स्वास्थ्य

सबै प्रदेशमा मानव अङ्ग प्रत्यारोपण उपकेन्द्र स्थापना गर्ने सरकारको घोषणा

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सातवटै प्रदेशमा मानव अङ्ग प्रत्यारोपण केन्द्र स्थापना गर्ने घोषणा गरेका छन् । विश्व अङ्गदान दिवसका अवसरमा भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा अङ्गदान गर्नेहरुलाई आज सम्मान गर्दै मन्त्री पौडेलले आफूले हालै सार्वजनिक गरेको कार्ययोजनामा पनि अङ्गदान केन्द्र स्थापनाको विषय समेटिएको बताए ।“मानव अंगदानका लागि सबै प्रदेशमा यसै केन्द्रको शाखाका रुपमा उपकेन्द्र सञ्चालन हुनेछन्”, उनले भने, “तत्काल कोशी प्रदेशबाट यो काम थालिनेछ ।” भक्तपुरलाई केन्द्र बनाएर सातै प्रदेशमा अङ्ग प्रत्यारोपण उपकेन्द्र स्थापना गर्ने तयारी… पुरा पढौ

दमौली अस्पताललाई एक करोड बराबरका उपकरण हस्तान्तरण

तनहुँ । स्वास्थ्य सेवा विभागले सदरमुकामस्थित दमौली अस्पताललाई रु।एक करोड मूल्य बराबरका चारवटा प्रयोगशालायन्त्र प्रदान गरेको छ । विभागले हेमाटोलोजी एनालाइजर,अटोमेटेड युरिन एनालाइजर,फुल्ली अटोमेटिक इलेक्टोल्याट एनालाइजर र फुल्ली अटोमेटेड बाइक्यामेस्ट्री एनालाइजर प्रदान गरेको हो । पूर्वमन्त्री शङ्कर भण्डारीले अस्पताल विकास समितिका अध्यक्ष शान्तिरमण वाग्लेलाई ती उपकरण हस्तान्तरण गरेका हुन् । नयाँ उपकरण जडान भएसँगै अब दुई घण्टामा बिरामीले ‘ल्याब रिपोर्ट’ पाउने छन् । यसअघि त्यस्ता विवरण प्राप्त गर्न पाँच घण्टाभन्दा बढी समय लाग्दैआएको थियो । उपकण हस्तान्तरण गर्न आयोजित कार्यक्रममा… पुरा पढौ

बिटी क्लबको पहिलो रक्तदानमा १ सय ४ युनिट संकलन

पोखराः पोखरामा क्रियाशिल बुद्ध टोल युवा क्लब (बिटी) ले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गरेको रत्तदानमा १ सय ४ युनिट संकलन भएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बुद्ध टोल युवा क्लबले आयोजना गरेको खुल्ला रक्तदानमा १ सय ४ जनाले रक्तदान गरेको क्लबका अध्यक्ष अशिम थापाले जानकारी दिए । बिटी क्लबले अब हरेक वर्ष खुला रक्तदानको आयोजना गर्ने उनले बताए । पोखरा महानगरपालिका–१ टुडिखेलमा आयोजना गरिएको खुल्ला रक्तदान कार्यक्रमलाई निरन्तरता दिँदै जाने क्लबका सचिव रेशम सापकोटाले बताए । उनका अनुसार… पुरा पढौ

मधेश प्रदेशका चार स्थानीय तहमा खाद्य तथा पोषण कार्यक्रम विस्तार

जनकपुरधाम । मधेस प्रदेशको थप चारवटा स्थानीय तहमा बाढी प्रभावितका लागि सङ्घीय सरकारद्वारा खाद्य तथा पोषण सुरक्षा कार्यक्रम विस्तार गरिएको छ । विश्व बैङ्कको सहयोगमा उक्त कार्यक्रम विस्तार गरिएको हो । मधेस प्रदेशको चारवटा जिल्लामा सो कार्यक्रम कार्यान्वयनमा थियो । हालै धनुषा र महोत्तरीको बाढी प्रभावित गाउँपालिकाका गरिब तथा विपन्न किसानलाई लक्षित गरी कार्यक्रम विस्तार गरिएको हो । खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लस्टर एकाइ धनुषाका वरिष्ठ कृषि विकास अधिकृत युगलकिशोर तिवारीका अनुसार महोत्तरीको सम्सी, सोनमा र धनुषाको वटेश्वर… पुरा पढौ

पर्वतमा सुरक्षित गर्भपतन सेवा लिने बढे

पर्वत । पर्वतमा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्यामा वृद्धि भएको छ । सुरक्षित गर्भपतन सेवा भएका सरकारी तथा सूचिकृत स्वास्थ्य संस्थाबाट गत आर्थिक वर्ष २०८०/८१ मा करिव एक हजार तीन सय जनाले गर्भपतन सेवा लिएका थिए । जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत अञ्जली पिसीका अनुसार सरकारी स्वास्थ्य सस्थाबाट मात्र नौ सय सातजनाले गर्भपतन सेवा लिएका थिए । यसैगरी जिल्ला सदरमुकाम कुश्मामा रहेको मेरी स्वास्थ्य सेवा क्लिनिका प्रमुख फूलमाया सापकोटाका अनुसार गत आव मा तीन सय ९० जनाले गर्भपतन सेवा लिएका… पुरा पढौ

स्याङजाका मिर्गौला पीडित जमुना थापालाई १५ लाख सहयोग

वालिङ । स्याङ्जाकी एक मिर्गौला पीडित महिलालाई रु १५ लाख रकम सङ्कलन गरी हस्तान्तरण गरिएको छ । स्याङ्जाको गल्याङ नगरपालिका–११ छाप घर भइ हाल गल्याङ बजारमा बस्दै आएकी जमुना थापाको उपचारका लागि नेपाल मगर सङ्घ गल्याङ नगर समितिले रकम सङ्कलन गरी हस्तान्तरण गरेको हो । दुवै मिर्गौलाले काम गर्न छाडेपछि उपचाररत थापाको जीवन रक्षाका लागि नेपाल मगर सङ्घ गल्याङले ‘जमुना बचाऔँ’ अभियानमार्फत देश तथा विदेशबाट रकम सङ्कलन गरिएको नेपाल मगर सङ्घ गल्याङका अध्यक्ष कुमार रानाले जानकारी दिए । “दुवै मिर्गौलाले… पुरा पढौ

मिर्गौला पीडित पूर्णलाल नेपालीलाई साढे तीन लाख सहयोग

दमौली । तनहुँको ऋषिङ गाउँपालिका निवासी मिर्गौलापीडित पूर्णलाल नेपालीलाई रु तीन लाख ६६ हजार पाँच सय ७८ हस्तान्तरण गरिएको छ । ऋषिङ गाउँपालिकाका प्रवक्ता विजय दरैको अगुवाइमा सङ्कलन भएको उक्त रकम शनिबार निजलाई हस्तान्तरण गरिएको हो । आर्थिक अवस्था नाजुक भएका नेपालीलाई सघाउन प्रवक्ता दरैले पूर्णलाल नेपाली बचाउ अभियान सञ्चालन गरेका थिए। त्यसक्रममा एक सय तीन जना व्यक्तिले सहयोग गरेका थिए । “निजको अवस्थाबारे जानकारी पाएपछि मैले रु सात हजार पाँच सय प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै सामाजिक सञ्जालबाट सहयोगका… पुरा पढौ

तनहुँमा सात सय ५४ जनामा डेङ्गी सङ्क्रमण

दमौली । तनहुँ जिल्लामा डेङ्गी सङ्क्रमण बढ्दै गएको छ । शुक्रबारसम्म जिल्लाका पाँच स्थानीय तहका सात सय ५४ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स पूजा कुँवरका अनुसार व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र भिमाद नगरपालिकामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । अहिलेसम्म भानु नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका र देवघाट गाउँपालिकामा भने सङ्क्रमित फेला परेका छैनन् । व्यासमा ५७, शुक्लागण्डकीमा एक सय पाँच, भिमादमा दुई, बन्दीपुरमा ३५ र… पुरा पढौ

ज्वरो र झाडापखालाका बिरामीले दमौली अस्पताल भरिभराउ

तनहुँ । सदरमुकामस्थित दमौली अस्पतालमा ज्वरो र झाडापखालाका बिरामी भरिभराउ हुन थालेका छन् । वर्षायाम सुरु भएयता बिरामीको चाप बढ्दै गएको छ । एक सातादेखि यहाँ ज्वरो र झाडापखालाका बिरामीको सङ्ख्या अधिक बढेको छ । असारदेखि हालसम्म ज्वरो र झाडापखालाका बिरामी दैनिक उपचार गर्न आउने गरेका अस्पतालका सूचना अधिकारी डा कमल भण्डारीले जानकारी दिए । उनका अनुसार अस्पतालमा दैनिक तीन सय ५० देखि चार सयसम्म बिरामी उपचारका लागि आउने गरेका छन् । उनले भने, “उपचारमा आउने बिरामीमध्ये अधिकांश ज्वरो र… पुरा पढौ

गण्डकीमा हेमोडायलसिस सेवालाई व्यवस्थित गर्न सफ्टवेयर निर्माण

पोखरा । गण्डकी प्रदेशमा हेमोडायलसिस सेवालाई व्यवस्थित गर्न हेमोडायलसिस रेकर्ड मनीटोरिङ सिष्टमको विकास गरएको छ । राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा उक्त सफ्टवेयर निर्माण गरिएको हो । जसको बुधबार मन्त्रालयमा नै एक कार्यक्रमका बीच सामाजिक तथा स्वास्थ्य मन्त्री विन्दुु कुमार थापाले उद्घाटन गरे । मन्त्री थापाले सफ्टवेयरका माध्यम प्रदेशमा भएका डायलसिस गर्ने विरामीको सही तथ्याङ्कका विषयमा जानकारी लिन मदत पुुग्ने बताए । उनले रिफर गरेर एउटा अस्पतालबाट उपचारका लागि अर्को अस्पताल जाँदा पनि डुप्लीकेसन नहुने तवरले उपचार गर्न सहायक सिद्ध हुने… पुरा पढौ