स्वास्थ्य

भारतद्वारा विश्व समुदायलाई दुई करोड २२ लाख खोप हस्तान्तरण

नयाँ दिल्ली । कोरोनाभाइरस विरुद्धको खोप विकास गरेको भारतले विश्व समुदायलाई दुई करोड २९ लाखभन्दा बढी खोप प्रदान गरेको छ । भारतको विदेश मामिला मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार भारतले विभिन्न देशलाई दुई करोड २९ लाख ७० हजारभन्दा बढी खोप प्रदान गरेको हो । “भारतले आजको मितिसम्म दुई करोड २९ लाख ७० हजारभन्दा बढी खोप विश्व समुदायलाई प्रदान गरेको छ,” विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भने । उनका अनुसार विश्व समुदायलाई दिइएको कुल खोपमध्ये झण्डै ६४ लाख ७० हजार खोप… पुरा पढौ

पछिल्लो २४ घण्टामा थप एक सय २७ सङ्क्रमित

काठमाण्डौं । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण आज १२७ जनामा देखिएको छ । विभिन्न प्रयोगशालामा चार हजार जनाको पीसीआर परीक्षण गर्दा ४७ महिला र ८० पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा जनाइएको छ । आज देखिएका सङ्क्रमितसँगै सङ्क्रमणको सङ्ख्या दुई लाख ७२ हजार ५५७ पुगेको छ । संस्थागत आइसोलेसनमा एक हजार चार र क्वारेन्टिनमा ७९ जना रहेका छन् । यस्तै सङ्क्रमणबाट निको भएर आज १३६ जना घर फर्किएका छन् । अहिलेसम्म निको भएर घर फर्किनेको सङ्ख्या… पुरा पढौ

गण्डकी प्रदेशका ३१४ जना आइसोलेसनमा, १५ हजार बढी कोरोना भाइरस संक्रमण मुक्त

पोखरा । गण्डकी प्रदेशमा हालसम्म १५ हजार २६० जना कोरोना भाइरस संक्रमणमुक्त भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । पछिल्लो २४ घण्टामा प्रदेशका ३२ जना संक्रमण मुक्त र २१ ज्नामा कोरोना भाइरस संक्रमणको पुष्टि छ । विभिन्न जिल्लाका १०८ जनामा गरिएको पिसिआर परीक्षणमा कास्कीका १९, पर्वत र स्याङ्जाका एक–एक जनामा संक्रमण पुष्टि भएको निर्देशनालयद्वारा कोभिड–१९ सम्बन्धि गण्डकी प्रदेशको अध्यावधिक विवरणमा भनिएको छ । यो सहित हालसम्म प्रदेशभर कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या १५ हजार ७७७ पुगेको छ… पुरा पढौ

दोस्रो प्राथमिकतामा परेकालाई फागुन २ गतेदेखि खोप

काठमाडौँ। सरकारले पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई फागुन २ गतेदेखि कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ लगाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले फागुन २ देखि ८ गतेसम्म दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई खोप लगाइने जानकारी दिए। दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई जिल्लाबाटै खोप प्रदान गरिने छ । पहिलो प्राथमिकतामा परेका व्यक्तिबाट बचेको खोप मन्त्रालयको दोस्रो प्राथमिकता परेका तीन लाख व्यक्तिलाई लगाइने उनले बताए । खोप अस्पताल र स्वास्थ्य सङ्घसंस्थाबाट लगाइने भएको छ । उनका अनुसार जिल्लास्थित सबै सरकारी… पुरा पढौ

केन्द्रीय कारागारका दुई हजार ७०० कैदीबन्दीलाई कोरोना खोप

काठमाडौँ।सरकारले केन्द्रीय कारागारका दुई हजार ७०३ कैदीबन्दीलाई कोरोना खोप प्रदान गरेको छ । सरकारले प्राथमिकताका आधारमा कोरोना खोप प्रदान गर्ने निर्णयअनुसार पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मीसँगै कैदीबन्दीलाई समेत कोरोना खोप प्रदान गरेको हो । केन्द्रीय कारागार जगन्नाथदेवलका सूचना अधिकारी रविनकुमार राईले तीन हजार ३३६ कैदीबन्दी रहेको केन्द्रीय कारागारमा दुई हजार ७०३ कैदीबन्दीलाई कोरोना खोप प्रदान गरिएको जानकारी दिए । “कोरोना खोप लगाउन नमान्ने कैदीबन्दी र विरामी कैदीबन्दीबाहेक अन्य सबै कैदीबन्दीलाई कोरोना खोप प्रदान गरेका छौँ”, राईले भने । विसं १९७१ मा… पुरा पढौ

कोरोनाको खोप लगाएकाले क्वारेन्टिनमा बस्नु पर्दैन

कोरोनाविरुद्धको खोपको पूर्ण डोज लिएर १४ दिन पूरा गरेकाहरु संक्रमितको सम्पर्कमा आएपनि अनिवार्य क्वारेन्टिन बस्न नपर्ने जनाइएको छ। अमेरिकाको रोग रोकथाम तथा नियन्त्रण केन्द्र (सीडीसी)ले फाइजर बायोनटेक वा मोडर्ना खोपको दुवै डोज पूरा गरेको १४ दिनपछि संक्रमितको सम्पर्कमा पुगेपनि क्वारेन्टिनमा बस्न नपर्ने जनाएको हो। खोपको दोश्रो डोज लिएको १४ दिनमा बल्ल पूर्ण रुपमा रोग प्रतिरोधी क्षमता बन्ने भएकाले यो अवधि पूरा गरेकालाई खोप पूरा गरेका मानिएको हो। यसको मतलब उसले अन्य सुरक्षा सावधानी अपनाउनु नपर्ने भने होइन। खोपले कहिलेसम्म जोगाउँछ… पुरा पढौ

शिक्षकलाई कोरोना भाइरस विरुद्धको खोप लगाउने तयारी

काठमाण्डौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अग्रपङ्तिमा खटिने शिक्षक–कर्मचारीलाई कोरोना खोप लगाउने व्यवस्था गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग अनुरोध गरेको छ । मन्त्रालयले सरकारको नीतिबमोजिम विद्यालय र विश्वविद्यालयमा कार्यरत शिक्षकलाई प्राथमिकताका आधारमा खोप लगाउने व्यवस्थाका लागि पत्र पठाएको हो । यसअघि नेपाल शिक्षक महासङ्घ, नेपाल अभिभावक सङ्घ, प्याब्सन, एन प्याब्सनलगायत संस्थाले शिक्षकहरुलाई कोभिड खोप लगाउन आग्रह गर्दै मन्त्री श्रेष्ठलाई ध्यानाकर्षण गराएका थिए । महासङ्घका अध्यक्ष बाबुराम थापा, प्याब्सनका अध्यक्ष टीकाराम पुरी र एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले कोभिड–१९ खोप… पुरा पढौ

कास्कीका २५२ सहित गण्डकी प्रदेशमा ३३५ जना आइसोलेनमा

पोखरा । गण्डकी प्रदेशमा हालसम्म कोराना भाइरसका सक्रिय संक्रमितको संख्या ३३५ रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा ३८ जना कोरोना भाइरस संक्रमणमुक्त भएसंगै आइसोलेसनमा रहनेको संख्या घेटेको हो । निर्देशनालयका अनुसार सबैभन्दा बढी कास्कीमा २५२ जना सक्रिय संक्रमत छन् । यस्तै बाग्लुङमा २४, तनहुँमा १६ , म्याग्दीमा १४, पर्वतमा १३, लमजुङमा १०, स्याङ्जामा ३, गोरखामा २, नवलपरासी बर्दघाट सुस्ता पूर्वमा एक जना छन । मनाङ र मुस्ताङमा सक्रिय संक्रमितको संख्या शून्य रहेको निर्देशनालयद्वारा… पुरा पढौ

कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या २३ लाख नाघ्यो

कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २३ लाख नाघेको छ। विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या २३ लाख २ हजार ३ सय २ पुगेको छ। पछिल्लो २४ घण्टामा विश्वमा कोरोनाका कारण ११ हजार ७ सय ५२ जनाको मृत्यु भएको छ।सोही अवधीमा ४ लाख ३२ हजार ३ सय ३२ कोरोना संक्रमित थपिएका छन्। तथ्यांक अनुसार हालसम्म विश्वमा १० करोड ५३ लाख ९४ हजार ३ सय १ जनामा कोरोना संक्रमण भइसकेको छ। पुरा पढौ

आजदेखि १३ हजार पत्रकारले कोरोनाविरूद्ध खोप लगाउँदै

सरकारले, आज (सोमबार) देखि १३ हजार पत्रकारहरुका लागि कोरोनाविरुद्धको खोप उपलब्ध गराउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले (आज) सोमबारदेखि कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप अग्रपंक्तिमा काम गर्ने पत्रकारलाई उपलब्ध गराउने भएको हो। भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई लगाइएपछि पत्रकारलाई लगाउने तयारी गरिएको हो। खोप लगाउने पत्रकारको विवरण खोप सचिवालय (स्वास्थ्य सेवा विभाग) मा उपलब्ध गराउन खोप लगाउन पत्रकारले आफ्नो परिचय पत्र खुल्ने गरी सूचना विभागको प्रेस पास लिएर जानुपर्ने हुन्छ। देशभर करिब १३… पुरा पढौ