स्वास्थ्य

जिल्लामा हैजाको जोखिम

चितवन । सङ्घीय राजधानी काठमाडौँ र बागमती प्रदेशको राजधानी हेटौँडामा हैजाको सङ्क्रमण देखिएपछि चितवन उच्च जोखिममा परेको छ । यी दुवै ठाउँमा यहाँका बासिन्दाको दैनिक ओहोरदोहोर हुने भएकाले जोखिम बढेको हो । यससँगै हेटौँडाका अधिकांश बिरामी उपचारका लागि चितवन आउने गर्दछन् । भरतपुरको सहरी क्षेत्रमा बर्सातको समयमा डुबान हुने हुँदा यहाँको पानीमा जुनसुकै बेला प्रदूषण हुनसक्ने उच्च जोखिम छ । यससँगै त्यहाँका सरोकारवालाले हैजाबाट बच्न खानपानमा विशेष ध्यान दिन आग्रह गरेका छन् । भरतपुर अस्पतालका फिजिसियन डा प्रमोद पौडेल मुख्यरुपमा… पुरा पढौ

दुई जनामा हैजा भेटियो

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले हेटाँैडा र चाँगुनारायण नगरपालिकामा दुई जनामा हैजाका बिरामी भेटिएका बताए । ती दुवै जनाको अहिले उपचार भइरहेको छ । नयाँ थपिएकासँग अहिलेसम्म २१ जनामा हैजा भेटिएको उहाँले जानकारी दिए । अहिलेसम्म पाँच जना बिरामीको उपचार भइरहेको छ । हैजा तथा झाडापखाला रोगबाट बच्नका लागि उमालेको वा क्लोरिन झोल हालेर शुद्धीकरण गरिएको पानी मात्र पिउन आग्रह गरिएको छ यस्तै खानेपानीलाई सधैँ सफा भाँडोले छोप्न, खानेकुरालाई राम्ररी पकाएर खान,… पुरा पढौ

भारत, पाकिस्तान, मलेसिया र दक्षिण कोरियामा कारोनाका बिरामी बढे

बितेका केही दिनयता भारत, पाकिस्तान, मलेसिया र दक्षिण कोरियामा कारोनाका बिरामी बढिरहेका छन् । बुधबार भारतमा १६ हजार एकसय ५९ जना, पाकिस्तानमा आठसय १८ जना र दक्षिण कोरियामा १९ हजार तीनसय ७१ जना कोरोना सङ्क्रमित थपिएका छन् । यसैगरी मलेसियामा दुई हजार नौ सय ३२ जना नयाँ बिरामी थपिएका छन् भने तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशमा कोरोना सङ्क्रमितको सङ्ख्या ४५ लाख ७८ हजार सातसय ४१ जना पुगेको छ । हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या… पुरा पढौ

ग्रामीण क्षेत्रका महिलामा आङ खस्ने समस्या

बर्दिया । बर्दियाका ग्रामीण क्षेत्रका अधिकांश महिलामा आङ (पाठेघर) खस्ने समस्या देखापरेको छ । गुलरिया नगरपालिकाले १२ वटै वडामा स्वास्थ्य शिविर सञ्चालन गर्ने क्रममा उक्त अवस्था जानकारीमा आएको हो । गुलरिया स्वास्थ्य शाखाका सिनियर अनमी विष्णु सापकोटाका अनुसार शिविरमा झडै ६०० जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । दश महिलाको पाठेघरमा रिङ राखिको उनले बताए । जाँच गर्दा ४० वर्ष उमेर नाघेका महिलामा आङ खस्ने समस्या पाइएको छ । पाठेघर खस्ने रोगबाट पीडित महिलामध्ये एक चौथाइको शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको सापकोटाले… पुरा पढौ

थप ९० जनामा सङ्क्रमण पुष्टि

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा तीन हजार ११२ को नमूना परीक्षण गरिएको थियो । एक हजार ९४४ ले पिसिआर र एक हजार १५८ को एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सो अवधिमा २० जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६७ हजार ५५५ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।… पुरा पढौ

बालबालिकामा विभिन्न किसिमका क्यान्सर

नेपालमा वार्षिक दुई हजारभन्दा बढी बालबालिकालाई विभिन्न किसिमको क्यान्सर हुने गरेको पाइएको छ । काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागको सहकार्यमा लायन्स क्लब अफ काठमाडौँ हारतीमाता, काष्ठमण्डप, युएनपार्क र गुराँसले आज यहाँ संयुक्त रुपमा आयोजना गरेको ‘बालबालिकालाई हुने क्यान्सर रोगको रोकथामसम्बन्धी सचेतना कार्यक्रम’मा वक्ताहरुले बर्सेनि विश्वभर तीन लाख तथा नेपालमा दुई हजारभन्दा बढी बालबालिकालाई विभिन्न किसिमका क्यान्सर हुने गरेको बताएका हुन् । कार्यक्रममा हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरकी डा। अन्जली पण्डितले बालबालिकालाई बढी मात्रामा रगतको क्यान्सर हुने गरेको बताए ।… पुरा पढौ

काठमाडौँमा थप दुई जनामा हैजा

काठमाडौँ । काठमाडौँ उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले कागेश्वरी मनहरा नगरपालिकामा दुई बालकमा हैजा पुष्टि भएको जानकारी दिए । ती दुवै बालकमा हिजो हैजा पुष्टि भएको हो । योसँगै उपत्यकामा हैजाका बिरामी १९ पुगेका छन् । उनका अनुसार कागेश्वरी मनहरा नगरपालिका–६ का ४ र ६ वर्षका बालकमा हैजा भेटिएको हो । उनले ती दुवै बालक स्थानीय अस्पतालमा उपचारपछि घर फर्किएको बताए । हैजा तथा… पुरा पढौ

ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति फेला

काठमाडौँ । नेपालमा पहिलो पटक कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको नयाँ प्रजातिको फेला परेको छ । काभ्रेपलाञ्चोकस्थित धुलिखेल अस्पतालको प्रयोगशाला गरिएको अणुवाङ्शिक जीन सिक्वेन्सिङ अध्ययनमा ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति फेला परेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले जानकारी दिए । उनका अनुसार देखिएको सङ्क्रमणमा ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति द्यब्छ’ हो । निर्देशक दासले नयाँ प्रजातिको भेरियन्टबारे अध्ययन गरिरहेको बताए । नेपालमा यसभन्दाअघि ओमिक्रोनको द्यब्द्द प्रजातिको भेरियन्ट भेटिएको थियो । महाशाखाले पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सङ्क्रमित बिरामीको नमूनाको… पुरा पढौ

बाँकेमा कोरोना विरुद्धको दोस्रो डोज र बुष्टर डोज लगाइँदै

नेपालगञ्ज । स्वास्थ्य कार्यालय बाँकेले आठ पालिकाका ८१ वडामा आजदेखि कोरोना विरुद्धको दोस्रो डोज र बुष्टर डोज लगाउने भएको छ । विशेषगरी १८ वर्षमाथिका नागरिकलाई लक्षित दुई दिनसम्म नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र जानकी गाउँपालिकामा खोप लगाउन लागिएको छ ।असार २४ देखि २६ गतेसम्म बैजनाथ, डुडुवा, राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा खोप लगाउने तयारी गरिएको छ । अहिलेसम्म बाँकेमा शतप्रतिशतले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएका छन् । स्वास्थ्य कार्यालय बाँकेका अनुसार जिल्लामा हालसम्म चार लाख ८१ हजार ८३३… पुरा पढौ

विश्वभर पुष्टि भएका कोभिड

जोन्स हप्किन्स विश्वविद्यालयको सेन्टर फर सिस्टम्स साइन्स एण्ड इन्जिनियरिङले जुलाई ३ मा कोभिड(१९ बाट सबैभन्दा बढी प्रभावित देशहरूको नवीनतम अद्यावधिकहरू निम्नानुसार उल्लेख गरेको छ । विश्वभर ५४८,८२५,९५५ जना सङ्क्रमित भएका छन् ।देश सङ्क्रमितको सङ्ख्याअमेरिका ८७,८३८,६२३भारत ४३,५०२,४२९ब्राजिल ३२,४७१,८४७फ्रान्स ३१,४१०,३८३जर्मनी २८,३९२,६३०बेलायत २२,९४१,३६०इटाली १८, ६९५,९५४दक्षिण कोरिया १८,३८९, ६११रुस १८,१६७, ६०३रासस पुरा पढौ