गण्डकी

पोखरामा श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ–२०८१ शुरु

वैशाख २ पोखरा । श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ २०८१ पोखरा प्रर्दशनी केन्द्रमा आजदेखि शुरु भएको छ । ज्ञानमहायज्ञको उद्घाटन अगाडी पोखराको सेती नदीस्थित गाईघाटबाट शान्ती कलश सहितको शोभा यात्रा तथा बाजागाजा सहितको धार्मिक झाँकीले बजारको विभिन्न ठाउँको परिक्रममा गर्दै महायज्ञ स्थलमा पुगेको थियो । महायज्ञको उद्घाटन गर्दै गलेश्वर आश्रम देवघाटधाम तनहुँका पीठाधिश अनन्तश्रीविभूषित स्वामी आत्मानन्द गिरी महाराजले गर्नुहुदै धर्म, संस्कार र संस्कृतिको संरक्षणमा यस महायज्ञले टेवा पुर्याउने बताए । उनले ज्ञानभुमी काशीलाई स्मरण गराउने कास्की कश्यप ऋषिको तपोभुमि रहेको बताउँदै लोककल्याण… पुरा पढौ

छोरेपाटन माविका शिक्षकहरुलाई अभिभावक शिक्षा तालिम

पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनमा रहेको छोरेपाटन माविका शिक्षकहरुलाई पाँच दिने अभिभावक शिक्षा तालिम आईतबार देखिशुरु भएको छ । तालिमको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले प्रशिक्षक लक्ष्मी शर्मालाई तालिमको कोर्षबुक हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गर्दै उनले पढ्ने विद्यार्थीहरु र पढाउने शिक्षकहरु हरेक दिन अपडेट हुनु पर्ने र अपडेट हुनका लागि रिफ्रेसमेन्ट अनिवार्य रहेको बताउँदै अभिभावक शिक्षा तालिमले शिक्षाको गुणस्तरमा वृद्धि हुने अपेक्षा गरे । सो अवसरमा विद्यालयका सल्लाहकार भेषराज बराल, तिर्थराज अधिकारी, शिक्षक अभिभावक संघका सदस्य देवि… पुरा पढौ

यूनाइटेड क्लबद्वारा शुक्रराज बलभद्र स्कुलमा खेलकुद सामाग्री वितरण

पोखरा । १४ औं वार्षिकोत्सवको अवसर पारी यूनाइटेड क्लबले आफ्नो साताब्यापी कार्यक्रम अन्तर्गत आइतबार पोखरा १४ छिनेडांडामा रहेको शुुक्रराज बलभद्र माविमा खेलकुद सामाग्री वितरण गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी आयोजना गरिएको खेलकुद सामाग्री वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं १४ का अध्यक्ष बोध बहादुर कार्कीले यूनाइटेड क्लबले पोखरा महोत्सवको आयोजना गरी सामाजिक काममा अगाडी वढिरदा आफ्नो वडामा रहेको विद्यालयलाई खेलकुद सामाग्री वितरण गरेकोमा धन्यवाद व्यक्त गरे । आगामी दिनमा यूनाइटेड क्लबले सामाजिक काम संगै… पुरा पढौ

तनहुँको मर्स्याङ्दी जलाशयमा मोटरबोट सञ्चालन

वैशाख २ तनहुँ । पृथ्वी राजमार्गमा अवस्थित तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको जलाशयमा आजदेखि मोटरबोट सञ्चालनमा आएको छ । आँबुखैरेनी गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि जलविद्युत् केन्द्रको जलाशयमा मोटरबोट सञ्चालन गरेको हो । गण्डकी प्रदेशका बिना विभागीयमन्त्री हरिबहादुर चुमानले आज मोटरबोटको शुभारम्भ गर्दै पर्यटनलाई समृद्धिसँग जोड्ने पालिकाको अभियान सकारात्मक रहेको चर्चा गरे । उनले जलविद्युत, कृषि, पर्यटन समृद्धिका आधार रहेकाले यसलाई उपयोग गर्नुपर्नेमा जोड दिए । मस्र्याङ्दी जलविद्युत् केन्द्रको जलाशयमा मोटरबोट सञ्चालनका लागि आँबुखैरेनी गाउँपालिकाले गत पुस ९ गते बोलपत्र… पुरा पढौ

आजदेखि विद्यार्थी भर्ना अभियान शुरु

वैशाख २ काठमाण्डौं । ’सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने नाराका साथ शैक्षिकसत्र–२०८१ का विद्यार्थी भर्ना अभियान आजदेखि देशभर शुरु भएको छ । अभियानको पहिलो दिन आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतका शिक्षा तथा मानवस्रोत विकास केन्द्रले अभियान सफल बनाउन स्थानीय तह र सम्बन्धित निकायलाई आग्रह गरेको छ । शिक्षामन्त्री सुमना श्रेष्ठको उपस्थितिमा भर्चुअल माध्यमबाट अन्तरक्रिया गरी केन्द्रले सबै स्थानीय तहका शिक्षा प्रमुख, इकाइ प्रमुख, नगरपालिका महासङ्घ, गाउँपालिका महासङ्घलाई आग्रह गरेको हो । मन्त्री श्रेष्ठले शिक्षा… पुरा पढौ

हेमजा बस दुर्घटनामा गम्भीर घाइते पुनको उपचारका क्रममा मृत्यु

पोखरा । पोखराको हेमजामा बिहीबार भएको बस दुर्घटनामा गम्भीर घाइते भएका एक जनाको शनिबार मृत्यु भएको छ । गत बिहीबार काठमाण्डौंबाट म्याग्दीको बेनीतर्फ जाँदै गरेको ग २ ख १६३० नम्वरको बस हेम्जामा दुर्घटना हुँदा गम्भीर घाइते भएका म्याग्दी मालिका गाउँपालिका १ दरवाङका ७२ बर्षीय नर बहादुर पुनको उपचारका क्रममा शनिबार दिउँसो मृत्यु भएको हो । उक्त बस गत बिहीबार पोखरा–२५ हेम्जाको सुइखेतमा दिउँसो २ः५० बजे बसका चालकले नियन्त्रण गुमाउँदा सडकको बाँया साईडमा पल्टिएको थियो । दुर्घटनामा बसमा सवार ८ जना… पुरा पढौ

हेमजा आलु महोत्सवमा २२ लाखको कारोबार

वैशाख १ पोखरा । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा दिनप्रतिदिन आलुको कारोबार बढ्दै गएको छ । महोत्सव मध्येतिर आइरहदाँ दर्शक सहभागिताको साथमा आलुको कारोबार बढ्दै गएको हो । महोत्सवको सातौँ दिन बुधबारसम्म २२ लाख आलुको कारोबार भएको छ । २ हजार ११९ घरपरिवार मानिसले आलु किनी लगेको कृषि उपज व्यवस्थापन समितिका संयोजक जयराम तिम्सिनाले जानकारी दिए । हालसम्म ४० हजार बढी दर्शकले महोत्सव अवलोकन गरिसकेको मूल आयोजक समितिका कोषाध्यक्ष राम सापकोटाले जानकारी दिए । महोत्सव प्रवेशका लागि साधारण ८०… पुरा पढौ

प्राज्ञ डा. गुरुङलाई हिमाली सांस्कृतिक परिवारको संरक्षकत्व अर्पण

वैशाख १ पोखरा । हिमाली सांस्कृतिक परिवारले संस्कृतिविद् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति, नेपाल ऋषि प्राज्ञ डा. जगमान गुरुङलाई संरक्षक पदवी अर्पण गरेको छ । हिमाली सांस्कृतिक परिवारले आज (शनिबार) प्राज्ञ डा. गुरुङको जन्मथलो याङ्जाकोट पुगेर संरक्षकत्व अर्पण गरेको हो ।हिमाली सांस्कृतिक परिवारका संस्थापक संरक्षक नरबहादुर शेरचन, कार्यक्रम संयोजक टिकाबहादुर कार्की, मानार्थ सदस्य खेमबहादुर गुरुड., अध्यक्ष ज्ञानबहादुर थापाले संस्कृतिविद् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति, नेपाल ऋषि प्राज्ञ डा. जगमान गुरुङलाई जन्मथलो याङ्जाकोट पुगेर एक कार्यक्रमकाबीच संरक्षकत्व अर्पण गरे । सो… पुरा पढौ

पूर्व सासंद पुन परिवारद्वारा राधाकृष्ण बृद्धाश्रममा सहयोग

वैशाख १ पोखरा । वि स २०४३ सालमा कास्की जिल्लाबाट राष्ट्रिय सभा सांसद उत्तम पुनले पोखरा ३२ को बृद्धाश्रमलाई सहयोग गरेका छन् । नयाँ वर्ष २०८१ को अवसरमा पुन परिवारले आफ्ना वुवा हेमवहादुर पुनको नाममा स्थापना गरिएको हेमबहादुर पुन स्मृति प्रतिष्ठान नेपाल र सामाजिक कल्याण प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा आश्रमका बृद्धबृद्धाको लागि खाद्यान्य ,फलफुल र तरकारी सहयोग गरिएको हो । हरेक वर्ष सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको प्रतिष्ठानले लामेआहालस्थित राधाकृष्ण बृद्धाश्रमलाई सहयोग गरेको हो ।स्मृती प्रतिष्ठानका संरक्षक तथा पूर्वमन्त्री समेत… पुरा पढौ

भुलभुला देवी ट्रष्ट भवन उद्घाटन

वैशाख १ पोखरा । पोखरा महानगरपालिका वडा नं ३३ पुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रष्ट भवन एक कार्यक्रमका बीच आज उद्घाटन गरिएको छ । पोखरा महानगरपालिका वडा नं ३३ कार्यलयबाट भुलभुला देवी मन्दिर संरक्षण समितिलाई ट्रष्ट निर्माणका लागि विनियोजित आठ लाख ५० हजार रुपैयाँको लागतमा भवन निर्माण गरिएको हो । भवनको भुलभुला देवी मेलाका अवसरमा पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारीले उद्घाटन गरेका हुन् । नवनिर्मित ट्रष्ट भवन मन्दिरको नियमित पूजाआजाका साथै विभिन्न धार्मिक अनुुष्ठानमा… पुरा पढौ