गण्डकी

पोखरा–मुग्लिन सडक स्तरोन्नति अन्तिम चरणमा

पृथ्वी राजमार्गअन्तर्गत पोखरा–मुग्लिन सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । उक्त सडकको पश्चिम खण्ड (पोखरा–जामुने)को भौतिक प्रगति ८६ प्रतिशत पुगेको आयोजना कार्यालयले जनाएको छ । पूर्वी खण्ड (पोखरा–जामुने)को काम पूरा गरी निर्माण कम्पनीले सडक हस्तान्तरण गरिसकेको उक्त खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले बताए । “सडक विस्तार तथा स्तरोन्नतिको काम सकिएर त्रुटि सच्चाउने अवधि (डिएलपी) सुरु भइसकेको छ”, उनले भने, “डिएलपीपछि थप पाँच वर्षसम्म सडक मर्मतसम्भारको जिम्मा पनि निर्माण कम्पनीकै रहन्छ ।” इन्जिनियर पाण्डेका अनुसार कूल ४१.४५ किमि दूरीको उक्त खण्डमा… पुरा पढौ

पोखराबाटै फ्लाई दुबईमार्फत दुबईहुँदै ओमान उड्यो नेपाली यू-१९ राष्ट्रिय टोली

सन्देश श्रेष्ठपोखरा, कात्तिक १६ एसीसी पुरुष यू–१९ एसिया कप २०२६ मा सहभागी हुन नेपाली राष्ट्रिय यू–१९ क्रिकेट टोली पोखराबाटै ओमान प्रस्थान गरेको छ । ओमानमा यहि कात्तिक १९ देखी २८ गतेसम्म आयोजना हुने एसिया कपमा सहभागी हुन नेपाली टोली सोमबार फ्लाई दुबईको विमान चढेर दुबईहुँदै ओमान प्रस्थान गरेको हो । टोलीलाई गण्डकी प्रदेश क्रिकेट संघ र कास्की जिल्ला क्रिकेट संघका पदाधिकारी तथा शुभचिन्तकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गरेको हो । टोली दुबईहुँदै ओमान पुग्ने गण्डकी प्रदेश क्रिकेट संघले जनाएको छ… पुरा पढौ

पोखराका प्रतिष्ठित व्यवसायी तथा समाजसेवी कोमलबहादुर प्रजुको निधन

पोखराका स्थापित उद्यमी कोमलबहादुर प्रजुको ८३ वर्षको उमेरमा निधन भएको छ। आइतबार निधन भएका प्रजुको सोमबार पोखरा ३ नदीपुरस्थित तुलसीघाटमा धार्मिक परम्परानुसार अन्तिम संस्कार गरिएको छ।उनको पार्थिव शरीरमा जेठा छोरा रबिन्द्र बहादुर प्रजुले दागबत्ती दिए । वि.सं. २००० साल मंसिर १५ गते कुलशमशेर प्रजु र सन्तमाया प्रजुको कोखबाट जन्मिएका कोमलबहादुर प्रजुका श्रीमतीहरू सुधादेवी प्रजु र सरस्वतीदेवी प्रजु छन्। उनका दुई छोरा रबिन्द्र बहादुर प्रजु पोखरा उद्योग वाणिज्य सङ्घका पूर्व वरिष्ठ उपाध्यक्ष एवं वडा नं ३ का पूर्व अध्यक्ष र देवेन्द्र… पुरा पढौ

पोखरा र स्याङ्जामा भएका दुर्घटनामा ३ जनाको मृत्यु , ३ जना घाईते

पोखरा र स्याङ्जामा भएका छुट्टाछुट्टै दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् । पोखरामा स्कुटरले ठक्कर दिदाँ एक जना पैदलयात्रीको मृत्यु भएको छ ।पोखरा –२६ अर्घौचोकस्थित सडकमा बाटो काट्ने क्रममा ग १३ प २०९४ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री पर्वत जलजला गाउँपालिका–५ घर भई सोही ठाउँ बस्ने ७० वर्षीय मन बहादुर पुनको आइतबार साँझ मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, रामघाटमा उपचारको क्रममा मृत्यु भएको… पुरा पढौ

पुष्प व्यवसायमा रमाउँदै सुभेच्छा, फूलकै स्याहारमा बित्छ दैनिकी

शिशिर उजाडपोखरा धेरै किशोर किशोरीको योजना दश जोड दुईको पढाई सकेपछि विदेश जाने हुन्छ । स्वदेशमा जतिसुकै अवसर भएपनि पछिल्लो समय अधिकांश युवाको मोह भनेको विदेश नै हो। तर पोखराकी एक किशोरी भने परम्परागत कृषि प्रणालीको विकल्पमा व्यावसायिक पुष्पखेती तर्फ आर्कषित भएकी छिन् । पोखरा १९ पुरञ्चौरकी सुभेच्छा अधिकारी भने कलेज तहको पढाईसँगसँगै फूल खेतीमा लागेकी छन् ।उनले पोखरा कलेज अफ म्यानेजमेण्टबाट ब्याचलरको अध्ययन समेत पुरा गरेकी छन् । आफुसँगैका कतिपय साथीहरु विदेशमा र कतिपय बिभिन्न कार्यालयमा जागिरे जीवन विताईरहेका… पुरा पढौ

पोखरामा ‘गोदावरी पुष्प प्रदर्शनी तथा सयपत्री फूल मेला’ आयोजना हुने

सन्देश श्रेष्ठपोखरा, कात्तिक १६ नेपालीको दोश्रो ठूलो चाँड तिहारको अवसरमा पोखरामा कात्तिक तेश्रो सातादेखि फूलको मेला लाग्ने भएको छ । फ्लोरिकल्चर एशोसियसन नेपाल (फ्यान) कास्की शाखाको आयोजना तथा पोखरा महानगरपालिकाको प्रवद्र्धनमा पोखरा रंगशालाको दुई नम्बर गेट भित्रको चौरमा यहि कात्तिक १८ गतेदेखि २३ गतेसम्म नवौं गोदावरी पुष्प प्रदर्शनी तथा पाँचौ गण्डकी प्रदेश स्तरीय एवम् तेस्रो सयपत्री फूल मेला–२०८३ आयोजना हुने सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । मेलाको आगामी बुधबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने तय… पुरा पढौ

मदन भण्डारी फाउन्डेसन कास्कीले कात्तिक २१ गते बृहत सास्कृतिक कार्यक्रम गर्ने

मदन भण्डारी फाउन्डेसन कास्कीको आयोजनामा विभिन्न चाडपर्वको अवसर पारेर यही कात्तिक २१ गते पोखरामा सांस्कृतिक कार्यक्रम हुने भएको छ। विजयादशमी, दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान गर्ने उद्देश्यले आयोजना गर्न लागिएको कार्यक्रममा ख्यातिप्राप्त कलाकारहरूको सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहने अध्यक्ष माधब बास्तोलाले जानकारी दिए। बास्तोलाका अनुसार पोखरा सभागृह, सभागृहचोकमा दिउँसो १ बजेदेखि सुरु हुने कार्यक्रममा चाडपर्वको अबसरमा शुभकामना साटासाट गर्नुका साथै नेपाली कला, संस्कृति र परम्पराको प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ। विविधतायुक्त नेपाली समाजमा चाडपर्वले आपसी सद्भाव,… पुरा पढौ

लेखनाथमा जिल्लास्तरीय कराँते र मुआथाई प्रतियोगिता सम्पन्न

छैटौँ लेखनाथ कप तथा ११औँ कास्की जिल्ला स्तरीय फुल कन्ट्याक्ट कराते र मुआथाई प्रतियोगिता पोखरा महानगरपालिका–३०, पावरहाउसमा सम्पन्न भएको छ। प्रतियोगितामा कास्की जिल्लाका विभिन्न डोजोका खेलाडीहरूले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिताको समापन समारोहमा पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपकबहादुर गोदार , ब्रान्च चिफ लक्ष्मण कुँवर, लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुली अधिकारी तथा पूर्व भलिबल खेलाडी बलबहादुर श्रेष्ठलगायतले विजेता खेलाडीहरूलाई पुरस्कार वितरण गरेका थिए। धनबहादुर तामाङ, ओमराज पुन र सुनिल थापा निर्णायक रहेको प्रतियोगिता अन्तर्गत फुल… पुरा पढौ

कास्की मोर्डनाइज्ड सर्कलद्धारा विविध कार्यक्रम सम्पन्न

पोखरा–१४ चाउथेमा रहेको कास्की मोर्डनाइज्ड एकेडेमीमा अन्तर सदानात्मक भलिबल प्रतियोगिता र गायन तथा नृत्य प्रतियोगिता सम्पन्न गरेको छ। विद्यालयमा गठित नेपाल जुनियर रेडक्रस सर्कलको आयोजनामा सिनियर तर्फ भलिबल र जुनियरतर्फ गायन तथा नृत्य प्रतियोगिता गरिएको हो । भलिबलमा छात्रा तर्फ सेतो सदन प्रथम र रातो सदन द्वितीय भएका थिए भने छात्र तर्फ सेतो सदन र रातो सदन क्रमश ः प्रथम र द्वितीय भएका छन् । उक्त कार्यक्रममा राष्ट्रिय भलिवल रेफ्रि इश्वर आले साथै सुरेश आले, मनिषा अधिकारी, डिल्ली जङ् गुरुङ… पुरा पढौ

आन्तरिक राजस्व बढाउन गण्डकीमा छुट्टै कार्यालय स्थापना

गण्डकी प्रदेश सरकारले आन्तरिक राजस्व सङ्कलन बढाउन, राजस्व प्रशासनलाई व्यवस्थित गर्न र राजस्व सङ्कलन गर्ने निकायबीच समन्वय गर्न आर्थिक मामिला मन्त्रालयअन्तर्गत राजस्व व्यवस्थापन कार्यालय स्थापना गरेको छ । कार्यालयले सोमबारदेखि औपचारिक रूपमा सेवा प्रवाह सुरु गर्ने मन्त्रालयका प्रवक्ता उपसचिव गुमादेवी शर्माले जानकारी दिईन् । मन्त्रालय परिसरमै रहेको भवनबाट कार्यालय सञ्चालन हुनेछ । कार्यालयले घरजग्गा रजिस्ट्रेसन शुल्क, सवारीसाधन कर, मनोरञ्जन कर, विज्ञापन कर, पर्यटन शुल्क, कृषि आयकर, सेवा शुल्क, दस्तुर तथा दण्डजरिवानालगायत प्रदेशको अधिकार क्षेत्रभित्रका राजस्व सङ्कलन र व्यवस्थापनमा सहजीकरण गर्नेछ… पुरा पढौ