कुवेतमा ड्रोन आक्रमणमा परि मृत्यु हुनेमा नेपाली युवा सोमकुमार तामाङ रहेका छन् ।
कुवेतस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै बिहीबार भएको ड्रोन आक्रमणमा परी ज्यान गुमाउनेमा त्यहाँ सवारी चालकको रुपमा कार्यरत तेह्रथुमका ४४ वर्षीय तामाङ भएको पुष्टि गरेको छ । विज्ञप्तिमा राजदूतावासले मृतक तामाङको पार्थिव शरीर कानुनी प्रक्रिया पुरा गरी यथाशीघ्र नेपाल पठाउन आवश्यक समन्वय भईरहेको जनाएको छ । यसका लागि त्यहाँका सरकारी निकायसँग सहकार्य गरेर अघि बढाइएको बताईएको छ ।राजदूतावासले मृतक तामाङको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ।
राजदूतावासले संवेदनशील परिस्थितिमा कुबेतमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई कुवेत सरकारद्वारा जारी गरिएका सुरक्षा सम्बन्धि सम्पुर्ण मापदण्डहरू पूर्णरुपमा पालना गर्दै, संयमित भई सुरक्षित स्थानमा बस्न अनुरोध गरेको छ ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । अन्नपूर्ण गाउँपालिका–२ ढिकुरपोखरीस्थित माछापुच्छ्रे माध्यमिक विद्यालय तथा क्याम्पसमा आयोजित निःशुल्क…






