स्वास्थ्य

मानव धर्म सेवा समितिद्वारा आर्थिक तथा स्वास्थ्य सामग्री वितरण

नेपाल मानव धर्म सेवा समिति गण्डकी प्रदेशले फ्रन्ट लाईनमा कार्यरत पोखराका प्रहरी तथा ट्राफिक प्रहरीहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । बुद्ध जयन्तीको उपलक्ष्यमा पोखराको रामबजार, सरांगकोट तथा न्युरोडमा कार्यरत प्रहरी तथा ट्राफिक प्रहरीहरुलाई समितिले स्वास्थ्य सामाग्री वितरण गरेको हो । विश्वभर कोभिड १९ को दोश्रो तथा तेस्रो भेरियन्ट फैलिरहेको अवस्थालाई मध्यनजर गर्दै पोखराका प्रहरी तथा ट्राफिक प्रहरीहरुलाई ४० लिटर सेनिटाईजर, ३० थान अक्ससिजन मास्क लगायतका स्वास्थ्य सामग्री वितरण गरेको समितिले जनाएको छ ।सो अवसरमा समितिले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा “अक्सिजन… पुरा पढौ

अक्सिजन अभावमा मृत्यु भएकोमा सांसद बरालको गम्भिर ध्यानआकर्षण

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रिय अस्पताल) मा अक्सिजनको अभावनमा सुत्केरी सहित ७ जनाको मृत्यु भएको घटना प्रति गण्डकी प्रदेशका सांसद रामजी प्रसाद बराल (जीवन) ले गम्भिर ध्यानआकर्षण गराएका छन्। मानव स्वाथ्यको लागि अति आवश्यक पर्ने अक्सिजन उपयुक्त ढंगले प्रतिष्ठानले व्यबस्थापन गर्न नसक्दा एकै रातमा सुत्केरी सहित ७ जना बिरामीको मुत्यु भएको घटना प्रति आफ्नो गम्भिर ध्यानआकर्षण भएको सांसद बरालले ध्यानआकर्षण भएको जनाएका छन्। सामुदायिक अस्पतालमा व्यबस्थापनको कमजोरीका कारण उक्त घटना भएकोमा दुःख समेत व्यक्त गर्दै सांसद बरालले आगामी दिनमा… पुरा पढौ

शुक्रबार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या अहिलेसम्मकै धेरै

काठमाडौं । नेपालमा लगातार कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या तेस्रो दिनपनि बढेको छ । शुक्रबार देशभरबाट थप ९ हजार ८४१ जना कोरोना भाइरस संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जुन अहिलेसम्म धेरै हो । करिव १० हजारको संख्यामा अहिलेसम्म कोरोना भाइरस संक्रमणमुक्त भएका थिएनन् । यो सहित हालसम्म देशभरबाट ४ लाख २८ हजार ६७० जनाले कोरोना भाइरस संक्रमण जितेका छन् । यसअघि बिहीबार ७ हजार २२६ र बुधबार ६ हजार ७१६ जना कोरोना भाइरस संक्रमणमुक्त भएका थिए… पुरा पढौ

सभापति देउवाद्वारा कोभिड रोकथाममा केन्द्रित हुन आग्रह

काठमाण्डौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकभर कोभिड–१९ को महामारी भयाावह भएको वर्तमान अवस्थामा सरकारलाई सम्पूर्ण ध्यान यसको रोकथाम र उपचारमा केन्द्रित गर्न माग गरेका छन् । साथै उनले निषेधाज्ञाका कारण निम्न आय भएका आम नागरिक, साना व्यवसायी, श्रमजीवीहरुको राहत र सहयोगका लागि विशेष आर्थिक प्याकेज घोषणा गर्न समेत सरकारसँग आग्रह गरे । उनले आज वक्तव्यमार्फत कोभिड–१९ को रोकथाम र उपचारमा गम्भीर हुन सरकारलाई पटक–पटक खबरदारी गर्दै आएको उल्लेख गर्दै यही जेठ ६ गते पनि आफ्नै नेतृत्वमा कोभिड–१९ को… पुरा पढौ

कोरोनाविरुद्ध लड्न अर्थ मन्त्रालयले ४१ अस्पताललाई दियो एक अर्ब ४१ करोड

काठमाण्डौं । सरकारले कोभिड–१९ कारण गम्भीर बिरामी परेका र बालबालिकाको उपचारका लागि पिडियाट्रिक आइसीयु र आइसीयु भेन्टिलेटरको व्यवस्था गर्न थप स्रोतको व्यवस्था गरेको छ । अर्थ मन्त्रालयले आज देशका विभिन्न ४१ अस्पताललाई रु एक अर्ब ४१ करोड बराबरको स्रोत सुनिश्चित गरेको हो । जसमा पिडियाट्रिक आइसीयुतर्फ ताप्लेजुङ अस्पताल, सङ्खुवासभा अस्पताल, तेह्रथुम अस्पताल, भोजपुर अस्पताल, खोटाङ अस्पताल, सोलुखुम्बु अस्पताल, ओखलढुङ्गा अस्पताल, रङ्गेली अस्पताल, सुनसरी अस्पताल, सर्लाही अस्पताललाई समान तीन/तीन करोड बराबरको बजेट उपलब्ध भएको छ । यस्तै बारा अस्पताल, रामेछाप अस्पताल,… पुरा पढौ

कास्कीमा थप एक साता निषेधाज्ञा लम्बियो

पोखरा । कास्कीमा कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेपछि लगाइएको निषेधाज्ञा पुनः एक साता थप गरिएको छ । कोरोना महामारीको चेन ब्रेकका लागि भन्दै बैशाख १५ गतेबाट जारी गरिएको निषेधाज्ञालाई बढाएर प्रशासनले जेठको २१ गतेसम्म लम्बाउने निर्णय गरेको हो । जिल्ला कोभिड व्यवस्थापन केन्द्रको बिहिबारको बैठकले निषेधाज्ञाका समयमा यस अघि जारी गरेका निर्णयहरुलाई यथावत राख्दै अत्यावश्यक बाहेकका काममा घर बाहिर ननिस्कन आग्रह गरेको छ । प्रशासनले जारीको गरेको आदेशलाई अवज्ञा गरिएमा प्रचलित कानूनबमोजिम कारबाही गरिने जनाइएको छ । कास्कीमा बिहीबार… पुरा पढौ

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेटबाट कोरोना खोप खरिद गर्न मिल्ने बनाउः सांसद कोइराला

गण्डकी प्रदेश सभा सदस्य एवम् अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई कोरोना विरुद्धको खोप खरिद गर्न मिल्ने बनाउनुपर्ने बताएका छन् । कास्की क्षेत्रनं १(१)बाट निर्वाचित प्रदेश सांसद कोइरालाले वर्तमान विषम परिस्थितिलाई ध्यानमा राख्दै निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि छुट्टिने बजेटलाई कोरोना विरुद्धको खोप खरिदमा प्रयोग गर्न मिल्ने बनाउन प्रदेश सरकारलाई सुझाव दिएका हुन् । गण्डकी प्रदेशको अर्थ मन्त्रालयले आयोजना गरेको आगामी आर्थिक बर्षको बजेट तथा कार्यक्रम तर्जुमाको सन्दर्भमा आयोजित भर्चुअल बैठकमा आफ्नो धारणा… पुरा पढौ

अक्सिजन कन्सनट्रेटर हस्तान्तरण

दमौली । तनहुँ सदरमुकाममा रहेका बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिको संस्था बैंकर क्लब अफ दमौलीले व्यास नगरपालिकालाई दुई थान अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गरेको छ । नगरपालिकाले सञ्चालन गरेको आइसोलेशनका लागि उक्त संस्थाले अक्सिजन कन्सनट्रेटर सहयोग गरेको हो । बैंकर क्लबका अध्यक्ष राजु रानाले आज नगरप्रमुख वैकुण्ठ न्यौपानेलाई अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गरे । कोभिड–१९ को विषम परिस्थितिमा नगरवासीको जीवनरक्षाका लागि सामाजिक उत्तरदायित्व वहन गर्दै अक्सिजन कन्सनट्रेटर सहयोग गरेका रानाले बताए । उनका अनुसार रु दुई लाख ५४ हजार बराबरको सामग्री नगरपालिकालाई… पुरा पढौ

दमौली अस्पतालमा अक्सिजन प्लाण्ट जडानको तयारी अन्तिम चरणमा

तनहुँ । तनहुँको दमौली अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाको तयारी अन्तिम चरणमा पुगेको छ । कोरोना सङ्क्रमितको उपचारमा सहयोग पु¥याउन अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न लागिएको हो । शुक्रबारसम्म प्लान्ट जडान गर्ने तयारी गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिए । “कहाँनेर राख्ने भनेर ठाउँ हेरेका छाँै, सम्झौता भएको कम्पनीले शुक्रबारसम्म जडान गरिदिने प्रतिबद्धता जनाएको छ”, अधिकारीले भने । प्लान्टबाट उत्पादित भएको अक्सिजन प्रत्येक बिरामीको श्ययामा विस्तार गरिनेछ । तत्कालका लागि सिलिण्डरमा भर्ने नभई पाइपलाइनमार्फत श्ययासम्म विस्तार गरिने अधिकारीले… पुरा पढौ

कास्कीमा हालसम्म करिव १४ हजार १ सय कोरोना भाइरसमुक्त, ३१७२ आइसोलेसनमा

पोखरा । कास्कीमा हालसम्म करिव १४ हजार एक सय जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा २५१ जना कारोनामुक्त भएसंगै निको हुनेको संख्या १४ हजार ९८ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । सोही अवधीमा ३७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका ६७४ जनामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पाइएको हो । यो सहित हालसम्म कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या १७ हजार ५३८ पुगेको छ । यस्का साथै जिल्लामा अव ३ हजार… पुरा पढौ