गण्डकी

‘उपभोक्ता अदालत प्रभावकारी बनाऔं’

पोखरा । गण्डकी प्रदेशमा नसर्ने रोगका बिरामीको संख्या बढ्दै गएको तथ्याङ्क सार्वजनिक गर्दै सरोकारवालाले उपभोक्ता अदालत स्थापना प्रक्रियासँगै त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन्।प्रादेशिक रोग नियन्त्रण केन्द्र, पोखराका निर्देशक मनमोहन मिश्रका अनुसार गण्डकीमा उच्च रक्तचापका बिरामी आर्थिक वर्ष २०७९/८० मा १ लाख ४ सय १६ रहेकामा २०८२/८३ मा बढेर २ लाख २१ हजार ८ सय २६ पुगेका छन्। मधुमेहका बिरामी पनि ३५ हजार ४ सय २२ बाट बढेर ६० हजार २ सय ३ पुगेका छन्।त्यस्तै, हृदयरोगका बिरामी २०७९/८० मा १… पुरा पढौ

गण्डकीका पूर्व मन्त्री लक्ष्मणबहादुर पाण्डेमाथि घुस मागेको आरोप, स्वकीय सचिव यादव पौडेलमार्फत मागिएको घुसमा मन्त्रालयका सचिव युवानिधि बसौला पनि जोडिए

सन्देश श्रेष्ठपोखरा, असोज ४ गण्डकी प्रदेशका पूर्व मन्त्री लक्ष्मणबहादुर पाण्डेमाथि घुस मागेको आरोप लागेको छ । गण्डकी प्रदेशका पूर्व स्वास्थ्यमन्त्री पाण्डेले पोखरा–३ नदीपुरस्थित पद्मनर्सिङ होम प्रालिलाई अस्पताल स्तरोन्नतीको नवीकरण गर्न ३० लाख घुस मागेको श्रव्यदृश्य सार्वजनिक भएको हो । उनीसँगै मन्त्रालयका सचिव युवानिधि बसौला र मन्त्रीका स्वकीय सचिव यादव पौडेल पनि घुस काण्डमा जोडिएका छन् । घुस मागेको काण्डमा जोडिएका पाण्डे नेकपा एमालेबाट नवलपुर क्षेत्र नम्बर २ (२)बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् । कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा उनी… पुरा पढौ

तायाःमचा नृत्य प्रतियोगितामा खुल्लातर्फ तेर्सापट्टी र महिलातर्फ नदीपुर प्रथम

सन्देश श्रेष्ठपोखरा, असोज ४ पोखरामा आयोजित तायाःमचा नृत्य प्रतियोगिता–२०८३ मा तेर्सापट्टी र नदीपुर प्रथम भएका छन् । नेवाः खल कास्कीको आह्वान तथा लामाचौर नेवाः खल गुठीको आयोजनामा पोखरा–१६ लामाचौरमा आयोजित २७औँ संस्करणको प्रतियोगितामा खुल्लातर्फ नदीपुर तायाःमचा नाच समिति तथा महिलातर्फ नदीपुर तायाःमचा नाच समिति प्रथम भएका हुन् । प्रतियोगितामा प्रथम हुने खुल्लातर्फको तेर्सापट्टी तायाःमचा नाच समितिले १ लाख १ हजार १ सय ११ तथा महिलातर्फ प्रथम हुने नदीपुर तायाःमचा नाच समितिले ४० हजार नगदसहित शिल्ड र प्रमाण पत्र प्राप्त गरे… पुरा पढौ

पर्वतीय दौडको हस्पिटल पार्टनर बन्यो मेडिप्लस एण्ड ट्रमा सेन्टर

पोखराको रानीपौवास्थित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरले तेस्रो संस्करणको पुम्दी–भुम्दी खुल्ला पर्वतीय दौड प्रतियोगिता–२०८३ मा हस्पिटल पार्टनरका रूपमा सहकार्य गर्ने भएको छ । यही असोज २४ गते शनिबार पोखरा–२२ मा आयोजना हुने प्रतियोगितालाई सफल बनाउन अस्पतालले निःशुल्क एम्बुलेन्स सेवा सहित आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने भएको हो ।यससम्बन्धी सम्झौतापत्रमा मेडिप्लस हस्पिटलका प्रमुख सञ्चालन अधिकृत प्रकाश वि.क. र प्रतियोगिता संयोजक दीननाथ बरालले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार प्रतियोगिता अवधिभर आकस्मिक तथा प्राथमिक स्वास्थ्य उपचारका लागि अस्पतालले आवश्यक जनशक्ति र एम्बुलेन्स सेवा… पुरा पढौ

एमालेको सचिवालय बैठक जारी,ओलीको राजीनामा नमाग्ने र आलोचना नगर्ने कार्यदलमा सहमति

नेकपा एमालेको सचिवालय बैठक जारी छ। दिउँसो १ बजेका लागि डाकिएको बैठक एमाले पुनर्गठन कार्यदल बैठक लम्बिएका कारण साढे ४ बजे मात्रै सुरु भएको हो । बैठकमा तीन वटा प्रतिवेदनलाई मिलाएर कार्यदलका नेताहरूले तयार पारेको एउटै साझा प्रतिवेदन पेश गरिएको स्रोतले जनाएको छ । यसअघि नेताहरू रामबहादुर थापा, शङ्कर पोखरेल र प्रदीप ज्ञवालीले तीन अलग प्रतिवेदन मस्यौदा तयार गरेका थिए । सचिव पद्मा अर्यालले कार्यदलले साझा प्रतिवेदन बनाएर सचिवालयमा पेश गरेको जानकारी दिदैं, बाँकी निर्णय सचिवालयले गर्ने पनि बताइन् ।सचिव… पुरा पढौ

कास्की आइडल–२ गायन र नृत्यतर्फ २२–२२ जना अर्को चरणका लागि छनोट

‘कास्की आइडल सिजन–२’ को पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ । गायन र नृत्यतर्फबाट समान २२–२२ जना गरी ४४ जना प्रतियोगी अर्को चरणका लागि छनोट भएका छन् । गायनतर्फ छनोट हुनेमा प्रमेश गुरुङ, रोशनी विश्वकर्मा, प्रताप रानाभाट, मनसा गुरुङ, राजन सार्की, इभा बास्तोला, सदीक्षा सुनार, इडिभा खातीवडा, सुमन भण्डारी, विवेक बराइली, राजु गुरुङ, ओभिया गुरुङ, बुद्धि तामाङ, रिहाना बास्तोला, अमृत गुरुङ, संस्कार सुबेदी, रमण खान, अञ्जल बी.क. मिलन विश्वकर्मा, आरती नेपाली, दिक्ष्या लामिछाने र डिप्सन दर्जी छन् । त्यस्तै नृत्यतर्फ… पुरा पढौ

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए, एक हजार ३६२ शवको विवरण प्रहरीको वेबसाइटमा

भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूमध्ये एक हजार ४३६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार आज बिहानसम्म रसुवामा २२३, नुवाकोटमा २०३, धादिङमा ७२, चितवनमा ३६५, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ गरी एक हजार ४३४ शव फेला परेका हुन् । फेला परेका शव पहिचानका लागि ‘डिएनए’ नमूना सङ्कलन गरी हालसम्म एक हजार २९२ शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ । शव पहिचानका लागि मृतकका एक हजार २८६ र आफन्तका एक हजार ९९७ गरी… पुरा पढौ

रसुवा बाढी प्रभावितलाई धम्पुस पोखरी घोताने चेलीबेटीको १ लाख सहयोग

धम्पुस पोखरी घोताने चेलीबेटी समूह, पोखराले रसुवाको भोटेकोशी बाढीपीडितका लागि १ लाख रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । सङ्कलित रकमलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषको आधिकारिक खातामा दाखिला गरेपश्चात् समूहकी अध्यक्ष मायाकुमारी गुरुङले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई सहयोगको हात फैलाउन अपिल गरेकी छन् ‘आपतविपतको समयमा संसारभर छरिएर रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले मन फुकाएर थोपाथोपा गरी मद्दत एवम् सहयोग गरौँ,’ अध्यक्ष गुरुङले भनिन् । तीज पर्वको अवसरमा हुने परम्परागत दर खाने कार्यक्रमको खर्च कटौती गरी… पुरा पढौ

कांग्रेसको ३१ जिल्लामा आज वडा अधिवेशन हुँदै, पोखरा र अन्नपुर्णमा को को भए सभापति ?

नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आज ३१ जिल्लामा वडा अधिवेशन भईरहेको छ । हिजो ४३ जिल्लाका तीन हजार ३९६ वडामा वडा अधिवेशन भएको थियो।केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार रसुवा, नुवाकोट र धादिङबाहेक अन्य ३१ जिल्लामा वडा अधिवेशन भईरहेको हो । समितिका अनुसार ताप्लेजुङदेखि कञ्चनपुरसम्मका ४३ जिल्लाका तीन हजार ३९६ वडामा अधिवेशन सम्पन्न भएको हो । अधिवेशनबाट सम्बन्धित वडाका वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन् । केन्द्रीय निर्वाचन समितिकाअनुसार गोरखा, कास्की, मनाङ, पर्वत, स्याङ्जा, बागलुङ, नवलपुर,… पुरा पढौ

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

गत भदौ १० गतेको रसुवाको भोटेकोशीमा गएको विकासकारी विपद् घटनापछि हिमाली जिल्ला मुस्ताङको पर्यटनमा समेत असर परेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङको पर्यटकीय तथ्याङ्कअनुसार चालु वर्षको साउनको तुलनामा भदौमा मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन सङ्ख्या घटेको पाइएको हो ।कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडकमार्ग बाढी पहिरो र नदी कटानले साउन महिनामा दर्जनौँ पटक सडक अवरुद्ध हुँदासमेत मुस्ताङमा पर्यटकको आगमन उल्लेख रहे पनि रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन सङ्ख्या ह्वात्तै घटेको प्रहरीको तथ्याङ्कले देखाएको छ ।प्रहरीका अनुसार चालु वर्षको साउनमा भन्दा… पुरा पढौ