गण्डकी

उद्योग वाणिज्य महासंघमा पोखराका अन्जन श्रेष्ठको नेतृत्व, पोखराकै छत्रधर र हिरा पनि सदस्यमा निर्वाचित

निजी क्षेत्रका उद्योगी व्यवसायीहरूको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व पोखराका अञ्जनकुमार श्रेष्ठले सम्हाल्ने भएका छन् । महासंघको सोमबार र मंगलबार काठमाडौँको कमलादीमा भएको ६०औँ वार्षिक साधारणसभा तथा निर्वाचनले चार उपाध्यक्षसहित ६८ सदस्यीय कार्यकारिणी निर्वाचित गरेसँगै यस अघिका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले विधानत नेतृत्व सम्हाल्न लागेका हुन् । साधारणसभामा हेमराज ढकाल र वरिष्ठ उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठले छुट्टाछुट्टै प्यानल निर्माण गरेका थिए । निर्वाचन समितिबाट प्राप्त नतिजाअनुसार दुवै प्यानलबाट मिश्रित ढङ्गले पदाधिकारी तथा सदस्य चयन भएका छन् । दुई दशकभन्दा लामो… पुरा पढौ

पृथ्वी राजमार्गः पश्चिम खण्डमा कालोपत्र सकियो

पृथ्वीराजमार्गअन्तर्गत जामुनेदेखि पोखराको पृथ्वीचोकसम्मको ३९ किलोमिटर खण्ड कालोपत्र पूरा भएको छ । मुग्लिन–पोखरा सडक आयोजना पश्चिम खण्डकी इन्जिनियर सहनशिला कायस्थका अनुसार विजयपुर क्षेत्रको करिब ३५० मिटरमा दुई ‘लेन’बाहेक सबैतिर चार लेन कालोपत्र भएको छ । यस्तै सेती नदीमा रु एक अर्ब सात करोड लागतमा चार लेनको ‘सिग्नेचर’ पुल निर्माण पनि धमाधम भइरहेको छ । चिनियाँ कम्पनीले यसैवर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेको छ । एसियाली विकास बैंकसँग ऋण लिएर मुग्लिन–पोखरा सडक विस्तार गरिएको हो । रासस पुरा पढौ

रूपा गाउँपालिकामा समुदाय विपद स्वयंसेवक तालिम सम्पन्न

कास्कीको रुपा गाउँपालिकामा ‘समुदाय विपद् स्वयंसेवक’ तालिम सम्पन्न भएको छ। सशस्त्र प्रहरी बल, नेपाल नं. २४ गण हेडक्वाटर कालिका कास्कीको आयोजना तथा रुपा गाउँपालिकाको सहकार्यमा १८ दिनसम्म संचालन भएको तालिममा करिब ३५ जनाको सहभागिता रहेको थियो । तालिममा सहभागिलाई प्रमाणपत्र वितरण गर्दै गाउँपालिकाका अध्यक्ष नवराज ओझाले तालिम प्राप्त स्वयंसेवकहरूले गाउँपालिकामा आइपर्ने प्राकृतिक एवं अन्य विपद्का समयमा अग्रपङ्क्तिमा खटिएर ठुलो योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । सशस्त्र प्रहरी बलका गणपति सशस्त्र प्रहरी उपरीक्षक वसन्त बहादुर सिंहले विपद्को अवस्थामा सबैभन्दा पहिला घटनास्थलमा… पुरा पढौ

रारा पोखरा स्पोर्टस् अवार्डलाई फ्रेङ्कलिन एजुकेसन कन्सल्टेन्सीको साथ

पोखरा ।नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुने १० औं रारा पोखरा स्पोर्टस् अवार्डलाई फ्रेङ्कलिन एजुकेसन कन्सल्टेन्सीले प्रायोजनमा रहेर साथ दिने भएको छ । पोखरा १५ नयाँगाउँ चोकमा प्रधान कार्यालय र पोखराको चिप्लेढुंगामा शाखा कार्यालय रहेको फ्रेङ्कलिन एजुकेसन कन्सल्टेन्सीले १० औंं पोखरा स्पोर्टस अवार्डमा प्रायोजनमा रहेर साथ दिने भएको हो ।फ्रेङ्कलिन इन्टरनेश्नल गु्रपका निर्देशक कमल खड्का र पोखरा स्पोर्टस अवार्ड मुल समारोहका संयोजक तथा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगर बीच प्रायोजन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ… पुरा पढौ

रुग्ण र अधुरा आयोजनालाई प्राथमिकता दिन जिल्ला समन्वय समिति कास्कीको आग्रह

जिल्ला समन्वय समिति कास्कीले जिल्लामा संचालित बहुबर्षीय अधुरा र रुग्ण आयोजनालाई प्राथमिकतासहित आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेटमा समाबेश गर्न नेपाल सरकारलाई आग्रह गरेको छ । समितिको मंगलबार सम्पन्न ४८ औ बैठकले उक्त निर्णय गरेको प्रमुख लिलाधर पौडेलले जानकारी दिए । पौडेलले विभिन्न कारणले बिगतका सरकारका बार्षिक बजेटमा परेर पनि सम्पन्न हुन नसकेका करिब दुइ दर्जन आयोजनाका लागि रकम बिनियोजन गरेर पनि निर्माणमा अबरोधका कारणको पहिचान सहित यथाशिघ्र निर्माण सम्पन्न हुने गरेर अगाडी बढाउँन सिफारिस गर्ने निर्णय गरिएको… पुरा पढौ

अन्नपूर्ण क्षेत्रमा नौ महिनामा साढे दुई लाख विदेशी पर्यटक

प्रसिद्ध भ्रमण गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा गत साउनदेखि चैतभित्रमा दुई लाख ५१ हजार १८८ विदेशी पर्यटक भित्रिएका छन् । सबैभन्दा बढी चैतमा ६५ हजार २४२ पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेका हुन् । सबैभन्दा कम साउनमा ११ हजार ८२४ पर्यटक आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ । भदौमा १६ हजार २७६, असोजमा ३० हजार ५४७, कात्तिकमा ३५ हजार ९५४, मङ्सिरमा १४ हजार ९४१, पुसमा २९ हजार ९८०, माघमा १६ हजार ६१२ र फागुनमा २९ हजार ८१२ पर्यटक भित्रिएका हुन् ।… पुरा पढौ

संसद्को अधिवेशन वैशाख २८ गतेदेखि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

सरकारले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको बैठकले यही वैशाख २८ गते दिउँसो २ बजेका लागि संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले सञ्चारकर्मीलाई जानकारी दिए । यसअघि वैशाख १७ गतेबाट आह्वान गरिएको संसद बैठक विशेष कारण देखाउँदै स्थगित गरिएको थियो । रासस पुरा पढौ

गण्डकी प्रदेश सभामा कांग्रेसले दियो, बराललाई प्रमुख सचेतकको जिम्मेवारी

गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसले प्रमुख सचेतकको जिम्मेवारी प्रकाश बराललाई दिएको छ । यसअघि सचेतक रहेका बराललाई पदोन्नति गर्दै प्रमुख सचेतकको जिम्मेवारी दिईएको हो । यसअघिका प्रमुख सचेतक नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बनेपछि यो पद रिक्त थियो । गण्डकी प्रदेश कांग्रेस संसदीय दलका नेता तथा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मंगलबार बराललाई उक्त जिम्मेवारी दिएका हुन् ।बरालले प्रमुख सचेतकको जिम्मेबारी पाएसँगै अब उनले सम्हाल्दै आएको सचेतक पद रिक्त भएको छ ।केही दिनभित्रै सचेतकको पनि टुंगो लाग्ने नवनियुक्त प्रमुख सचेतक… पुरा पढौ

पश्चिमाञ्चल माविमा ‘सेल्फ मेकअप’ सम्बन्धि तालिम

पोखरा, वैशाख २२गैह्रापाटनस्थित पश्चिमाञ्चल माविले तीनदिने सेल्फ मेकअप (स्किन केयर) सम्बन्धी निशुल्क तालिम दिएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएका विद्यार्थीलाई लक्षित गर्दै विद्यालयले तालिम दिएको हो । तालिममा ५० जना विद्यार्थी सहभागि थिए । तीनदिने तालिम मंगलबार सकिएको छ ।विद्यालयका प्राचार्य सरोज कोइरालाका अनुसार पोखराकै आइरिस हेयर एण्ड ब्युटी केयर प्रालि सँगको सहकार्यमा तालिम दिइएको हो । पश्चिमाञ्चल माविमा सैद्धान्तिक र आइरिस हेयर एण्ड ब्युटी केयरमा प्रयोगात्मक अभ्यास गराइएको उनले बताए । यो तालिमले सुरुवाती चरणको सेल्फ मेकअप… पुरा पढौ

एक/एक लाख राशीसहित दयाशंकर पत्रकारिता पुरस्कारबाट सूर्यचन्द्र र कृष्णमणी सम्मानित

सन्देश श्रेष्ठपोखरा, बैशाख २२ प्रजातन्त्र सेनानी दयाशंकर पालिखेको नाममा स्थापित दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मानबाट दुई पत्रकार सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित तथा पालिखे परिवारद्वारा स्थापित सो सम्मानबाट अग्रज पत्रकार द्वय सूर्यचन्द्र बस्नेत र कृष्णमणी बराल सम्मानित भएका हुन् । पोखरामा मंगलबार आयोजित कार्यक्रममा गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट, प्रेस स्वतन्त्रता सेनानी माधव शर्मालगायतले सम्मान गरे । पुरस्कारको राशी जनहि एक लाख १ हजार १ सय ११ राशीसहित दोषल्ला र ताम्रपत्र रहेको छ । सम्मानित बस्नेत… पुरा पढौ