स्वास्थ्य

शुक्लागण्डकीमा २ सय २५ जना ज्येष्ठ नागरिक तथा महिलाहरुको स्वास्थ परिक्षण

तनहुँ । ब्राम्हण समाज नेपाल,जस्पुर दिदीबहिनी समुह शुक्लागण्डकी नगरपालिका वडा नं १२ को आयोजनामा तनहुँको शुक्लागण्डकी नगरपालिका, वडा नं १२ को घुमाउने चौतारामा बृहत निःशुल्क स्वास्थ्य शिविर,स्तन तथा पाठेघर क्यान्सर संबन्धी जाँच एवम जनचेतना कार्यक्रम सम्पन्नभ एको छ । शिविरमा २ सय २५ जना भन्दा बढीले स्वास्थ्य जाँच गराएको शिविर सञ्चालन समितिका सदस्य केशबराज पौडेल र निश्चल पौडेलले जानकारी गराएकाछन् । नेपाल मणिपाल शिक्षण अस्पताल पोखरा फुलबारीमाकार्यरत विशेषज्ञ चिकित्सकहरूले जनरल मेडिसिन, छाती रोगसम्बन्धी र स्तन तथा पाठेघर क्यान्सर सम्बन्धिचिकित्सीय सेवाउपलब्ध… पुरा पढौ

‘लू’ बाट नागरिकलाई जोगाउने प्रयासमा लाग्न गृहको परिपत्र

गृह मन्त्रालयले तातो हावाको लहर (लू) बाट नागरिकलाई जोगाउनका लागि आवश्यक तयारीमा जुट्न तराई–मधेसका जिल्ला प्रशासन तथा अन्य सम्बद्ध निकायहरूमा परिपत्र गरेको छ । मन्त्रालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत सबै जिल्लाहरूमा परिपत्र गर्दै लूबाट जोगाउने उपायका बारेमा सर्वसाधारणमा सचेतना फैलाउन निर्देशन दिएको हो । प्राधिकरणका नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख, सहसचिव भरतमणि पाण्डेका अनुसार गर्मी हुने जिल्लाहरूका लागि मङ्गलबार साँझ नै परिपत्र पठाइसकिएको जानकारी दिए । उनले लूसम्बन्धी सन्देश उत्पादन र प्रसारणबारे तराई–मधेसका जिल्ला प्रशासन कार्यालयहरूलाई… पुरा पढौ

बागलुङका ११ हजार बालबालिकालाई आइपीभी खोप लगाइँदै

ढोरपाटन । बागलुङमा यस वर्ष ११ हजार सात सय ७१ जना बालबालिकाका लागि यही जेठ १३ देखि २६ गतेसम्म आइपीभी खोप अभियान सञ्चालन हुने भएको छ । खोप अभावका कारण २०७३ साल वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकाले यो खोप नपाएकाले खोप अभियान प्रारम्भ हुन लागेको हो । जिल्लाका दशवटै स्थानीय तहमा खोप सञ्चालनका लागि स्वास्थ्य कार्यालय बागलुङले आवश्यक तयारी थालेको जनाएको छ । विकट ग्रामीण भेगका बालकालिकालाई खोपको पहुँचमा ल्याउन तीन सय ३९ स्थानमा खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख… पुरा पढौ

तनहुँको व्यास नगरपालिका ‘पूर्णखोप सुनिश्चित’ घोषित

तनहुँको व्यास नगरपालिकालाई पूर्णखोप सुनिश्चितता भएको नगरपालिका घोषणा गरिएको छ । नगरपालिकाभित्रका लक्षित बालबालिकालाई सबै खोप लगाइएपछि नगरपालिकालाई पूर्णखोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको हो । नगरपालिकाभित्रका १६ महिनादेखि ५९ महिनासम्मका सबै बालबालिकालाई खोप लगाएपछि पूर्णखोप सुनिश्चिता घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए । यसक्रममा १६ महिनादेखि पाँच वर्षसम्मका दुई हजार आठ सय १८ बालबालिकालाई सबै खोपको पहुँचमा ल्याइएको तथा १५ महिनासम्मका एक हजार ११ बालबालिकालाई खोप लगाइएको उनले बताए । नगरपालिकाको सभाहलमा सोमबार आयोजित कार्यक्रममा… पुरा पढौ

पोखरा २ मा ज्येष्ठ नागरिकहरूको निशुल्क स्वास्थ्य परीक्षण, २ सय २६ लाभान्वित

पोखरा । पोखरा महानगरपालिका वडा नं. २ को आयोजनामा ज्येष्ठ नागरिकहरूका लागि विशेषज्ञ सुविधा सहित निशुल्क स्वास्थ्य परीक्षण शिविर गरिएको छ । शिविरमा २२६ जना ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण गरिएको थियो ।शिविरको शुभारम्भ गर्दै पोखरा महानगरपालिकाकी कार्यवाहक प्रमुख मन्जुदेवि गुरुङले उमेर पुगेका ज्येष्ठ नागरिकहरूको नियमित स्वास्थ्य परीक्षण गरी निगरानीमा राख्न सके उनीहरूको आयु बढाउन सकिने बताए । ज्ञान र अनुभव सहितको अभिभावकत्व परिवारका लागि आवश्यक पर्ने भन्दै गुरुङले ज्येष्ठ नागरिकहरूलाई गरिने व्यवहारमा सुधार गर्न आवश्यक रहेको बताइन् ।वृद्ध उमेरका उनीहरूलाई… पुरा पढौ

जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस स्थापना गर्न एक करोड सहयोग

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेन्टर स्थापनाका लागि लायन्स क्लबले रु एक करोड ११ लाख ६८ हजार सहयोग गरेको छ । लायन्स क्लब अन्तर्राष्ट्रिय गुठी ९एलसिआइएफ०ले नेपालमा सञ्चालित विभिन्न परियोजनालाई सहयोग गर्ने क्रममा जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेन्टर स्थापनाका लागि उक्त रकम सहयोग गरेको हो । उक्त अस्पतालमा डायलासिस सेन्टर सञ्चालन गर्न लायन्स क्लब अफ तनहुँ खैरेनीटार, लायन्स क्लब अफ तनहुँ म्याग्दे र लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी सिस्टर्सले पहल थालेका… पुरा पढौ

वैदेशिक रोजगार शाखा संरक्षण संघको रक्तदान,६० युनिट रगत संकलन

पोखरा । वैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकी प्रदेशद्वारा आयोजित रक्तदान कार्यक्रममा ६० युनिट रगत संकलन भएको छ । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारीले संस्थाका अध्यक्ष सुजन श्रेष्ठलाई ब्लडव्याग हस्तान्तरण गर्दै कार्यक्रम उद्घाटन गरेकी थिइन् । सो अवसरमा महासंघ अध्यक्ष भण्डारीले रक्तदान मानव जीवनकै उत्कृष्ट कार्य भएको भन्दै रक्तदानबारे अझै पनि जनचेतना जगाउनुपर्नेमा जोड दिइन् । वैदेशिक रोजगार सुरक्षित र मर्यादित हुनुपर्ने भन्दै उनले यस पेसाका नाममा हुने गरेका ठगी नियन्त्रणमा संघ सक्रिय हुन आवश्यक रहेको बताइन् ।… पुरा पढौ

पोखरा – ७ पूर्ण खोप सुनिश्चित वडा घोषणा

पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ । मंगलबार प्रभातफेरी सहित पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको हो । स्वास्थ्य महाशाखा प्रमुख हेमप्रसाद आचार्यले वडाबाटनै पूर्ण खोपको सुनिश्चितता र दिगोपनाको घोषणा हुनुले राज्यका सबै सम्बन्धित निकायहरुलाई झक्झकाउने बताउँदै अन्य वडाहरु र पुरै देशमा यो सन्देश पुग्ने विश्वास व्यक्त गरे । पोखरा ७ का वडा अध्यक्ष राममोहन आचार्यले चालु आव भित्रको १० महिनाको अवधिमा १६ देखि ५९ महिनाका सबै बालबालिकाहरुले १३ प्रकारका खोपका मात्रा… पुरा पढौ

रोटरी क्लव अफ लेखनाथद्धारा आयोजित आँखा सिविरमा दुई सय पाँच जना लाभाम्वित

लेखनाथ । कास्कीको रुपा गाउ पालिकामा रोटरी क्लव अफ लेखनाथले राखेको आँखा सिविरमा दुई सय पाँच जनाले सेवा लिएका छन् । हिमालय आँखा अस्पतालको प्राविधिक सहयोग,ग्रिन डेभलपमेण्ट बैक र कामना सेवा विकास बैकको आर्थीक सहयोगमा रुपा गाउपालिकाको वडा नं ५ देउरालीमा रहेको विश्वशान्ति माविमा अध्यनरत विद्यार्थीहरुलाई केन्द्रित गरि सिविरको आयोजना गरिएको हो । वर्ष ३ का विनय कुमालको आँखा परिक्षण गरि सुरु भएको कार्यक्रममा वोल्दै रुपा गाउपालिकाका अध्यक्ष नवराज ओझाले आँखाको उचित तरिकाले हेरचाहा गर्न अनुरोध वालवालिकाले मोवाईलको प्रयोग वढि… पुरा पढौ

गण्डकी प्रदेशमा म्याग्दी पहिलो पूर्णखोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा

म्याग्दी । म्याग्दीलाई पाँच वर्षमुनिका बालबालिकाहरुले पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । छवटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीका सबै लक्षित बालबालिकाले तोकिएको खोपको सबै मात्रा लगाएपछि सोमबार एक समारोहका बीच पूर्णखोप घोषणा गरिएको हो । म्याग्दीमा रहेका १५ महिनाभित्रका एक हजार पाँच सय ६७ बालबालिकाले नियमित र पाँच वर्षमुनिका चार हजार आठ सय ६९ जना बालबालिकाले पूर्णखोप लगाएका स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले बताए । बालबालिकाले बिसीजी, डिपिटी, पोलियो, दादुरा, रुवेला,… पुरा पढौ