स्वास्थ्य

गर्भवती र विपन्नलाई निःशुल्क एम्बुलेन्स सेवा

पर्वतको मोदी गाउँपालिकाले पहिलोपटक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । पालिकाभर अहिलेसम्म एम्बुलेन्स नहुँदा स्थानीय गर्भवती, बिरामी, घाइते तथा अपाङ्गता भएकालाई अस्पतालसम्म पु¥याउन कठिनाइ हुँदै आएको थियो । गाउँपालिकाको चालु आर्थिक वर्षको योजनाअन्तर्गत एम्बुलेन्स खरिद गरिएको गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेले जानकारी दिए । सुत्केरी, विपन्न, अपाङ्गता भएका बिरामीलगायतलाई अस्पताल पु¥याउन निःशुल्क सेवा दिने उद्देश्यले एम्बुलेन्स खरिद गरिएको उनको भनाइ छ । रु १४ लाखमा खरिद गरिएको एम्बुलेन्सले यसै सातादेखि सेवा प्रदान गर्ने भएको छ । गाउँ कार्यपालिकाको बैठकले एम्बुलेन्स सञ्चालन… पुरा पढौ

ग्रामिण क्षेत्रमा मोवाइल स्वास्थ्य कार्यक्रमले गर्भवतीलाई राहत

बागलुङ । गर्भवती भएर समेत स्वास्थ्य चौकीको पहुँचमा पुग्न नसकेको बागलुङको बडिगाड गाउँपालिका–१ दगातुन्डाँडास्थित गरङधारा निवासी तारा भुजेलको घरमा गत शनिबार बडिगाड स्वास्थ्य शाखाको समूह पुग्यो । स्वास्थ्य चौकीको पहुँच बाहिर रहेका गर्भवतीहरुलाई वडा कार्यालयको सहयोगमा पहिचान गर्दा उनी गर्भवती भएर स्वास्थ्यचौकी आउन नसक्नुभएकीले घरमै पुगेर उक्त समूहले जाँच गरी आवश्यक औषधि उपलब्ध गराउनका साथै स्वास्थ्य संस्थामा सुत्केरी हुने परिपाटी बसाल्न आग्रह ग¥यो । सो समूहले स्वास्थ्य परीक्षण, परामर्श, भिडियो एक्सरे, डिटि खोप, रगत जाँच र आइरन चक्कीलगायत औषधि उपलब्ध… पुरा पढौ

जाडोमा हृदयाघातको उच्च जोखिम

नेपालमा उच्च रक्तचाप, मधुमेह, उच्च कोलस्ट्रोल हृदयाघात र मस्तिस्कघातजस्ता नसर्ने रोगहरूको प्रकोप बढ्दै गइरहेको छ । यस किसिमका रोगबाट हुने क्षतिले व्यक्ति, समाज र अन्ततः राष्ट्रलाई नै असर पार्न सक्ने भएकाले यी नसर्ने रोगहरूको प्रमुख कारण अस्वस्थ जीवनशैली हो भन्ने सबैले बुझ्न आवश्यक छ । अस्वस्थ जीवनशैली नै मुटसम्बन्धी रोगको प्रमुख कारण भएकाले आवश्यक उपाय अहिलेदेखि नै अवलम्बन गर्नुपर्ने हुन्छ । नभए भोलि प्रत्येक परिवारमा उच्च रक्तचाप, मधुमेह, उच्च कोलस्ट्रोल, हृदयाघात वा अन्य मुटुरोगका बिरामी हुनेछन् । नेपालले स्वास्थ्य क्षेत्रमा… पुरा पढौ

गण्डकीबाट ‘विद्यालय नर्स’ कार्यक्रमका लागि तनहुँका दुई विद्यालय छनोट

गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘विद्यालय नर्स’ कार्यक्रमका लागि तनहुँका दुई विद्यालय छनोट गरेको छ । प्रदेश सरकारको वार्षिक स्वीकृत कार्यक्रमबमोजिम यहाँका दुई विद्यालय ‘विद्यालय नर्स’ कार्यक्रमका लागि छनोट भएका हुन् । आँबुखैरेनी गाउँपालिका–३ स्थित रामशाह माध्यमिक विद्यालय र ऋषिङ गाउँपालिका–६ स्थित श्रृङ्ग माध्यमिक विद्यालय यो कार्यक्रमका लागि छनोट भएका मन्त्रालयका निमित्तसचिव उदयबहादुर पराजुलीले बताए । दुवै विद्यालयमा स्टाफ नर्स (पाँचौँ तह)को दरबन्दी थप गरिएको छ । आँबुखैरेनी गाउँपालिकाले आन्तरिक स्रोतबाट रामशाह माविमा नर्सको व्यवस्थापन गर्दै आएकामा स्थायीरूपमा नर्सको… पुरा पढौ

भारतीय पेन्सन क्याम्प पोखरामा माघ १ गते रक्तदान कार्यक्रम हुने

पोखरा । भारतीय दुतावास पेन्सन बितरण कार्यालय (पेन्सन क्याम्प) पोखराले रक्तदान कार्यक्रम गर्ने भएको छ । पेन्सन क्याम्पका हेड क्लर्क चेतबहादुर खत्रीका अनुसार रक्त संचार केन्द्रमा रगतको अभाब हुन नदिन यहि माघ १ गते आइतबार गर्न लागिएको हो ।“रक्तदान जिबनदान,जिबनदान महादान” भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै गर्न लागिएको कार्यक्रम भारतीय पेन्सन बितरण कार्यालय रामबजारमा बिहान ९ बजेदेखि अपरान्ह ५ बजेसम्म जारीरहने बताइएको छ ।कार्यक्रममा रक्तदान संगै निशुल्क स्वास्थ्य परिक्षण, मुख र दांत सम्बन्धि निशुल्क परिक्षण, रक्त अल्पता, क्यान्सर तथा जीवन शैली… पुरा पढौ

एक विद्यालय एक नर्स कार्यक्रम प्रभावकारी

वाग्मती प्रदेश सरकारको एक विद्यालय एक नर्स कार्यक्रम प्रभावकारी बन्दै गएको छ । प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार सो कायक्रम अन्तर्गत हालसम्म पाँच सय १९ जना प्रदेशको विभिन्न विद्यालयमा नर्स भर्ना गरी स्वास्थ्य क्षेत्रमा काम भएको बताइएको छ । सो मन्त्रालयले २०७८ साल कात्तिक २५ गतेदेखि हालसम्म गरेको कामबारे तयार गरेको प्रतिवेदनमामा सो विषय जनाइएको छ । कोरोना महामारीको समयमा सात प्रदेशमध्ये वाग्मतीमा शतप्रतिशत कोरोना विरुद्धको खोप लगाइएको सो मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव बद्रीबहादुर खडकाका अनुसार चालु आर्थिक वर्षको… पुरा पढौ

नागरिकका स्वास्थ्य अधिकार सुनिश्चि गर्ने महत्वपुर्ण ऐन निर्माण भएको छःमन्त्री गुरुङ

पोखरा । गण्डकी प्रदेश सरकारले नेकपा एमालेका खगराज अधिकारी तेस्रो मुख्य मन्त्रीका रुपमा पाएसंगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गण्डकी प्रदेशले हालसम्मका उपलव्धीहरु सार्वजनिक गरेको छ । प्रदेश मन्त्रालयमा पत्रकार सम्मेलन गरि स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङले उक्त उपलव्धीहरु सार्वजनिक गरेका हुन् । पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अधिकारी गुरुङले २०७८ आषाढ १३ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रीको रुपमा नियुक्त भएपछि आफ्नो कार्यकालको असार मसान्तसम्म ५० वटा महत्वपुर्ण ऐन निर्माण गरिएको बताईन् । ‘मैले मन्त्रालय सम्हाल्दा एकातिर कोभिड- १९ को… पुरा पढौ

अफ्रिकन ‘स्वाइन फिभर’ले तनहुँमा १२ बङ्गुर मरे

अफ्रिकन ‘स्वाइन फिभर’को सङ्क्रमणका कारण तनहुँमा १२ वटा बङ्गुर मरेका छन् । भीमाद नगरपालिका–६ स्थित एक फार्ममा आठ र शुक्लागण्डकी नगरपालिकामा चार वटा बङ्गुर मरेका भेटेरिनरी तथा पशुविज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए । उनले भिमाद नगरपालिकामा पहिलोपटक अफ्रिकन स्वाइन फिभर देखिएको बताए । शुक्लागण्डकीका जगत थापाको फार्म चार वटा बङ्गुर मरेको र केही बङ्गुर बिरामी भएको उनले जानकारी दिए । अफ्रिकन स्वाइन फिभरविरुद्ध हालसम्म भ्याक्सिन बनेको छैन । “गतवर्ष काठमाडौँंमा अफ्रिकन स्वाइन फिभर देखापरेसँगै जिल्लाका किसानलाई सचेत… पुरा पढौ

स्याङ्जाका मगरद्धारा सहरी स्वास्थ्य केन्द्रलाई एक रोपनी १० आना जग्गा निःशुल्क दान

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–१० को विकट गाउँ बझाकोटका मुक्तबहादुर सारु मगरले सहरी स्वास्थ्य केन्द्रको भवन निर्माण गर्न एक रोपनी १० आना जग्गा निःशुल्क दिएका छन् । विशेष गरी वृद्धवृद्धा तथा बालबालिकाको उपचारका लागि गाउँमै स्वास्थ्यचौकी बनाउन सके स–सानो उपचारका लागि टाढा जान नपर्ने महसुस गरी आफूले जग्गा उपलब्ध गराएको जग्गादाता सारुले बताए। “सामान्य उपचारका लागि पनि चिध्यार, वालिङ–१० को मदिखोला तथा वालिङमा रहेको गह्रौँ प्राथमिक अस्पताल जानुपर्ने बाध्यता छ”, उनले भने, “वृद्धवृद्धा र बालबालिकालाई बढी समस्या हुने भएकाले गाउँमै… पुरा पढौ

सहरी स्वास्थ्य केन्द्रलाई जग्गादान

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–१० को विकट गाउँ बझाकोटका मुक्तबहादुर सारु मगरले सहरी स्वास्थ्य केन्द्रको भवन निर्माण गर्न एक रोपनी १० आना जग्गा निःशुल्क दिएका छन् । विशेष गरी वृद्धवृद्धा तथा बालबालिकाको उपचारका लागि गाउँमै स्वास्थ्यचौकी बनाउन सके स–सानो उपचारका लागि टाढा जान नपर्ने महसुस गरी आफूले जग्गा उपलब्ध गराएको जग्गादाता सारुले बताए । “सामान्य उपचारका लागि पनि चिध्यार, वालिङ–१० को मदिखोला तथा वालिङमा रहेको गह्रौँ प्राथमिक अस्पताल जानुपर्ने बाध्यता छ”, उनले भने, “वृद्धवृद्धा र बालबालिकालाई बढी समस्या हुने भएकाले… पुरा पढौ