प्रवास

आईसीसी विश्वकप लिग–२: नेपाल–युएई फेरि भिड्दै

नेपालले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई श्रृंखला अन्तर्गत आज (सोमबार) घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) सँग खेल्दैछ। खेल नेपाली समय अनुसार बिहान ११ः१५ मा दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सुरु हुनेछ। आज युएईलाई हराउँदै नेपाल श्रृंखलामा दोस्रो जित निकाल्न चाहन्छ। नेपालको कप्तानी सन्दीप लामिछाने र युएईको अहमद राजाले गर्नेछन्। पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई २ विकेटले हराएको थियो। तर, दोस्रो खेलमा नेपाल यूएईसँग ४८ रनले पराजित बनेको थियो। यता, युएई श्रृंखलाको आफ्नो अन्तिम खेलमा तेस्रो जितको खोजीमा छ।… पुरा पढौ

मलेसिया रोजगारीका लागि पूर्वस्वीकृति

कोरानाका कारण २ वर्षदेखि बन्द भएको मलेसियाको रोजगारीका लागि आएका मागको पूर्वस्वीकृतिको काम धमाधम भइरहेको छ। वैदेशिक रोजगार कार्यालय ताहाचलले गएको मंगलबारदेखि मलेसियाको रोजगारीका लागि आएका मागको पूर्वस्वीकृतिको काम गर्न थालेको हो। सो कार्यालयका सूचना अधिकारी हरिराम नागिलाले अहिलेसम्म ४ सय भन्दा बढी संख्याको माग स्वीकृति भइसकेको छ भने ६ सय भन्दा बढी स्वीकृतिको लाइनमा रहेको जानकारी दिएका छन् । उनले वैदेशिक रोजगार कम्पनीमार्फत पूर्वस्वीकृतिका लागि आएका मागको स्वीकृति गर्ने काम द्रत गतिमा भइरहेको पनि जानकारी दिए। सो कार्यालयका अनुसार… पुरा पढौ

भारतमा कोरोनाभाइरसका दैनिक सङ्क्रमित दुई हजार भन्दा कम

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या दिनप्रति दिन घट्दै गइरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा द्ुई भन्दा कम सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ । गत २४ घण्टामा चार लाख ३१ हजार ९७३ जनाको कोरोना परिक्षण गरिएकोमा एक हजार ७६१ जनामा मात्र कोरोना सङ्क्रमण भएको जनाइएको छ । यद्यपी शनिबार मन्त्रालयले दिएको जानकारीअनुसार शुक्रबार दुई हजार ७५ जनामा यो सङ्क्रमण देखिएको थियो । योसँगै भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या भने २६ हजार २४०… पुरा पढौ

ट्युनिसियाको समुद्री किनारमा कम्तीमा २० अवैध आप्रबासीको शव प्राप्त

ट्युनिसिया उत्तरी समुद्री किनारा नबेयलमा अवैध आप्रबासीहरुको शव प्राप्त भएको छ । शनिबार पनि थप आठ शव भेटिएको बताइएको छ । यो समेत गरी यस क्षेत्रमा कम्तीमा पनि २० ओटा शब भेटिएको यहाँको एक रेडियो स्टेशनले जनाएको छ । त्यहाँको रेडियो सेम एफएमले शनिबार दिएको समाचारअनुसार यसअघि गत शुक्रबार ट्युनिसियाको सो समुद्री किनारामा १२ ओटा शव भेटिएको थियो र शनिबार थप ७ जनाको शव भेटिएको हो ।ट्युनिसियाको सो समुद्री किनारा युरोप जाने आप्रबासीहरुले प्रयोग गर्ने गरेको एक मुख्य नाका पनि… पुरा पढौ

तालिबानले अर्को हप्ता बालिकाका लागि विद्यालय खोल्ने

तालिबानले मार्च २२ देखि छात्राहरूलाई पनि विद्यालय जना अनुमति दिने भएको छ। यो सँगै अब अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरे देखि बालिकाहरूलाई विद्यालय प्रवेशमा लगाइएको प्रतिबन्ध अन्त्य हुनेछ। ह्युमन राइट्स वाच (HRW)का पूर्व वरिष्ठ अफगानिस्तान अनुसन्धानकर्ता हेदर बारले उद्घाटन यो निर्णयसँगै बालिकाहरूले पढ्न पाउने अधिकारीको केही हदसम्म भए पनि सुनिश्चितता गर्नेछ। सत्तामा आएदेखि तालिबानले महिलाको आवागमनको स्वतन्त्रतालाई कुचल्ने लगायतका हरेक क्षेत्रमा महिला अधिकारलाई बन्देज लगाएको थियो । अधिकांश कन्याहरुले पढ्ने माध्यमिक विद्यालय बन्द छन् । विश्वविद्यालयहरू भर्खरै नयाँ नियमहरूको साथ… पुरा पढौ

एक दिवसीय क्रिकेट श्रृंखलाः आज नेपाल–युएई खेल्दै

आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत एक दिवसीय श्रृंखलामा नेपालले आज युएईसँग खेल्दैछ। दुबईको इन्टरनेशनल क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान ११ः१५ बजे खेल सुरु हुनेछ। घरेलु टोली युएईसँगको आजको खेलमा नेपाललाई अघिल्लो महिना ओमानमा भएको टी–२० विश्व कप ग्लोबल छनोट ‘ए’ को सेमिफाइनलमा बेहोरेको हारको बदला लिने अवसर छ। पहिलो खेलमा तुलनात्मक रुपमा बलियो प्रतिद्वन्द्वी पपुवा न्युगिनी (पीएनजी) माथि संघर्षपूर्ण जित निकालेको नेपाललाई युएईविरुद्ध ब्याटिङमा सुधार गर्नुपर्ने आवश्यकता छ। पपुवा न्युगिनी (पीएनजी) ले दिएको २०५ रनको लक्ष्य पछ्याउँदा नेपालको… पुरा पढौ

साफ यु–१८ महिला च्याम्पियनसीपः नेपालको लगातार दोस्रो हार

साफ यु–१८ महिला च्याम्पियनसीप फुटबलको दोस्रो खेलमा पनि नेपाल पराजित बनेको छ। भारतको जमसेदपुरमा (बिहीवार) भएको खेलमा नेपाल बंगलादेश ४–२ गोल अन्तरले पराजित बनेको हो। पहिलो हाफमै ४–१ ले अघि रहेको बंगलादेशले दोस्रो हाफमा भने गोल थप्न सकेन। दोस्रो हाफमा नेपालले १ गोल थप्दै बंगलादेशलाई ४–२ को अवस्थामा खेल सुम्प्यो। ब्ंगलादेशका लागि अफिदा खानडकार, अक्लिमा खातुन, इटी खातुन र शाहदा अख्तर रिपाले १/१ गोल गरे। नेपालका लागि दीपा शाही र अमिशा कार्कीले १/१ गोल गरे। लगातार दोस्रो हारसँगै नेपालको उपाधि… पुरा पढौ

कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ४ करोड ३० लाख नाघ्यो

भारतको कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बिहीबार ४ करोड ३० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा देशभर २ हजार ५३९ नयाँ सङ्क्रमित थपिएपछि कोरोना कूल सङ्क्रमति ४ करोड ३० लाख एक हजार ४७७ पुगेको संघीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकले जनाएको छ । यसबाहेक बुधबार बिहानसम्म यस महामारीका कारण ६० जनाको ज्यान गएपछि कोरोनाका कारण ज्यान गुमाउने कूल संख्या ५ लाख १६ हजार १३२ पुगेको छ । भारतमा हाल ३० हजार ७९९ कोरोनाका सक्रिय सङ्क्रमित रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ… पुरा पढौ

सात महिनामा १८० मिडिया आउटलेट बन्द,पत्रकारहरू बेरोजगार

तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा गत सात महिनामा ४७५ मध्ये १८० मिडिया आउटलेटहरू बन्द गरिएका छन् । मङ्गलबार अफगानिस्तानको नेशनल हाउस अफ जर्नलिस्टले आफ्नो पछिल्लो सर्वेक्षणमा तालिबानले कब्जामा लिएपछि अफगान मिडिया आउटलेटहरू सबैभन्दा बढी प्रभावित भएको बताएको छ जसको परिणाम स्वरूप युद्धग्रस्त देशमा २९० मिडिया आउटलेटहरू मात्र सक्रिय सञ्चालनमा छन्। लगभग ६० प्रतिशत पत्रकारहरू बेरोजगार छन्। अफगानिस्तानको नेशनल हाउस अफ जर्नालिस्टका प्रमुख सैयद यासिन मतीनले सञ्चारमाध्यमलाई व्यापक रूपमा बन्द गर्नुको कारण आर्थिक समस्या र देशमा पेशेवर मिडियाकर्मीहरूको पलायन भएको बताएका… पुरा पढौ

यु–१८ महिला साफ: नेपालले आज बंगलादेशसँग खेल्दै

भारतमा जारी यु–१८ महिला साफ च्याम्पियनसीप फुटबलमा नेपालले आज (बिहीबार) बंगलादेशसँग खेल्दैछ। नेपाल र बंगलादेशबिचको खेल ७ः१५ मा सुरु हुने छ। भारतको जमसेदपुरमा हुने खेलमा नेपाल पहिलो जितको खोजिमा हुने छ। पहिलो खेलमा भारतसँग पराजित भएको नेपाल प्रतियोगिताको उपाधि होडमा भने कमजोर देखिएको छ। पहिलो खेलमा भारतसँग ७–० गोलअन्तरले पराजित बनेकोा नेपाल बंगलादेशसँग संयमित भएर प्रतिस्पर्धा गर्ने रणनीतिमा हुनेछ। बंगलादेशपनि प्रतियोगितामा बलियो टीम मानिन्छ। डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसीपमा नेपाल, भारत र बंगलादेशको सहभागिता छ। अब प्रतियोगिता अन्तर्गत नेपालले… पुरा पढौ