गण्डकी

कास्कीमा ‘अपरेसन ३६५’ : ३६५ दिनमा ८९८ मोटरसाइकल कारबाहीमा

पोखरा मोटरसाइकलको स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने, ध्वनि प्रदूषण गर्ने, समाजमा आतंक फैलाउने र शान्तिसुरक्षामा खलल पार्ने गतिविधिमा संलग्न ८९८ वटा मोटरसाइकललाई कास्की प्रहरीले कारबाही गरेको छ।जिल्ला प्रहरी कार्यालय कास्कीले २०८२ असोज २७ देखि सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत २०८३ असोज २६ गतेसम्म ३६५ दिनको अवधिमा ती मोटरसाइकल नियन्त्रणमा लिएर कारबाही गरेको हो।प्रहरीका अनुसार मोटरसाइकलको स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने, होहल्ला मच्चाउँदै हिँड्ने, सडकमा मोटरसाइकल उडाउने तथा उच्छृङ्खल गतिविधि गर्ने र शान्तिसुरक्षामा खलल पार्ने चालकलाई नियन्त्रणमा लिएर आवश्यक… पुरा पढौ

अस्पताल स्तरोन्नती घुस काण्ड : एमालेको छानविन समितिले औंल्यायो घुसकाण्डमा संलग्नको कमजोरी, सरकारको समिति प्रतिवेदन बनाउँदै

सन्देश श्रेष्ठपोखरा, असोज २७ नेकपा एमालेले बनाएको पोखरा–३ नदीपुरस्थित पद्मनर्सिङ होम प्रालिको स्तरोन्नती घुसकाण्ड छानविन समितिले प्रतिवेदन तयार गरेको छ । नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलले संसदीय दलकी प्रमुख सचेतक देवका पहारी त्रिपाठीको संयोजकत्वमा बनाएको छानविन समितिले अस्पताल स्तरोन्नतीमा भएको घुसकाण्डको प्रतिवेदन तयार पारेको हो । तर एक हप्ताअघि नै तयार भएको प्रतिवेदन अझैसम्म बुझाईसकेको छैन । संसदीय दलका नेता खगराज अधिकारीको व्यस्तताका कारण प्रतिवेदन बुझाउन बाँकी रहेको निकट स्रोत बताउँछ । अस्पताल स्तरोन्नतीको नवीकरणका लागि गण्डकी प्रदेशका पूर्व… पुरा पढौ

पोखरामा चाडपर्व लक्षित बजार अनुगमन तीब्र,अधिकांश पसल दर्ताबिनै सञ्चालनमा

चाडपर्व नजिकिएसँगै पोखरा महानगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ। म्याद गुज्रिएका सामान बिक्रीवितरण हुने, उपभोग्य वस्तुमा बढी मूल्य लिने तथा उपभोक्ता ठगिने गरेको गुनासो बढेपछि महानगरले बजार अनुगमन सुरु गरेको हो। महानगरपालिकाले मंगलबार पोखराका बिरौटा, पृथ्वीचोक, सिद्धार्थचोक, बसपार्क, सांग्रिलाचोकलगायत क्षेत्रमा सञ्चालित मासु तथा माछा पसलमा अनुगमन गरेको छ। पोखरा महानगरपालिकाका उपप्रमुख एवं बजार अनुगमन समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा अनुगमन गरिएको हो।महानगरको पशु विकास अधिकृत एवं पशु शाखा प्रमुख पवन पाण्डेका अनुसार दसैँ–तिहारजस्ता ठूला चाडपर्वमा माछा तथा मासुको खपत बढ्ने… पुरा पढौ

सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरूद्वारा सुझाव सङ्कलन

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्यहरूले पोखरामा सुझाव सङ्कलन गरेका छन् । प्रतिष्ठानका प्राज्ञसभा सदस्य विनोद बानिया, दीपक पराजुली र परिवर्तनको अगुवाइमा भएको कार्यक्रममा पोखरामा क्रियाशील गीत, सङ्गीत, नाटक र संस्कृतिसँग सम्बन्धित संस्थाका प्रतिनिधिहरूले प्रज्ञा प्रतिष्ठानहरूले आफ्ना गतिविधिमार्फत परिवर्तनको सङ्केत दिनुपर्ने सुझाव दिएका थिए । कार्यक्रममा प्राज्ञसभा सदस्य गायक विनोद बानियाँले आगामी प्राज्ञसभामा सम्बन्धित विषयविज्ञहरूको सुझाव लिएर नीति निर्माणका लागि सुझाव दिने उद्देश्यले अन्तरक्रिया आयोजना गरिएको जानकारी दिए । उनले आवश्यकता र नीतिको संयोजन गरी कार्यक्रम गर्न सकिए… पुरा पढौ

मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी

हालसम्म मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी भएको छ । असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले बेनी—जोमसोम सडक दुई सातासम्म अवरुद्ध हुँदा स्याउ निकासी प्रभावित भएको हो ।सडक अवरुद्ध भएपछि यहाँ उत्पादित स्याउ गत वर्षको यसै समयको तुलनामा ज्यादै कम निकासी भएको छ । उक्त सडक सञ्चालन भएसँगै स्याउ बजार पठाउन थालिएको छ । यस वर्ष स्याउ उत्पादन राम्रो भए पनि सडक अवरुद्धका कारण व्यापारी र किसानलाई बिक्री तथा व्यवस्थापनमा समस्या परेको कृषि तथा… पुरा पढौ

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन्: मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीयताका बारेमा सोच्नुपर्ने बताएका छन्। कोशी प्रदेशको आयोजनामा विराटनगरमा आजदेखि सुरु भएको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनको उद्घाटनका क्रममा उनले संविधानमा उल्लेख गरिएका अधिकार र जिम्मेवारी बाँडफाँटमा संघ सरकार उदासीन रहने र अहिलेकै अवस्था कायम रहने हो भने संघीयताका बारेमा सोच्नुपर्ने बताएका हुन्। उनले प्रदेशका साझा समस्या समाधानका लागि चार वर्षदेखि विभिन्न विषय उठाउँदै आए पनि प्रदेशका समस्या संघ सरकारको प्राथमिकतामा नपरेको बताए। संघीयता कार्यान्वयनका चुनौती, प्रदेशका अधिकार र संघ सरकारको जिम्मेवारीका विषयमा हरेक पटक प्रधानमन्त्रीसँग बारम्बार… पुरा पढौ

टान गण्डकीमा नयाँ नेतृत्व सर्वसम्मत बनाउने प्रयास

पोखरा। ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीको आगामी दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न सर्वसम्मतिको प्रयास भइरहेको छ। अध्यक्ष कृष्णप्रसाद आचार्यले बुधबार दिउँसोसम्म सर्वसम्मत नेतृत्वको खाका तयार हुने सम्भावना रहेको बताए।उनका अनुसार अध्यक्षमा वर्तमान प्रथम उपाध्यक्ष तीर्थराज सुवेदीको दाबी छ। त्यस्तै, प्रथम उपाध्यक्षमा वर्तमान द्वितीय उपाध्यक्ष मोहनप्रसाद सुवेदी र द्वितिय उपाध्यक्षमा वर्तमान महासचिव गोपालप्रसाद संग्रौलाले दाबी गरेका छन्। वर्तमान सहसचिव भूपेन्द्र कुमार लामाले सचिव, वर्तमान कार्यसमिती प्रकाश पौडेलले सह-सचिब र चन्द्रबहादुर भुजेलले कोषाध्यक्ष पदमा दाबी गरेका छन्।‘नयाँ… पुरा पढौ

‘जेसीआई नेपाल लेडी एकेडेमी २०२६’ सम्पन्न

पर्यटकीय राजधानी पोखरामा ‘जेसीआई नेपाल लेडी एकेडेमी २०२६’ सम्पन्न भएको छ । जेसीआई नेपालको आयोजनामा तथा जेसीआई पोखरा लेडीको आतिथ्यतामा सम्पन्न कार्यक्रममा महिला नेतृत्व विकास, आत्मविश्वास अभिवृद्धि तथा संस्थागत क्षमता सुदृढीकरणको क्षेत्रमा महत्त्वपूर्ण सन्देश दिएको बताईएको छ ।कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जीवन कार्कीले महिला नेतृत्व विकासलाई संस्थाको प्राथमिकतासँग जोड्दै सक्षम महिला नेतृत्व नै समुन्नत समाज निर्माणको महत्त्वपूर्ण आधार भएको बताए ।उनले महिलाहरूलाई नेतृत्वका अवसर प्रदान गर्नुका साथै निर्णय प्रक्रियामा सक्रिय सहभागिता सुनिश्चित गर्न यस्ता कार्यक्रमले महत्त्वपूर्ण योगदान पुर्‍याउने स्पष्ट… पुरा पढौ

दर्शन सहकारीको १६ औं साधारण सभा सम्पन्न

दर्शन सहकारी तथा ऋण संस्था लिमिटेड पोखराले उत्कृष्ट विद्यार्थी र असल अभ्यासकर्तालाई सम्मान गरेको छ । सहकारीको १६ औंसाधारण सभाका अवसरमा दश जोड दुईमा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोरा छोरी शुदेश उच्चै, शौरभी मल्ल,असल सहकारी अभ्यासकर्ताहरु रञ्जना कुमारी शाही, लिल बहादुर सेन र पुष्प कुमारी मल्ल, असल कर्मचारी दिपा शाही मल्ल र संगिता मल्ल तथा जेष्ठ शेयर सदस्यहरु श्यामदेवी मल्ल र बीरेन्द्र हमाललाई सम्मान गरिएको हो । यसअघि कार्यक्रमको उद्घाटन गर्दै सहकारीका सस्थापक कोषाध्यक्ष चक्र बहादुर शाहीले सहकारी गौरब… पुरा पढौ

पोखरेली सर्जक दुर्गादेवीको ‘भावनाको चित्र’ सार्वजनिक

पोखरेली सर्जक दुर्गादेवी बस्नेत गौतमको कविता संग्रह ‘भावनाको चित्र’ सार्वजनिक भएको छ । शुक्ला साहित्य प्रतिष्ठान, पोखराले सोमबार आयोजना गरेको कार्यक्रममा पोखरा महानगरपालिकाका उप प्रमुख मञ्जुदेवी गुरुङले कृतिको लोकार्पण गरिन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरुङले भावनाबाट अभिव्यक्त विचारलाई सुन्दर शिल्पी दिनु नै साहित्य भएको बताउँदै, यसले समाज र संस्कृतिलाई जोड्ने बताईन् । उनले जनप्रतिनिधि भएर पनि बस्नेत साहित्यका बिभिन्न विधामा क्रियाशिल रहेको भन्दै प्रशंसा गरिन् ।पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले बिभिन्न कठिनाईका बीच पनि साहित्य र समाजलाई सँगै… पुरा पढौ