ ज्ञापन गरे । निर्वाचन समितिका संयोजक अधिवक्ता कृष्णप्रसाद तिमिल्सिनाले निर्वाचित अध्यक्ष र सदस्यलाई शपथ खुवाएर प्रमाणपत्र दिएका… पुरा पढौ

तमु साँस्कृत्क प्रतिष्ठान नेपाल द्वारा लमजुङ र गोर्खामा छात्रवृत्ति वितरण

पोखरा । तमु साँस्कृतिक प्रतिष्ठान नेपालद्वारा यही असोज ५ गते शनिबार समितिका सदस्यहरु दुई समूहमा विभाजित भइ लमजुङ र गोर्खामा तमु विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ । संस्थाका द्वितीय उपाध्यक्ष डमरबहादुर तमुको नेतृत्वमा सचिव कन्चन तमु, कोषाध्यक्ष श्यामबहादुर तमु, विद्यार्थी समितिको सदस्य तारा तमु र कार्यालय सचीव गंगामाया तमु लमजुङ जिल्लाको सदरमुकाम बेसीशहर स्थित तमु संग्रहालयको सभाहलमा १६ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरियो । तमु प्ये ल्हु संङ्घ क्ल्हेप्री समितिका केन्द्रीय अध्यक्ष सन्तोष टु तमुले समुदायमा सह्रानिय कार्य गरेको यस… पुरा पढौ

धर्मस्थली आधारभूत विद्यालयलाई महानगरले गर्‍यो सम्मान

पोखरा । पोखरा महानगरपालिकाले शिक्षा दिवसको अवसरमा पोखरा–५ स्थित धर्मस्थली आधारभूत विद्यालयलाई सम्मान गरेको छ । धर्मस्थलीलाई महानगरले गरेको विद्यालय र प्रधानाध्यापको कार्यसम्पादन मूल्याङ्नमा उत्कृष्ट औषत प्रतिशत प्राप्त गर्न सफल भएको भन्दै सम्मान गरिएको हो । यसअघि महानगरपालिकाले विद्यालय र प्रधानाध्यापकसँग गरेको कार्यसम्पादन करार सम्झौताको मूल्याङ्कनमा सो विद्यालयले उत्कृष्ट औषत प्रतिशत (७९.७७ प्रतिशत) प्राप्त गरेको थियो । विद्यालयलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, प्रमुख प्रशासकिय अधिकृत श्यामकृष्ण थापा, शिक्षा महाशाखा निर्देशक हेमप्रसाद आचार्यले सम्मान गरे । पुरा पढौ

पश्चिमाञ्चलका विद्यार्थीलाई प्रशिक्षण

असोज ३ पोखरा । विद्यार्थीमा नेतृत्व सीप विकास गराउने उद्देश्यले गैहपाटनस्थित पश्चिमाञ्चल माविका विद्यार्थीलाई एकदिने नेतृत्व विकास सीपको तालिम दिइएको छ । विद्यालयमा कक्षा ११ र १२ मा विभिन्न संकायमा अध्ययन गर्ने विद्यार्थीलाई यो तालिम दिइएको हो । एभरेष्ट एफएमका सम्पादक दीपेन्द्र श्रेष्ठले विद्यार्थीलाई तालिम प्रदान गरेका थिए । नेतृत्व विकास तथा सीपबारे श्रेष्ठले विद्यार्थीलाई सिकाएका थिए । विद्यालयले हरेक संकायबाट प्रतिनिधित्व गर्ने विद्यार्थीको समूहलाई यो प्रशिक्षणमा राखेको विद्यालयका प्लस टु संयोजक देव क्षेत्रीले जानकारी दिए । विद्यालयका प्राचार्य सरोज… पुरा पढौ

एसइई नतिजामा उल्लेख्य सुधार ल्याउन नीतिगत पहल सुरु भइसकेको छ: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजालाई लगभग ७० प्रतिशतसम्म पु¥याउन नीतिगत पहल सुरु भइसकेको बताएका छन । राष्ट्रिय शिक्षा दिवस, २०८१ मूल समारोह समितिको कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हाल कायम रहेको शिक्षा क्षेत्रको पछौटेपन हटाउन सरकार लागिपरेको जनाउँदै ‘अनलाइन’ कक्षाबाट विद्यार्थीलाई मुख्य विषयहरु पढाएर एसइईको नतिजामा उल्लेख्य सुधार गर्न थालिएको स्पष्ट गरे । हाल एसइईमा ५० प्रतिशतको हाराहारीमा विद्यार्थी उत्तीर्ण हुँदै आएका छन् । “एसइईको नतिजामा उल्लेख्य सुधार गर्नुपर्छ भनेर उत्तीर्ण… पुरा पढौ

व्यवस्थापनका अब्बल विद्यार्थीलाई प्रतिभा माविको सम्मान

पोखरा, भदौ ३१विभिन्न विश्वविद्यालय र कलेजले लिएको व्यवस्थापन संकाय अन्तर्गत स्नातकतहको प्रवेश परीक्षामा उत्कृष्टता हाँसिल गरेका प्रतिभा माविका विद्यार्थीलाई सोमबार विद्यालयले सम्मान गरेको छ । पूर्ण छात्रवृत्ति सहित प्रवेश परीक्षा उत्तिर्ण गरेका प्रतिभाका ९३ जना विद्यार्थी सोमबार सम्मानित भएका थिए । सम्मानित विद्यार्थीले प्रतिभा माविबाट १२ कक्षा उत्तिर्ण गरेका थिए । व्यवस्थापन संकाय अन्तर्गत बिआइटी, बिएससी सिएसआईटी, सिए, बिबिए, बिएचएम, बिसिएस, बिआईएममा ती विद्यार्थीले पूर्ण छात्रवृत्ति सहित प्रवेश परीक्षा उत्तिर्ण गरेका थिए । विद्यालय संचालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेल, विद्यालयका… पुरा पढौ

कास्कीमा पनि मनाइयो राष्ट्रिय शिक्षा दिवस

भदौ ३० पोखरा । कास्कीमा राष्ट्रिय शिक्षा दिवस २०८१ क अवसरमा विभिन्न कार्यक्रम गरि मनाइएको छ । जिल्ला शिक्षा समिति एवं शिक्षा बिकास तथा समन्वय इकाई कास्कीको आयोजनामा आइतबार विशेष समारोहको आयोजना गरि सो दिवस मनाइएको हो । कार्यक्रमको प्रतिनिधि सभा सदस्य दामोदर पौडेल बैरागीले उद्घाटन गरे । उनले शिक्षालाई सकारात्मक संस्कारसंग जोडेर व्यबहारिक शिक्षा बनाउने तर्फ सबैको प्रयास केन्द्रीकृत गर्नुपर्ने बताए । शिक्षा प्राप्त व्यक्ति संसारको जुनसुकै कुनामा पुगेपनी अब्बल जनशक्तिको रूपमा प्रतिष्पर्धि हुनेगरी पाठ्यक्रम निर्माण गर्न आफुहरूको जोडबल… पुरा पढौ