स्वास्थ्य

मुटु परीक्षण शिविरबाट निसीखोला,तमानखोला र ढोरपाटनका स्थिानिय लाभान्वित

ढोरपाटन । बागलुङको दुर्गम गाउँका बासिन्दालाई लक्ष्यित गरी सञ्चालन भएको निःशुल्क मुटु परीक्षण शिविरबाट सात सय जनाले सेवा लिएका छन् । गण्डकी प्रदेशसभा सदस्य जीतबहादुर शेरचनको संयोजन तथा सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रको प्राविधिक सहयोगमा सञ्चालित शिविरबाट पश्चिम बागलुङका ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाका नागरिकले सेवा लिएका हुन् । शनिबार साँझ सम्पन्न भएको शिविरबाट सबैभन्दा बढी दुर्गम गाउँका नागरिक लाभान्वित भएका छन् । शिविरमा उपचार र अन्य सेवा लिने अधिकांश ज्येष्ठ नागरिक थिए । लामो समयदेखि मुटुको… पुरा पढौ

‘आइपिभी’ खोप आफ्ना बालबालिकालाई लगाउन सरकारको आग्रह

काठमाडौँ । स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाले पोलियोविरुद्धको ‘आइपिभी’ खोपको प्रभावकारिता रहेकाले आफ्ना बालबालिकालाई लगाउन आभिभावकलाई आग्रह गरेको छ । आजदेखि देशभरिका बालबालिकालाई लगाउन सुरु गरिएको आइपिभी खोपको प्रभावकारिता ९८ प्रतिशत रहेको अध्ययन देखाएकाले छुटेका सबैले अनिवार्य खोप लगाउनुपर्ने बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले बताए । “खोपको प्रभावकरिता उच्च रहेको छ । त्यसैले ढुक्क भएर अभिभावकले आफ्ना बालबालिकालाई स्कुलमा गएर खोप लगाउनुहुन आग्रह गरिरहेका छौँ”, उनले भने, “पोलियोविरुद्धको खोप नलगाएका बालबालिकामा यसको जोखिम रहेकाले खोप… पुरा पढौ

कोरोनाको नयाँ भेरियन्टः सङ्क्रामक तर घातक कम

नेपालमा शुक्रबार देखिएको कोरोना भाइरसको नयाँ सब भेरियन्ट ‘केपी’ सङ्क्रामक भए पनि कडा खालको नभएको बताइएको छ । सरुवा रोग विशेषज्ञ डा सागरराज भण्डारीले अहिले देखिएको नयाँ भेरियन्ट मानिसमा चाँडो सरे पनि घातक नभएको बताए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना भाइरस सङ्क्रमितमध्ये ४२ जना व्यक्तिको ‘जिन सिक्वेन्सिङ’ गर्दा ‘केपी.१’ ‘केपी.२’ ‘केपी.३’ र ‘केपी.४’ पुष्टि भएको थियो । “यो प्रजातिको भेरियन्टले मानिसलाई लामो समयसम्म रुघाखोकी लगाउने भए पनि त्यति घातक छैन,” उनले भने, “तर दीर्घरोगी भएका बिरामीले सतर्कता अपनाउनु पर्दछ ।”… पुरा पढौ

गण्डकीका एक लाख १० हजार बालबालिकालाई आइपिभी खोप

गण्डकी प्रदेशका ११ जिल्लाका एक लाख १० हजार तीन सय २७ बालबालिकालाई पोलियोेविरुद्धको इनएक्टिभेटेड पोलियो भ्याक्सिन (आइपिभी) खोप दिइने भएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत अभियानका रुपमा यही जेठ १३ गतेदेखि २६ गतेसम्म गण्डकीमा खोप अभियान सञ्चालन गर्न लागिएको प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ । खोप कार्यक्रमका लागि तीन हजार चार सय ५३ खोप केन्द्र तथा स्वास्थ्यकर्मी र छ हजार नौ सय छ स्वास्थ्य स्वयंसेवक परिचालित हुने सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव विनोदविन्दु शर्माले जानकारी… पुरा पढौ

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह

जेठ ११ काठमाण्डौं । डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको छ । मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेङ्गु रोगको सङ्क्रमण पनि बढ्न थालेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले पानी पर्न थालेपछि मानिसले पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेङ्गुको जोखिम बढेको जानकारी दिए । उनका अनुसार ५७ जिल्लामा नौ सय चार जनामा सङ्क्रमणमा देखिएको छ । उनले पानी पनि पर्न सुरु भएकाले… पुरा पढौ

गण्डकीमा जेठ १३ गतेदेखि २६ गतेसम्म पोलियोबिरुद्धको आई.पि.भी खोप अभियान सञ्चालन गरिने

पोखरा, जेठ ११ गण्डकी प्रदेशमा जेठ १३ गतेदेखि पोलियो रोगबिरुद्धको ईनएक्टिभेटेड पोलियो भ्याक्सिन (आई.पि.भी) खोप अभियान सञ्चालन गरिने भएको छ । पोलियो उन्मुलनका लागि देशैभर सञ्चालन गरिने आई.पि.भीं खोप अभियान अन्तर्गत गण्डकीमापनि जेठ १३ गतेदेखि जेठ २६ गतेसम्म यो अभियान सञ्चालन गरिन लागेको हो । अभियान अन्तर्गत देशैभर १४ लाख बढी बालबालिकालाई उक्त खोप लगाईने जनाइएको छ । गण्डकीका ११ जिल्लाका १ लाख १० हजार ३ सय २७ जना बालबालिकालाई आई.पि.भी खोप लगाईने गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले… पुरा पढौ

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह

डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको छ । मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेङ्गु रोगको सङ्क्रमण पनि बढ्न थालेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले पानी पर्न थालेपछि मानिसले पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेङ्गुको जोखिम बढेको जानकारी दिए । उनका अनुसार ५७ जिल्लामा नौ सय चार जनामा सङ्क्रमणमा देखिएको छ । उनले पानी पनि पर्न सुरु भएकाले डेङ्गुको जोखिम बढ्ने भएकाले… पुरा पढौ

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि

नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव भेरियन्ट भेटिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना भाइरस सङ्क्रमित ४२ जना जिन सिक्वेन्सिङ गर्दा ‘केपी १’ ‘केपी २’ ‘केपी ३’ र ‘केपी ४’ पुष्टि भएको प्रयोगशालाका सूचना अधिकारी कृष्णप्रसाद जैसीले जानकारी दिए । उनका अनुसार गत अप्रिल र मे महिनामा सातवटै प्रदेशबाट नमुना सङ्कलन गरी जिन सिक्वेन्सिङ गरिएको थियो । तीमध्ये १२ जनामा ‘केपी १’, १७ जनामा ‘केपी २’, एक जनामा ‘केपी ३’ र एक जनामा ‘केपी ४’ दखिएको उनले जानकारी दिए… पुरा पढौ

गोरखामा क्यान्सरको जोखिम पहिचान गर्न स्वास्थ्य शिविर

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा पाठेघरको मुखमा हुने क्यान्सरको पहिचान र न्यूनीकरणका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । महिलामा हुने पाठेघरको मुखमा हुने क्यान्सरको जोखिम पहिचान गर्न भिआइए (एसिड राखेर भाइरसको कोषिका हेर्ने विधि) परीक्षण तथा निःशुल्क स्वास्थ्योपचार शिविर आउोजना गरिएको हो । गाउँपालिकाको आयोजना तथा क्यान्सर रिलिफ सोसाइटी काभ्रे र अष्ट्रेलियन क्यान्सर फाउन्डेसनको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरमा पालिकाभित्रका पाँच सय ७० महिलाले उपचार सेवा लिएका गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए। “भिआइए परीक्षणले केही वर्षपछि क्यान्सर हुँदैछ… पुरा पढौ

शुक्लागण्डकीमा २ सय २५ जना ज्येष्ठ नागरिक तथा महिलाहरुको स्वास्थ परिक्षण

तनहुँ । ब्राम्हण समाज नेपाल,जस्पुर दिदीबहिनी समुह शुक्लागण्डकी नगरपालिका वडा नं १२ को आयोजनामा तनहुँको शुक्लागण्डकी नगरपालिका, वडा नं १२ को घुमाउने चौतारामा बृहत निःशुल्क स्वास्थ्य शिविर,स्तन तथा पाठेघर क्यान्सर संबन्धी जाँच एवम जनचेतना कार्यक्रम सम्पन्नभ एको छ । शिविरमा २ सय २५ जना भन्दा बढीले स्वास्थ्य जाँच गराएको शिविर सञ्चालन समितिका सदस्य केशबराज पौडेल र निश्चल पौडेलले जानकारी गराएकाछन् । नेपाल मणिपाल शिक्षण अस्पताल पोखरा फुलबारीमाकार्यरत विशेषज्ञ चिकित्सकहरूले जनरल मेडिसिन, छाती रोगसम्बन्धी र स्तन तथा पाठेघर क्यान्सर सम्बन्धिचिकित्सीय सेवाउपलब्ध… पुरा पढौ