स्वास्थ्य

प्रदेश सरकारलाई सांसद कोइरालाको सुझाव : सिधै खोप खरिद गरेर प्रदेशबासीलाई लगाउ

गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति एवं नेकपा माओवादी केन्द्रका युवा नेता दीपक कोइरालाले खोपका लागि संघ सरकारको भर नपर्न सुझाव दिएका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज आह्वान गरेको सर्बदलीय बैठकमा बोल्दै प्रदेश सांसद तथा समिति सभापति कोइरालाले सिधै खोप खरिद गरेर प्रदेशबासीलाई खोप उपलब्ध गराउन सुझाव दिएका हुन् । संघ सरकारले खोप कहिले ल्याउँछ थाहा छैन, बैठकमा उनले भनेका थिए, कोरोना महामारी नियन्त्रण र न्यूनिकरण गर्ने भनेको खोपले मात्र सम्भव देखियो, त्यसैले संघ सरकारको भर नपरी प्रदेशले… पुरा पढौ

पोखरा १९ मा कोभिड क्लिनिक शुरु

बढ्दो महामारीका रुपमा रहेको कोभिड ज्ञढ का विषयमा परामर्श दिने उद्देश्यले वडा कार्यालय पोखरा १९ ले जेष्ठ नागरिक तथा कोभिड मनोसामाजिक परामर्श स्वास्थ्य क्लिनिक शुरु गरेको छ।पोखरा ज्ञढ लामाचौर बगैंचा रहेको अकला लक्ष्मीनारायण मन्दिरको सभाहलबाट सुरु गरिएको हो।क्लिनिक को एक कार्यक्रमकाबीच वडा अध्यक्ष शोभा मोहन पौडेलले सुरुवात गर्नुभएको हो कार्यक्रममा बोल्दै वडा अध्यक्ष शोभा मोहन पौडेलले पछिल्लो समय को रोनाको महामारी बढिरहेको र देशमा निषेधाज्ञा जारी रहेकाले यसबाट पर्ने प्रभावलाई न्युनिकरण गर्न किल्निक सफल हुने बताउनुभयो । लामाचौर स्वास्थ्य स्चौकीका… पुरा पढौ

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्टसँगै आईसियू बेडपनि थपिने

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बृहद अक्सिजन प्लान्ट स्थापनासँगै आईसियू बेडपनि थपिने भएको छ । नागरिक स्तरबाटै आर्थिक संकलन गरेर पश्मिचमाञ्चल क्षेत्रीय अस्पतालमा स्थापना गर्न लागिएको अक्सिजन प्लान्टसँगै आईसियू बेडपनि थपिने भएको हो । बतास फाउण्डेसनका अध्यक्ष आनन्दराज बतासको पहलमा शुरु भएको अक्सिजन प्लान्ट निर्माणलाई हाल महा अभियानको रुपमा अगाडि बढाइएको छ । जस अन्तर्गत अहिले ‘रु १०० दान गरौं, महामारीमा प्राण राखौं’ भन्ने नाराका साथ आर्थिक संकलन महाअभियान सञ्चालन भइरहेको छ । कोषमा हालसम्म साढे ३… पुरा पढौ

गण्डकी प्रदेशमा २४ हजार बढीले जिते कोरोना , आजमात्रै थप ६५३ संक्रमणमुक्त

पोखरा । गण्डकी प्रदेशमा हालसम्म २४ हजार बढी कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । सोमबार विभिन्न जिल्लाका ६५३ जना कोरोना मुक्त भएसंगै प्रदेशमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या बढेर २४ हजार ४२० पुगेको हो । हालसम्म प्रदेशमा ३५ हजार ३२६ जना कोरोना संक्रमित भएका छन् । अब १० हजार ३५५ जना आइसोलेसनमा छन् । तीमध्य ९ हजार ६०७ जना होम आइसोलेसनमा रहको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । गत साता ४ हजार बढी कोरोना भाइरस संक्रमण मुक्त भएका छन्… पुरा पढौ

गण्डकी प्रदेशमा थप ७४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

पोखरा । गण्डकी प्रदेशमा सोमबार थप ७४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा कास्कीका २६३, नवलपरासी वर्दघाट सुस्ता पूर्वका १३३, तनहुँका १०४, स्याङ्जाका ८८, पर्वतका ५९, म्याग्दीका ३८, लमजुङका २३, बाग्लुङका २१, गोरखाका ११, मनाङ मुस्ताङका २–२ जना छन् । आज संक्रमित भएका मध्य ३३० जना महिला हुन् भने बाँकी ४१४ जना पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । यो सहित हालसम्म… पुरा पढौ

मनाङमा कोरोना सङ्क्रमण जित्नेको सङ्ख्या बढ्दै

 मनाङ। हिमाली जिल्ला मनाङमा नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना सङ्क्रमण जित्ने बढ्दै गएका छन् । केही समय शून्य सङ्क्रमित रहेको मनाङमा नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना सङ्क्रमणलाई मनाङमा एकै दिन २८ जनाले जितेका छन् । धेरैजसो होम आइसोलेशनमा बसेका कोरोना सङ्क्रमित सङ्क्रमणमुक्त भएको स्वास्थ्य कार्यालय मनाङले जनाएको छ । हालसम्ममा जिल्लामा ८४ सङ्क्रमितमध्ये ६३ जना सङ्क्रमणमुक्त भएर घर फर्किसकेका छन् । कोरोना सङ्क्रमणमुक्त हुने सङ्ख्या बढ्दै गएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले जानकारी दिए । उनले २१ सक्रिय सङ्क्रमित… पुरा पढौ

तनहुँ उद्योग वाणिज्य संघको आपतकालिन कोषमा १० लाख संकलन

तनहुँ उद्योग वाणिज्य संघले थालेको सहयोग संकलन अभियानअन्र्तगत १० लाख रुपैयाँ संकलन भएको छ। संघले थालेको अभियानअन्र्तगत जिल्लाका व्यवसायी तथा देश विदेशका सुभेच्छुकबाट रकम संकलन गरिएको हो। संघले संकलित रकमबाट आफ्ना एकाईमार्फत सुरक्षाकर्मी तथा अन्य आवश्यक क्षेत्रमा सहयोग गरिरहेको उद्योग वाणिज्य संघले जनाएको छ। कोभिड संकटका बेला खटिएका आपतकालिन क्षेत्रका कर्मचारी, सुरक्षाकर्मी तथा आवश्यक क्षेत्रमा सघाउन भन्दै तनहुँ उद्योग वाणिज्य संघले सहयोग संकलन अभियान संचालन गरेको थियो। अक्सिजनसहित साढे २ लाखको सामान खरिद संघले २५ थान अक्सिजन सिलिण्डर खरिद गरेर… पुरा पढौ

रेडियो सराङकोटको रगत संकलन अभियानमा ३० यूनिट रगत सङ्कलन

पोखरा । रेडियो सराङकोटको रगत संकलन अभियान र सुविधा बचत तथा ऋण सहकारी संस्थाको संयोजनामा पोखरामा सम्पन्न रक्तदान कार्यक्रममा ३० यूनिट रगत संकलन भएको छ । कोरोना माहामरीका कारण रगत अभावलाई मध्यनजर गर्दै आयोजना गरिएको रक्तदानमा ३० यूनिट रगत संङ्कलन भएको छ । माहामरीको विचमा आवश्यक मात्रामा रगत सङ्कलन हुन नसक्दा रक्त संचार केन्द्रमा रगत अभाव पुरा गर्न रेडियोद्वारा जेठ महिनाभर पोखराका विभिन्न संघसंस्थासंग समन्वय गरी रगत सङ्कलन गरिने रेडियोका कार्यकारी निर्देशक कृष्ण थापाले बताए । सुविधा बचत तथा ऋण… पुरा पढौ

पोखरा लेडी जेसीसद्वारा मिनी अक्सिजन बैकको लागि ४६ हजार ५ सय सहयोग

रोटरीको पहलमा पोखराको मणिपाल शिक्षण अस्पतालमा स्थापना गर्न लागिएको नोभल कोरोना भाइरस कोभिड १९ सेन्टर र ’मिनी अक्सिजन बैंकका लागि पोखरा लेडी जेसीसले आर्थिक सहयोग गरेको छ । पोखरका सात वटा रोटरी क्लब र प्रदेश नं ४ का रोट्याक क्लबहरुको संयोजनमा “जीवन को आशा“ भन्ने नारासहित स्थापना गर्न लागिएको कोभिड १९ सेन्टर र ’मिनी अक्सिजन बैंकका लागि लेडी लेजिसले ४६ हजार ५ सय रुपैयाँ आर्थिक सहयोग गरेको हो । सहयोग रकम आर्थिक संकलन संयोजक जेसी बिनिता सुबेदीले गरेकी थिईन् ।… पुरा पढौ

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १७ जनाको निधन

पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट थप १७ जनाको निधन भएको छ । संक्रमणबाट कास्की र स्याङ्जामा ४–४ जना, म्याग्दीका ३, गोरखाका २, पर्वत, लमजुङ र नवलपरासी वर्दघाट सुस्ता पूर्वका एक–एक जनाको निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निदेशनालय पोखराले जनाएको छ । निर्देशनालयका अनुसार पोखरा महानगरपालिका वडा नम्वर ५ का ४६ वर्षिय पुरुष, वडा नम्वर १० का ५० वर्षिय पुरुषको उपचारका क्रममा पछिल्लो २४ घण्टामा निधन भएको हो । यस्तै स्याङ्जाको गल्याङ– ११ का ३५ वर्षिय… पुरा पढौ