गण्डकी

२१ बुँदे घोषणा पत्र जारी गर्दै घरपझोङ जलवायु परिवर्तन सम्मेलन सम्पन्न, हिमाली क्षेत्रमा जलवायु संकटको अध्ययनसँगै हिमताल र हिमनदीमा निगरानी बढाउन माग

पोखरा, भदौ ३१ मुस्ताङको घरपझोङमा भएको ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’ले २१ बुँदे घोषणा पत्र जारी गरेको छ । सम्मेलनले हिमाली क्षेत्रमा बढ्दो जलवायु संकटको वैज्ञानिक अध्ययन तथा अनुसन्धान गर्न मागसहित २१ बुँदे घोषणा पत्र जारी गरेको हो । सम्मेलनले हिमनदी र हिमतालको निगरानी बढाउनुका साथै पूर्वसूचना प्रणाली विस्तार गर्न पर्याप्त अन्तर्राष्ट्रिय तथा राष्ट्रिय लगानी गर्न माग गरेको छ ।सम्मेलनले जलवायु न्यायलाई मूल मुद्दा बनाउन माग गरेको छ । जलवायु संकटलाई विकास संकटका रूपमा स्वीकार गर्दै सम्मेलनले हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता… पुरा पढौ

प्रदेश उद्योग वाणिज्य संघ गण्डकीको उदाहरणीय कार्य : शवगृहको अभाव झेलिरहेको पोखराका अस्पताललाई पोर्टेवल शवगृह मर्चरी प्रदान

सन्देश श्रेष्ठपोखरा, भदौ ३१ गण्डकी प्रदेशको राजधानी पोखराले शवगृहको अभाव झेलिरहेको छ । जसको परिणाम स्वरुप कुनै दैवी विपत्ती आईपर्दा शव व्यवस्थापनमा सकस हुँदै आएको छ । केहि दिन अगाडि भोटेकोशी बाढीका कारण मृत्यु भएकाहरुको शव व्यवस्थापन गर्न असहज भएको थियो । पोखरामा ८ वटा अस्पतालमा ८८ वटा शव अटाउने क्षमताको शवगृहहरु छन् । तर बाढीमा मृत्यु भएका १०२ वटा शव पोखरा ल्याइएपछि त्यसको व्यवस्थापन गर्न चुनौतिपूर्ण बन्यो । जसका कारण पोखरा–१६ जौबारीस्थित सिंचाईको स्वामित्वमा रहेको गाँडतरामा शव जमिनमुनि व्यवस्थापन… पुरा पढौ

सार्वजनिक यात्रुवाहक सवारीसाधनको दर्ता खुला,काठमाडौँ उपत्यकामा भने सट्टाभर्ना मात्रै

यातायात व्यवस्था विभागले सार्वजनिक यात्रुवाहक सवारीसाधनको निश्चित सीमा तोकेर दर्ता खुला गरेको छ । विभागले भदौ ३० गते सातवटै प्रदेशका पूर्वाधारसँग सम्बन्धित मन्त्रालयलाई पत्राचार गरी काठमाडौँ उपत्यकाभित्रको रुट तथा सवारीसाधन व्यवस्थापनको लागि हाललाई असोज १ गतेदेखि लागू हुने गरी दर्ता खुला गरेको हो । काठमाडौँ उपत्यका बाहिर मात्र दर्ता हुने तथा दर्तामा विद्युतीय सार्वजनिक यात्रुवाहक सवारीसाधनलाई प्राथमिकता दिइने विभागको भनाइ छ । विभागका निर्देशक मणिराम भुसालले काठमाडौँ उपत्यकाभित्र भने स्कुलबस एवं सट्टाभर्नाको हकमा मात्र सार्वजनिक सवारीसाधनको दर्ता खुला गरिएको बताए… पुरा पढौ

गण्डकी प्रदेशमा नौ महिनामा दुई हजार ३११ जनामा डेङ्गु सङ्क्रमण

गण्डकी प्रदेशका १० जिल्लामा गत पुस–माघदेखि हालसम्म दुई हजार ३११ जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको छ । मनाङमा यस वर्ष अहिलेसम्म डेङ्गुको सङ्क्रमण नदेखिएको प्रादेशिक रोग नियन्त्रण केन्द्रले जनाएको छ । गत जुलाइपछि डेङ्गु सङ्क्रमणको दर बढेको केन्द्रका निर्देशक मनमोहन मिश्रले बताए । गत जेठ र असारमा ४१५ जनामा सङ्क्रमण पुष्टि भएकामा साउनमा त्यो सङ्ख्या बढेर एक हजार २४७ पुगेको थियो । भदौ लागेयता ३८२ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । पछिल्लो हप्ता सेप्टेम्बर ७ देखि १३ भित्रमा २२८ जनामा… पुरा पढौ

पोखरामा पेन्सन पट्टाको विशेष शो ,सामाजिक यथार्थ र मौलिक संस्कृतिले सबैको मन छोयो

पोखरामा नेपाली चलचित्र पेन्सन पट्टाको विशेष शो गरिएको छ । पहाडको काखमा हुर्किएको गाउँ, आफ्नै लयमा बाँचिरहेको समाज, परदेशिएको लाहुरेको जीवन, परिवारभित्रका सम्बन्ध, पुराना संस्कार र त्यसैबीच उम्रिएको प्रेम । यिनै कथा र संवेदनालाई चलचित्रको पर्दामा उतारिएको छ । पोखराको मिडटाउन सिनेमाजमा गरिएको विशेष शोमा चलचित्र हेर्न गण्डकी प्रदेश तथा पोखराका राजनीतिक, प्राज्ञिक, सामाजिक र सांस्कृतिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू उपस्थित थिए।विशेष शोमा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारी, गण्डकी प्रदेशका पूर्वमन्त्री एवं सांसद पञ्चराम गुरुङ, सांसद सरस्वती गुरुङ,पोखरा महानगरपालिकाका प्रमुख धनराज… पुरा पढौ

मर्स्याङ्दी नदीमा पानीको सतह बढ्यो, सतर्कता अपनाउन आग्रह

लगातार वर्षा भइरहेका कारण मर्स्याङ्दी नदीमा पानीको सतह बढेको छ । भकुण्डेबेँसीस्थित मस्र्याङ्दी जलमापन केन्द्रका अनुसार अहिले नदीको जलसतह ८.२४ मिटर आसपास रहेको छ । उक्त केन्द्रमा १० मिटरलाई चेतावनी तह मानिएको छ । पानीको बहाव बढ्दा पछिल्ला दिनमा नदीले चेतावनी तह पटकपटक पार गरेको केन्द्रले जनाएको छ । मस्र्याङ्दी नदीमा पानीको सतह बढ्दा ‘साइरन’ बज्ने व्यवस्था गरिएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले मस्र्याङ्दी नदीमा पानीको सतह पटकपटक बढ्ने गरेको र यसले विशेषगरी नदी तथा खोला आसपासका बस्तीमा… पुरा पढौ

तनहुँको एक्लेखेतमा बाढी पस्दा १३ घर प्रभावित

अविरल वर्षाका कारण तनहुँको शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेतमा ताकुडाँडाको खोल्सीको बाढीले स्थानीय १३ घरमा सामान्य क्षति पुर्याएको छ । प्रहरीका अनुसार बाढीबाट कुनै मानवीय क्षति भने नभएको तथा अहिले पानीको बहाव पनि घटिसकेको छ ।गए राति खोल्सामा बहाव बढेर स्थानीयवासीका घरमा पानी पसेको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट कोत्रेबाट प्रहरी सहायक निरीक्षक रामचन्द्र पौडेल नेतृत्वको टोली उद्धारका लागि घटनास्थलमा पुगेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार बाढीको पानी तीनवटा पक्की र १० वटा कच्ची घरमा… पुरा पढौ

सहारा पत्रकारिता पुरस्कारबाट पराजुली पुरस्कृत

पोखरा — सहारा क्लब पोखराले २८औँ वार्षिकोत्सवमा पत्रकार रोहितराज पराजुली एवं परिवारलाई सहारा पत्रकारिता पुरस्कार २०८२ प्रदान गरेको छ।क्लबले सहारा उत्कृष्ट सदस्य पुरस्कार २०८२ बाट सदस्य सिद्धान्त थापा मगरलाई सम्मान गरेको छ। त्यस्तै, कक्षा १२ उत्तीर्ण सदस्य प्रविण श्रेष्ठकी छोरी आस्था श्रेष्ठ र MBA उत्तीर्ण कार्यसमिति सदस्य शैलेश गुरुङलाई शैक्षिक सम्मान प्रदान गरेको छ।विशेष समारोहमा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री माननीय रेखा गुरुङ्ग प्रमुख अतिथिका रूपमा सहभागी थिइन्। हिमश्री फुड्स प्रा.लि.का प्रबन्ध निर्देशक प्रकाश के.सी. र पोखरा महानगरपालिका वडा… पुरा पढौ

फिर्के खोलाको संरचना हटाउन महानगरले भाका सारेको सार्यै

सन्देश श्रेष्ठपोखरा, भदौ ३० पोखराको मध्यभाग बगेर जाने फिर्के खोला मिचेर बनाइएका संरचना भत्काउन स्थानियले अटेरी गरेका छन् । पोखरा महानगरपालिकाले जेठ दोस्रो साता फिर्के खोला करिडोर निर्माण गर्ने भन्दै फिर्के खोलाघर मिचेर बनाइएका संरचना भत्काउने अभियान थालेको थियो । सो क्रममा महानगरले कोतरेर छाडेका संरचना भत्काउन स्थानियले अटेरी गरेका हुन् । जेठ १० गतेदेखि एक हप्तासम्म थालिएको अभियानमा ४५ वटा स्थायी र ११५ वटा अस्थायी गरेर कुल १६० वटै संरचनामा डोजर चलाएको महानगरले जनाएको थियो । तर महानगरले चलाएको… पुरा पढौ

न्युनतम पारिश्रमिक ,श्रम ऎन र सामाजिक सुरक्षा कोष तत्काल लागू गर्न जिल्ला समन्वय कास्कीको आग्रह

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले मजदुरहरुले पाउने न्युनतम पारिश्रमिक तत्काल लागु गर्न आग्रह गरेका छन् । जिल्ला समन्वय समिति कास्कीले मंगलबार जिल्लास्थित बिभिन्न क्षेत्रमा कार्यरत मजदुर ,कामदारहरू र रोजगारदाताहरूको सहभागीतामा आयोजना गरिएको कार्यक्रममा बोल्दै अझै पनि केही रोजगारदाता संस्थाले न्युनतम पारिश्रमिक ,श्रम ऎन र सामाजिक सुरक्षा कोष लागू गर्न आनाकानी गरेको गुनासो आएको बताउँदै, उनले उक्त बिषयहरू कडाईका साथ कार्यान्वयन गर्न अनुरोध गरे प्रमुख पौडेलले श्रमजीवी बर्गले पाउनु पर्ने न्युनतम पारिश्रमिक नपाएको, श्रम ऎनको प्रभाबकारी कार्यान्वयन नभएको र… पुरा पढौ